text
stringlengths
2
914
भूमिको अर्थ राजनीति
चन्द्रकिशोर
भूमिसम्बन्धी समस्या समाधान गर्न संघीय सरकारले एक अध्यादेश ल्यायो । विगतझैं यस पटक पनि मधेश तरंगित भयो । आखिर ‘भूमि’ सम्बन्धी सरकारी कदमले मधेश किन झस्किन्छ ? किन मधेशलाई लाग्छ, यो त अर्को गलपासो हो ? राज्य र मधेशबीच भरोसा किन बन्न सकिरहेको छैन ? घुमिफिरी मधेश उही चौबाटोमा किन आइपुग्छ ?
बंगलादेशी मोडलको ‘असामाजिक’ विधेयक
रामप्रसाद दाहाल
सरकारले संघीय संसद्भित्र प्रवेश गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका कतिपय प्रावधानबाट संविधानले सुनिश्चित गरेको नागरिकको प्रेस, अभिव्यक्ति र इन्टरनेट स्वतन्त्रतामाथि कैंची लगाउने नियत झल्किन्छ ।
नैतिक संकटमा स्वास्थ्यकर्मी
डा. प्रदीप तिवारी
१९९० को दशकमा नेपालमा स्वास्थ्य सेवाको पूर्वाधार अत्यन्तै कमजोर थियो । काठमाडौं उपत्यकाबाहिर सुविधासम्पन्न अस्पताल थिएनन्, ग्रामीण स्वास्थ्य चौकीमा पनि विद्युत्, आवश्यक औषधि र स्वास्थ्यकर्मीको अभाव थियो । चिकित्सा शिक्षा तीन मेडिकल कलेजमा मात्र सीमित थियो । धेरै विद्यार्थीले छिमेकी देश गएर चिकित्सा शिक्षा हासिल गर्नुपर्थ्यो ।
प्रकृति लम्साललाई न्याय, सबैलाई सम्मानपूर्ण शैक्षिक वातावरण
सम्पादकीय
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आइतबार भएको शंकास्पद मृत्यु र न्यायको माग गर्ने नेपाली विद्यार्थीमाथि भएको दमनका कारण अहिले न्यायप्रेमी समुदाय आहत भएको छ ।
फाल्गुन ७, २०८१
ज्ञानेन्द्रले 'राष्ट्र जोगाउने' आधार के छ ?
किशोर दहाल
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सार्वजनिक पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य यसअघिको भन्दा प्रस्ट छ । यसकारणले कि उनले जस्ता गलत भाष्यको आड लिएर आफ्नो सान्दर्भिकता स्थापित गर्न चाहेका छन्, त्यसलाई स्पष्ट राखेका छन् । उनको भनाइको सार छ- राष्ट्र जोगाउने हो भने मलाई साथ देऊ ।
बेचिएका सपनाहरूको परिणति
सीके लाल
उच्च श्रेणी, सवर्ण ‘जनैजाति’ र मध्यमवर्गका नेपालीहरूमध्ये दुई प्रवर्गका व्यक्तिहरू औधि वाचाल हुन्छन् । सन् २००६ पछिको परिवर्तनलाई सन् २०१५ पछि उल्लेख्य रूपले संकुचित गरिसकिएको भए तापनि एकथरी हुनेखाने र जान्नेसुन्ने जमातलाई गणतन्त्र, संघीयता, बहुलता, विविधता, समानुपातिक समावेशिता, सकारात्मक विभेद र सामाजिक न्यायजस्ता अभिव्यक्तिहरू सुन्ना साथ नैं प्रत्युर्जता (एलर्जी) हुन्छ ।
सुनौलो भविष्य निश्चित छ किनकि युवा पुस्ता तयार छ
सम्पादकीय
समाजले सबैजसो पेसा, संस्था र जिम्मेवारीमा युवाको प्रतिनिधित्व र हस्तक्षेपकारी भूमिकाको खोजी गर्न थालेको छ । युवाले पनि कृषिदेखि सूचना प्रविधि, रोजगारीदेखि लगानी र अनुसन्धानदेखि उद्योगसम्म उपस्थिति बढाउँदै लगेका छन् । आफ्नो भूमिकामा नयाँपन र नयाँ आधार सिर्जना गरेका छन् ।
प्रकाशकीय : आफ्नो यात्रालाई अझ गतिशील बनाउन कान्तिपुर पब्लिकेशन्स् प्रतिबद्ध छ
प्रकाशकीय
कान्तिपुर पब्लिकेशन्स् आज ३३ औं वर्षमा प्रवेश गरेको छ । देशको लोकतन्त्रका लागि पटकपटक भएका संघर्ष, संघीयता संस्थागत गर्न भएका पहल, सुशासन स्थापनामा उठेका आवाज र अर्थतन्त्रको सबलीकरणका लागि भएका बहससँगै कान्तिपुरको यात्रा अघि बढिरहेको छ ।
फाल्गुन ६, २०८१
कांग्रेसमा ‘स्वतस्फूर्त’ कि ‘बक्सिस’को नेतृत्व
शंकर तिवारी
कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको गत मंसिरमा तीन वर्ष पूरा भएको छ । चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने वैधानिक नियमअनुसार २०८२ मंसिरमा १५ औं महाधिवेशन गरिसक्नुपर्नेछ । कांग्रेसको भावी नेतृत्वको बागडोर कसको हातमा पुग्ने चासो छ । गतसाता महामन्त्री गगन थापाले कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’ लाई दिएको अन्तर्वार्ताको अंश र पार्टी सभापति शेरबहादुर देउवा निवासमा उनका समूहका वरिष्ठतम नेताहरूको भेलाले कांग्रेसको आन्तरिक मात्र नभएर राष्ट्रिय राजनीति नै तरंगित छ ।
आर्थिक विकासका अनिवार्य सर्त
विनोदकुमार शाह
पन्ध्रौं योजनाले देशको निरपेक्ष र बहुआयामिक गरिबीको प्रतिशत घटाई मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति गर्ने उद्देश्य लिएको छ । विसं २१०० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्दै समुन्नत राष्ट्र बनाउने हाम्रो महत्त्वाकांक्षा छ । समुन्नतिको मापन राष्ट्रिय आय, प्रतिव्यक्ति आम्दानी, विविध क्षेत्रमा भएको लगानी वृद्धि र रोजगारीका साथै नागरिकका आधारभूत आवश्यकता र जीवनस्तरमा आमूल परिवर्तनजस्ता मानव विकास सूचकांकका आधारमा गरिन्छ ।
००७ सालको सेरोफेरो
रामनारायण देव
एक शताब्दीको निरंकुश र एकतन्त्रीय राणातन्त्रविरुद्धमा २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति भई दिल्लीमा सम्झौता भएपछि मुलुकमा फागुन ७ गते प्रजातन्त्रको स्थापना भएको थियो । जनक्रान्तिबाट नेपाली कांग्रेसले राणा शासकलाई घुँडा टेकाउन सफल भएको थियो ।
कुलतमा लागेका किशोरलाई सुधार्ने कि बिहे गरिदिने ?
अमृता अनमोल
‘छोरा बिग्रियो अब बिहे गरिदिनुपर्‍यो,’ हामी सानो छँदा धेरै अभिभावकका मुखबाट सुनिन्थ्यो । बाआमा कुलतमा लागेको आफ्नो छोराको सुधारमा लाग्दैनथे । हतारहतार कुलघरकी सोझी छोरी खोजेर बिहे गरिदिन्थे । बिहेपछि पनि छोरा सुध्रिँदैनथ्यो । तर, अभिभावकहरू छोराको कुलत देख्दैनथे ।
बंक मारिरहेका जनप्रतिनिधि
सम्पादकीय
हाजिर गर्ने, केही बेर बसेजस्तो गर्ने, मौका हेरेर कोठाबाट निस्कने । यो चरित्र चित्रणले धेरैको मनमा विद्यार्थीको अनुहार सम्झाउँछ । तर, यो चरित्रको आयाम फैलिएर अहिले संसद् भवन पुगेको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संघीय संसद्मा अहिले ‘बंक मार्ने’ प्रतिस्पर्धा चलिरहेको छ । विषयवस्तुमा बाझाबाझ गर्ने सांसदहरू ‘बंक मार्ने’ प्रवृत्तिमा भने सहकार्य गर्छन् । के सत्तापक्ष, के प्रतिपक्ष, यसमा उनीहरूको विमति छैन ।
फाल्गुन ५, २०८१
'मास हिस्टेरिया'को भय र जोगिने उपाय
अजय रिसाल
'मानसिक तनावले दिनहुँ ढल्छन् छात्रा, पढाइ प्रभावित !' कान्तिपुर दैनिकमा माघ २८ गते प्रकाशित सुदूरपश्चिम अछामको यो समाचारले ध्यान खिच्यो । त्यसपछि मेरो स्मृतिमा करिब डेढ दशकअघिको त्यो दिन फर्कियो।
कसरी जोगाउने देशको अस्तित्व ?
सूर्यनाथ उपाध्याय
कुनै पनि देशको सुरक्षा, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा एवं सर्वाङ्गीण विकास त्यहाँको जनताले गर्ने हो । नेपालको हकमा पनि त्यही हो । संसारका पुराना स्वतन्त्र राष्ट्रहरूमध्ये नेपाल एउटा यस्तो राज्य हो, जहाँ कहिल्यै पनि विदेशीहरूको झन्डा फहराइएन ।
कुन बाटो समात्ने ?
केपी शर्मा ओली
प्रिय छोराछोरी, हरेक मानिस जीवनमा सफलता चाहन्छ । तर सफलता भनेको के हो ? सफलता मिल्छ कसरी ? सफलताको परिभाषा र त्यो पुग्ने बाटो- यी २ प्रश्नहरू सधैंजसो झुन्डिरहन्छन् उत्तर खोज्दै, तर कहिल्यै सम्पूर्ण रूपमा भेटिँदैनन् । आज म यो लेखमा यसैका बारेमा चर्चा गर्छु ।
नवउदारवाद र महिला आन्दोलन
सुनिता मैनाली
नवउदारवाद एक राजनीतिक र आर्थिक सिद्धान्त हो । यसको विश्वव्यापी रूपमा धेरै चर्चा र आलोचना हुने गरेको छ । नवउदारवाद एक यस्तो सिद्धान्त हो जसले स्वतन्त्र बजार, निजीकरण, सरकारी भूमिका न्यूनीकरण र खुला अन्तर्राष्ट्रिय व्यापारलाई प्राथमिकता दिन्छ ।
मञ्च झकिझकाउ, सुरक्षा कामचलाउ
सम्पादकीय
सामान्यदेखि ठूला कार्यक्रमका लागि झकिझकाउ मञ्च बनाउने, अनेकौं ओहदाका व्यक्तिलाई मञ्चमा बोलाउने, खादा माला लगाउने, असान्दर्भिक प्रविधि प्रयोग गरेर उद्घाटन गराउने लहडले हाम्रा सार्वजनिक कार्यक्रमलाई तमासामा परिणत गरिरहेको छ ।
फाल्गुन ४, २०८१
वैदेशिक सहयोगको बदलिँदो परिदृश्य
सञ्जय आचार्य
दोस्रो विश्वयुद्धको समाप्तिसँगै वैदेशिक सहयोग आर्थिक विकासको एउटा महत्त्वपूर्ण पाटोका रूपमा देखिन थाल्यो । युद्धबाट भएको क्षतिको पुनर्निर्माणका लागि युरोपले ब्रेटन उड्स बहुपक्षीय संस्थाहरू र द्विपक्षीय सहयोग निकायहरूबाट ठूलो स्तरमा वैदेशिक सहयोग लियो र झन्डै एक दशकभित्रै वैदेशिक सहयोगलाई करिब शून्यमा झारियो ।
राजस्व संकलन र पुँजीगत खर्चमा कमजोर लय
सम्पादकीय
असारमा गरिएको सातबुँदे सहमतिमै कांग्रेस र एमालेले अर्थतन्त्रको शिथिलतालाई अन्त्य गरी विश्वसनीय, व्यावसायिक वातावरण तयार गर्ने, आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने तथा पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने भनेकाले पनि प्रगति विवरण खोजिनु स्वाभाविक हो ।
फाल्गुन २, २०८१
कृषि नीतिमा राष्ट्रिय सहमति
कृष्ण प्र. पौडेल , उद्धव अधिकारी
नेपालको संविधानले सबै तहका सरकारले कृषि नीति, ऐन, नियमावली र कार्यविधि संघीयताको मर्मअनुरूप बनाउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । यसैलाई आधार बनाएर तीनै तहका सरकारले यस्ता नीति दस्ताबेज र ऐन बनाउने पहल गरिरहेका छन् । यो ढिला भए पनि सकारात्मक कदम हो ।
कसरी रोक्ने डाक्टरको विदेश पलायन ?
डा.लोचन कार्की
केही दिन अगाडि कामविशेषले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ । विमानस्थलमा भीडभाड थियो । भीडकै बीचबाट कसैले बोलायो । ती व्यक्ति एक चिकित्सक थिए । निधारमा टीका अनि गलामा खादा लगाएका कारण सहजै अनुमान लगाउन सकिन्थ्यो उनी विदेश जाँदै छन् ।
बालबालिका संरक्षणमा अभिभावकको भूमिका
सुशीला शर्मा
नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा अंगीकार गरी बालबालिकाको उच्चतम हितको व्यवस्था गरिएको छ । साथै चुनौती, हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो । के सबैले जन्मेर १८ वर्षसम्म बालबालिका भएर बाँच्न वा बालापन बिताउन पाएका छन् त ?
एउटा निकायले निर्माण गर्ने र अर्कोले भत्काउने प्रवृत्ति अन्त्य गर
सम्पादकीय
काठमाडौंलगायतका ठूला सहरमा एउटा अमिल्दो घटना प्रकट भइरहन्छ– एउटा निकायले आफ्नो योजना भर्खरै सकेको हुन्छ, अर्को निकायले त्यसमा क्षति पुग्ने गरी योजना अघि बढाउँ । यही प्रवृत्तिसँग मिल्दोजुल्दो घटना बुधबार काठमाडौंको बबरमहल क्षेत्रमा भयो ।
फाल्गुन १, २०८१
लोकप्रियतावादको नेपाली अवतार
विष्णु रिजाल
अहिले जोडतोडका साथ ‘देशमा केही पनि भएन’ भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । अहिलेसम्म भएका विकास र परिवर्तनहरूचाहिँ स्वतः भएका हुन्, केही पनि होइनन् र हुन नसकेका कामहरू मात्रै प्रमुख हुन् भन्ने गरी अवस्थाको चित्रण गर्ने गरिएको छ ।
जलवायु संकटमा नेपालको अग्रसरता
डा. कृष्णप्रसाद ओली
जल र वायुमा आउने परिवर्तनलाई हामी जलवायु परिवर्तन भन्छौं । प्राकृतिक रूपमा चलिरहने एउटा प्रक्रिया भए पनि मानवीय क्रियाकलापले यो चक्रलाई खलबल्याएको छ । फलस्वरूप हामी मानवीय कारणबाट सिर्जित जलवायु परिवर्तनका असरहरू भोग्‍न थालिसकेका छौं ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा नेपालको तस्बिर
सम्पादकीय
देशमा एकातिर सुशासनको भाषणको हुरी चल्ने गरेको छ, अर्कोतिर नागरिक पाइला–पाइलामा कुशासनसँग ठोक्किनुपरेको छ । त्यसैले अति भ्रष्टाचार हुने मुलुकका रूपमा नेपालको पहिचान बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको हरेक वर्षको सर्वेक्षणले यही निराशाजनक सूचकांक प्रस्तुत गरिरहेको छ ।
कसले सुन्छ स्वर्गद्वारी गुठी किसानका पीडा ?
सुष्मा न्यौपाने
खेतीपातीमै जीविका धान्दै आएका किसानलाई त्यही खेतीपाती गर्ने जग्गाको स्वामित्व नदिइनुजस्तो ठूलो अन्याय अरू केही हुँदैन । माइतीघरमा धर्नारत किसानको मागलाई सुनुवाइ गरी जमिनको अधिकार दिन सरकारले यथाशक्य प्रक्रिया अघि बढाउनुपर्छ ।
भद्रगोल सहरीकरण
तेज कार्की
हाल केही नगर‌पालिकाहरूले कागजमा भूउपयोग योजना बनाएका छन् । तर त्यो भूउपयोग नभएर जग्गाको वर्गीकरण मात्र ‌हो । कृषि क्षेत्र, भीर पाखो र होचो भागसमेतलाई जग्गाधनी र पालिकाको स्वार्थमा आवासीय वा व्यापारिक क्षेत्र घोषणा गरिएको छ ।
माघ ३०, २०८१
अध्यादेश ल्याउने अधिकारमाथि व्याख्या गर
बलराम केसी
संविधानलाई ‘बिल अफ द पिपल’ भनिन्छ । ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता यो संविधान जारी गर्दछौं’ भन्ने प्रस्तावनाबाट बुझिन्छ । अमेरिका र भारतको संविधानको प्रस्तावनामा पनि ‘वि–द–पिपल’ बाट सुरु गरेर ‘एडप्ट’ बाट अन्त्य भएको छ । प्रस्तावनालाई भारतको सर्वोच्च अदालतले १९९३ को ‘रघुनाथ राव’ को मुद्दामा ‘संविधान निर्माताहरूको मन खोल्ने साँचो भन्ने’ व्याख्या भएको छ ।
प्रदेश सरकारका ७ वर्ष र सफलताका सर्त
खिमलाल देवकोटा
यही साता प्रदेश सरकार सञ्चालनको ७ वर्ष पूरा हुँदै छ । २०७२ असोज ३ मा जारी भएको संविधानको विधिवत् कार्यान्वयन २०७४ को तीनै तहको निर्वाचनपश्चात् भएको हो । २०७४ मंसिरमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो । प्रतिनिधिसभाको चुनावसँगै प्रदेशसभाको चुनाव पनि भएको थियो ।