text
stringlengths
2
914
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
कान्तिपुर संवाददाता
अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको आइतबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने निष्कर्ष निकालिएको हो ।
सुनको भाउमा रेकर्ड, तोलाकै १ लाख ६५ हजार रुपैयाँ
कान्तिपुर संवाददाता
सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
कमलादी सडकमा भ्वाङ परेको साढे दुई महिनापछि निर्माण सुरु
विमल खतिवडा
कमलादीमा सडक भ्वाङ परेको साढे दुई महिनापछि ठेक्का सम्झौता भएर काम अघि बढेको छ । दसैंअघि ठेक्का सम्झौता भए पनि निर्माणको काम भने शनिबारबाट सुरु गरिएको छ । गत साउन २५ मा दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीच बाटोमै भ्वाङ परेको थियो । लगातार पानी परिरहेका बेला ११ मिटर लम्बाइमा पूरै कर्ल्भट भत्किएर सडकमा भ्वाङ परेको हो ।
साना ऋणीले सेयर कर्जा घटाए, ठूलाले बढाए
कान्तिपुर संवाददाता
गत भदौसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा ठूलो रकमका ऋण बढेका छन् भने साना ऋण घटेका छन् । पछिल्ला केही वर्षयता राष्ट्र बैंकको नीतिले ठूला तथा संस्थागत ऋणीलाई प्रोत्साहन गरेको छ । यहीकारण उनीहरूले थप कर्जा लिएर सेयरमा लगानी गरेकाले ठूला सेयर कर्जा बढेको जानकार बताउँछन् ।
उत्तरी नाकाको सास्ती, व्यापार ठप्प, राजस्व संकलन शून्य
ऋषिराम पौड्याल
बाढीपहिरोका कारण तातोपानी र रसुवा नाका जोड्ने सडक क्षतिग्रत भएपछि उत्तरका दुई स्थलमार्गबाट हुँदै आएको चीनसँगको व्यापार तीन सातादेखि ठप्प छ । दसैं, तिहार र छठ पर्वमा बिक्री गर्ने उद्देश्यले झिकाइएका व्यापारिक मालवस्तु चीनको सडक र गोदाममा थन्किएका छन् ।
कार्तिक ३, २०८१
शरद्कालीन हिमाल आरोहणलाई ६९ देशका विदेशी नेपालमा
कान्तिपुर संवाददाता
यस वर्षको शरद्कालीन हिमाल आरोहणका लागि ६९ देशका ८ सय ३९ जना विदेशी नेपाल आइपुगेका छन् । बुधबारसम्म सगरमाथाबाहेक ३७ वटा हिमाल आरोहणका लागि ६९ वटा देशका आरोही नेपालमा आइसकेको पर्यटन विभागले जनाएको छ ।
दुग्ध पदार्थ आयात खोल्न भारतको दबाब, रोकिदियो बीआईएस वितरण
राजु चौधरी
सरकारले दूध तथा दुग्ध पदार्थको आयात स्थगन गरेसँगै भारतले आयात खोल्न अनौपचारिक दबाब दिएको छ । दबाबस्वरूप तीन महिनादेखि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) वितरणमा रोक लगाएको छ । बीआईएस निर्यातलाई अनिवार्य चाहिने प्रमाणपत्र हो ।
लुक्ला हिँडेका पर्यटकका लागि तोकियो खुम्बु जाने गाडी भाडा
भानुभक्त निरौला
मौसम खराबीका कारण लुक्लामा जहाज चल्न नसकेपछि विदेशी पर्यटक वैकल्पिक स्थलमार्ग प्रयोग गरी खुम्बु जान थालेसँगै स्थानीय तहले गाडी भाडा निर्धारण गरेको छ । यातायात व्यवसायीले पर्यटकमार्फत मनोमानी भाडा उठाउन थालेको गुनासो बढेसँगै खुम्बु क्षेत्र भ्रमण गर्न आउनेका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले भाडादर तोकिदिएको हो ।
मलेसियाद्वारा श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा
होम कार्की
मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् ।
चुनौती रहे पनि अर्थतन्त्रमा सुधार भएको अर्थ मन्त्रालयको दाबी
कान्तिपुर संवाददाता
अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रको कार्यप्रगति सार्वजनिक गरेको छ । यसमा अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि संघीय संसद्मा विधेयक पेससम्म छन् ।
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
रासस
नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
कार्तिक २, २०८१
२ वर्षदेखि विद्युत उत्पादनको लाइसेन्स कुर्दै बेतन कर्णाली
ज्योति कटुवाल
लगानीको सुनिश्चितता भए पनि बेतन कर्णाली जलविद्युत आयोजनाको काम दुई वर्षदेखि ठप्प छ । आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार जलविद्युत कम्पनीले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गर्न सकेको छैन।
सीचेकको ३४ औं दिनमा निगमको वाइडबडी ग्राउन्डेड
सुरज कुँवर
इटालीबाट विस्तृत मर्मत गरेर ३४ दिनअघि नेपाल ल्याइएको नेपाल वायुसेवा निगमको वाइडबडी अन्नपूर्णको दायाँ इन्जिनमा खराबी देखिएपछि बिहीबार र शुक्रबारका उडान प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।
पर्यटकका लागि खुम्बु जाने गाडी भाडा निर्धारण
भानुभक्त निरौला
मौसम खराबीका कारण लुक्लामा जहाज चल्न नसकेपछि विदेशी पर्यटक बैकल्पिक स्थल मार्गको प्रयोग गरी खुम्बु जान थालेसँगै स्थानीय तहले गाडी भाडा निर्धारण गरेको छ । यातायात व्यवसायीले पर्यटक मार्फत मनोमानी भाडा उठाउन थालेको गुनासो बढेसँगै खुम्बु क्षेत्र भ्रमण गर्न आउनेका लागि खुम्बु पासाङ ल्हामु गाउँपालिकाले भाडादर कायम गरेको हो ।
चाडपर्वका लागि वीरगन्ज नाकाबाट भित्रियो १ सय १० टन चिनी
शंकर आचार्य
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चाडपर्वलाई लक्षित गरी वीरगन्ज नाकाबाट १ सय १० टन चिनी भित्र्याएको छ । कर्पोरेशन मधेश प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत संजय गुप्ताका अनुसार दसैँअघि असोज २४ का दिन वीरगन्ज भन्सार नाका हुँदै ३ वटा ट्रकमा गरी १ सय १० टन चिनी भित्रिएको हो ।
मौसमका कारण लुक्ला विमानस्थल पाँच दिनदेखि ठप्प, पर्यटकलाई सकस
भानुभक्त निरौला
लगातार मौसम प्रतिकुल हुँदा पर्यटकीय लुक्ला विमानस्थल पाँच दिनदेखि ठप्पजस्तै छ । नियमित हवाई उडान नभएपछि सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्यामा गिरावट आएको छ भने यहाँ आएका पर्यटकहरू समेत सास्ती खेप्न बाध्य छन् ।
सेवा रेमिटको लाइसेन्स खारेज, कम्पनीसँग लेनदेन भए दाबी गर्न ३५ दिने म्याद
कान्तिपुर संवाददाता
आफ्नो निर्देशनविपरीत काम गरेपछि नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको लाइसेन्स खारेज गर्न लागेको छ । सोही प्रक्रियामा सो कम्पनीसँग कसैको लेनदेन भए ३५ दिनभित्र दाबी गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ ।
सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाकै १ लाख ६४ हजार ४ सय रुपैयाँ
कान्तिपुर संवाददाता
सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा सुन किनबेच भएको थियो ।
कार्तिक १, २०८१
कहिले जाला बिजुली बंगलादेश ?
सीमा तामाङ
६ वर्षको गृहकार्यपछि भएको नेपाल र बंगलादेश विद्युत् बिक्री सम्झौता (पीएसए) कार्यान्वयनमा आउन अझै केही समय लाग्ने भएको छ । भारतको ग्रिड प्रयोग गरी नेपालको बिजुली बंगलादेश बिक्री गर्न अघिल्लो बिहीबार (असोज १७ मा) त्रिपक्षीय सम्झौता भएको थियो ।
बाढीपहिरोले पुर्‍याएको क्षतिमा ९ अर्बको बिमा दाबी, १७ करोड मात्र भुक्तानी
कान्तिपुर संवाददाता
असोज ११ र १२ गतेको भारी वर्षा र बाढीपहिरोका कारण भएको क्षतिमध्ये मंगलबार (२९ गते) सम्म करिब ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।
दसैंमा सुदूरपश्चिमबाट १० करोडका खसीबोका बिक्री
अर्जुन शाह
सुदूरपश्चिमबाट यो वर्षको दसैंमा करिब १० करोड रुपैयाँ बराबरका खसीबोका बिक्री भएका छन् । दसैँमा करिब पाँच हजार खसीबोका बिक्री भएका हुन् । तर उक्त परिमाण स्थानीय उत्पादनको आधा मात्र हो ।
वीरगञ्ज नाका : आयात लयमा फर्कियो, व्यापार र उद्योगमा सुधार आएन
रासस
मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो संकुचन देखा पर्‍यो । यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२/७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो ।
मन्थली-लुक्ला उडान नभएपछि हेलिकप्टर चार्टर गरेर फाप्लु र सुर्के जाने थाले पर्यटक
केदार शिवाकोटी
खराब मौसमका कारण मन्थली-लुक्ला उडान हुन नसकेपछि मन्थलीमा अलपत्र परेका विदेशी पर्यटकहरू हेलिकप्टर चार्टर गरेर फाप्लु र सुर्के जान थालेका छन् ।
नेप्सेमा सामान्य अंकको वृद्धि, ७ अर्ब कारोबार
कान्तिपुर संवाददाता
साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा बन्द भएको छ । दसैं बिदापछि गत मंगलबारदेखि खुलेकाे सेयर बजार लगातार बढिरहेको छ ।
उत्तरी नाका तीन सातादेखि ठप्प
ऋषिराम पौड्याल
असोज दोस्रो साताको बाढीपहिरोले मोटरेबल पुल तथा सडक क्षति गरेपछि नेपालको चीनसँग जोडिएको प्रमुख दुई नाका तातोपानी र रसुवागढीबाट हुँदै आएको व्यापार लगभग ठप्प जस्तै भएको छ । बाढीपहिरो अघि नै दसैँ र तिहारका लागि झिकाइएका व्यापारिक मालवस्तु चीनको विभिन्न सहर र बाटोका गोदाममा थन्केको छ ।
सुनको मूल्य तोलामा ६ सयले बढ्यो
कान्तिपुर संवाददाता
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा छ रुपैयाँ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६२ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक मन्त्रिपरिषद्‍मा
सजना बराल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष नै तर्जुमा गरेको ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक मस्यौदा २०८०’ लाई मन्त्रिपरिषद्मा दर्ता गराएको छ । विधेयकलाई फास्ट ट्र्याकमा अघि बढाउने मन्त्रालयले जानकारी दिएको छ ।
मधेशका अस्पतालले देखाएको देशको स्वास्थ्य ‘रिपोर्ट’
सम्पादकीय
स्वास्थ्य उपचार सम्झौताहीन प्रयत्न हो । गम्भीर बिरामी परेका बेला आर्थिक हैसियतले नभ्याए सर्वसाधारण जायजेथा बेचेरै पनि उपचार गर्न बाध्य हुन्छन् । उपचार सेवाबापत व्यावसायिक शुल्क लिनु पनि अन्यथा होइन । तर, मानवजीवनसँग सम्बन्धित संवेदनशील सेवामा कानुनी मापदण्ड पनि पूरा नहुनु विडम्बना हो ।
मधेशका अस्पतालले देखाएको देशको स्वास्थ्य ‘रिपोर्ट’
संग्रह
सेयर
नेताराजको अन्त्य किन ?
कृष्ण खनाल
गत चैत १ र २ गते म इलाममा आयोजित साहित्य महोत्सवमा सहभागी थिएँ । साहित्य मेरो विषय होइन, तर यसबाट कोही विमुख हुन सक्तैन । यो समाजभन्दा फरक कुरा पनि होइन । यसमा समाजकै प्रतिबिम्बन हुन्छन् । महोत्सवका विषय विविध थिए ।
नेताराजको अन्त्य किन ?
संग्रह
सेयर
देशको सिमाना पार गर्दै भ्रष्टाचार
दीपेश घिमिरे
नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्दाको घूस नेपाल बाहिरै लेनदेन भयो । पुस १८ मा कान्तिपुर दैनिकमा प्रकाशित एक समाचारअनुसार घूसमध्येको ४१ लाख ४० हजार अमेरिकी डलर सिंगापुर र दुबईलगायत देशमा व्यवस्थापन गरिएको थियो ।
देशको सिमाना पार गर्दै भ्रष्टाचार