text
stringlengths 2
914
|
|---|
सिरहामा दलितमाथि ज्यादती घटना : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि ५ दिन म्याद थप
|
विनय आजाद
|
सिरहामा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
|
सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल
|
कान्तिपुर संवाददाता
|
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताएका छन् ।
|
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली
|
रासस
|
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एन्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले समस्या भए पनि त्यसको समाधानका लागि सरकार प्रयासरत भएको बताएका हुन् ।
|
राप्रपालाई कांग्रेस सभापति देउवाको सुझाव : पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ
|
कान्तिपुर संवाददाता
|
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन सुझाव दिएका छन् । कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको एक कार्यक्रममा आइतबार सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले राम्रोसँग चिनेको उल्लेख गर्दै उनी संवैधानिक राजा बन्न लायक नभएको बताएका हुन् ।
|
दलितको घर भत्काइएको घटनामा संसदीय समिति गठनको माग
|
रासस
|
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
|
सर्वोच्चमा चार न्यायाधीशको दरबन्दी रिक्त
|
घनश्याम खड्का
|
सर्वोच्च अदालतमा लामो समयदेखि चार न्यायाधीशको दरबन्दी रिक्त भएका कारण मुद्दा सुनुवाइ प्रभावित हुँदै आएको छ । सर्वोच्चमा पेसी तोकिएका आधाउधी मुद्दा दिनहुँ सुनुवाइमा नआईकन पेसीबाट हट्ने गरेका छन् ।
|
पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : ऊर्जामन्त्री खड्का
|
रासस
|
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।
|
गणतन्त्र पक्षधरको प्रदर्शनमा सहभागी हुन एकीकृत समाजवादीको निर्देशन
|
रासस
|
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।
|
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।
|
देशभरका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
|
रासस
|
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
|
आज विश्व मौसम विज्ञान दिवस
|
रासस
|
आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ ।
|
अर्थतन्त्रको उद्धार गर्ने गभर्नरको प्रतीक्षा, योग्यको छनोटमा सरकारको परीक्षा
|
कृष्ण आचार्य , यज्ञ बञ्जाडे
|
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल २४ चैतमा सकिँदै छ । गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले सिफारिस समिति नै गठन गरेको छैन । अर्थतन्त्र प्रतिकूल रहेको र नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’ मा रहेको बेला गभर्नर छनोटमा सरकार गम्भीर नहुने हो कि भन्ने चिन्ता पनि छ ।
|
एमसीसी परियोजना तत्कालका लागि फेरि सुरु गर्न अनुमति
|
सीमा तामाङ
|
अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना तत्कालका लागि निरन्तर भएका छन् । तर ९० दिनको समीक्षा अवधि जारी रहेकाले कार्यक्रमको निरन्तरताबारे भने अझै अन्योल छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले अमेरिकी सरकारले एमसीसीअन्तर्गतका परियोजना अघि बढाउन अनुमति प्रदान गरेको जनाएको छ ।
|
चैत्र ९, २०८१
|
राजनीतिक अभियानमा दलहरू
|
गंगा बीसी
|
प्रमुख राजनीतिक दलहरूले राजनीतिक अभियानलाई तीव्र पारेका छन् । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीले संघीय गणतन्त्र एवं संघीयताको सुदृढीकरण र संविधान रक्षाका लागि कार्यक्रम तय गरिरहेका छन् । राप्रपा भने राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनमा छ ।
|
गर्मी मौसममा कसरी गर्ने आँखाको सुरक्षा ?
|
अभिषेक अधिकारी
|
आँखा निकै संवेदनशील अंगमध्ये पर्छ । धुलोधुवाँबाट हामीले आँखालाई कतिको जोगाइरहेका छौं ? अहिले गर्मी सुरु भइसकेको छ । हावा चल्ने मौसम भएकाले धुलोबाट पनि आँखालाई जोगाउनु जरुरी छ । धुलोका कणले आँखामा विभिन्न समस्या निम्त्याउन सक्छ ।
|
कांग्रेस–कम्युनिष्टको शासन रहेसम्म देश विकास हुँदैन : यादव
|
सन्जु पौडेल
|
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्टको हातमा शासन र शक्ति रहेसम्म यो देशको विकास हुन नसक्ने दाबी गरेका छन् । उनले नेपालमा धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै पनि कांग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था यस्तो बनेको बताए ।
|
सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता
|
विनय आजाद
|
सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । शनिबार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् ।
|
पानीको सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हाँसिल गर्नसक्छ : ऊर्जामन्त्री खड्का
|
कान्तिपुर संवाददाता
|
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हाँसिल गर्नसक्ने दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सदुपयोगमा लाग्नु आजको आवश्यक भएको बताए ।
|
नेपालले निरंकुश शासनभन्दा लोकतन्त्रमा विकासको फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह
|
कान्तिपुर संवाददाता
|
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा निरंकुश शासनमा भन्दा पनि लोकतान्त्रिक शासन व्यवस्थामा विकासले फड्को मारेको बताएका छन् ।
|
नेपालमा पानीको व्यवस्थापन, स्वच्छता र पहुँचमा चुनौती छन् : मन्त्री यादव
|
कान्तिपुर संवाददाता
|
खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमुना राष्ट्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपाल प्राकृतिक रूपमा जलस्रोतमा धनी राष्ट्र भए पनि पानी व्यवस्थापन, स्वच्छता तथा पहुँचमा अझै चुनौती कायमै रहेको बताए ।
|
संघीय निजामती ऐनको अभावले प्रशासनिक संघीयता कमजोर भयो : सभामुख
|
कान्तिपुर संवाददाता
|
सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको बताएका छन् । उनले संसद्बाट संघीय निजामती सेवा विधेयकसँगै प्रहरी र विद्यालय शिक्षालय विधेयक चाँडै टुंगो लगाउने बताए ।
|
भ्रष्टाचारको दुश्चक्रले जनता निराश : बाबुराम भट्टराई
|
कान्तिपुर संवाददाता
|
पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारको दुश्चक्रका कारण जनता निराश भएको बताएका छन् । जनकपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू बिस्तारै थाक्दै, गल्दै गइरहेको उल्लेख गरे ।
|
पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन हुँदैन : मन्त्री पौडेल
|
रासस
|
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् ।कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने व्यवस्था राख्न नहुने बताए । राज्यले उनीहरुलाई मानसम्मान गर्नु ठीक भए पनि सुविधा दिन नहुने मन्त्री पौडेलले बताए ।
|
किशोरी हत्या प्रकरण : दुई किशोरलाई बाल सुधार गृह पठाइयो
|
मेनुका ढुंगाना
|
अछामको ढकारी गाउँपालिका–८ पल्साता गाउँकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका दुई किशोरलाई अछाम जिल्ला अदालतले डोटीमा रहेको बाल सुधार गृह पठाउने आदेश दिएको छ।
|
वार्ता र संवादबाट पाथीभरा केबलकारको विवाद टुंग्याउनु पर्छ : जनार्दन शर्मा
|
आनन्द गौतम
|
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले पाथीभरा केबलकारको विवाद वार्ता र संवादबाट टुंग्याउनु पर्ने बताएका छन्। फक्ताङलुङ गाउँ कमिटीको पालिका अधिवेशनका लागि ताप्लेजुङ आएका शर्माले शनिबार बिहान सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
|
सत्य निरूपण तथा बेपत्ता आयोग बनाउन प्रधानमन्त्रीले बोलाइ रहनुभएको छ : दाहाल
|
रमेशकुमार पौडेल
|
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा बेपत्ता आयोग बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बोलाइरहेको बताएका छन्। माओवादी पार्टीको हुलाकी मार्ग केन्द्रित मेची–महाकाली तराई–मधेस जागरण अभियानका क्रममा पार्टी अध्यक्ष दाहाललगायतको टोली चितवन, माडी आइपुगेको छ।
|
महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्ष पक्राउ परेपछि पीडित परिवारलाई धाकधम्की
|
विनय आजाद
|
महायज्ञका नाममा दलित परिवारलाई अछुत भन्दै ज्यादती गरेको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि यादव परिवारले पीडितलाई धाकधम्की दिएका छन्। अध्यक्ष यादवका छोरा रुकेश यादव शुक्रबार साँझ घरमै पुगेर पीडितलाई धम्क्याएका हुन्।
|
आज विश्व पानी दिवस मनाइँदै
|
रासस
|
‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ ।
|
चर्कियो रेलवेको मुआब्जा विवाद
|
अजित तिवारी
|
मुआब्जामा विमति जनाउँदै रेल विभागमा धर्नारत महोत्तरी बर्दिवासका किसानलाई रनभुल्लमा राखेर भौतिक पूर्वाधार मन्त्रालयको सिफरिसलाई नै टेकेर गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पुरानै दरअनुसार पत्र पठाएको छ । मुआब्जा विवाद सुल्झाउनुको साटो पुरानै दर तोकेर गरिएको पत्राचारमा असहमति जनाउँदै शुक्रबार पनि बर्दिवासका किसानले रेल विभागमा धर्ना दिए ।
|
दलितको घरमा डोजर चलाउने पालिका अध्यक्ष पक्राउ, सीडीओ गृहमा तानिए
|
विनय आजाद
|
औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित दीपक मलिकको घर डोजर चलाएर भत्काई उठीबास लगाउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबारदेखि सम्पर्कविहीन रहँदै आएका अध्यक्ष यादव शुक्रबार दलबलसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । त्यहीँबाट दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
|
एसईईमा ४ जीपीए ल्याउनेलाई पालिकाद्वारा एक लाखसम्मको पुरस्कार
|
हरिराम उप्रेती
|
बारपाक सुलिकोट र सहिद लखन गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् । पालिकाका विद्यालयबाट ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई बारपाक सुलिकोटले १ लाख र सहिद लखनले ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । दुवै पालिकाले उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीलाई पनि प्रोत्साहनस्वरूप पुरस्कार दिने भएका छन् ।
|
जहाँ समुदायले तोक्छ काम गर्ने समय
|
तृप्ति शाही
|
हुम्लाको नाम्खा–६ मा पर्छ हल्जी गाउँ, जहाँ ९० घरधुरीको बसोबास छ । उनीहरूले जति पनि र जुनसुकै बेला पनि खेतीपातीलगायतका काम गर्न पाउँदैनन् । कुन काम कति समयसम्म गर्ने भनेर समुदायले तोकिदिन्छ । ६० वर्ष नाघेका र १२ वर्ष मुनिकालाई भने काममा लगाउन नपाइने नियम छ ।
|
चैत्र ८, २०८१
|
सगरमाथा संवाद हिमनदी संरक्षणका उपाय बताउने फोरम हो : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.