text stringlengths 2 914 |
|---|
कसरी बन्यो ‘अति भ्रष्ट’ नेपाल ? |
बलराम केसी |
ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै सार्वजनिक प्रतिवेदनमा १०० मा ३४ अंक मात्रै पाएर नेपाल ‘भ्रष्ट देश’ को सूचीमा रह्यो । यसैबीच मन्त्रीहरूको कार्यसम्पादन नतिजा पनि सार्वजनिक भयो । जसमा प्रधानमन्त्री कार्यालयले २८.५ प्रतिशत काम मात्रै सम्पन्न गरेको देखियो । १२ मन्त्रीले ३५ भन्दा कम प्रतिशत पाए । |
संविधानले खोजेको महिला नेतृत्व |
सरु जोशी |
नेपाल बहुल जाति, लिंग, धर्म र संस्कृति भएको देश भए पनि लामो समयदेखि मुख्य रूपमा एकल लिंगको प्रभुत्वमा रहेको जगजाहेर छ । यिनै विभेदको अन्त्य गर्न जनआन्दोलन भए । दुईपल्ट संविधान सभाको निर्वाचन र राज्यको पुनर्संरचना भयो र २०७२ मा संविधान जारी भयो । प्रस्तावनामा नै लैंगिक समानता र समावेशीकरणलाई मूल आधार बनाइयो । |
सगरमाथा संवाद र थिंक ट्यांकको भूमिका |
विष्णुराज उप्रेती |
सन् २०२५ लाई संयुक्त राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष’ का रूपमा मनाउने निर्णय गरेको छ । हाम्रा प्रधानमन्त्रीको विशेष पहलमा नेपाल सरकारले २०८२ जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा जलवायु परिवर्तन र हिमाल जोगाउने उद्देश्यका साथ ‘सगरमाथा संवाद’ आयोजना गर्दै छ । |
विद्यार्थी राजनीतिमा रूपान्तरणका चुनौती |
भूपेन्द्र सिंह थेबे |
नेपाली इतिहासमा विद्यार्थी राजनीतिले महत्त्वपूर्ण योगदान पुर्याएको छ । वाक् स्वतन्त्रता कुण्ठित भएको र जनताको मौलिक हक हनन भएको एकदलीय व्यवस्थाको अन्त्य विद्यार्थी आन्दोलनकै बलमा सम्भव भएको थियो । प्रजातन्त्रको बिगुल फुक्दै विद्यार्थी संघ–संगठनले जनताका आकांक्षालाई सम्बोधन गर्ने अभियान चलाए । |
नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्र नजुधाऊ |
सम्पादकीय |
२०५७ सालमा सशस्त्र प्रहरी गठन भएपछि नै नेपाल प्रहरीसँग रहेको ‘शंकाकेन्द्रित सम्बन्ध’ यतिबेला उच्च बिन्दुमा पुगेको छ । संघीय सरकारले दुवै प्रहरीसँग सम्बन्धित विद्यमान ऐनमा संशोधन गर्नका लागि विधेयक दर्ता गराएपछि उनीहरू आ–आफ्नो अधिकार क्षेत्र सुरक्षित गर्न सक्रिय भएका छन् । |
फाल्गुन १५, २०८१ |
समानीकरण अनुदान कटौतीका शृंखला |
खिमलाल देवकोटा |
आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहले ८८ अर्ब र प्रदेशले ६० अर्बको वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने गरी सरकारले बजेट ल्याएको थियो । तर, महालेखा नियन्त्रक कार्यालयको यही माघ २८ गते परिपत्रले प्रदेश र स्थानीय तहले प्राप्त गर्ने तेस्रो किस्ता रकमको १३.२४ प्रतिशत मात्र प्राप्त गर्ने उल्लेख गरेको छ । |
अमेरिका-चीनको एआई दौड |
प्रकाश भण्डारी |
जुन दिन विश्वकै शक्तिशाली देश अमेरिकामा डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि शपथ लिँदै थिए, सोही दिन अर्थात् २० जनवरी २०२५ मा उदीयमान विश्व शक्ति राष्ट्र हाम्रो उत्तरी छिमेकी चीनमा ‘डिपसिक’ नामक एआई कम्पनीले आफ्नो नयाँ ‘आर–१’ मोडल बजारमा लन्च गर्यो । |
स्वच्छ ऊर्जामा समान पहुँच, साझा जिम्मेवारी |
सुनिता बराल |
नेपाली बजारमा केही दिन ग्यासको आयातमा समस्या भयो भने अधिकांशका भान्सामा हल्लाखल्ला सुरु हुन्छ । जगेडा जोहो गर्नेदेखि वैकल्पिक उपायको सरसल्लाह सुरु हुन्छ । २०७२ सालको नाकाबन्दीका समयमा नेपालीले भोगेको पीडा र वनजंगलको दाउरा खोजेर सामूहिक मेस भोजनसमेत गरेको यथार्थबाट हामी धेरै पर छैनौं । केही दिन पेट्रोलियम पदार्थको ढुवानीमै समस्या भयो भने पनि नागरिकका भान्सा प्रभावित हुन्छन् । |
असमान मानवअधिकार ! |
सञ्जीव कार्की |
वर्ग, समुदाय, जात, रङ र भूगोलका आधारमा मान्छे–मान्छेका अधिकार पक्कै पृथक् हुन्न तर व्यवहारतः यस्तो देखिन्न । २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्मको सशस्त्र द्वन्द्वका क्रममा २५०० भन्दा बढी नागरिक बेपत्ता भएको बताइन्छ । आजसम्म तिनका परिवारले बेहोरेको मानसिक क्षति र आर्थिक भारबारे राज्य नाजवाफ छ । यो आम मान्छेको विशेष चासो र खोजीको विषय हो । |
सैन्य होइन, व्यापार र विकासका लागि गठबन्धन |
सम्पादकीय |
राष्ट्रसंघीय सुरक्षा परिषद्मा अमेरिका रुसको पक्षमा उभिएपछि विश्व समुदाय चकित परेको छ । युक्रेनमाथि आक्रमणका लागि पूर्ण मात्रामा रुस जिम्मेवार भएको प्रस्तावका विरुद्धमा अमेरिकाले सोमबार मतदान गरेपछि अन्तर्राष्ट्रिय रणनीतिक ध्रुवीकरणमा नाटकीय परिवर्तन आएको हो । रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता अमेरिका पहिलो पटक रुसको पक्षमा उभिएको हो । |
फाल्गुन १४, २०८१ |
अस्थिरताको जड समानुपातिक प्रणाली होइन |
प्रा. वीरेन्द्रप्रसाद मिश्र |
नेपालमा इतिहासदेखि नै सरकार अल्पायुमै फेरबदल भएको पाइन्छ । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको ७४ वर्षको अवधिमा झन्डै ५८ वटा सरकार परिवर्तन भएका छन् । २००७ देखि फागुन २०८१ सालसम्मको यस अवधिलाई चार कालखण्डमा विभाजन गरी अस्थिरताको अध्ययन गर्न सकिन्छ । |
जलनको घाउमा राज्यको मलम अपरिहार्य |
विष्णु पौडेल |
पोखरा महानगरपालिकाले गत फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणासभामा आमन्त्रण गरेपछि म त्यहाँ निर्धारित समयमा पुगेको थिएँ । आयोजकहरूले कार्यक्रमलाई नवीन तरिकाले उद्घाटन गर्न भन्दै ‘स्विच अन’ गरेपछि पानसमा दीप प्रज्वलन हुने प्रबन्ध गर्नुभएको रहेछ । |
महाकुम्भ : नेपालले सिक्न सक्ने संस्कृति |
ज्योत्स्ना साउद |
संसारभरका करोडौं हिन्दु धर्मावलम्बीको ऐतिहासिक धार्मिक उत्सव हो– महाकुम्भ । जुन ४५ दिने उत्सवका रूपमा मनाएर समापनको सँघारमा छ । भारतको प्रयागराजमा २९ पुसमा विधिवत् उद्घाटन गरेर सुरु भएको महाकुम्भ आज १४ फागुनमा विधिवित् समापन गरिँदै छ । |
ग्रामीण अर्थतन्त्रको गतिशीलता |
केदार कोइराला |
नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि हो । कृषि खाद्य प्रणालीका साथै देशको समृद्धिको आधार पनि हो । तर, कृषि उत्पादन दिनानुदिन निरन्तर ओरालो लाग्दै छ । आयातित सामग्री र प्रविधिले कृषि अत्यधिक परनिर्भर हुँदै हाम्रो पहुँचभन्दा बाहिर गइरहेको छ । |
प्रदेश सफल हुने बाटो : कार्यसम्पादनमा चुस्त, मूल्यांकनमा उत्कृष्ट |
सम्पादकीय |
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनले सातै प्रदेशका कार्यसम्पादन प्रणालीको ऐना देखाएको छ । आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा सबै प्रदेशले प्राप्त गरेको अंक न्यून छ । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि आयोगले प्रदेशका लागि विभिन्न ११ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्दा प्रदेशहरूले कमजोर अंक मात्रै पाउन सकेका छन् । |
फाल्गुन १३, २०८१ |
संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता हो, स्वच्छन्दता होइन |
सम्पादकीय |
सूचना पाउन, विचार बनाउन, संवादमा जोडिन र सहकार्य गर्न सामाजिक सञ्जाल प्लाटफर्म उपयोगी साबित भएका छन् । आफ्ना अनुभव, विचार र प्रतिक्रिया कसैको धक नमानी, कसैको पूर्वस्वीकृति नलिई स्वतन्त्रतापूर्वक राख्न पाइने भएकाले सामाजिक सञ्जाल लोकतान्त्रिक मञ्च पनि हो । |
असुरक्षित अमेरिका |
गोपाल खनाल |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो विदेशी सरकार प्रमुखका रूपमा वासिङ्टनमा स्वागत गरेका छन् । त्यसअघि उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु (३–८ फेब्रुअरी) र जापानी प्रधानमन्त्री सिगेरु इसिवा (६ फेब्रुअरी) लाई ह्वाइटहाउसमा स्वागत गरेका थिए । ट्रम्पको यो आतिथ्यताबाट उनको रणनीतिक प्राथमिकतामात्र होइन, रणनीतिक साझेदारिता पनि देखिन्छ । यद्यपि, भ्रमणमा आमन्त्रणबाटै दिगो रणनीतिक गठबन्धनको आकलन भने गर्न सकिँदैन । |
‘क्रान्तिकारी बिहे’ र सामाजिक शक्ति |
सीपी अर्याल |
फेब्रुअरीको दोस्रो हप्ता विद्यावारिधि शोधको डिफेन्स सकेपछि सामाजिक सञ्जालमा शोधको शीर्षक– ‘नेपालका माओवादी पूर्वलडाकुको विवाह र डिभोर्स’ देखिने गरी राखें । एकैछिनमा धेरैले बधाई दिए । बिस्तारै ट्रोल पनि हुन थाल्यो । ट्रोल गर्नेमध्ये अधिकांश विदेशी र केही नेपाली पनि थिए । ट्रोल गर्ने प्रायः ‘नकाबधारी’ थिए । जसको प्रोफाइलमा आफ्नो फोटो थिएन । उनीहरूको कुराको एउटै सार थियो– समाज विज्ञानबाट ‘काम लाग्ने’ अनुसन्धान हुन सक्दैन । |
व्यापार द्वन्द्वको प्रभाव |
भरत गौतम |
व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइन्छ । सामान्य अर्थमा वस्तु तथा सेवाको माग सिर्जना र आपूर्ति व्यवस्था सहज बनाउने कार्यलाई व्यापार भन्ने गरिन्छ । आफ्नै सीमाभित्र आन्तरिक र बाह्य वा विश्वमा गरिने व्यापारलाई अन्तर्राष्ट्रिय व्यापार भनिन्छ । |
एक सत्पुरुषको सम्झना |
रुचि श्रेष्ठ |
उपलक्ष्य थियो, प्रजातन्त्र दिवसको । राजा महेन्द्रको नेतृत्वमा निर्दलीय पञ्चायत व्यवस्थाको आवरणका साथ स्थापित निरंकुश राजतन्त्रको विरुद्धमा लेखेको एउटा लेख भारतीय पत्रिका ‘हिमालेसिया’ मा छापेकै कारण २०२६ सालमा महेन्द्रनारायण निधिलाई जनकपुर अञ्चलका अञ्चलाधीशले राजकाज अपराध मुद्दा चलाएर तीन वर्ष कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएका थिए । |
फाल्गुन १२, २०८१ |
किन बन्दैन ‘शक्तिशाली’ सम्पत्ति आयोग ? |
राजाराम गौतम |
सम्भवतः यतिबेला नेपाली राजनीतिक वृत्तमा भ्रष्टाचार नियन्त्रण र सुशासनका कुरा सबैभन्दा बढी चल्तीका विषय हुन् । भ्रष्टाचार/अनियमितताको ‘राडार’ मा परेका/नपरेका नयाँ/पुराना, सत्तापक्ष/प्रतिपक्ष सबैकोटीका नेता चर्को स्वरमा सुशासनका ‘गफ’ हाँक्छन् । भ्रष्टाचार बढेकोमा चिन्ता नगर्ने नेता सायदै भेटिएलान् । |
कस्तो होला ०८४ को निर्वाचन ? |
केशव दाहाल |
तपाईं सोध्न सक्नुहुन्छ निर्वाचनको मौसम नै नआई किन निर्वाचनको कुरा लेख्दै छौ ? यो यसकारण लेख्दै छु कि, निर्वाचन आयोग अहिले निर्वाचन कानुनको संशोधनमा लागेको छ । कुरा ताजाताजै भए पनि यो प्रक्रिया प्रारम्भ भएको, लगभग दुई वर्ष भइसक्यो । |
विवाहको उमेर घटाउने ‘त्रुटिपूर्ण’ सोच |
राधा पौड्याल |
विवाह गर्न उमेर कति वर्ष भन्ने विषय अहिले फेरि बहसमा आएको छ । विवाहको उमेर २० वर्ष कार्यान्वयन गर्न अव्यावहारिक भयो त्यसैले उमेर घटाएर १८ वर्ष बनाउनुपर्छ’ भन्नेहरूले केही कुरा स्पष्ट हुन जरुरी छ । |
अख्तियार विधेयकको ऐनामा कानुन निर्माणको परिदृश्य |
सम्पादकीय |
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक दुई महिनादेखि रोकिएको छ । विवादित विषयमा सहमति जुटाउन गठित हृदयराम थानी नेतृत्वको उपसमितिले सर्वसम्मतिको प्रतिवेदन समितिमा बुझाएको भए पनि सभापति रामहरि खतिवडाले सन्देहास्पद भूमिका निर्वाह गरिरहेका छन् । |
फाल्गुन ११, २०८१ |
कचिंगलमा कांग्रेस |
किशोर नेपाल |
संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरूको सक्रियता बढिरहेको अहिलेको समय निकै चञ्चल देखिन्छ । बृहत् जनआन्दोलनको राप र तापका कारण अपदस्थ भएका राजाले ‘प्रजातन्त्रले जनताको विश्वास जित्न नसकेको’ गीत गाउन थालेका छन् । |
‘ग्रे लिस्ट’ बाट फर्किने बाटो |
सम्पादकीय |
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिलाई नियन्त्रण गर्न मौखिक र कागजी प्रतिबद्धता व्यक्त गर्ने तर कार्यान्वयनतर्फ भने उदासीन रहने राजनीतिक र प्रशासनिक नेतृत्वका कारण नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ (नकारात्मक सूची) मा परेको छ । |
फाल्गुन ९, २०८१ |
सीमान्तीकृत समुदायमाथि वित्तीय उत्पीडन |
जेबी विश्वकर्मा |
कृत्ति सबैको साझा हो । साझा स्रोतको उपयोग पनि सबैले न्यायोचित रूपमा गर्न पाउनुपर्छ । तर, संसार यस्तो छैन । सीमित मानिसले संसारभरिको अधिकतम स्रोतमाथि कब्जा गरेर धनी भएका छन् भने गरिबको संख्या गुणात्मक रूपमा बढ्दै गइरहेको छ । ‘वर्ल्ड इनइक्वालिटी रिपोर्ट, २०२२’ ले संसारको १० प्रतिशत धनीसँग ७६ प्रतिशत र ५० प्रतिशत नागरिकसँग जम्मा २ प्रतिशत मात्रै सम्पत्ति रहेको तथ्य सार्वजनिक गरेको थियो । |
लोकप्रियतावाद र उग्रराष्ट्रवादको लहरमा उदार लोकतन्त्रको भविष्य |
गेजा शर्मा वाग्ले |
सन् २०२४ मा निर्वाचन भएका करिब ६५ मध्ये करिब ५० प्रतिशत देशमा पपुलिस्ट (लोकप्रियतावादी), उग्रराष्ट्रवादी, अनुदारवादी, आप्रवासनविरोधी पार्टीले विजय हासिल गरेपछि उदार लोकतन्त्रको भविष्यबारे गम्भीर बहस प्रारम्भ भएको छ । ‘मेक अमेरिका ग्रेट अगेन’ (अमेरिकालाई पुनः महान् बनाऊँ) लाई प्रमुख नारा बनाएका डोनाल्ड ट्रम्प पुनः अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि विश्वव्यापी रूपमा शक्तिशाली राजनीतिक तरंग सिर्जना गरेको छ । |
क्यान्सर उपचारको अवस्था र भविष्य |
डा. रमिला शिल्पकार |
विश्वव्यापी रूपमा बढ्दो क्यान्सर रोगको प्रकोपसँग नेपाल पनि अछुतो छैन । हरेक वर्ष बिरामीको संख्या बढ्दो छ । प्रारम्भिक पहिचान नहुनु, सीमित उपचार सुविधा, आर्थिक अभाव र समाजमा विद्यमान क्यान्सरसम्बन्धी डर तथा जनचेतनाको अभावले हजारौं बिरामीको मृत्युको कारण बनेको छ, क्यान्सर । |
क्रसर उद्योगको सीमित स्वार्थका लागि मानव बस्तीमा असीमित क्षति |
सम्पादकीय |
असोज ११ र १२ को बाढीपहिरो र डुबान यो वर्षको सबैभन्दा ठूलो विपद् हो जसमा साढे दुई सय जनाको मृत्यु भएकामा काभ्रेका मात्रै ७८ जना थिए । घर बगाएको तथा भत्किएकाले कैयौं परिवार विस्थापित भए । यसरी बिथोलिएको जनजीवन पुरानै अवस्थामा फर्किन कति समय लाग्ने हो, थाहा छैन तर क्रसर उद्योग भने प्राकृतिक दोहनमा उत्रिएका छन् । |
फाल्गुन ८, २०८१ |
दललाई राज्य अनुदानको औचित्य |
इन्द्र अधिकारी |
केही दशकदेखि नेपालमा निर्वाचन महँगो भयो भन्ने विषयमा चर्चा हुँदै आइरहेको छ । बढ्दो महँगी, सयभन्दा बढी दल संख्या, उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा र सुदृढ व्यवस्थापनमा ध्यान पुर्याउने जिम्मवारीका कारण एकातिर राज्यको निर्वाचन सञ्चालन तथा व्यवस्थापन खर्च नै अत्यधिक बढेको देखिन्छ भने अर्कोतिर उम्मेदवारहरूले व्यक्तिगत रूपमा बेहिसाब खर्चेको कुरा प्रशस्त सुन्नमा पाइन्छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.