text
stringlengths
2
914
दसैंमा बढेको खाद्यान्नको मूल्य तिहारमा पनि उस्तै
राजु चौधरी
दसैं अगाडिदेखि बढ्न थालेको बजारभाउ तिहार नजिकिँदै गर्दा घट्ला कि भन्ने आशा उपभोक्तामा थियो । तर त्यसको उल्टो परिणाम आइदियो— खाद्यान्नको मूल्य एकपछि अर्को गर्दै उकालो लागिरह्यो । गोलभेंडाको मूल्य दिनहुँजसो बढ्यो ।
सहयोगपत्रमा हस्ताक्षर भएको दुई महिनामा पनि सुरु भएन चक्रपथ विस्तार
विमल खतिवडा
चक्रपथ दोस्रो खण्ड विस्तारको चर्चा चलेको वर्षौं बितिसक्यो । तर कामले अझै गति लिन सकेको छैन । निर्माण कहिलेबाट सुरु हुने हो, निश्चित हुन सकेको छैन । नेपाल र चीन सरकारका प्रतिनिधिबीच चक्रपथ विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर गरेको दुई महिना बित्न लाग्दा पनि थप प्रक्रिया अघि बढ्न सकेको छैन ।
खुम्बुमा व्यावसायिक हेलिकोप्टर उडानमा रोक
भानुभक्त निरौला
सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र स्याङ्बोचेमाथि हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको छ । निकुञ्जको ‘कोर एरिया’ मा हेलिकोप्टर उडाउँदा वन्यजन्तुमा नकारात्मक असर गर्ने तथा ध्वनि प्रदूषणसमेत हुने भएकाले स्याङ्बोचेभन्दा माथिको हिमाली क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाइएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् ।
चाडपर्वका बेला पनि घट्यो आयात–निर्यात
कान्तिपुर संवाददाता
व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैंतिहारमा मात्रै हुन्छ । खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री यही बेला हुन्छ ।
कडिपत्ता बेचेर खर्च जुटाउँछन् बालबालिका
भवानी भट्ट
भीमदत्त नगरपालिका–९ मटेनाकी शारदा राना साथीभाइसँगै बिहानै नजिकै रहेको भारतीय जंगलमा जान्छिन् । त्यहाँबाट कडिपत्ता काटेर ल्याउँछिन् । त्यसपछि घरको आँगनमा र खाली भएका बेला खेतका गह्रामा सुकाउँछिन् ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
नेपालको वित्तीय अवस्था सन्तोषजनक छ : गभर्नर अधिकारी
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् ।
प्राधिकरणले काट्यो ३२ उद्योगको बिजुली, ८ उद्योगले भने किस्तामा तिर्न थाले महसुल
कान्तिपुर संवाददाता
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा नेपाल विद्युत् प्राधिकरणले ३२ वटा उद्योगको बिजुली काटेको छ । बक्यौता तिर्नुपर्ने ४९ उद्योगमध्ये ८ उद्योगले किस्ताबन्दीमा महसुल तिर्न थालेका छन् भने ७ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् । दुई सरकारी उद्योगको बिजुली काटिएको छैन ।
कार्तिक ९, २०८१
६ देशमा श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त
कान्तिपुर संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा देशमा ६–६ जना श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ । उनीहरुले नेपाली दुतावासमा रहेर श्रम मामिलासम्बन्धी कार्यसम्पादन गर्नेछन् ।
‘कृषिलाई आत्मनिर्भर बनाउने प्रयास जारी छ, थप लगानीको वातावरण चाहिएको छ’
कान्तिपुर संवाददाता
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रयास जारी रहेको बताएका छन् । कतिपय कृषि उपजहरुको आयातमा रोक लगाइएको बताउँदै उनले कृषि क्षेत्रको विकासका लागि थप रोजगारी आवश्यक रहेको बताए ।
नयाँ शहर आयोजना : ११ वर्षमा २ प्रतिशत बजेट खर्च
मेनुका ढुंगाना
सरकारले मध्यपहाडी लोकमार्ग आसपासका १० बजारलाई व्यवस्थित नयाँ शहरका रुपमा विकास गर्न सुरु गरेको एकीकृत विकास योजना निर्माणले गति लिन सकेको छैन ।
एनआरएनएको वार्षिक साधारणसभालाई एकताको महाधिवेशन बनाउन अध्यक्ष केसीको आग्रह
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष बद्री केसीले काठमाडौंमा हुन गइरहेको वार्षिक साधारणसभालाई एकताको महाधिवेशन बनाउन विपक्षी समूहलाई आग्रह गरेका छन् ।
भारतमा बीआइएस नलिइ दुई महिना सेनेटरी प्याड र बेबी डाइपर निर्यात गर्न पाइने
कान्तिपुर संवाददाता
भारतले आयातित सेनेटरी प्याड र बेबी डाइपरमा बीआईएस (ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड) अनिवार्य गर्ने व्यवस्थालाई थप दुई महिना पछाडि सारेको छ । भारतले दुई महिनापछाडि सारेसँगै नेपाली उद्योगीहरुले आगामी दुई महिनासम्म बीआइएस नलिई भारतमा सेनेटरी प्याड र बेबी डाइपर निर्यात गर्न सकिने भएको हो ।
खुम्बुमा व्यवसायिक हेलिकप्टर उडानमा रोक
भानुभक्त निरौला
सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।
बाढीले क्षति पुर्‍याएको खिम्ती-लामोसाँघु प्रसारण लाइन सञ्चालनमा
कान्तिपुर संवाददाता
गत असोज १२ र १३ को अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भार प्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसो १:१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताए ।
कमलादी सडक भ्वाङ : तीन सिफ्टमा काम
कान्तिपुर संवाददाता
कमलादीमा सडक भ्वाङमा परेको ठाउँमा अहिले तीन सिफ्टमा काम भइरहेको छ । बढी सवारी ओहरदोहर गर्ने यो सडकमा तोकिएकै समयमा निर्माण सक्ने गरी तीन सिफ्टमा काम भइरहेको सडक डिभिजन काठमाडौंले जनाएको छ ।
ठूला जलविद्युत आयोजना अगाडि बढाउनेबारे लगानी बोर्डसँग छलफल
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ ।
वीरगञ्ज नाका हुँदै सवारीसाधनको आयात खस्कियो
रासस
वीरगञ्ज भन्सार नाका हुँदै आयात हुने चारपाङ्ग्रे सवारीसाधनको आयात ह्वात्तै घटेको छ ।गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ ।
जुम्लामा स्याउ बेचेर भित्रियो ६१ करोड रुपैयाँ
डीबी बुढा
जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो ।
लगानी सहजीकरणमा महासंघले सघाउँछ : अध्यक्ष ढकाल
कान्तिपुर संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय विविध कारण विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बनेको बताएका छन् । अमेरिकाको वासिंटनमा यूएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिद बिक्री सम्झौता मुख्य कारण रहेको बताए ।
नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा हाल अमेरिकाको वासिङ्टन डिसीमा रहेका अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरूसँग भएको राउन्ड टेबल बैठकमा उक्त आग्रह गरेका हुन् ।
आयल निगमको दुई बिघा जग्गा हडप्ने प्रयास
राजु चौधरी , पर्वत पोर्तेल
झापास्थित नेपाल आयल निगमको दुई बिघा जग्गा हडप्ने प्रयास भएको छ । निगमलाई बिक्री गरेका व्यक्तिले नै पुनः जग्गा हडप्ने प्रयासमा लागेको हो । इन्धन भण्डारण विस्तार गर्ने योजनासहित निगमले ७ वर्षअघि किनेको जग्गा बिक्रीकर्ताले फेरि हडप्ने प्रयास गरेका हुन् ।
प्राधिकरणले फेरि काट्न थाल्यो बिजुली
सीमा तामाङ
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको बिजुली काट्न थालेको छ । गत असोज २४ मा प्राधिकरणले ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत् महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो । उद्योगीलाई बक्यौता तिर्न दिएको समय बिहीबार सकिएसँगै प्राधिकरणले उद्योगको बिजुली काट्न थालेको हो ।
कार्तिक ८, २०८१
फूलखेतीबाट मनग्य आम्दानी
डीबी बुढा
चन्दननाथ नगरपालिका-७ मिचाकी कृष्णमाया कठायतको बारीमा ढकमक्क सयपत्री फूलेका छन् । उनको बारीको फूल हेर्न र फोटो खिचाउन आउनेको लर्को नै लाग्छ ।
सहकारी क्षेत्रका समस्या समाधान गर्न कर्जा असुली न्यायधीकरण गठन हुन्छ : मन्त्री अधिकारी
कान्तिपुर संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही दिनमै कर्जा असुली न्यायधीकरण गठन हुने बताएका छन् ।
न्यून व्याजदरमा पर्यटन व्यवसायीलाई कर्जा चाहिएको छ : पर्यटन व्यवसायी घिमिरे
कान्तिपुर संवाददाता
पर्यटन व्यवसायी सुमन घिमिरेले पर्यटन क्षेत्रमा न्यून व्याजदरमा कर्जा आवश्यक रहेको बताएका छन् ।
सरकारले सुविधा दिँदा पनि पोखरा र भैरहवा विमानस्थलमा एयरलाइन्सको आकर्षण देखिएन : पर्यटनमन्त्री पाण्डे
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न विभिन्न सेवा सुविधा दिए पनि एयरलाइन्स कम्पनीहरुले आवेदन नदिएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को चौथो सत्र ‘पर्यटनको माग समृद्धिको चित्र’ मा पर्यटनमन्त्री पाण्डेले सहुलियत सुविधा दिएर विमानस्थल सञ्चालन गर्न कार्ययोजना नै पास गरेको बताए ।
‘उद्यमलाई व्यवसायसँग जोड्न सक्नुपर्छ’
कान्तिपुर संवाददाता
चितवनको समृद्धिका लागि यस क्षेत्रको उद्यम र सेवालाई व्यवसायसँग जोड्नु पर्ने चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले बताएका छन् ।
‘चितवन राष्ट्रिय निकुञ्जले गरेर चितवनको पर्यटन विकास भयो’ : पर्यटन व्यवसायी घिमिरे
कान्तिपुर संवाददाता
पर्यटन व्यवसायी सुमन घिमिरेले चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि चितवनको पर्यटन विसका भएको बताएका छन् ।
जुन लयमा भरतपुरको विकास भइरहेको छ, यो चाँडै देशको दोस्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ : रेणु दाहाल
कान्तिपुर संवाददाता
भरतपुर महानगरपालिकाकी नगर प्रमुख र‍ेणु दाहालले देशको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित भरतपुर वा समग्र चितवन जिल्ला अब चाँडै दोस्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको बताएकी छन् । पर्यटन प्रवर्द्धन, विकास र समृद्धिमा भरतपुरले पछिल्लो सात वर्षमा उल्लेख्य फड्को मारेको उनको दाबी छ ।
जीडीपीमा पर्यटनको योगदान ५ प्रतिशत मात्रै : पर्यटनमन्त्री पाण्डे
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत मात्रै रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को चौथो सत्र ‘पर्यटनको माग समृद्धिको चित्र’ मा पर्यटनमन्त्री पाण्डेले जीडीपीमा पर्यटन क्षेत्रको योगदान बढाउन अझै धेरै मिहिनेत गर्नुपर्ने बताएका हुन् ।
जजिराले सोमबार र फ्लाइ दुबईले कार्तिक २४ देखि भैरहवाबाट उडान गर्ने
माधव ढुंगाना
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कार्तिकको दोस्रो सातादेखि जजिरा एयरलाइन्स र चौथो सातादेखि फ्लाई दुबई एयरलाइन्सले उडान गर्ने भएका छन् ।
उखु किसानलाई अनुदान वितरण, दुग्ध किसानको बक्यौता तिर्ने तयारी
कान्तिपुर संवाददाता