text stringlengths 2 914 |
|---|
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद हिमनदी (ग्लेसियर) संरक्षणका उपायबारे बताउने फोरम भएको बताएका छन् । |
चितवन आइपुग्यो 'माओवादी अभियान' |
रमेशकुमार पौडेल |
प्रमुख प्रतिपक्षी दल माओवादीको अभियान मधेश प्रदेशबाट बागमतीमा आइपुगेको छ । शुक्रबार साँझ 'जनतासँग माओवादी तराई-मधेश जागरण अभियान' मधेशको पर्साबाट बागमतीको चितवन आइपुगेको हो । |
सुशासन कायम गर्न नसक्दा गणतन्त्रको विरोध भयो : नेता केसी |
रमेशचन्द्र अधिकारी |
कांग्रेस नेता तथा पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले सुशासन दिन नसक्दा गणतान्त्रिक व्यवस्थाको नै विरोध भएको बताएका छन् । कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले शुक्रबार धनकुटामा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका उद्घाटनका क्रममा केसीले उक्त कुरा बताएका हुन् । |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
सरकार परिवर्तन हुने भारतको आशय नदेखिएको परराष्ट्रमन्त्री राणाको भनाइ, डिजिटल वित्तीय उपकरण प्रयोग गर्नेमा महिला कमदेखि १५ वर्षमा पहिलोपल्ट लन्डनस्थित हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्दसम्मका समाचार आज चर्चामा रहे । |
महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित दुई पक्राउ |
विनय आजाद |
सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन् । उनीसँगै पूर्ववडाध्यक्ष दिलीप यादवलाई पनि प्रहरी पक्राउ गरेको छ । |
नागरिक असन्तुष्ट हुने काम सरकारले गर्न हुँदैन : महामन्त्री थापा |
कान्तिपुर संवाददाता |
सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले नागरिक असन्तुष्ट हुने काम सरकारले गर्न नहुने बताएका छन् । कांग्रेस पश्चिम नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को भेलामा बोल्दै सरकारले गरेका धेरै राम्रा कामहरु एउटा नराम्रो कामले ओझेलमा पार्ने भएकाले सरकारको कामकारबाहीमा कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताए । |
सरकार परिवर्तन हुने भारतको आशय देखिनँ : परराष्ट्रमन्त्री राणा |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपालको प्रजातान्त्रिक प्रणालीलाई नै समर्थन गरेको बताएकी छिन् । करिब २ साता लामो भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भारतको गतिविधिबाटै उक्त कुरा स्पष्ट भएको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् । |
सार्वजनिक लेखा समितिद्वारा उजुरी अध्ययनको लागि सात वटा उपसमिति गठन |
कान्तिपुर संवाददाता |
सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयहरुमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो । |
५०१ आगलागीका घटनामा ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित |
रासस |
गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् । |
राष्ट्रिय सभामा महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव |
रासस |
राष्ट्रिय सभाको आजको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा) ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गरेकी छन् । महिनावारी विभेद अन्त्य गर्न आवश्यकताअनुसार कानुन परिमार्जनका लागि सकंल्प प्रस्ताव प्रस्तुत गरिएको उनले बताइन् । |
रवि लामिछानेले धरौटी आदेशविरुद्ध उच्च अदालत पाटनमा गराए निवेदन दर्ता |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको धरौटी माग आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्। |
०८४ सम्म प्रधानमन्त्री बन्दिनँ : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । |
सिरहाका प्रमुख जिल्ला अधिकारी दाहाल मन्त्रालय तानिए |
कान्तिपुर संवाददाता |
महायज्ञ गर्न दलित परिवारको उठीबास लगाएको घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई मन्त्रालय तानेको छ। |
चीनले अनुदानमा दिएको एक अर्ब ५६ करोडको कोभिड खोप नष्ट गर्न महाभारत |
प्रशान्त माली |
चीनले अनुदानमा दिएको डेढ अर्ब रुपैयाँ बराबरको ४० लाख ‘डोज’ कोभिड खोपको म्याद सकिएको १५ महिना बिते पनि सरकारले अझै नष्ट गर्न सकेको छैन । ती खोप अहिले राजधानीको टेकुस्थित केन्द्रीय खोप भण्डारमै राखिएको छ । चीनको सिनोभ्याक कम्पनीको भेरोसिल खोप २०७८ चैत १२ र १४ मा नेपाल ल्याइएको थियो । ती खोपको म्याद २०८० मंसिर र पुसमा सकिएको हो । |
नारायणघाट– बुटवल सडक : पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र |
कान्तिपुर संवाददाता |
चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ । |
जसले ५/५ रुपैयाँ मागेर बनाए वृद्धाश्रम |
पर्वत पोर्तेल |
विराटनगर महानगरपालिका–१२ का अवकाशप्राप्त ८४ वर्षीय शिक्षक जगतप्रसाद अर्यालले ५/५रुपैयाँ उठाएर वृद्धाश्रम बनाएका छन् । करिब ४२ वर्ष शिक्षण पेसामा समर्पित उनले बुढेसकालमा दुःख पाएका र बेवारिस रूपमा सडकमा भौतारिरहेका असहायका लागि आश्रयस्थल बनाएका हुन् । |
यस्तो छ आजको मौसम |
रासस |
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । |
आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै |
कान्तिपुर संवाददाता |
आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेकोमा त्यसयता हरेक वर्ष २१ मार्चलाई विश्वभर विविध कार्यक्रम गरी जातीय विभेद उन्मुलन दिवसकोरुपमा मनाउने गरिन्छ। |
दल फुटाउने सांसदको पदै जाने कानुनको मस्यौदा तयार |
राजेश मिश्र |
सांसदहरूले संख्या पुर्याएर दल विभाजन गर्न सक्ने तर त्यसो गरेमा उनीहरूको पद रिक्त हुने कानुनको मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ । स्वतन्त्र निर्वाचित व्यक्ति कुनै दलमा प्रवेश गर्दा पनि पद रिक्त हुने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ । |
महायज्ञका नाममा दलितको उठीबास : संसदीय छानबिन समिति माग |
जयसिंह महरा |
५९ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको पूर्वार्द्धमा सिरहाको औरही ५ का दलितको घर भत्काउँदा गृह मन्त्रालयअन्तर्गतका कानुन कार्यान्वयन गराउने प्रशासनिक संयन्त्र मूकदर्शक भएको भन्दै संघीय संसद्का सांसदले आपत्ति जनाएका छन् । उनीहरूले घटनाको छानबिन गर्न संसदीय समिति गठनको मागसमेत गरेका छन् । |
महायज्ञका नाममा दलितको उठीबास : आफ्नै घरमा डोजर लगाउन सहमति दिएको कागजमा जबर्जस्ती गराइयो हस्ताक्षर |
विनय आजाद |
सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाएर उठीबास गराएको घटनाप्रति संघीय संसद्का सांसद, प्रदेशसभाका सांसददेखि विभिन्न संघसंस्थासम्मले आपत्ति जनाएका छन् । उनीहरूले संसदीय छानबिन समिति गठन र दोषीमाथि कारबाहीको मागसमेत गरेका छन् । |
‘अधिकार लिन संघसँग संघर्ष गर्नुपर्ने अवस्था दुःखद’ |
बालकृष्ण अधिकारी |
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संविधानमा प्रस्ट उल्लेख भएका अधिकार प्राप्तिका लागि संघ सरकारसँग लडाइँ गर्नुपर्ने अवस्था रहनु दुःखद भएको बताएका छन् । संविधानमा व्यवस्था भएका एकल र साझा अधिकारका सूचीभित्र समेटिएका विषय तीनै तहका सरकारले सहज रूपमा उपयोग गर्न पाउनुपर्नेमा उनले जोड दिएका छन् । |
चैत्र ७, २०८१ |
गौर हत्याकाण्ड : १८ वर्षदेखि गुमनाम ७ फाइल |
शिव पुरी |
२७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको गौर हत्याकाण्डको बिहीबार १८ वर्ष पुगेको छ । युद्धभूमिमा लडाइँ हुँदै गरेको झल्को आउने उक्त क्रूर घटनाको केन्द्रमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता एवम पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, मधेश प्रदेशसभाका पूर्वसांसद बाबुलाल साहलगायत १ सय १३ जना जोडिएका छन् । घटनामा संलग्न भन्दै माओवादीले दिएको कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता भएर पनि गुमनाम छ । |
विपक्षीप्रति ओली नरम, दाहाल आक्रामक |
गंगा बीसी |
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलप्रति नरम नीति लिने भएका छन् । यसअघि प्रमुख प्रतिपक्षी दल माओवादी र अन्य विपक्षीप्रति तिखो आलोचना गर्दै आएका उनले बिस्तारै ‘टोन’ परिवर्तन गर्न थालेका हुन् । बिहीबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा पनि ओली नरम नै देखिए । |
हेर्दाहेर्दै दरबार हत्याकाण्डसँगै सत्ता हत्याउने काम भए : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले दरबार हत्याकाण्ड भएर सत्ता हत्याउने काम भएको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन राजा वीरेन्द्रको परिवारको हत्या गरेर सत्ता हातमा लिइएको र सञ्चारमाध्यममा सेना खटाइएको स्मरण गरेका हुन् । |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीनै जना फरार, ८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुग्योदेखि आयात प्रतिबन्ध लगाएको दुग्ध पदार्थ बजारमा जहीँतहीँसम्ममा खबर आज चर्चामा रहे । |
'राजनीतिक परिवर्तन चाहिन्छ भने आफूबाटै परिवर्तन गर्नुपर्छ' |
गंगा बीसी |
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पुल्चोक क्याम्पसमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएपछि स्वयं श्रेष्ठलाई भ्याइनभ्याइ छ । धेरैले उनको जीतको अर्थ खोतल्न खोजीरहेका छन् भने कतियपयले मूलधारका दलका भ्रातृ संगठनलाई उनले कसरी पराजित गर्न सके भनेर जान्न चाहिरहेका छन् । |
विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्रीले गरे टर्कीएका राष्ट्रपतिसँग टेलिफोन वार्ता |
कान्तिपुर संवाददाता |
प्यालेस्टिनी समूहले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीएका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँग टेलिफोन गरेका छन् । |
सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता |
रासस |
प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । |
प्रधानमन्त्रीकै पार्टीले गणतन्त्रका पक्षमा सडक प्रदर्शन गर्ने |
कान्तिपुर संवाददाता |
सरकारको नेतृत्व गरेको एमालेले पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडक प्रदर्शन गर्ने भएको छ । राजावादीहरुले आन्दोलनको घोषणा गरेपछि एमालेले पनि केन्द्रीय सचिवालयको निर्णयअनुसार देशव्यापी रुपमा प्रदर्शन गर्ने तयारी गरेको हो । |
माओवादीले अब कसैको बैसाखी टेक्दैन : अध्यक्ष दाहाल |
लक्ष्मी साह |
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी अब कसैको बैसाखी नटेक्ने बताएका छन् । कहिले कांग्रेस त कहिले एमालेसित गठबन्धन गरेर पार्टीलाई घाटा लागेको निष्कर्षले माओवादी फेरि जनताको घरदैलोमा आएको उनले बताए । |
महायज्ञका नाममा दलितमाथि ज्यादती : मानवअधिकार आयोगले थाल्यो अनुसन्धान |
विनय आजाद |
सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा दलितको घर भत्काइएको घटनाको मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले घटनाको अनुसन्धान थालेको हो । |
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पुर्यायो : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्याएको बताएका छन् । |
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.