text
stringlengths 2
914
|
|---|
गभर्नर नियुक्ति सिफारिस गर्न अर्थमन्त्री नेतृत्वमा तीन सदस्यीय समिति गठन
|
कान्तिपुर संवाददाता
|
राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्नका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरिएको छ ।
|
नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमा विज्ञसँग रास्वपाको छलफल
|
कान्तिपुर संवाददाता
|
संघीय संसद्को प्रतिनिधिसभामा दर्ता भएका नागरिक उड्डयनसँग सम्बन्धित दुई विधेयकमा राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञहरूसँग छलफल गरेको छ । सरकारले ल्याएको विधेयकमा रहेका व्यवस्थामाथि रास्वपाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार छलफल गरेको हो ।
|
भारतकै बलमा ज्ञानेन्द्र गद्दीमा फर्कन चाहन्छन् : नागरिक समूह
|
कान्तिपुर संवाददाता
|
'नागरिक समूह' पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधानलाई जोखिमतर्फ नधकेल्न चेतावनी दिएको छ । मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रीता परियार, सुशील प्याकुरेल, चरण प्रसाई र हिरा विश्वकर्माको समूहले पूर्वराजा शाहले राजसंस्था फर्काउने मनसायका साथ राजनीति थालेको बताएका हुन् ।
|
स्वर्गद्वारी गुठीका मोही किसान र सरकारबीच सहमति
|
कान्तिपुर संवाददाता
|
पछिल्लो ५१ दिनदेखि निरन्तर माइतीघरमा धर्ना बसेका स्वर्गद्वारी गुठीका मोही किसान र सरकारबीच सहमति भएको छ । संसद् अधिवेशन सुरु हुनेबित्तिकै माघ २० देखि धर्नामा बसेका किसानको समस्या सम्बोधन हुने गरी चालु हिउँदे अधिवेशनमा विधेयक लाने सहमति भएसँगै संघर्ष समिति आन्दोलन स्थगित गर्न तयार भएको हो ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
सोमबार कान्तिपुरमा प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउनेदेखि नेपालको छुर्पी निर्यात अमेरिकादेखि अस्ट्रेलियासम्म हुने गरेका समाचार प्रकाशित भएका छन् ।
|
निजामती कर्मचारीले 'आन्तरिक पर्यटन बिदा' पाउने
|
कान्तिपुर संवाददाता
|
निजामती कर्मचारीलाई आन्तरिक पर्यटन बिदा मिल्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा कर्मचारीले प्राप्त गर्ने बिदा शीर्षक थप गरिएको हो ।
|
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताबीच महत्त्वपूर्ण सहमति भयो : उपमहासचिव बस्नेत
|
कान्तिपुर संवाददाता
|
प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले गत साउनमा संक्रमणकालीन न्यायसम्बन्धी विधेकयमा सहमति गरेका थिए । त्यसपछि संसद्मा विधेयक पारित भएपछि गत भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगमा छिट्टै पदाधिकारी नियुक्त गर्ने सहमति भए पनि सत्तारुढ र प्रतिपक्ष दलबीच आरोपप्रत्यारोपका कारण शीर्ष नेताको बैठक हुन सकेको थिएन ।
|
प्रमुख तीन दलका शीर्ष नेताबीच के छलफल भयो ?
|
कान्तिपुर संवाददाता
|
सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सम्पन्न भएको छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन कांग्रेस, एमाले, माओवादीबीच बैठक भएको हो ।
|
सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताको बैठक सुरु
|
कान्तिपुर संवाददाता
|
सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन कांग्रेस, एमाले, माओवादीबीच बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन् ।
|
नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्ने तयारी भइरहेको छ : मन्त्री पाण्डे
|
कान्तिपुर संवाददाता
|
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
|
राष्ट्रपति पौडेलसँग माओवादी अध्यक्ष दाहालको भेट
|
कान्तिपुर संवाददाता
|
प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । सोमबार अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा कुराकानी गरेको दाहालको सचिवालयले जनाएको छ ।
|
प्रेस चौतारी महाधिवेशन : मतदान प्रक्रिया हटाएर निर्वाचन तालिका सार्वजनिक
|
कान्तिपुर संवाददाता
|
एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदानको समय नराखी तालिका सार्वजनिक गरेपछि मतदाता नै छक्क परेका छन् ।
|
पढे–लेखेको पुस्ता कृषिमा जान नखोज्दा बेरोजगारी बढ्यो : महासचिव पोखरेल
|
कान्तिपुर संवाददाता
|
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पढे–लेखेको पुस्ता कृषि क्षेत्रमा जान नखोज्नु देशमा बेरोजगारी बढ्नुको कारण भएको टिप्पणी गरेका छन् । देशमा कुनै समय ७० प्रतिशत जनसंख्या कृषिमा आबद्ध रहेको तर नयाँ पुस्ता कृषिसँग जोडिन नचाहेकाले सबैलाई रोजगारी सिर्जना गर्न नसकिएको उनले बताए ।
|
रगतसँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : राष्ट्रपति पौडेल
|
भानुभक्त निरौला
|
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै यसको विकल्प सोच्न नसकिने बताएका छन् ।
|
संविधानसभा परिषद्ले भन्यो- 'संविधानविरुद्धका कुनै पनि गतिविधि सह्य हुँदैनन्'
|
कान्तिपुर संवाददाता
|
संविधानसभा परिषद् नेपालले नेपालको संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ । परिषद्ले सोमबार विज्ञप्ति जारी गर्दै संविधानबाट प्राप्त उपलब्धिका आधारमा थप उपलब्धि हासिल गर्न सकिने तर यसविरुद्ध हुने कुनै गतिविधि सह्य नहुने बताएको हो ।
|
बाघको संख्या बढ्दा बासस्थानको समस्या
|
रासस
|
नेपालमा बाघको संख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको संख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।
|
लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाई निर्वाचित
|
कान्तिपुर संवाददाता
|
नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्।
|
सत्तारूढ र प्रमुख प्रतिपक्ष दलका तीन शीर्ष नेता बैठकमा सहभागी हुँदै
|
कान्तिपुर संवाददाता
|
सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सोमबार अपराह्न सिंहदरबारमा बस्दै छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन कांग्रेस, एमाले, माओवादीका तीन शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् ।
|
देशभर एक महिनामा अपराधका ४ हजार मुद्दा दर्ता
|
रासस
|
फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् ।
|
आजको मौसम : देशभर आंशिक बदली
|
रासस
|
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोमबार देशभर आंशिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
|
कांग्रेसका जनसम्पर्क समितिमा अबदेखि दुई प्रकारका सदस्यता
|
कान्तिपुर संवाददाता
|
कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिमा आवद्ध पार्टीका शुभचिन्तकहरूलाई दुई थरी सदस्यता वितरण गर्ने व्यवस्था पारित गरेको छ । कांग्रेस महामन्त्री गगन थापाले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनसम्पर्क समितिलाई वितरण गरिने दोहारो सदस्यता प्रणालीबारेको प्रस्ताव पारित गरेको हो ।
|
चन्द्रवीरले खनेको त्यो बाटो...
|
रासस
|
श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने । न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो ।
|
चैत्र १०, २०८१
|
इतिहासमा भए गरेका गल्ती सच्याउनुको विकल्प छैन : शर्मा
|
लक्ष्मी गौतम
|
माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टीले जनतासँग गरेका बाचा पूरा गर्न नसकेकै कारण पार्टी संगठन कमजोर भएकाले अब दोहोर्याउन नहुने बताएका छन् ।
|
सिरहामा दलितको घर भत्काइनु दण्डनीय अपराध : कांग्रेस
|
कान्तिपुर संवाददाता
|
कांग्रेसले सिरहा जिल्ला औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ आयोजना गर्ने सन्दर्भमा दलित समुदायका दीपक मलिकको घर भत्काउने कार्यमा संलग्न सबैमाथि कडा कारबाही गर्न माग गरेको छ ।
|
वनमन्त्री शाही जर्मनी प्रस्थान
|
कान्तिपुर संवाददाता
|
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ‘पिटर्सबर्ग क्लाइमेट डायलग–२०२५’ मा सहभागी हुन जर्मनी प्रस्थान गरेका छन् ।
|
सरकारमै रहेको कांग्रेसले सरकारलाई भन्यो : जनताका असन्तुष्टि सम्बोधन गर
|
कान्तिपुर संवाददाता
|
कांग्रेसले राजावादीको सडक आन्दोलन समीक्षा गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले राजावादीको आन्दोलनमा जानेहरू राजावादी मात्रै नभएर राज्यप्रति असन्तुष्ट बनेका नागरिक पनि रहेको उल्लेख गरेको हो । कांग्रेस नेताहरूले नागरिकको असन्तुष्टि सम्बोधन गर्न सरकार कठोर भएर अग्रसर हुनुपर्ने बताएका छन् ।
|
विवाहको उमेर घटाउने तयारीमा सरकार
|
कान्तिपुर संवाददाता
|
सरकारले विवाह गर्ने उमेर घटाउने तयारी गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकका अनुसार विवाह गर्ने उमेरसम्बन्धी कानुन संशोधन गर्ने कानुन छलफलमा रहेको बताएका छन् ।
|
वैदेशिक रोजगार र स्वदेशमा रहेका श्रमिकको अधिकार संरक्षणको पहलकदमी भएको छ : प्रधानमन्त्री
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाइ राज्यप्रदत्त सेवामाथि सबैको पहुँच पुर्याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको बताएका छन् । वैदेशिक रोजगार तथा स्वदेशमा रहेका श्रमीकको अधिकार संरक्षण एवं मिटरब्याज जस्तो सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारका तर्फबाट पहलकदमी भएको उनले बताए ।
|
हात्तीमा मातृसत्ता हुन्छ : अशोक राम [अन्तर्वार्ता]
|
कान्तिपुर संवाददाता
|
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत अशोक राम विरलै फुर्सदमा भेटिन्छन् । भारत देहरादूनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ इन्डियाबाट ‘इलाफेन्ट इकोलोजी’मा विद्यावारिधि (पीएचडी) राम हालै मात्र रौतहटको चन्द्रपुर-२ स्थित सामुदायिक वनमा घाइते अवस्थामा भेटिएको जंगली हात्तीको उपचारको क्रममा थिए । जंगली हात्तीको स्वभाव, आहारविहारमा उनीहरुको संघर्ष र हात्तीहरुको मानव समाजसँग देखा परेका संघर्षका अनेक आयामबारे अध्ययन र अनुसन्धानमा तल्लीन हात्तीविज्ञ रामसँग कान्तिपुरका रमेशकुमार पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
|
नेपालको विषयमा जनताले निर्णय गर्ने हो, बाहिरबाट परिवर्तन सम्भव छैन : कांग्रेस
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ कांग्रेसले नेपालको विषयमा नेपाली जनताले निर्णय गर्ने बताएको छ । संविधानले नै नेपाली जनताले आफ्नो बारेमा निर्णय लिने कुरा स्पष्ट पारेकाले बाहिरबाट परिवर्तन खोज्ने कुरा सम्भव नभएको कांग्रेसको ठहर छ ।
|
उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने रावल पक्राउ
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई ४ वर्षअघि विश्वविद्यालय परिसरमा नै कुटपिट गर्नेमध्येका एक योगेन्द्र रावल प्रक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रावललाई कीर्तिपुरबाट प्रक्राउ गरी सजाय भुक्तानीका लागि डिल्लीबजार कारागार पठाएको हो ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
ज्ञानेन्द्रलाई पार्टी सभापति बनाउन राप्रपालाई कांग्रेस सभापति देउवाको सुझाव, सिरहामा दलितमाथि ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि ५ दिन म्याद थपदेखि भ्रष्टाचार आरोपमा टर्कीएका राष्ट्रपतिका प्रमुख प्रतिद्वन्द्वी एकरेम इमामोग्लु पक्राउसम्मका खबर आज चर्चामा रहे ।
|
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
|
कान्तिपुर संवाददाता
|
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.