text stringlengths 2 914 |
|---|
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत नाघेको हो । |
फेरि बढ्न थाल्यो सुनको भाउ, तोलाको १ लाख ६३ हजार रुपैयाँ |
कान्तिपुर संवाददाता |
केही दिनअघि लगातार घटेको सुनको भाउ फेरि बढ्न थालेको छ । सुन मूल्य तीन दिनयता लगातार बढिरहेको छ । नेपाली बजारमा मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । |
पैसा धेरै भएपछि आज फेरि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) पनि राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः ४० अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । |
‘द्रुतमार्गका लागि सुरु बिन्दु खोकना नै उपयुक्त विकल्प’ |
विमल खतिवडा |
काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरु भएको ७ वर्ष भयो । अहिलेसम्म ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमिमा मात्र ठेक्का भएको छ । ६.५ किमि पर्ने ललितपुरस्थित खोकना क्षेत्रमा काम सुरु नै हुन सकेको छैन, जसका कारण थपिएको समयमा पनि फास्ट ट्र्याकको निर्माण नसकिने निश्चितप्रायः छ । |
चाडपर्व सकिएपछि ल्याइयो मकालु वाइडबडी |
कान्तिपुर संवाददाता |
मर्मतका लागि इटाली पठाइएको नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी मकालु ८३ औं दिनमा काठमाडौं ल्याइएको छ । दसैंअघि नै मर्मत सकेर ल्याइने भनिएको जहाज चाडपर्व सकिएपछि मात्र आइपुगेको हो । |
दुर्गमका १० जिल्लामा अब पेट्रोल पम्प |
राजु चौधरी |
सबै जिल्लामा पेट्रोल पम्प पुर्याउने उद्देश्यले नेपाल आयल निगमले दुर्गमका १० जिल्लामा पनि पम्प सञ्चालन गर्ने तयारी थालेको छ । प्याक्ट बिक्रेतामार्फत बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमको तयारी छ । |
कर प्रणाली सुधार गर्न परिसंघको सुझाव |
कान्तिपुर संवाददाता |
नेपाल उद्योग परिसंघ (सीएनआई) ले कर प्रणाली सुधार गरी आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । ‘राष्ट्रिय कर दिवस २०८१’ को अवसर पारेर परिसंघले मंगलबार गरेको ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा कर प्रणालीमा सुधार गर्न जोड दिएको हो । |
भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह |
कान्तिपुर संवाददाता |
नेपाल चेम्बर अफ कमर्सले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासँगको भेटवार्तामा भारतसँगको व्यापारमा सहजीकरण गर्न आग्रह गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी र कार्यसमितिले मंगलबार राजदूत शर्मासँग भेटवार्ता गरेको हो । |
मंसिर ४, २०८१ |
फाल्गुनन्दमा धानको लेखाजोखा |
लक्ष्मी गौतम |
पचास मुरी भन्दा बढी धान फलाउने किसानलाई पुरस्कृत गर्दै आएको फाल्गुनन्द गाउँपालिकाले यो वर्ष उत्पादन भएको धानको तौल लिन सुरु गरेको छ । |
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन् । |
तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रुपमा तलब तथा ज्याला सूचकांक प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ । |
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति |
कान्तिपुर संवाददाता |
गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । |
नेप्सेमा ५१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो |
कान्तिपुर संवाददाता |
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो । |
कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी |
रासस |
लक्ष्यअनुरुप कर संकलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई खर्ब ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको दुई खर्ब ५० करोडभन्दा बढी बक्यौता देखिएको हो । |
औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तरकारीको भाउ सबैभन्दा महँगो |
कान्तिपुर संवाददाता |
गत असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.८२ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ७.५० प्रतिशत थियो । |
विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो |
कान्तिपुर संवाददाता |
मुलुकको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ । गत असार महिनाको तुलनामा यो ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । |
तीन महिनामा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब भित्रियो |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो । ०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । |
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा |
कान्तिपुर संवाददाता |
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा गरेको छ । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो । |
ठूला प्रविधि कम्पनीलाई चुनौती दिने र मस्कलाई सघाउने ट्रम्पका प्रस्तावित सञ्चार आयुक्तको संकेत |
कान्तिपुर संवाददाता |
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । |
सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो |
कान्तिपुर संवाददाता |
सुनको मूल्य दुई दिनयता लगातार बढिरहेको छ । मंगलबार सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । |
दरबारमार्गमा ६ अर्ब लागतको २५ तले अन्नपूर्ण स्क्वायर बन्दै |
कान्तिपुर संवाददाता |
दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण थालिएको छ । यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा स्क्वायर निर्माण थालेको हो । एक विशेष समारोहबीच सोमबार यसको भूमिपूजा गरियो । |
उत्कृष्ट करदाता बन्यो युवाले हाँकेको कोडावतार |
सजना बराल |
सूचना प्रविधि क्षेत्रले नेपालको अर्थतन्त्रमा दिने योगदान बलियो हुँदै गइरहेको सन्दर्भमा अर्को एउटा उदाहरण थपिएको छ । शनिबार राष्ट्रिय कर दिवसका अवसरमा सरकारले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरिरहँदा सूचना प्रविधि क्षेत्रबाट पनि एउटा कम्पनी सम्मानित भयो । |
काँकडभिट्टा-लौकही सडक विस्तारको प्रगति १० प्रतिशत पनि कटेन |
विमल खतिवडा |
एसियन हाइवेअन्तर्गत पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकही खण्डमा सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको छ । राजमार्ग खण्डमा चार र सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन सडक बन्नेछ । यसलाई तीन खण्डमा विभाजन गरेर काम अघि बढाइएको छ । निर्माण थालेको एक वर्ष पुग्न लाग्दा तीनै खण्डको प्रगति भने १० प्रतिशत कट्न सकेको छैन । |
मंसिर ३, २०८१ |
घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा |
कान्तिपुर संवाददाता |
नेपालको सिमेन्ट उत्पादन क्षेत्रमा घोराही सिमेन्ट इन्डस्ट्री अग्रणी नाम हो । हालै घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन 'ढलाई मिक्स पी.पी.सी सिमेन्ट' बजारमा ल्याएको छ । |
‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन |
कान्तिपुर संवाददाता |
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । |
पर्सा-बारा करिडोरका ७ सिमेन्ट उद्योग बन्द |
शंकर आचार्य |
ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा तथा बजार साँघुरिदै गएपछि पर्सा–बारा औद्योगिक करिडोरका एक दर्जनमध्ये ७ वटा सिमेन्ट उद्योग बन्द भएका छन् । तीन वर्षयता यहाँका सिमेन्ट उद्योग बन्द धमाधम हुन थालेका हुन् । |
निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्य गरौँ : अध्यक्ष ढकाल |
कान्तिपुर संवाददाता |
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । |
सिजनमै बढ्न सकेन घरजग्गा कारोबार |
कान्तिपुर संवाददाता |
गत असोजको तुलनामा कात्तिकमा संख्याका आधारमा घरजग्गा कारोबार बढे पनि राजस्व घटेको छ । घरजग्गा व्यापारको सिजन कात्तिकदेखि सुरु भए पनि कारोबार बढ्न नसकेको व्यवसायी बताउँछन् । गत असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाटको लिखत पारित हुँदा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । |
अलैंचीको मूल्य छ वर्षयताकै उच्च, प्रतिमन १ लाख ७ हजार रूपैयाँमा कारोबार |
लक्ष्मी गौतम |
कोशी प्रदेशका पहाडी जिल्लाका किसानको मुख्य नगदे बाली अलैंची सोमबार छ वर्ष यता उच्च मूल्यमा किनबेच भइरहेको छ । |
सरकारले ट्रेजरी बिलमार्फत सवा १७ अर्ब आन्तरिक ऋण उठाउँदै |
कान्तिपुर संवाददाता |
सरकारले करिब सवा १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् १७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ उठाउन लागेको जनाएको हो । |
राष्ट्र बैंकको प्रतिवेदन भन्छ- साइबर ठगीमा युवा बढी |
यज्ञ बञ्जाडे |
शंकास्पद वित्तीय कारोबारमा १९–२४ वर्ष उमेर समूहका व्यक्ति धेरै संलग्न रहेको एक सरकारी प्रतिवेदनले औंल्याएको छ । नेपाल राष्ट्र बैंकको वित्तीेय जानकारी इकाइले आइतबार सार्वजनिक गरेको साइबर प्रविधिमा आधारित रणनीतिक विश्लेषण प्रतिवेदन (स्ट्राटेजिक एनालसिस रिपोर्ट २०२४) ले किशोरावस्था उमेर समूहका व्यक्तिको धेरै वित्तीय कारोबार शंकास्पद देखिएको, उनीहरूले पेसामा ‘विद्यार्थी’ उल्लेख गरेको देखाएको छ । |
नारायणगढ-बुटवल सडक विस्तारमा ६ वर्षमा तीन पटक म्याद थप |
विमल खतिवडा |
नारायणगढ–बुटवल सडक खण्डको नामै सुन्दा पनि हिजोआज यो खण्ड भएर यात्रा गर्ने यात्रु–चालक दिक्क मान्न थालेका छन् । ट्राफिक जाम नझेली र धूलोको सास्ती नखेपी यात्रु गन्तव्यमा पुग्न सक्दैनन् । समस्या अहिलेको होइन, यो खण्ड भएर यात्रा गर्ने यात्रुले ६ वर्षदेखि दिनहुँ यस्तै कष्ट भोगिरहेका छन् । सडक विस्तारका लागि तेस्रो पटक म्याद थप भइसक्यो । तर निर्माण प्रगति ५३ प्रतिशत कट्न सकेको छैन । |
उड्डयन प्राधिकरणले ल्यायो ३४ अर्बको बजेट |
कान्तिपुर संवाददाता |
काठमाडौंसहित तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष ०८१/८२ का लागि ३४ अर्ब १२ करोडको बजेट ल्याएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे अध्यक्ष रहेको सञ्चालक समितिको ४२५औं बैठकले आर्थिक वर्ष सुरु भएको चार महिनापछि प्राधिकरणको बजेट पारित गरेको हो । |
बिटक्वाइनको मूल्यमा नयाँ उचाइ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.