text
stringlengths
2
914
कान्तिपुर संवाददाता
सर्तबमोजिम गुणस्तरीय सेवा उपलब्ध नगराएकोमा दूरसञ्चार सेवा प्रदायक एनसेल कारबाहीमा परेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई फोरजी सेवामा गुणस्तर सुनिश्चित नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । कम्पनीले जरिवाना दाखिल गरे पनि भविष्यमा गुणस्तर सुनिश्चित गर्न प्राधिकरणले निर्देशन दिएको जनाएको छ ।
लगातार तीन दिन बढेको नेप्से आज घट्यो, साढे ८ अर्ब कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले घटेको छ । शून्य दशमलव ३० प्रतिशतले घटेको नेप्से बिहीबार २७४८.०५ विन्दुमा बन्द भएको हो ।
अर्ग्यानिक मलको व्यावसायिक उत्पादन सुरु
माधव ढुंगाना
मलका लागि परनिर्भर रहनुपर्ने अवस्था न्यूनीकरण गर्न रूपन्देहीको रोहिणी गाउँपालिकास्थित ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिले अर्ग्यानिक मलको व्यावसायिक उत्पादन सुरु गरेको छ ।
अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ ।
डेढ दशकमा पनि बनिसकेन हुलाकी राजमार्ग
विमल खतिवडा
तराईका जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम जोड्ने गरी डेढ दशकअघि निर्माण थालिएको हुलाकी राजमार्ग अझै पूरा हुन सकेको छैन । निर्माण सुरु भएको १५ वर्ष पुग्दा प्रगति ६७.५६ प्रतिशत मात्र बाँकी छ । निर्माण कहिले सकिन्छ ? यो प्रश्नमा स्वयं आयोजना कार्यालय नै अनुत्तरित छ ।
टेलिकम लाइसेन्समा सीजीको रिट खारेज
सजना बराल
व्यावसायिक घराना चौधरी समूहअन्तर्गतको सीजी कम्युनिकेसन लिमिटेडले आफ्नो अनुमतिपत्र खारेजी रोक्न माग गर्दै दायर गरेको रिट पाटन उच्च अदालतले खारेज गरिदिएको छ । यो फैसलासँगै ग्रामीण दूरसञ्चार सेवाको अनुमति जोगाइराख्ने सीजीको कानुनी प्रयास असफल भएको छ ।
तीन वर्षभित्र भैरहवामा अत्याधुनिक इन्धन डिपो
कान्तिपुर संवाददाता
नेपाल आयल निगमले तीन वर्षभित्र लुम्बिनी प्रदेशमा अत्याधुनिक इन्धन भण्डारण डिपो बनाउने भएको छ । लुम्बिनी प्रादेशिक कार्यालय, भण्डारण डिपो निर्माणका लागि आवश्यक विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न काठमाडौं विश्वविद्यालय (केयू) को कन्सल्टेन्सी सेवा विभागलाई जिम्मा दिइएको छ । डीपीआर गर्न केयूका कन्सल्टेन्सी विभाग प्रमुख विवेक बराल र निगमका उपनिर्देशक प्रदीप यादवबीच बुधबार द्विपक्षीय सम्झौता भयो ।
मंसिर १२, २०८१
हिमालयले पोखराबाट चीनको ल्हासा उडान गर्ने
सुरज कुँवर
नेपाली र चिनियाँ संयुक्त लगानीमा १० वर्षअघि काठमाडौंमा स्थापना भएको हिमालय एयरलायन्सले पोखराबाट चीनको ल्हासा उडान गर्न तयारी थालेको छ ।
ऊर्जा प्रवर्द्धक रहेका उद्योगीलाई प्राधिकरणले तिर्नुपर्ने रकमबाट डेडिकेटेडको बक्यौता असुल गरिने
कान्तिपुर संवाददाता
जुन उद्योगी ऊर्जा प्रवर्द्धक छन् र तिनका उद्योगले बक्यौता तिर्न बाँकी छ भने विद्युत् बिक्री सम्झौताअनुसार नेपाल विद्युत् प्राधिकरणले दिनुपर्ने रकम मासिक रुपमा कट्टा गर्दै लगिने भन्दै ऊर्जा प्रवर्द्धकहरुलाई जानकारीपत्रसमेत पठाएको छ ।
बक्यौता नतिरेका उद्योगीका घरको बिजुली काट्न आयोगको सहमति खोज्दै प्राधिकरण
कान्तिपुर संवाददाता
बक्यौता नतिरेका उद्योगी तथा सञ्चालकका घरको समेत लाइन काटेर बक्यौता असुल गर्न पाउनुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगसँग सहमति मागेको छ ।
बक्यौता नतिर्ने ३४ उद्योगलाई सेयर जारी गर्न नदिन धितोपत्र बोर्डलाई घिसिङको पत्र
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिरकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेर महसुल नतिरेका ३४ उद्योगलाई सेयर जारी गर्ने अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई पत्र पठाएका छन् ।
बक्यौता नतिर्ने उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारलाई विद्युत् प्राधिकरणको पत्र
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ ।
नेप्से ३९.७० अंकले बढ्यो, साढे ९ अर्बको कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ३९.७० अंकले बढेको छ । बुधबार मात्रै १ दशमलव ४६ प्रतिशतले बढेको नेप्से बुधबार २७५६.३६ विन्दुमा पुगेर बन्द भएको हो ।
रोकिएको आइपीओ निष्कासन चाँडै सुरु हुन्छ‍ : अध्यक्ष श्रेष्ठ
कान्तिपुर संवाददाता
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै काम अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए ।
लगातार २ दिन घटेको सुनको भाउ बुधबार बढ्यो
कान्तिपुर संवाददाता
पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य बुधबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकिएको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ९ सय रुपैयाँले बढेको हो ।
रसुवाबाट छुटेको कन्टेनर छाडेर सम्पर्कमा नआएका आयातकर्ता पक्राउ
ऋषिराम पौड्याल
अनुसन्धान विभागले राजस्व छलीको शंकामा रसुवा भन्सारबाट छुटेको मालवाहक कन्टेनर नियन्त्रणमा लिएपछि सम्पर्कविहीन आयातकर्ता मंगलबार पक्राउ परेका छन् । राजस्व अनुन्धान विभागले नियमित अनुगमनका क्रममा साताअघि नुवाकोटबाट नियन्त्रणमा लिएको कन्टेनरसहितको सामान छाडेर उनी फरार भएका थिए ।
सल्यानमा दर्जनौं विकास योजना अलपत्र
विप्लव महर्जन
शारदा नगरपालिका–१ श्रीनगरस्थित शारदा नदीमा पक्की पुल निर्माण गर्न सडक डिभिजन कार्यालय दाङले ०७८ मा १० करोड बजेट छुट्यायो । ०७८ मै ठेक्का गर्दा पुल निर्माणको कामको जिम्मेवारी पाएको जलजला जयमा स्वर्गद्वारी निर्माण कम्पनीले काम सुरु गर्‍यो ।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको निर्देशन
कान्तिपुर संवाददाता
विद्युत् नियमन आयोगले उद्योगमा बिजुली नकाट्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले मंगलबार चारबुँदे पत्र पठाउँदै बक्यौता नबुझाउने उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । गत कात्तिक २५ को मन्त्रिपरिषद्ले टाइम अफ डे (टीओडी) मिटरसमेतको आधारमा गणना गरेर १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो ।
मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
कान्तिपुर संवाददाता
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।
सेवाग्राहीका व्यक्तिगत विवरण आपराधिक गिरोहलाई बेच्ने 'खल्ती वालेट'का कर्मचारी पक्राउ
कान्तिपुर संवाददाता
भुक्तानी सेवा प्रदायक 'खल्ती वालेट'का केही कर्मचारीहरूले सेवाग्राहीको व्यक्तिगत कागजात र विवरणहरू आपराधिक गिरोहहरूलाई बेच्ने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा कम्पनीका कर्मचारीले कमिसन लिएर विवरण उपलब्ध गराउने तथ्य फेला परेको हो ।
बैंकले ऋण उपलब्ध नगराउँदा वैदेशिक रोजगारीमा जानेहरू मिटरब्याजीको 'ट्र्याप'मा परे : श्रममन्त्री भण्डारी
कान्तिपुर संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीहरुको ट्र्यापमा पर्ने गरेको बताएका छन् ।
सुनको मूल्य घटेपछि माग बढ्यो
रासस
सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको संख्या बढेको छ । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वाभाविक रहेको बताउँछन् ।
३३.४१ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ३३.४१ अंकले बढेको छ । मंगलबार मात्रै १ दशमलव २४ प्रतिशतले नेप्से बढेर २७१६.६६ विन्दुमा बन्द भएको हो ।
सुनको मूल्य दुई हजार छ सयले घट्यो
कान्तिपुर संवाददाता
सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ ।
झन्डै एक वर्षमा धितोपत्र बोर्डले पायो अध्यक्ष
यज्ञ बञ्जाडे
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ११ महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले श्रेष्ठलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।
‘सुनमा भन्सार घटाउने निर्णय स्वागतयोग्य’
कान्तिपुर संवाददाता
मोरङ उद्योग व्यापार संघले सरकारको सुनचाँदी आयात गर्दा लाग्ने भन्सार महसुल घटाउने निर्णयको स्वागतयोग्य रहेको बताएको छ । सरकारले हालै मार्बल, ग्रेनाइट, सुन तथा चाँदी र दाल आयात गर्दा लाग्ने भन्सार महसुल, अन्तःशुल्क तथा अग्रिम आयकरका दर घटाउने निर्णयको संघले स्वागत गरेको हो ।
मंसिर १०, २०८१
मुआब्जा माग्दै स्थानीयले फेरि रोके नागढुंगा सुरुङको काम
विमल खतिवडा
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण सकिनै लाग्दा स्थानीयले काममा फेरि अवरोध गरेका छन् । विभिन्न बहानामा पटक–पटक सुरुङमार्ग निर्माणमा बाधा पुर्‍याउँदै आएका उनीहरूले यस पटक पुरानै माग दोहोर्‍याइरहेका छन्- सुरुङमाथिको जग्गाको पनि मुआब्जा दिइयोस् ।
धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त
कान्तिपुर संवाददाता
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तीन उद्यमी पुरस्कृत
आनन्द गौतम
दशौं उद्योग दिवसको अवसरमा ताप्लेजुङका तीन उद्यमी पुरस्कृत भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले यो वर्षभरिमा उत्कृष्ट उद्यम गर्नेहरूलाई पुरस्कृत गरेको हो ।
१५‍.८३ अंकले बढ्यो नेप्से, साढे ६ अर्ब कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १५‍.८३ अंकले बढेको छ । लगातार दुई कारोबार दिन घटेको नेप्से आज बढेको हो । नेप्से गत बिहीबार ३१.३१ अंक र आइतबार १३‍.०३ अंकले घटेको थियो ।
‘सार्वभौम साख मूल्यांकनमा नेपालको आर्थिक विकासमा सञ्जिवनी बुटी बन्ने’
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले प्राप्त गरेको ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा मुलुकको आर्थिक विस्तारका लागि सञ्जिवनी बुटी बन्ने बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले जनाएको छ ।
सुनको भाउ एकैदिन तोलामा १५ हजार ९ सय रूपैयाँले घट्यो
कान्तिपुर संवाददाता
सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार रुपैयाँभन्दा बढीले घटेको हो ।
११ महिनापछि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त हुँदै
यज्ञ बञ्जाडे