text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । |
विषादी प्रयोगले मौरीपालनमा समस्या |
माधव अर्याल |
पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान ढेकुलडाँडाकी मीना कार्कीले मौरी पाल्न थालेको ३० वर्ष भयो । घरमै तयार गरेका काठे र विकासे गरी उनको अहिले २५ घारमा मौरीपालन छ । पछिल्लो समय मौरी मर्ने र भाग्ने समस्या बढेको उनले बताइन् । |
बाढीपहिरोको क्षतिमा साढे १२ अर्ब दाबी, सवा अर्ब भुक्तानी |
कान्तिपुर संवाददाता |
गत असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिमा गत बुधबार (मंसिर २६) सम्म तीन हजार पाँच सय ४९ वटा आवेदनबाट १२ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । तर, हालसम्म एक अर्ब १९ करोड ५४ लाख मात्र दाबी भुक्तानी भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ । |
माग बढेका बेला ग्यास आपूर्तिमा समस्या |
राजु चौधरी |
ग्यास बिक्रेता महासंघका अनुसार गर्मीभन्दा जाडोमा खाना पकाउने ग्यासको खपत करिब ३० प्रतिशतले बढ्छ । आधिकारिक तथ्यांक नभए पनि चिसोमा ग्यास खपत बढ्ने नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघको पनि भनाइ छ । |
मोतीपुर औद्योगिक क्षेत्र ९ वर्षदेखि अलपत्र |
घनश्याम गौतम |
सरकारले नौ वर्षअघि घोषणा गरेको लुम्बिनी प्रदेशस्तरीय मोतीपुर औद्योगिक क्षेत्र निर्माण अलपत्र परेको छ । सरकारले २०७२ चैत १ देखि सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको घोषणा गर्दै लुम्बिनी प्रदेशको बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । तर जग्गा व्यवस्थापन गर्न नसक्दा सरकारकै घोषणा लामो समयसम्म अलपत्र परेको हो । |
मंसिर २९, २०८१ |
बिमा प्राधिकरणमा अध्यक्षको जिम्मा दहाललाई |
कान्तिपुर संवाददाता |
नेपाल बिमा प्राधिकरणमा अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई दिइएको छ । भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दर्ता गरेपछि उनी स्वत: निलम्बनमा परेका छन् । |
११ वर्षमा पनि बनेन सुनको ज्याला–जर्ती निर्देशिका |
राजु चौधरी |
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको भनाइ मान्ने हो भने गहना बजारमा ज्याला–जर्ती र गुणस्तरका नाममा मूल्यमा मनलाग्दी छ । गहना व्यवसायीले ज्याला–जर्तीका नाममा १५ प्रतिशतसम्म शुल्क लिने गरेका छन् । केहीले त जर्ती पनि नभनी ज्यालाका नाममा चर्को शुल्क असुल्ने गरेका छन् । मूल्यसँगै कम गुणस्तरको गहनालाई २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको पनि विभागले जनाएको छ । |
अलैंची उत्पादन घट्यो, मूल्य बढ्यो |
सीमा तामाङ |
अलैंचीको उत्पादन घटेपछि मूल्य बढेको छ । यस वर्ष प्रतिमन (४० किलो) १ लाख ७ हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य अहिले १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ । १० वर्षपछि मूल्य बढेको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । |
अब नागरिक एपमै राष्ट्रिय परिचयपत्र |
सजना बराल |
नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच अन्तरआबद्धता (इन्टिग्रेसन) गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अब नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र (एनआईडी) को विकल्प देखिने भएको हो । गत कात्तिक २ को मन्त्रिपरिषद् बैठकले अन्तरआबद्धताका लागि स्वीकृति दिएको थियो । |
खोटाङमा भित्रियो ५२ करोड |
डम्बरसिं राई |
अलैंची निकासीबाट यस वर्ष खोटाङमा ५२ करोड ६६ लाख रुपैयाँ भित्रिएको छ । किसानले प्रतिमन ८६–८७ हजार रुपैयाँका दरले अलैंची बिक्री गरेका हुन् । |
मंसिर २८, २०८१ |
नयाँ बुटवल-बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालन |
कान्तिपुर संवाददाता |
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि ८ घन्टामात्रै बन्द हुने |
कान्तिपुर संवाददाता |
धावनमार्गसँग जोडिएका पूर्वाधार निर्माणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पुस १७ देखि ८ घन्टामात्रै बन्द हुने भएको छ । यसअघि कात्तिक २३ देखि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो । |
सुनचाँदीको मूल्य घट्यो |
रासस |
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी प्रतितोला ६५ रुपैयाँ घटेको हो । |
उकालो लाग्दै बजार भाउ, तरकारी सबैभन्दा महँगो |
यज्ञ बञ्जाडे |
पछिल्ला महिनामा बजार भाउ निरन्तर उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत कात्तिकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा औसत उपभोक्ता मूल्यवृद्धि दर ५.६० प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो ०.२२ प्रतिशत बिन्दुले बढी हो । ०८० कात्तिकमा यस्तो मूल्य वृद्धिदर ५.३८ प्रतिशत थियो । |
बेतन कर्णालीको बाँधप्रति जीएमआरको आपत्ति |
कान्तिपुर संवाददाता |
भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली र कर्मचारी सञ्चय कोषको अगुवाइमा निर्माण गर्न लागिएको ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनाबीच क्षेत्राधिकारको विवाद देखिएको छ । |
सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोक्दैनौं : वायुसेवा संचालक संघ |
कान्तिपुर संवाददाता |
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले हेलिकप्टर कम्पनीलाई जनवरी १ देखि व्यावसायिक उडानमा लगाएको रोकमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वायुसेवा संचालकहरुले उक्त निर्णय नमान्ने जनाएका छन् । |
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर |
रासस |
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसारअमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ । |
द्रुतमार्गको खोकना विवाद समाधानमा सरकारको बेवास्ता |
विमल खतिवडा |
तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को खोकना विवाद अझै सुल्झिन सकेको छैन । तिहारलगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीसहितको टोली स्थलगत निरीक्षणमा गएर समाधानको उपाय खोजिने बताइएको थियो । तर अहिलेसम्म समस्या समाधानका लागि टोली खोकना पुग्न सकेको छैन । |
मंसिर २७, २०८१ |
रिलायन्स सुगरले थाल्यो उखु क्रसिङ |
शंकर आचार्य |
रिलायन्स सुगर मिल बाराले बिहीबारदेखि उखु क्रसिङ सुरु गरेको छ । उद्योगका संचालक राजकुमार अग्रवालले दैनिक १५ देखि २० हजार क्विन्टल उखु क्रसिंङ गर्ने लक्ष्यका साथ उद्योगको क्रसिङ मेसिन बिहीबारदेखि संचालनमा ल्याइएको बताए । |
शोधनान्तर बचत २ खर्ब ५ अर्ब रुपैयाँ |
कान्तिपुर संवाददाता |
गत कात्तिकसम्ममा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो । |
विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघ्यो |
कान्तिपुर संवाददाता |
गत कात्तिक मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो साढे १० प्रतिशतले बढेको हो । ०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । |
चार महिनामा भित्रियो सवा ५ खर्ब रेमिट्यान्स |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९.१ प्रतिशतको वृद्धि हो । गत वर्षको पहिलो चौमासमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । |
मलेसियाले स्थापना गर्यो राष्ट्रिय एआई कार्यालय |
एजेन्सी |
मलेसिया सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यालय स्थापना गरेको छ । बिहीबार उद्घाटन गरिएको कार्यालयले देशको केन्द्रीय एआई एजेन्सीका रूपमा काम गर्ने भनिएको छ । कार्यालयको उद्घाटन प्रधानमन्त्री अन्वार इब्राहिमले गरेका थिए । |
नेप्से ३३.४२ अंकले घट्यो |
कान्तिपुर संवाददाता |
साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से ३३.४२ अंकले घटेको छ । बुधबार ४५.८८ अंकले बढेको नेप्से आज बिहीबार घटेको हो । |
नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला र शेरचनको उम्मेदवारी |
कान्तिपुर संवाददाता |
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला र अशोक शेरचनको उम्मेदवारी परेको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन कार्यकारी सदस्य छन् । |
अलैंची बिक्रीबाट खोटाङले भित्र्यायो ५२ करोड |
डम्बरसिं राई |
अलैंची बिक्रीबाट यस वर्ष मात्रै खोटाङमा ५२ करोड रुपैयाँ भित्रिएको छ । विभिन्न स्थानीय तहमा उत्पादन भएको अलैंची निकासीबाट ५२ करोड ६६ लाख रुपैयाँ जिल्ला भित्रिएको हो । |
वीरगन्जबाट डिजेल आयात घट्यो |
रासस |
वीरगन्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । |
पेट्रोलियम पाइपलाइनपछि ग्यासमा केन्द्रित हुँदै सरकार |
राजु चौधरी |
विद्युत् खपत बढाउने नीति लिएको सरकारले दीर्घकालीन असर गर्ने पेट्रोलियम परियोजना पनि सँगै बढाएको छ । बढ्दो व्यापार घाटा घटाउन र प्रदूषण काम गर्ने हेतुले सरकारले विद्युतीय चुलो र इलेक्ट्रिक सवारीमा जोड दिँदै आएको छ । यसका लागि विद्युतीय चुलोमा अनुदानदेखि विद्युतीय सवारीमा भन्सार छुटसम्मको सुविधा दिएको छ । |
‘अध्ययनबिनै आयोजनामा बजेट छुट्याइँदा समस्या’ |
कान्तिपुर संवाददाता |
बजेट निर्माणका क्रममा विस्तृत अध्ययन र सम्भाव्यताबिनै आयोजनामा रकम विनियोजन गर्ने प्रवृत्ति रहेकाले स्रोत व्यवस्थापनमा समस्या भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । संघीय संसद्को अर्थ समिति बैठकमा बुधबार अर्थमन्त्री पौडेलले ठूलो संख्यामा खल्तीका आयोजना रहेको दाबी गरे । |
डिजेल र पेट्रोलपछि पाइपलाइनबाट मट्टीतेल |
कान्तिपुर संवाददाता |
पेट्रोलको सफल परीक्षणपछि रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणका मट्टीतेल पनि आयात भएको छ । यसअघि डिजेल मात्रै आयात भएको पाइपलाइनबाट गत असोज १७ मा ५ हजार ५ सय किलोलिटर पेट्रोल ल्याइएको थियो । |
किन लगाइँदै छ पुस १७ देखि सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडानमा रोक ? |
सुरज कुँवर |
हेलिकोप्टर उडानले अत्यधिक ध्वनि प्रदूषण भएको र सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा कोर क्षेत्रमा रहेका वन्यजन्तुको बासस्थानमा असर परेको भन्दै आउँदो पुस १७ देखि व्यावसायिक हेलिकोप्टर उडानलाई पूर्ण रूपमा रोक लगाइएको छ । |
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा कायम भएको छ । |
मंसिर २६, २०८१ |
पुस १७ देखि सगरमाथामा हेलिकप्टर उडानमा रोक |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.