text
stringlengths
2
914
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो कार्यकालको सय दिनमा उखु उत्पादक किसानलाई प्रोत्साहन अनुदान वितरण सुरु गरेको बताएका छन् ।
कृषिको ३६ अर्ब अनुदान कसले लग्यो, खोज्दैछु : कृषिमन्त्री
कान्तिपुर संवाददाता
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले २०७१ सालयता वितरण भएको ३६ अर्ब अनुदानको खोजी कार्य सुरु गरेको बताएका छन् ।
चितवनलाई पर्यटकीयस्थल बनाउन खोजिरहेका छौं त्यसमा मेडिकल सिटी पनि हो : पौडेल
कान्तिपुर संवाददाता
भरतपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर शिवजी पौडेलले चितवन पर्यटकीय नगर मात्र नभई मेडिकलको सिटी समेत रहेको बताएका छन् ।
२५ करोडले अब मेडिकल कलेज चलाउन सकिँदैन : डा. पौडेल
कान्तिपुर संवाददाता
भरतपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर शिवजी पौडेलले कर कोषबाट प्राप्त हुने न्यून रकमले देशकै यति ठूलो मेडिकल कलेज सञ्चालन र गुणस्तरिय सेवा दिन कठिनाइ हुने गरेको आशय व्यक्त गरेका छन् ।
१८.२५ अंकले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १८.२५ अंकले घटेको छ । अघिल्ला कारोबार दिन २०.४१ अंकले घटेको नेप्से आज शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।
टीकापुरमा परीक्षण उडान हुने
सुरज कुँवर
कर्णाली नदीछेवैमा रहेको कैलालीको टीकापुरस्थित विमानस्थललाई पुन: सञ्चालनमा ल्याउन तिहारअघि परीक्षण उडान हुने भएको छ । पर्यटन राज्यमन्त्री अरुण चौधरीका अनुसार झन्डै तीन दशकदेखि सञ्चालनमा नरहेको टीकापुर विमानस्थलमा तिहारअघि टुइनअटर विमानबाट परीक्षण उडान हुन लागेको बताए ।
किसानको तहबाट नेतृत्व गर्न सकेनौं : त्रिपाठी
कान्तिपुर संवाददाता
कृषि तथा वन विश्वविद्यालयमा अध्ययनसँगै अनुसन्धान भएपनि किसानसँगको समन्वयमा चिन्तित रहेको विश्वविद्यालय अन्तर्गत सेवा आयोगकी अध्यक्ष कल्याणी मिश्र त्रिपाठीले बताएकी छन् ।
विदेशबाट ट्रकका ट्रक केरा आएको देखेपछि केरा खेतीमा लागेँ : घननाथ महतो
कान्तिपुर संवाददाता
चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष घननाथ महतोले विदेशबाट ट्रकका ट्रक केरा आयात हुने देखेपछि आफैं केरा खेतीमा लागेको अनुभव सुनाएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को दोस्रो सत्र ‘कृषिको केन्द्रमा किसानको मुद्दा’ मा महतोले स्नातकोत्तर सके पछि के गर्ने भनिरहेका बेलामा ट्रकका ट्रक केरा आयात हुने देखेपछि केरा खेतीमा लागेको सुनाएका हुन् ।
मिल्क होलिडे हुन नदिन अब सरकारले दूधलाई पाउडरमा परिणत गर्छ : कृषिमन्त्री अधिकारी
कान्तिपुर संवाददाता
नेपालको कृषि क्षेत्रमा लामो समयदेखि विद्यमान ‘मिल्क होलिडे’ को समस्या अन्त्य गर्न सरकारले अब दूधलाई पाउडरमा परिणत गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आश्वासन दिएका छन् । विशेषगरी भदौ, असोज महिनामा दूधको वृद्धि बढेर व्यावसायीले किसानबाट दूध नलिने स्थितिलाई टार्न कठिन हुने भए पनि उनले अबका दिनमा धुलो दूधतर्फ केन्द्रित हुने उपाय अपनाउन लागेको बताए ।
पोल्ट्री फार्मले ५० प्रतिशत रासयनिक मल विस्थापित गरेको छ : कँडेल
कान्तिपुर संवाददाता
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को पहिलाे सत्र 'अर्थतन्त्रको आधार : उद्याेग कि व्यापार ?' मा निवर्तमान अध्यक्ष कँडेलले पोल्ट्री फार्मले नै ५० प्रतिशत रासयनिक मललाई समेत विस्थापित गरेको दाबी गरे ।
संघीय सरकारले कानुन नबनाउँदा कर उठाउन समस्या
कान्तिपुर संवाददाता
संघीय सरकारले कानुन नबनाउँदा प्रदेशमा कर उठाउन समस्या भएको वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बताएका छन् ।
नेपालले तुलनात्मक लाभका वस्तु पहिचान गरी उत्पादन बढाउनुपर्छ : कायममुकायम गभर्नर
कान्तिपुर संवाददाता
नेपालले तुलनात्मक लाभका वस्तु पहिचान गरी तीनको उत्पादनमा प्राथमिकता दिनु पर्ने नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले बताइन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’को पहिलो सत्र ‘अर्थतन्त्रको आधारः उद्योग कि व्यापार’ मा बोन्दै ढुंगानाले उत्पादन, उद्योग र व्यापारलाई सँगसँगै अघि बढाउनु पर्ने बताएकी हुन् ।
वैदेशिक लगानी ल्याउन राज्यको नीति र प्रतिबद्धता स्पष्ट हुनुपर्छ : महासंघ कार्यवाहक अध्यक्ष श्रेष्ठ
कान्तिपुर संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन राज्यको नीति र प्रतिबद्धता स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् ।
कृषिको औद्योगीकरणबिना आर्थिक समृद्धि सम्भव छैन : निवर्तमान अध्यक्ष कँडेल
कान्तिपुर संवाददाता
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले कृषिलाई औद्योगीकरण नगरेसम्म आर्थिक समृद्धि सम्भव नरहेको बताएका छन् ।
सरकारले आन्तरिक उत्पादन बढाउनेभन्दा पनि आन्तरिक ऋण लिएर गर्जो टार्ने काम गर्‍यो : महासंघ कार्यवाहक अध्यक्ष श्रेष्ठ
कान्तिपुर संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आन्तरिक उत्पादन बढाउनेभन्दा पनि आन्तरिक ऋण लिएर गर्जो टार्ने काम गरेको बताएका छन् ।
'लगानी बढाउन प्रदेश लगानी बोर्ड स्थापना गर्दैछौं'
कान्तिपुर संवाददाता
वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश लगानी बोर्ड स्थापना गर्ने तयारीमा रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले त्यसपछि लगानी भित्र्याउन सजिलो हुने बताए ।
स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दै छौं : मुख्यमन्त्री लामा
कान्तिपुर संवाददाता
वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले माध्यमिक शिक्षा पूरा गर्नेवित्तिकै विदेशिने यूवाहरुलाई स्वदेशमै रोक्न रोजगारीका अवसर दिलाउने काम भइरहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवनको शक्ति, सम्भावना, समस्या र समाधानको खोजी गर्न चितवनमा आयोजित चितवन चिन्तन’ कार्यक्रममा मुख्यमन्त्री तामाङले अवसरको खोजीमा युवाहरु विदेशिने प्रवृत्ति रोक्नु आजको ठूलो चुनौति रहेको बताएका हुन् ।
स्वदेशी उत्पादनले बजार नपाउँदा उद्योग चल्नै कठिन : मुख्यमन्त्री लामा
कान्तिपुर संवाददाता
वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले स्वदेशीले उत्पादनले बजार नपाउँदा उद्योग चल्नै कठिन भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ कार्यक्रममा मुख्यमन्त्री लामाले नेपाली वस्तुको उपभोग पनि नगर्ने र निर्यात पनि गर्न नसक्ने हुादा स्वदेशी उत्पादनहरुले बजार पाउन नसकेको बताएका हुन् ।
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
हिमाल लम्साल/रासस
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ ।
अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्षबीच भेटवार्ता
रासस
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलमा अमेरिकामा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ ।
चितवनको फैलँदो पर्यटन
दिपेन्द्र बडुवाल
चितवन प्रकृति, संस्कृति, धार्मिक धाम र विविधतापूर्ण भूगोलको सम्मिश्रण थलो हो । त्यसैले चितवनको चर्चा हुनासाथ अधिकांशले एक पटक घुम्नुपर्ने सोच बनाइहाल्छन् । यहाँ आउन ठूलो योजना र तयारी भने चाहिँदैन । देशको मध्यभागमा अवस्थित भएकाले पूर्वपश्चिम ओहोरदोहोर गर्ने जोकोहीले यहाँ पाइला टेकेकै हुन्छन् ।
कार्तिक ७, २०८१
दाहाल सरकारकै पालामा कार्यान्वयन भएका काम पनि ओलीको १०० दिने उपलब्धि सूचीमा
सीमा तामाङ
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकै पालामा कार्यान्वयनमा आएको 'विदेशी लगानी स्वीकृत गर्ने स्वचालित प्रणाली (अटोमेटिक रुट)' लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सम्पन्न भएको दाबी गर्दै १०० दिने उपलब्धिको सूचीमा समेटेका छन् ।
चक्रपथ विस्तार : चीनसँगको सहयोग पत्रमा हस्ताक्षर भएपनि प्रक्रिया अघि बढेन
विमल खतिवडा
चक्रपथ दोस्रो खण्ड विस्तारको चर्चा चलेको वर्षौ बितिसक्यो‍ । तर अझै पनि कामले गति लिन सकेको छैन । निर्माण कहिलेबाट सुरु हुने हो भन्नेबारे अझै निश्चित हुन सकेको छैन ।
माथिल्लो त्रिशुली-३ ए बाट ३० मेगावाट बिजुली उत्पादन सुरु गर्‍यौं : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली-३ ए जलविद्युत् आयोजनामा दुईवटा टरबाइनसहित मेकानिकल पार्ट्सको मर्मत–सम्भार गरी ३० मेगावाट विद्युत् उत्पादन सुरु भएको बताएका छन् । बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
फेरि घट्यो नेप्से, कारोबार रकम बढ्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक २०.४१ अंकले घटेको छ । अघिल्लो कारोबार दिन २५.८८ अंकले बढेको नेप्से आज शून्य दशमलव ७६ प्रतिशतले घटेको हो ।
पौने ४ खर्बको वस्तु आयात हुँदा ३८ अर्बको मात्रै निर्यात
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रूपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा आयात ४.१७ प्रतिशतले घटेको छ ।
सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री भण्डारी
रासस
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् ।
ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबीच कुनै मतभेद छैन : ऊर्जामन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन् ।
सय दिनमा ३७०.५ मेगावाट क्षमताको विद्युत् उत्पादन अनुमतिपत्र जारी : महानिर्देशक सिंह
कान्तिपुर संवाददाता
विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले एक सय दिनको अवधिमा १४ वटा आयोजनाको ३७०.५ मेगावाट जडित क्षमताको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको बताए ।
आज पनि बढ्यो सुनको भाउ, तोलाकै १ लाख ६६ हजार ७ सय
कान्तिपुर संवाददाता
सुनको मूल्यले हरेक दिन रेकर्ड कायम राखेको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने सम्झौता ऐतिहासिक : ऊर्जामन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने ऐतिहासिक सम्झौता भएको बताए ।
पैसा धेरै भएपछि आज फेरि राष्ट्र बैंकले बजारबाट ४० अर्ब झिक्दै
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम नघटेपछि बुधबार राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । निक्षेप बढिरहेका बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो ।
राष्ट्र संघले अवलम्बन गरेको विश्वव्यापी एआई मानकलाई अघि बढाउँदै आईटीयू
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले भारतमा जारी ‘वर्ल्ड टेलिकम्युनिकेसन स्ट्यान्डर्डाइजेसन एसेम्ब्ली (डब्लुटीएसए-२०२४)’ मा आर्टिफिसियल इन्टेलिजेन्स र मेटाभर्सदेखि क्वान्टम प्रविधि, डिजिटल सार्वजनिक पूर्वाधारसम्मका विषयमा आगामी चार वर्षका लागि मानक तयार गर्ने गरी छलफल अगाडि बढाएको छ ।
डेडिकेटेड र ट्रंकलाइन विवादमा अल्झिरहेका ऊर्जामन्त्री
सीमा तामाङ