text
stringlengths
2
914
अध्यक्ष पद खाली भएको करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्डले नेतृत्व पाउने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेसँगै बोर्डले अध्यक्ष पाउन लागेको हो । चर्को विवाद र लामो राजनीतिक खिचातानीकै कारण लामो समयसम्म सरकारले अध्यक्ष नियुक्त गर्न सकेको थिएन ।
५० प्रतिशत घट्यो सुनको भन्सार
राजु चौधरी
सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘नेपाल र भारतबीचको भन्सार दर एउटै बनाउन १० प्रतिशत गर्ने निर्णय भएको छ,’ उनले भने, ‘भन्सार दर घटाउने निर्णय भए पनि सार्वजनिक गरिएको छैन ।’
बेलायतका इन्जिनियरले देखाए काठमाडौंमा मेट्रो रेल चल्ने आधार
नवीन पोखरेल
बेलायतका इन्जिनियरहरूले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउन सकिने विभिन्न आधार प्रस्तुत गरेका छन् । ‘इन्स्टिच्युसन अफ सिभिल इन्जिनियर्स’ र ‘सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके’ ले गत बुधबार आयोजना गरेको एक कार्यक्रममा बेलायती र नेपाली इन्जिनियरले यसको सम्भाव्यता र दीर्घकालीन प्रभावसहित गुरुयोजनाबारे छलफलसमेत गरे ।
नेपाली चिया आयात रोक्न दार्जिलिङका चिया श्रमिकको माग
पर्वत पोर्तेल
नेपाली चियाले दार्जिलिङ चियाको ब्रान्डमा असर पुर्‍याएको भन्दै दार्जिलिङका चिया श्रमिक संगठनका एक नेताले नेपाली चियाको आयात तत्काल रोक्न केन्द्र सरकारले पहल गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । एक साताअघि दार्जिलिङ भ्रमणमा आएका बखत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपाली चियाको आयात रोक्ने आश्वासन दिएकी थिइन् ।
मंसिर ९, २०८१
नगर विकास कोषको कार्यकारी निर्देशकमा पण्डित नियुक्त
कान्तिपुर संवाददाता
शहरी विकास मन्त्रालय अन्तर्गत नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद पण्डित नियुक्त भएका छन् ।
परिसंघको वरिष्ठ उपाध्यक्षमा पाण्डे चयन
कान्तिपुर संवाददाता
नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।
१३.०३ अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १३.०३ अंकले घटेको छ । शून्य दशमलव ४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा बन्द भएको हो ।
सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो
कान्तिपुर संवाददाता
केही दिनअघि लगातार घटेको सुनको भाउ फेरि बढ्न थालेको छ । सुनको मूल्य पछिल्ला दिन लगातार बढिरहेको छ । नेपाली बजारमा शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ ।
कर्मचारीको तलब वृद्धिको बाध्यता तत्काललाई टर्‍यो
कान्तिपुर संवाददाता
सरकारले समान ओहदा र मर्यादाक्रमका कर्मचारीको तलब वृद्धि गर्नुपर्ने बाध्यता तत्काललाई टरेको छ । कर्मचारीको तलबमान समान गर्न गत असारमा सर्वोच्च अदालतले दिएको परमादेश पुनरावलोकन हुने भएपछि मुद्दाको फैसला नहुँदासम्मका लागि तलब वृद्धि गर्नुपर्ने बाध्यता टरेको हो ।
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया सुरु, आज अन्तर्वार्ता
यज्ञ बञ्जाडे
नेपाल सरकारले धितोपत्र बोर्ड अध्यक्ष छान्न फेरि प्रक्रिया थालेको छ । पटक–पटक प्रक्रिया सुरु गरे पनि विभिन्न कारणले छान्न नसकेको सरकारले यस पटक फेरि तीन जना प्रत्याशीहरूलाई अन्तर्वार्ताका लागि बोलाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार (मंसिर ९) यसअघि पहिलो चरणको छनोटमा परेर पनि अन्तर्वार्तामा सहभागी नभएका तीन जनालाई बोलाएको हो ।
राष्ट्रिय प्रसारणमा जोडियो झुम्साखोला लघु जलविद्युत्
माधव अर्याल
पाल्पाको झुम्साखोला तेस्रो लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । माथागढी गाउँपालिका–५ हात्तीलुङ झुम्साखोलामा सञ्चालित लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजना ०६४ सालमै निर्माण भएको हो ।
बुढीगण्डकी आयोजनाको अन्योलले सुनसान बन्दै आरुघाट बजार
हरिराम उप्रेती
जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र आरुघाट बजारको सडक ढलानका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ छुट्याएको छ । तर बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा विकासका संरचना निर्माणको काम नगर्ने नीतिले योजना कार्यान्वयन अन्योलमा छ ।
सुन्तला सुकेपछि मह उत्पादनमा
प्रकाश बराल
७२ वर्षको उमेरमा पनि लोभलाग्दो मिहिनेत गर्छन् । गत वर्ष बिरामी परेर पायल्सको अपरेसन गरेपछि उस्तो काम गर्न सक्दैनन् । बिहानै उठेर भैंसीको स्याहार सकेर दिउँसो मौरीघार स्याहार्न खटिन्छन् । यति बेला उनी मह काढ्ने, तौलेर बट्टामा राख्नेर। अर्डरअनुसार उपभोक्तालाई पठाउने काममा व्यस्त छन् । उ
यस वर्ष साढे १३ लाखलाई सेवा दिने मनकामना केबलकारको लक्ष्य
कान्तिपुर संवाददाता
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश गरेको छ । शनिबार २६औं वर्ष पूरा गरी २७औं वर्षमा प्रवेश गरेको मनकामना दर्शन प्रालिले आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।
मंसिर ८, २०८१
मनकामना केबलकारले यस वर्ष साढे १३ लाख यात्रुलाई सेवा दिने
कान्तिपुर संवाददाता
मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष भएको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको थियो । हाल १२ लाख यात्रुलाई सेवा दिने गरेको छ । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
बालबालिकाको डिजिटल सुरक्षाका लागि कार्यशाला
कान्तिपुर संवाददाता
बालबालिका र युवाहरूको अनलाइन सुरक्षाका लागि कार्यरत संस्था चाइल्ड सेफ नेटले सामाजिक सञ्जाल प्लाटफर्म टिकटकसँगको सहकार्यमा बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरेको छ । शुक्रबार आयोजित कार्याशालामा २० विद्यालय र कलेजका ४० भन्दा बढी विद्यार्थी सहभागी थिए ।
धितोपत्र बोर्ड अध्यक्षका लागि आइतबार अन्तर्वार्ता
यज्ञ बञ्जाडे
नेपाल सरकारले धितोपत्र बोर्डको अध्यक्षका निम्ति तीन जना प्रत्याशीलाई अन्तर्वार्ताका लागि डाकेको छ । सिफारिस समितिले यसअघि पहिलो चरणको छनोटमा परेर पनि अन्तर्वार्तामा सहभागी नभएका तीन जनालाई आइतबार अन्तर्वार्ताका लागि डाकेको हो ।
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
रासस
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।
चिलिमेका तीनवटै आयोजना सम्पन्न, १६८ मेगावाट थप
रासस
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।
इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
कान्तिपुर संवाददाता
गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् ।
गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग ३९ प्रतिशत, अघिल्लो वर्षभन्दा घट्यो
कान्तिपुर संवाददाता
आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूको क्षमता उपयोग ३९.२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३.२ प्रतिशत बिन्दुले कम हो ।
'म्याट्रिमोनी डटकम'ले विवाह कर्जा दिने
एजेन्सी
जीवन साथी खोजिदिने भारतीय अनलाइन सेवा प्रदायक 'म्याट्रिमोनी डटकम'ले विवाहका लागि कर्जा दिने वित्तीय प्रविधि प्लाटफर्म सञ्चालनमा ल्याएको छ । हालै आयोजित कार्यक्रममा कम्पनीले विवाह कर्जा प्रदान गर्नलाई ‘वेडिङ लोन्स डटकम’ सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सोयाबिन तेल, कार्पेट, चिया र अलैंचीले बढाए निर्यात
राजु चौधरी
सोयाबिन, कार्पेट, चिया र अलैंचीको निर्यातले मुलुकको निर्यात व्यापार बढाइदिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निर्यात व्यापार ६.११ प्रतिशतले घटेकामा ४ महिनासम्म आइपुग्दा निर्यात ४.१६ प्रतिशतले बढेको छ ।
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या
कान्तिपुर संवाददाता
तयारीबिना बजेटमा योजना राख्दा त्यसको कार्यान्वयनमा समस्या हुने गरेको सरोकारवाला निकायले औंल्याएका छन् । रुख काट्ने, मुआब्जा वितरण र विद्युत्का पोल समयमै व्यवस्थापन गर्न नसक्दा सडक पूर्वाधार निर्माणले गति लिन नसकेको सरोकारवाला निकायको भनाइ छ । तीन तहको सरकार रहे पनि साना टुक्रे योजनाको काम अझै संघ सरकारले गर्नुपर्ने बाध्यता रहेको उनीहरूले सुनाए ।
‘रेटिङले एफडीआई र विदेशी ऋण ल्याउन सहज’
कान्तिपुर संवाददाता
सार्वभौम रेटिङपछि नेपाललाई प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र विदेशबाट ऋण ल्याउन सहज भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । सार्वभौम रेटिङको नतिजाबारे जानकारी दिन शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अब नेपाललाई विदेशीबाट धेरैभन्दा धेरै पुँजी भित्र्याउन बाटो खुलेको दाबी गरे ।
एनआरएनको कम्पनीलाई आईपीओ निष्कासनको बाटो खुल्यो
कान्तिपुर संवाददाता
नेपाल सरकार र गैरआवासीय नेपाली (एनआरएन) को संयुक्त लगानी रहेको कम्पनीले प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्न पाउने भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०८१ संशोधनमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो । निर्देशिका शुक्रबारदेखि लागू भएको छ ।
१३५ मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
कान्तिपुर संवाददाता
मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । मनाङ–मर्स्याङदी जलविद्युत कम्पनी प्रालिद्वारा प्रवर्द्धित १३५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माणका लागि गत असोज ६ मा चीनको एक्जिम बैंकसँग कर्जा सम्झौता भएको थियो ।
लुम्बिनीमा बनाइएको सभाहल चलाउनै धौधौ
सन्जु पौडेल
लुम्बिनी गुरुयोजनाविपरीत निर्माण गरिएको ५ हजार जना क्षमताको अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालन गर्न धौधौ हुन थालेको छ । लुम्बिनीमा आयोजना गरिने सम्मेलन र ध्यान लक्षित गरेर बनाइएको हल निर्माण पूरा भएको साढे दुई वर्ष भइसकेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ ।
मंसिर ७, २०८१
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्र पनि समावेश
कान्तिपुर संवाददाता
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ ।
जापानले बनाउँदै विश्वकै शक्तिशाली सुपर कम्प्युटर
एजेन्सी
प्रविधि क्षेत्रको प्रतिस्पर्धा बढ्दै जाँदा जापानले विश्वकै पहिलो जेटा श्रेणीको सुपर कम्प्युटर निर्माणको तयारी थालेको छ । सो डिभाइस अहिले संसारमा उपलब्ध सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरभन्दा लगभग १००० गुणा बढी शक्तिशाली हुने दाबी गरिएको छ ।
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष ढकाल
कान्तिपुर संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज : अर्थमन्त्री
कान्तिपुर संवाददाता
सार्वभौम रेटिङपछि नेपाललाई प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र विदेशबाट ऋण ल्याउन सहज भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । सार्वभौम रेटिङको नतिजाबारे पूर्ण जानकारी दिन शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अब नेपाललाई विदेशीबाट धेरै भन्दा धेरै पुँजी भित्र्याउन बाटो खुलेको बताए ।