text
stringlengths
2
914
डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा नेपाल विद्युत् प्राधिकरणले ५ वटा उद्योगका लाइन काटिरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दीपक खड्काले पाएका थिए । गत असार २५ यता प्राधिकरणले बक्यौता उठाउन बिजुली काटिरहेका बेला असार ३१ मा ऊर्जामन्त्री खड्काले मन्त्रालयको कार्यभार सम्हाल्दै ‘डेडिकेटेड र ट्रंकलाइनका सम्बन्धमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
सहरीमा पुरानै कामको निरन्तरता
विमल खतिवडा
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सयदिने कार्यकालमा पुरानै कामको फेहरिस्त प्रस्तुत गरे । देखिने गरी खासै केही काम गरेनन् । पहिल्यै निर्माण थालेको धरहरा सञ्चालनमा ल्याउने र निर्माण भइसकेका भवनमा मन्त्री आवास सार्ने कामतिर उनी केन्द्रित बने ।
खुद्रे काममा सीमित सञ्चार मन्त्रालय
सजना बराल
सञ्चार तथा सूचना मन्त्रालयले सय दिनको अवधिमा लक्ष्यभन्दा धेरै काम सम्पन्न गरेको छ । आफ्नो मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यालयले दिएको जिम्मेवारीमध्ये शतप्रतिशत मात्र होइन, ११७ प्रतिशत काम पूरा गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको दाबी छ ।
कार्तिक ६, २०८१
सेयर बजार सीमित व्यक्तिको नियन्त्रणमा : व्यवसायी
माधव ढुंगाना
नेपालको सेयर बजार सीमित व्यक्तिको नियन्त्रणमा रहेको भैरहवा क्षेत्रका व्यवसायीले बताएका छन् । समयमै नियमनकारी निकाय सजग नभए यसले थप समस्या निम्त्याउने पनि उनीहरूको दाबी छ ।
काठमाडौंमा समावेशी बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
कान्तिपुर संवाददाता
समावेशी बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई–२०२४) काठमाडौंमा सुरु भएको छ । लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बिमालाई प्रोत्साहन गर्न मंगलबारबाट सम्मेलन सुरु भएको हो ।
२६ अंकले बढ्यो नेप्से, ४ अर्बको सेयर किनबेच
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.८८ अंकले बढेर २ हजार ६ सय ६५.८१ विन्दुमा उक्लेको छ । सोमबारको तुलनामा नेप्से ०.९८ प्रतिशतले बढी हो । आइतबार र सोमबार दुवै दिन घटेको नेप्से मंगलबार दोहोरो अंकले बढेको हो ।
एआई कम्पनीहरू आणविक ऊर्जामा लगानी बढाउँदै
कान्तिपुर संवाददाता
गुगल, माइक्रोसफ्ट, अमेजन, ओपनएआई जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकासमा लागिपरेका कम्पनीहरूले वैकल्पिक ऊर्जाका लागि आणविक ऊर्जामा सम्भावना खोजिरहेका छन् ।
सुनको मूल्यमा हरेक दिन रेकर्ड, तोलाकै १ लाख ६५ हजार ९ सय रुपैयाँ
कान्तिपुर संवाददाता
सुनको मूल्यले हरेक दिन रेकर्ड ब्रेक गरेको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।
दर्ता प्रक्रियामा आयो टिकटक, मेटालाई ताकेता गर्दै सरकार
सजना बराल
भिडियो सेयरिङ प्लाटफर्म टिकटकले नेपालमा सूचीकृत हुन प्रक्रिया अघि बढाएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्छ । टिकटक यसअघि नै नेपालको कर प्रणालीमा भने जोडिइसकेको थियो ।
फेरि नयाँ उचाइमा अमेरिकी डलर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३४.८२ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो ।
दसैं सकेर धान भित्र्याउन भ्याइनभ्याई
विप्लव महर्जन
यति बेला जिल्लामा दसैं मानेर नियमित कामकाजमा फर्कनेको भीडभाड छ । सहरबजारसँगै गाउँमा कोही मोटर त कोही हिँडेरै दसैं सकेर कामकाजमा फर्किरहेका छन् । कालीमाटी गाउँपालिकाका किसानलाई भने विजयादशमीकै भोलिपल्टदेखि खेतमा पाकेको धान बालीलाई भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
कार्तिक ५, २०८१
बाढीपहिरो पीडितका लागि आयल निगमद्वारा तीन करोड रुपैयाँ सहयोग
कान्तिपुर संवाददाता
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल आयल निगमले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
भित्रिन थाल्यो कृषि सामग्रीको युरिया
शंकर आचार्य
कृषि सामग्री कम्पनीको युरिया मल सोमबारदेखि वीरगन्ज नाका हुँदै भित्रिन थालेको छ । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार, सोमबार बिहान वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा युरिया मल बोकेको एउटा रेल्वे र्‍याक आइपुगेको छ ।
अमेरिका जाँदै अर्थमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन सोमबार राति अमेरिकाको वासिङटन डिसीतर्फ जाने भएका छन् ।
सात दिनपछि लुक्लामा उडान, भित्रिए ११ सय ५५ पर्यटक
भानुभक्त निरौला
एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ पर्यटक भित्रिएका छन् । प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा रोकिएका पर्यटक हवाई मार्ग खुलेसँगै सोमबार लुक्ला आइपुगेका हुन् ।
बन्द र रुग्ण संस्थानहरूलाई निजीकरणका लागि सिफारिस गर्ने निर्णय
कान्तिपुर संवाददाता
निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्‌मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।
दोहोरो अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ५७.९९ अंकले घटेको छ । आइतबार ४७.४४ अंकले घटेको नेप्से आज २.१४ प्रतिशतले घटेको हो । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम पनि घट्यो ।
दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज
कान्तिपुर संवाददाता
नेपाल दूरसञ्चार प्राधिकरणले दुईटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिदिएको छ । सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्राधिकरणले सी.डाटा कम्युनिकेसन र लाइफ नेट प्रालिको लाइन्सेन्स खारेज गरिएको जनाएको छ ।
बैकिङ क्षेत्रको लगानीलाई वातावरण मैत्री बनाउन हरित लगानीसम्बन्धी मार्गदर्शन जारी
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन राष्ट्र बैंकले हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकले निर्देशन दिएको हो ।
दसैंयता सुनको भाउ बढेको बढ्यै, तोलाकै १ लाख ६५ हजार ६ सय रुपैयाँ
कान्तिपुर संवाददाता
सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ ।
उद्योगीले पाएनन् साढे तीन अर्बभन्दा बढी निर्यात अनुदान
राजु चौधरी
आफ्ना उत्पादन निर्यात गर्न सरकारले स्वदेशी उद्योगलाई निर्यात अनुदान घोषणा गरे पनि दुई वर्षयता कार्यान्वयन भएको छैन । अनुदान वितरण गर्न कार्यविधि नबनेको पनि होइन । तर पर्याप्त बजेट विनियोजन नहुँदा उद्योगीहरूले २ वर्षयता अनुदान पाएका छैनन् । फेडेरेसन अफ नेपाल एक्सपोर्टर्स एसोसिएसनका अनुसार २ वर्षको साढे ३ अर्बभन्दा बढी अनुदान वितरण भएको छैन ।
सार्वजनिक ऋण सवा २५ खर्ब, भदौको तुलनामा घट्यो
यज्ञ बञ्जाडे
गत भदौको तुलनामा असोजमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब साढे ५ अर्ब रुपैयाँ घटेको छ । गत असोज मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
अफलाइन डिजिटल भुक्तानी प्रवर्द्धन गर्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
नगदरहित र विद्युतीय भुक्तानी सेवा प्रवर्द्धन गर्दै आएको नेपाल राष्ट्र बैंकले इन्टरनेट र स्मार्टफोनबिनै अफलाइन माध्यमबाट हुने भुक्तानी सेवा नेपालका लागि राम्रो विकल्प हुन सक्ने औंल्याएको छ । यससम्बन्धी अध्ययन प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै केन्द्रीय बैंकले मोबाइल फोनको ‘यूएसएसडी’ प्रणालीमा आधारित भुक्तानी सेवा कार्यान्वयनका लागि नियामकले उचित कानुनी व्यवस्था तयार गर्नुपर्ने उल्लेख गरेको छ ।
प्रभावकारी बनेन लुम्बिनीको कृषि स्मार्ट कार्यक्रम
माधव अर्याल
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा सञ्चालित ‘हुँगी स्मार्ट कृषि कार्यक्रम’ (धान र तरकारी) अवधि पूरा भएको दुई वर्ष बित्दासमेत अझै हस्तान्तरण हुन सकेको छैन । यहाँ चार वर्ष कार्यक्रम सञ्चालन भएको हो । आर्थिक वर्ष ०७५/७६ पछि लेखापरीक्षण नभएकाले हस्तान्तरणमा ढिलाइ भएको हो । आर्थिक वर्ष ०७५/७६ मा यहाँ कार्यक्रम सुरु भएको थियो ।
कार्तिक ४, २०८१
फर्जी सहकारी प्रकरण : प्रहरीले तीन सातासम्म बचतकर्ता र रकम यकिन गर्न सकेन
विनय आजाद
माँ जानकी कृषि सहकारी संस्थाका नाममा फर्जी गरेर सर्वसाधारणको करोडौं रकम ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धानको तीन साता बित्दा पनि उक्त सहकारीबाट कति सर्वसाधारण पीडित छन् र कति रकम हिनामिना भएको हो भन्ने यकिन गर्न सकेको छैन ।
खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइने
कान्तिपुर संवाददाता
गत असोज १२ र १३ मा आएको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुन:स्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ ।
नेपाल बिमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
कान्तिपुर संवाददाता
नेपाल बिमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बिमासम्बन्धी अनुसन्धान र दक्ष बिमांकीय जनशक्ति उत्पादन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान र अभियोजन तीव्र पार्ने निर्णय
कान्तिपुर संवाददाता
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरे अब डिजिटल चिट
कान्तिपुर संवाददाता
सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो अब प्रहरीले डिजिटल चिट काट्ने भएको छ । नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको छ ।
मौसममा सुधार आएपछि मन्थली-लुक्ला उडान सञ्चालनमा
केदार शिवाकोटी
मौसममा सुधार आएसँगै रामेछापको मन्थलीबाट-सोलुखुम्बुको लुक्लाका लागि हवाई उडान हुन थालेको छ । आइतबार बिहान ११ बजेबाट लुक्लाको मौसम सुधार भएसँगै करिब एक सातापछि उडान सञ्चालनमा आएको हो ।
सुरक्षित र विश्वासनीय नागरिक उड्डयन प्रणाली विकास गर्न उच्चस्तरीय अध्ययन समिति गठन
कान्तिपुर संवाददाता
सरकारले सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।
४७.४४ अंकले घट्यो नेप्से, ८ अर्ब १८ करोडको कारोबार
कान्तिपुर संवाददाता
साताको पहिलो दिन नेप्से ४७.४४ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा बन्द भएको हो ।
राहत अनुदानमा प्राप्त सामाग्रीमा भन्सार छुट
कान्तिपुर संवाददाता
सरकारले विपद्‌पछिको राहत र पुननिर्माणका लागि अनुदानमा प्राप्त हुने सामाग्रीहरूमा भन्सार छुट दिने निर्णय गरेको छ ।