text
stringlengths
2
914
प्रकाश बराल
जन्मँदा उनी दाजुभाइ र दिदीबहिनीजस्तै थिए । तर हिँड्ने उमेरमा जति पटक लड्छन्, त्यति पटक खुट्टा भाँचिन थाल्यो । गाउँघरको परम्परागत विधिले उनको उपचार गर्दा निको हुन पाएन । घरमा काप्रो बाँधेर गरेको परम्परागत उपचारले उनी निको हुन सकेनन् ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ ।
मंसिर २४, २०८१
डम्पिङ साइटमा गाडिएको ९४ अर्बको हार्डड्राइभको खोजी
एजेन्सी
जब-जब क्रिप्टो मुद्राको मोल र चर्चा बढ्छ, बेलायतको वेल्सस्थित न्युपोर्टका एक युवा, जेम्स हावेल्स पनि मिडियामा छाउँछन् । यसपालि त झन् बिटक्वाइनको मूल्य १ लाख डलर पुगेपछि जेम्सबारे अनेक समाचार र मिमहरू बने । यो किनभने जेम्समले कुनै बेला ८ हजार बिटक्ववाइन भण्डारण गरिएको एउटा हार्ड ड्राइभ झुक्किएर फोहोरमैलामा फ्याँकिदिएका थिए ।
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
कान्तिपुर संवाददाता
अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ । उक्त दिन नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६.१५ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४७ प्रतिशतले कम हो । आइतबार करिब ४६ अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
कोशी प्रदेशका सहकारीमा पाँच लाखसम्म बचत गर्ने सवा ८ लाख बचतकर्ता
कान्तिपुर संवाददाता
कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन सय ११ जना छन् । ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ ।
कर्जा विस्तारमा छैन सुधार
यज्ञ बञ्जाडे
दुई ठूला दल गठबन्धनको सरकार बनेकाले राजनीतिक स्थायित्व हुने भएकाले आर्थिक सुधारले प्राथमिकता पाउने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिए पनि त्यसको संकेतसम्म पनि देखिएको छैन । सरकारी वित्तमा सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा अपेक्षित रूपमा कर्जा माग बढ्न सकेको छैन ।
मुनाफामाथि मुनाफा खोज्दै नेटवर्किङ व्यवसायी
राजु चौधरी
कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कुनै पनि व्यवसायीले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाउँदैनन् । यसभन्दा बढी मुनाफा लिए स्वतः कालोबजारी ऐन आकर्षित हुन्छ ।
अन्य पालिकाबाट तरकारी संकलन गरी बेच्दै काठमाडौं महानगर
नुमा थाम्सुहाङ
काठमाडौं महानगरपालिकाले स्थानीय कृषि उत्पादन बिक्री तथा वितरण सहजीकरण गर्न ‘एग्रो पुलिङ’ कार्यक्रम ल्याएको छ । यसका लागि महानगरको ३७ औं नगर बैठकले आइतबार ‘एग्रो पुलिङ कार्यविधि, २०८१’ पारित गरेको छ ।
महासंघले सार्वजनिक गर्‍यो डेढवर्षे उपलब्धिको विवरण : लगानीमैत्री वातावरणमै जोड
कान्तिपुर संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो पछिल्लो डेढ वर्षको उपलब्धि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत आइतबार महासंघले निजी क्षेत्रकै आग्रहमा लगानी बाधकका रूपमा रहेका कानुन संशोधन भएको र लगानीमत्री वातावरण बनाउन अनेक प्रयास गरिएको दाबी गरेको छ ।
मंसिर २३, २०८१
४५.९३ अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ४५.९३ अंकले घटेको छ । नेप्से एक दशमलव ६७ प्रतिशतले घटेर २६८९ विन्दुमा बन्द भएको छ ।
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
कान्तिपुर संवाददाता
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका छन् ।
ट्रेजरी बिलमार्फत सरकारले साढे १८ अर्ब आन्तरिक ऋण उठाउँदै
कान्तिपुर संवाददाता
ट्रेजरी बिलमार्फत सरकारले सोमबार साढे १८ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत १८ अर्ब ५० करोड रुपैयाँ उठाउन लागेको जनाएको हो ।
बैंकमा पैसा नघटेपछि राष्ट्र बैंकले ७० अर्ब झिक्दै
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आइतबार पनि राष्ट्र बैंकले बजारबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्वको अवधि सकिएकाले पुनः ७० अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
खेर गएका सामग्रीबाट उपकरण
विप्लव महर्जन
शारदा नगरपालिका–२ का २१ वर्षीय विजय राना सानैदेखि विद्युतीय सामानमा रुचि राख्थे । अरूले प्रयोग गरेर फालेका सामग्री बटुलेर त्यसलाई मर्मत गरेर खेलौना बनाई परीक्षण गर्थे । सानैदेखिको रुचिअनुरूप उनी अहिले विभिन्न किसिमका विद्युतीय यन्त्र बनाउन सिपालु भइसकेका छन् ।
होटल व्यवसायी संघ नवलपरासीको अध्यक्षमा अधिकारी
नवीन पौडेल
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नवलपरासीको अध्यक्षमा नवराज अधिकारी निर्वाचित भएका छन् ।
घुर्केसमा गुरुङ सामुदायिक होमस्टे
रमेशकुमार पौडेल
गुरुङ समुदायको बसोबास भएको पुरानो पहाडी गाउँ इच्छाकामना गाउँपालिका–२ घुर्केसमा सामुदायिक होमस्टे सुरु भएको छ । सदरमुकाम भरतपुरबाट उत्तरपूर्व ४० किलोमिटर परको यो गाउँमा पालिकाको सहयोगमा होमस्टे सञ्चालनमा आएको हो ।
रूख कटान आदेशमा अल्झियो दोधारा चाँदनी सुक्खा बन्दरगाहको काम
भवानी भट्ट
दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको काम रूख कटान आदेशमा अल्झिएको छ । मन्त्रिपरिषद्को बैठकले सुक्खा बन्दरगाहका लागि जग्गाको भोगाधिकार दिने निर्णय गरेको तीन महिनासम्म रूख कटान आदेश नहुँदा काम रोकिएको हो ।
लपुवाखोला जलविद्युत् आयोजना निर्माण सकियो
दीपेन्द्र शाक्य
संखुवासभाको सभापोखरी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५ मेगावाट क्षमताको लपुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।
अदुवाको भाउ बढ्दा उत्साहित किसान
विप्लव महर्जन
परम्परागत तरिकाले खेती गर्दै आएका शारदा नगरपालिका–१४ माल्नेटाका ज्ञानबहादुर घर्तीले सात रोपनीमा प्रत्येक वर्ष ८० क्विन्टल अदुवा उत्पादन गर्दै आएका छन् । २०७७ मा प्रतिकिलो २०, २०७८ मा २५ र २०७९ मा २५ रुपैयाँका दरले अदुवा बिक्री गरेका उनले गत वर्ष ३५ रुपैयाँका दरले बिक्री गरेका थिए ।
हिउँदलाई भारतबाट ६ सय मेगावाट बिजुली ल्याइँदै
सीमा तामाङ
नेपालले हिउँदयामका लागि भारतबाट ६ सय मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले आगामी जुनसम्म बिजुली आयात गर्न नेपाललाई अनुमति दिएको हो । करिब १५ दिनअघि बिजुली आयात गर्न भारतले अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
८० कम्पनीको साढे ४९ अर्बको आईपीओ आउँदै
कान्तिपुर संवाददाता
नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि ८० कम्पनीले आवेदन दिएका छन् । झन्डै एक वर्षयता नयाँ अनुमति जारी नभएपछि कम्पनीको संख्या यति पुगेको हो । ती कम्पनीले ४९ अर्ब ४८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन तयारी गरेका छन् ।
अब ‘क्यूआर कोड’ बाटै ब्लुबुक देखाउने सुविधाको तयारी
सजना बराल
वाग्मती प्रदेश सरकारले यातायात व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने भन्दै आफू मातहतका करिब २३ लाख सवारीचालक अनुमतिपत्र र सवारी साधनसम्बन्धी अन्य दस्तावेज डिजिटाइज गर्ने भएको छ ।
मंसिर २२, २०८१
मुद्दा हारेसँगै अमेरिकामा टिकटकमाथि प्रतिबन्धको खतरा
एजेन्सी
अमेरिकामा चर्चित र विशेषत: युवाहरूमाझ अत्यधिक प्रयोग हुने चिनियाँ सामाजिक सञ्जाल टिकटकले आफूमाथिको सम्भावित प्रतिबन्ध वा बाध्यकारी बिक्री रोक्न दिएको कानुनी चुनौतीमा धक्का व्यहोरेको छ । अमेरिकाको कोलम्बिया जिल्ला संघीय अपिल अदालतले टिकटकविरुद्ध अमेरिकी सरकारले अघि सारेको कानुनी दबाबलाई सही ठहर गर्दै सोविरूद्द टिकटकले पेस गरेको चुनौतीलाई अस्वीकार गरेको छ ।
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
रासस
पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।
माछापालनले चिनिएका हरिराम
भवानी भट्ट
बुबा चन्द्रबहादुर चौधरीले एक/दुई गह्रामा धानसँगै माछापालन सुरु गरेका थिए । डेढ दशकअघिको कुरा हो, किसानलाई माछापालनमा आकर्षित गर्न सरकारले भर्खर योजना ल्याएको थियो । बेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरी भारतको देहरादुनबाट व्यवस्थापनमा स्नातकोत्तर सकेर गैरसरकारी संस्थाको जागिरसँगै महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा अध्यापन गरिरहेका थिए ।
विद्यार्थीको बैंक खाता खोल्दै आँबुखैरेनी
सम्झना रसाइली
बालबालिकालाई बचत गर्ने बानीको विकास गराई अध्ययनमा सहज बनाउने उद्देश्यले आँबुखैरेनी गाउँपालिकाले विद्यार्थीको बैंक खाता खोलिदिएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममै समावेश गरी मातहातका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खाता खोलिएको हो ।
माथिल्लो तामाकोशीबाट पुस १० भित्र विद्युत् उत्पादन तयारी
कान्तिपुर संवाददाता
सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार तालिका तय गरिएको छ ।
विषादी प्रतिबन्ध कार्यान्वयनमा आशंका
कान्तिपुर संवाददाता
सरकारले ३ प्रकारका विषादी आयात र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर पाराक्वाटा/पाराक्वाट डाइक्लोराइड, क्लोरोपाइरिफस र फोरेट नामक विषादी आयात बिक्रीमा प्रतिबन्ध लगाएको हो ।
सिद्धबाबा सुरुङमार्ग टनेल एक महिनाभित्र ‘ब्रेक थ्रु’ गरिँदै
माधव अर्याल
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको टनेल एक महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छ । पहिलो र तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेको र मुख्य टनेलको काम १६५ मिटर मात्र बाँकी रहेको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
अवैध सुनले धानेको बजार, ज्याला–जर्ती र गुणस्तरमा छैन अनुगमन
राजु चौधरी
नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ मान्ने हो भने अफसिजनमा दिनको १५ देखि २० किलो सुन खपत हुन्छ । सिजनमा भने खपत बढेर दिनको ३५ देखि ४० किलोसम्म पुग्छ । दिनको २० किलोका हिसाबले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा २४ सय किलो सुन खपत हुन्छ ।
मंसिर २१, २०८१
स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा ढकाल
कान्तिपुर संवाददाता
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । शुक्रबार सम्पन्न एसोसिएसनको निर्वाचनमा प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
कोलकाता महोत्सवमा नेपाली सुन्तला चाख्नेको भीड
कान्तिपुर संवाददाता
कोलकातामा शुक्रबारदेखि सुन्तला महोत्सव सुरु भएको छ । महोत्सवमा नेपाल, भारत र भुटानमा उत्पादित सुन्तला बिक्रीका लागि राखिएको छ । 'तीन देशका सुन्तलासहित कृषि उत्पादनलाई बिक्रीका लागि राखिएको छ', ग्रामीण पर्यटन प्रवर्द्धनका अगुवा राज बसुले भने, 'महोत्सवले तीन देशबीचको सम्बन्ध विकासमा पनि टेवा पुग्ने आशा छ ।'
बुद्धले थप्यो १९औं एटीआर जहाज