text stringlengths 2 914 |
|---|
नेपाली बौद्धिक जगत्मा सम्भवतः अहिलेसम्म छलफल नभएकाले हुन सक्छ, इन्टरनेटमा समेत सूचना आतंकवाद, भाइरल पुँजीवाद र डिजिटल श्रमिकबारे नेपाली भाषामा सामग्री भेटिँदैनन् । सामाजिक सञ्जालको एल्गोरिदममा निर्भर डिजिटल श्रमिकले मिथ्या सूचनालाई हतियार बनाएर कसरी आर्थिक लाभ लिन्छन् भन्ने परिघटनासँग सम्बन्धित छ यो अवधारणा । यसले हामीलाई मिथ्या सूचना फैलावटको कारण बुझ्न केही हदसम्म सहयोग गर्छ । |
विद्युतीय चिकित्सा अभिलेख आवश्यक |
डा. केशव पौडेल |
नेपालमा बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा स्वास्थ्य संस्थाले प्राप्त गर्न सक्ने गरी एकीकृत प्रणाली लागू गर्न ढिला भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई प्रविधियुक्त, यथार्थपरक, दक्षतामा आधारित, पहुँचयोग्य र सेवाग्राही मैत्री बनाउनका निमित्त विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली सुरु गर्नु जरुरी छ । यस्तो प्रणाली पश्चिमा तथा विकसित मुलुकले लामो समयदेखि प्रयोगमा ल्याइरहेको भए पनि नेपालमा भने यसको अभ्यास अहिलेसम्म सुरु भएको छैन । |
महिला अधिकार र परिवर्तनका आवाज |
डिला संग्रौला |
नेपालमा महिला अधिकारका लागि संघर्ष सुरु भएको एक शताब्दी बितिसकेको छ । सतीप्रथा र दासप्रथाको अन्त्यका लागि भएको संघर्षदेखि स्वतन्त्रताका लागि भएका दर्जनौं आन्दोलन महिला अधिकारका लागि भएका छन् । योगमाया न्यौपानेले १९७४ सालमा ‘महिला समिति’ गठन गरेर यसको सुरुवात गरेकी थिइन् । सोही आन्दोलनको जगमा आजको नारी आन्दोलन स्थापित भएको छ भन्दा अत्युक्ति हुँदैन । |
फाल्गुन २५, २०८१ |
कांग्रेसको चरित्रमा धमिरा |
किशोर नेपाल |
राजा वीरेन्द्रले २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनको चर्को राप र तापपछि जेठ १० गते आफ्नो नेतृत्वमा चलेको निर्दलीय पञ्चायत व्यवस्था र बहुदलीय संसदीय व्यवस्थाका बीच जनमत संग्रहको घोषणा गरेका थिए । |
विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहास, धमिलो वर्तमान |
सम्पादकीय |
विद्यार्थी संगठनका कारण त्रिभुवन विश्वविद्यालयका कक्षाकोठा, परिसर, पदाधिकारीका कार्यकक्ष जस्ता स्थान पनि सुरक्षित रहेनन् । त्यहाँ कुनै पनि बेला आगजनी र तोडफोड हुन सक्छ । पदाधिकारीदेखि प्राध्यापकसम्मलाई मोसो दलिन सक्छ, रड प्रहार हुन सक्छ । |
फाल्गुन २४, २०८१ |
विभेदका अघिल्तिर राज्यको 'थम्स अप' ! |
दिपा नेपाली |
कसको मुद्दामा को बोल्ने, को नबोल्ने ? कसलाई कति न्याय दिने ? कसलाई कति सजाय दिने ? यस विषयमा अर्को विभेदको रूप खडा भइसकेको छ । सबैको हिसाबकिताब गर्दै नागरिक सामाजदेखि मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, विभिन्न राजनितिक दल, तिनका भ्रातृ संगठन र सरकार एउटै लाइनमा उभिए तर रिंकु सदाको पक्षमा किन चुपचाप ? यो समाजमा रिंकु सदालाई बाच्न पाउनेसम्म अधिकार छैन ? |
फाल्गुन २३, २०८१ |
अपूरो तथ्यांकले भ्रमित राजनीति |
जेबी विश्वकर्मा |
तथ्यांक मूलतः तथ्यहरूको संकलन, प्रशोधन र विश्लेषण वा व्याख्या गर्ने वैज्ञानिक विधि हो । यसले वस्तुगत परिस्थितिको तथ्यलाई अंकमा प्रस्तुत गर्छ । उदाहरणका लागि राष्ट्रिय जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार नेपालका २०.२७ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् । यसले नेपालमा गरिबीको अवस्थाको तथ्यलाई तथ्यांकमा प्रस्तुत गरेको छ । |
परिवर्तित भूराजनीतिको जोखिमपूर्ण चुनौती |
गेजा शर्मा वाग्ले |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच ह्वाइटहाउसमा भएको बहुचर्चित आरोप–प्रत्यारोप र तनावपूर्ण बैठकपछि विश्वव्यापी शक्तिशाली कूटनीतिक तरंग सिर्जना भएको छ । ट्रम्पको दोस्रो कार्यकालको शपथग्रहणसँगै अमेरिकाको विदेश नीतिमा आएको अप्रत्याशित परिवर्तनले भूराजनीतिक सम्बन्ध र सामरिक सन्तुलन उथलपुथल हुने पूर्वसंकेत देखिएको छ । |
स्वास्थ्य प्रणालीमा कहिले हुन्छ सुधार ? |
श्रीज्या काफ्ले |
म एक जना आफन्तसँग कुरा गरिरहेकी थिएँ । उनले भनिन्, ‘मेरो छोरीको पित्तथैलीमा ढुंगा रहेछ । ऊ निकै पीडामा थिई, वीर अस्पताल लिएर गएँ । डाक्टरले अपरेसन गर्नॅपर्छ भने । वीर अस्पतालमै गर्ने हो भने कम्तीमा ६ महिना कुर्नॅपर्ने पनि बताए । अब म के गरूँ ? निजी अस्पतालमा जान सक्दिनँ, निकै महँगो छ । बस्, वीर अस्पतालले दिएको त्यही समय पर्खिरहेछु ।’ |
महिला न्याय र समानताको यात्रा जटिल छ, अझै गति बढाऔं |
सम्पादकीय |
पछिल्लो एक महिनादेखि दुई नेपाली महिलाका मृत्युका घटनाले समाज तरंगित छ । पहिलो घटना हो– गत माघ ३० गते सिरहाकी रिंकुकुमारी सदाको मृत्यु । दोस्रो हो– भारतको ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययरत बुटवलकी प्रकृति लम्सालको मृत्यु । |
फाल्गुन २२, २०८१ |
अबको मन्त्र : दलभित्र गणतन्त्र |
इन्द्र अधिकारी |
अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता रेखा थापाको भनाइ अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छ । उनी भन्छिन्– ‘कुनै पनि बच्चा जन्मिनेबित्तिकै ऊ देशको शासक, कार्यकारी बन्ने अधिकारसहित जन्मन्छ, हरेकमा आफू स्वतन्त्र र मालिक बन्ने विधि हो– गणतन्त्र । मैले जनभाषा बोलिराछु, म (राप्रपाभन्दा पनि) रेखा थापा (व्यक्ति) का रूपमा बोलिराछु । पार्टीको सिद्धान्त सबैलाई मन पर्छ भन्ने पनि छैन ।’ उनी जुन पार्टीमा छिन्, त्यो दल राजतन्त्रवादी भनेर चिनिन्छ । |
झूटको पग होइन, पखेटा हुन्छ |
चन्द्रकिशोर |
झुटको खुट्टा हुँदैन । यो एक पुरानो आहान हो । आहान भनेकै पुरानो हुन्छ । अनुभवको जाँतोमा लामो समयसम्म पिसिएर निस्किएको हुन्छ । अनि पो दीर्घकालसम्म त्यसको सान्दर्भिकता रहिरहन्छ । झूटको खुट्टा भलै नहोस् तर पखेटा रहन्छ र पगमाथि पखेटा जहिले पनि भारी देखिएको छ । झूटको पखेटा हुन्छ रे, त्यसैले त्यो छिटो एक स्थानबाट अर्को स्थानमा पुग्न सम्भव हुन्छ । |
एचपीभी खोप अभियानको सार्थकता |
डा. प्रकाश बुढाथोकी |
विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो स्थानमा छ भने नेपालमा संख्यामा दोस्रो र मृत्यु दरमा पहिलो स्थानमा रहेको छ । विश्वमा वार्षिक ५ लाख ७५ हजारभन्दा बढी यसका नयाँ बिरामी देखिन्छन् । ३ लाख ११ हजार महिलाको यसै रोगका कारण बर्सेनि मृत्यु भइरहेको छ । सन् २०३० सम्ममा मृत्युदरको संख्या बढेर ७ लाखसम्म पुग्ने विश्व स्वास्थ्य संगठनको आकलन छ । |
राजधानीमा भूमिगत ग्यास, अवसरभन्दा जोखिम बढी |
सम्पादकीय |
काठमाडौं उपत्यकामा जनघनत्व ठूलो भएकाले पानीको अभाव छ । नयाँ बस्ती विस्तार भएका स्थानमा पाइप लाइन नपुग्ने भएकाले खानेपानीका लागि बोरिङ गर्ने सजिलो उपाय अपनाइन्छ । कहाँ र कस्तो स्थानमा बोरिङ गर्ने भन्ने स्पष्ट नीति नहुँदा यसले ठूलो जोखिमसमेत निम्त्याइरहेको छ । यसकै पछिल्लो उदाहरण हो– ललितपुरको महालक्ष्मी नगरपालिका–५ शान्तिटोलमा मंगलबार बोरिङ निर्माणका क्रममा ग्यासबाट निस्केको ज्वाला । |
फाल्गुन २१, २०८१ |
भूराजनीतिक उथलपुथलको छटपटी |
सीके लाल |
कहिलेकाहीं सामान्य तवरले व्याख्या गर्न नसकिने घटना घटित हुन्छन् । कारण, कृया र प्रभावद्वारा ठम्याउन कठिन हुने त्यस्ता प्रकरणहरूलाई बुझ्न रूढोक्ति (क्लिसे) भइसकेका कथनहरू काम लाग्छन् । असमान देशहरूबीच रहने सम्बन्धको धरातलीय यथार्थ झल्काउँदै पेलोपोनेसियन युद्धको प्रसंगमा ग्रिक इतिहासकार थ्युसिडाइड्सको बहुउद्धृत भनाइको सान्दर्भिकता झन्डै २५०० वर्षपछि पनि यथावत् छ— ‘बलियाले सकेको गर्छन्, कमजोरलाई परिआएको भोग्नुपर्ने हुन्छ’ । |
प्रतिनिधित्व बढ्दैमा लैंगिक विभेद घट्छ ? |
सृष्टि राणा |
यस वर्ष ८ मार्चमा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै गर्दा नेपाली महिलाको समग्र अवस्था कस्तो छ त भन्नेबारे विश्लेषण हुनु पनि आवश्यक छ । सार्वभौम संविधानसभाद्वारा नेपालको संविधान जारी भएको अर्को वर्ष एक दशक पुग्दै छ । |
निजामती विधेयकमा बहकिएको बहस |
देवीराम आचार्य |
गत पुसमा स्टाफ कलेजमा सचिवहरूलाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको कामप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । विभिन्न मन्त्रालयका मन्त्रीहरूले पनि बेलाबेला यस्ता असन्तुष्टि प्रकट गर्नुहुन्छ । कर्मचारीका काममा राजनीति नेतृत्वले असन्तुष्टि व्यक्त गर्ने क्रम अहिले मात्र चलेको होइन । |
प्रहरी विधेयकमा सुधार्नुपर्ने सवाल |
अभयराज जोशी |
करिब सात दशक पुराना प्रहरी ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बहस उठेपछि अन्ततः नेपाल प्रहरी ऐन निर्माणको प्रक्रियालाई अघि बढाइएको छ । सरकारले प्रतिनिधिसभा दर्ता गरेको नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भइसकेको छ । |
बाहुबली अखडा होइन, विद्यार्थीको साझा मञ्च बन्नुपर्छ स्ववियु |
सम्पादकीय |
विश्वविद्यालयका विद्यार्थीका संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भन्नासाथ अहिले समाजमा कस्तो छवि बनेको छ ? आफैं पढ्ने क्याम्पस–विश्वविद्यालयमा महिनौं तालाबन्दी गर्ने, प्राध्यापक र पदाधिकारीको नियुक्तिमा भागबन्डा माग्ने, सम्बन्धन दिन फाइल बोकेर हिँड्ने, पूर्वाधार निर्माणमा कमिसन खोज्ने र आफ्नो स्वार्थ नमिलेमा कुटपिटमा पनि उत्रने । |
फाल्गुन २०, २०८१ |
स्वर्गद्वारी गुठीपीडित थारू समुदायलाई कहिलेसम्म उपेक्षा ? |
सम्पादकीय |
काठमाडौंको माइतीघर मण्डलको एक कुनामा सधैं प्रदर्शन चलिरहेको हुन्छ । न्याय खोज्ने समूह धर्ना बस्छन्, नाराबाजी गर्छन् । सम्झौता सबैमा हुन्छ, कार्यान्वयन कमै हुन्छ । त्यसैले आश्वासन लिएर गाउँ फर्किएकाहरू थप माग लिएर राजधानी आउँछन् । सम्झौता गर्न तयार भए पनि सरकारी संयन्त्र कार्यान्वयनमा भने इमानदार हुने अभ्यास नै छैन । |
कांग्रेसमा अन्तर्घातको एक स्मरण |
नारायण खड्का |
नेपालको दलीय राजनीतिक इतिहासमा सबै दलहरूमा घात, अन्तर्घातका आरोप, प्रत्यारोपहरू सुन्न र पढ्न पाइन्छ । आमनिर्वाचनमा दलहरूको घात, अन्तर्घातको राजनीतिमा कांग्रेस अग्रपंक्तिमा छ । २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि र खासगरी २०५१ को उपचुनावबाट कांग्रेसमा अन्तर्घात अत्यन्तै गम्भीर र जटिल समस्याका रूपमा रहेको कुरा स्मरणीय छ । तीन दशकभन्दा अघिको यो घटना कांग्रेसका युवाजनहरूका लागि इतिहासको एक पाठ हुन सक्छ । उक्त घटनाको एक प्रत्यक्षदर्शीका रूपमा बिनाआग्रह/पूर्वाग्रह अन्तर्घातको तत्कालीन र दीर्घकालीन प्रभावको विषयमा यो लेख प्रस्तुत गरिएको छ । |
कसरी सुधार्ने अख्तियारको नियुक्ति ? |
दीपेश घिमिरे |
कान्तिपुर दैनिकमा गत माघ ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीको ‘भ्रष्टाचारमा सरकारले उन्मुक्ति खोज्नु हुँदैन’ शीर्षक लेख प्रकाशित छ । केसीले भनेका छन्, ‘सरकार भ्रष्टाचारको इपिसेन्टर भएकाले अख्तियारमा इमानदार र अनुसन्धान बुझेको व्यक्तिलाई आयुक्त बनाउन डराउँछ ।’ विगतको अनुभव हेर्दा केसीले भनेजस्तै अख्तियारको पदाधिकारी सिफारिस गर्ने संवैधानिक परिषद्मा रहेका सरकारका प्रमुख तथा अन्य राजनीतिक दलका नेताले कतिपय कमजोर तथा विवादित पात्रलाई नै आयुक्त नियुक्त गरेका छन् । |
बाल विवाहमुक्त समाजको परिकल्पना |
मधु राई |
म २६ वर्ष पुग्दा गाउँमा मेरो बिहेको चर्चा चलेको थियो । त्यतिबेला मेरा कतिपय साथी दुई–तीन छोराछोरीका आमा भइसकेका थिए । धेरैजसोले म एकल जीवन बिताउँछु होला भनेर कुरा काट्थे । म २२ वर्षको हुँदा आमा बितेपछि दुई भाइबहिनी हुर्काउने जिम्मेवारी थोरै भए पनि मेरो काँधमा थपिएको थियो । त्यसबेला धेरैजसोका छोरीले स्कुले शिक्षा पूरा नगरी बिहे गर्ने चलन थियो । |
दलितमाथि बढ्दै राज्य दमन |
सुशील विके |
नवराज विक हत्या प्रकरणका दोषीलाई पूर्वर्मन्त्री तथा सांसद जनार्दन शर्माको संरक्षणमा उम्काउने काम भयो । पोखरामा किरियापुत्री भवनमा भएको विभेदमा तत्कालीन सांसद कृष्ण थापाको संरक्षण रह्यो । रूपा सुनार डेरा प्रकरणमा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संरक्षण रहेको सार्वजनिक नै छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा दलित समुदायमाथि घृणात्मक र विभेदकारी टिप्पणी निरन्तर चलिरहेकै छ । सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले मृत्यु संस्कारमा गरिएको विभेदजस्ता केही मुख्य घटनाले जातीय विभेदका घटनामा राज्यका प्रतिनिधिको संलग्नता र संरक्षणलाई उजागर गरेका छन् । |
फाल्गुन १९, २०८१ |
सामाजिक सञ्जाल विधेयकको नियत |
अर्जुननरसिंह केसी |
नेपालमा सूचना प्रविधिको तीव्र व्यावसायिक विकास सँगसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको उपयोगले लोकतन्त्रको इन्द्रियका रूपमा अभूतपूर्व व्यापकता लिएको छ । |
जलवायु परिवर्तन बढाउँदै डढेलो |
कमलजंग कुँवर |
वन डढेलोले वन, वन्यजन्तु र वातावरणलाई मात्रै असर गर्दैन, मानिस, जल, जलाधार, जंगल, जनावर, जडीबुटी एवं जैविक विविधतालाई पनि ठूलो नोक्सानी पुर्याउँछ । यसबाट उत्सर्जन हुने विशाक्त वायुका कारण जलवायु परिवर्तनमा समेत प्रभाव पर्छ । नेपालमा बर्सेनि माघदेखि जेठसम्मका पाँच महिनामा दैनिक सयौं स्थानमा वन डढेलो लाग्ने गरेको छ । |
अर्थनीति सुधार्न राजनीतिक इच्छाशक्ति |
जैनेन्द्र जीवन |
अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटको आकार १ खर्ब ६७ अर्बले घटाएको जानकारी गत माघ २४ मा संसद्लाई गराए । १८ खर्ब ६० अर्बको बजेटलाई उनले १६ खर्ब ९२ अर्बमा झारेका हुन् । त्यतिबेलाका अर्थमन्त्री वर्षमान पुनले बनाएको बजेटमा स्रोतको सुनिश्चितता नै नभएका धेरै कार्यक्रम राखिएको भन्दै बजेट घटाउनुपर्ने कारण सुनाए । |
सामाजिक संकीर्णता र महिला दमन |
राधा वली |
नेपालको समाज, संस्कृति र संरचनामा महिलाको भूमिका र स्थानका बारेमा लामो समयदेखि चर्चा हुँदै आएको छ । महिलाले भोग्ने समस्या र असमानताका विविध पाटाले महिला सशक्तीकरणको अवधारणालाई अझै पनि पूर्ण रूपमा आत्मसात् गर्न सकेको छैन । कार्य क्षेत्रमा हुने विभेददेखि समाजमा व्याप्त लैंगिक असमानता र विदेश पलायनको बाध्यतासम्मका विषयले महिलाको आवाज दबाउने क्रमलाई अझ बलियो बनाएको छ । |
स्वास्थ्य उपकरण मर्मतका बहुपक्षीय लाभ |
सम्पादकीय |
सरकारी अस्पतालमा पुग्ने प्रायः बिरामी डाक्टरले सिफारिस गरेका परीक्षणका लागि निजी ल्याबतिर दौडिनुपर्छ । कतिपय उपचार वा अपरेसन हुँदैन । सरकारी अस्पतालले आफ्ना उपकरण बिग्रिएका कारण अन्यत्र जान सुझाउँछन् । यसले बिरामीमा हैरानी र आर्थिक बोझ थप्छ, अस्पताल स्वयंले आम्दानी गुमाउँछ । वर्षौंदेखिको यस्तो समस्या अब भने न्यूनीकरण हुने आधार बनेको छ । |
फाल्गुन १८, २०८१ |
म्याक्यावेलीको बाटोमा ट्रम्प |
शुभशंकर कँडेल |
राजनीतिक पुनःसंरचनाको अवधिले विश्व प्रणालीलाई अद्यावधिक र पुनः आकार प्रदान गर्न पुस्ता–दर पुस्तालाई अवसरहरू प्रदान गर्छ भन्ने रिचर्ड निक्सनले जस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले मसिनो गरी बुझेका छन् (सन्डर्स पीजे, फ्रिडम अनट्रायल, २०२४) । निक्सनले प्रस्तुत गरेको १९७० को पहिलो वार्षिक विदेश नीति प्रतिवेदन र अहिलेको भूराजनीतिक वातावरण उल्लेखनीय रूपमा सान्दर्भिक मान्ने हो भने ट्रम्पको कार्यशैलीले त्यही पछ्याएको छ । |
‘ओभल अफिस’ मा प्रकट भएको ‘ग्लोबल डिसअर्डर’ को ट्रेलर |
सम्पादकीय |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्स तथा अतिथिका रूपमा ह्वाइटहाउस पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको वार्ता विश्व राजनीति र कूटनीतिको बिरलाकोटि घटनाका रूपमा दर्ज भएको छ । |
फाल्गुन १६, २०८१ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.