text
stringlengths
2
914
ललितपुर प्रहरीले शंकास्पद करोबारमा संलग्न रहेको आशंकामा तीन भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ५० लाख नगद र सुन गाल्ने मेसिन समेत बरामद गरेको छ ।
असार २०, २०८१
ब्युटी पार्लरमा लागूऔषध बिक्री वितरण गर्ने महिला पक्राउ
कान्तिपुर संवाददाता
ब्युटी पार्लरबाट अवैध लागूऔषधको बिक्री बितरण गरिरहेकी ४० वर्षीया महिला पक्राउ परेकी छन् ।
असार १९, २०८१
गुणस्तरहीन खाने तेल उत्पादन गर्ने चार वटा कम्पनीलाई जरिवाना
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले चार वटा खाने तेलमा पेरोक्साइडको मात्रा धेरै पाइएको भन्दै दुई-दुई लाख रुपैयाँ जरिवाना असुलेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी मापदण्ड विपरीत तेल उत्पादन गरी बिक्री बितरण गरिरहेको पाइएपछि महानगरपालिकाले जरिवाना गरेको हो ।
ललितपुर महानगरले भत्कायो अतिक्रमित संरचना
रासस
ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ । मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
अतिक्रमित संरचनामा ललितपुर महानगरले चलायो डोजर
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ । मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
विमानस्थलबाट विदेशी मुद्रासहित दम्पती पक्राउ
कान्तिपुर संवाददाता
अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।
सोह्रखुट्टे-बालाजु सडक भासियो
कान्तिपुर संवाददाता
काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ । बुधबार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिव ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा बाधा पुगेको छ ।
नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने ५ जना पक्राउ
कान्तिपुर संवाददाता
नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ ।
असार १८, २०८१
स्टार्टअप र उद्यमशीलता नीतिहरू सुधार्न ध्यानाकर्षण
कान्तिपुर संवाददाता
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगको विकासका ठोस नीतिहरू बनाउन र भएका नीतिहरू परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
असार १७, २०८१
ललितपुर महानगरपालिकाको बजेट नगरसभाबाट पारित
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ ।
असार १६, २०८१
'नयाँ मिडियाका प्लेटफर्महरू व्यवस्थापनसम्बन्धी कानुनी अड्चन हटाउनुपर्छ'
कान्तिपुर संवाददाता
सञ्चार माध्यमले पाठकमाझ प्रभावकारी उपस्थिति जनाउन नयाँ मिडियाका प्लेटफर्महरू प्रयोग गर्ने र त्यस्ता प्लेटफर्महरूको व्यवस्थापनसम्बन्धी कानुनी अड्चनहरू हटाउनुपर्नेमा सरोकारवालाहरूले बताएका छन् ।
बिजुली बजारमा फल्चा बिसौनी
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुलपारि फल्चा शैलीको बस बिसौनी सञ्चालन गरेको छ । महानगरले अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी सञ्चालनमा ल्याएको हो ।
असार १५, २०८१
ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण
कान्तिपुर संवाददाता
ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ ।
असार १४, २०८१
सीतापाइलमा कल्भर्टमा कार खस्दा चालकको मृत्यु
कान्तिपुर संवाददाता
सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो ।
असार १३, २०८१
डेंगी फैलन नदिन काठमाडौं महानगरको पूर्वतयारी सुरु
नुमा थाम्सुहाङ
काठमाडौं महानगरपालिकाले डेंगी रोगको प्रकोप फैलन नदिन पूर्वतयारीस्वरुप अभियान सुरु गरेको छ । यही असार ९ गतेदेखि महानगरको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । डेंगी रोगको रोकथामका लागि अहिलेदेखि नै आवश्यक पूर्वतयारी सुरु गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
असार १०, २०८१
ललितपुर महानगरको बजेट : ७ अर्ब ४६ करोड रुपैयाँ
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्यले सोमबार प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।
मेलम्ची खानेपानी आयोजना आजदेखि बन्द हुने
रासस
मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो ।
राजधानी केन्द्रित बसाइँसराइले स्थानीय संस्कृति मासिन्छ : बालेन
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विश्वका अन्य देशका महानगरमा देखिएका घरबारविहीनका समस्या र नेपालको समस्या भिन्न भएको बताएका छन् ।
असार ९, २०८१
सालकको खपटा ओसारपसार मुद्दाका फरार व्यक्ति पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने टसी तामाङ छन् ।
वैदेशिक रोजगार ठगी मुद्दाका फरार पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादीलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–८ राजावास बस्ने मिन बहादुर मगर छन् ।
जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी घर भई काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने धर्मेन्द्र जैसवाल छन् ।
काठमाडौंमा 'युथ लिडरसिप समिट'
कान्तिपुर संवाददाता
राष्ट्रिय युवा परिषद् र युवा गैर सरकारी संस्था महासंघ नेपालको संयुक्त आयोजनामा नेपाली युवाहरुका समस्या र समाधनमा केन्द्रीत रहेर देशभरका दुई सय जना युवाहरुको सहभागितामा 'युथ लिडरसिप समिट २०२४' आयोजना गरिएको छ ।
असार ८, २०८१
भक्तपुरमा गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
कान्तिपुर संवाददाता
भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
अज्ञात समूहद्वारा खुकुरी प्रहार
कान्तिपुर संवाददाता
ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात समूहले एक जना व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् ।
आज ज्या: पुन्ही
कान्तिपुर संवाददाता
नेवा: समुदायले आज ज्या: पुन्ही अर्थात ज्येष्ठ शुक्ल पुर्णिमा मनाउँदै छन् । यस पूर्णिमालाई नेवाः समुदायले एक महत्त्वपूर्ण पुर्णिमाको रुपमा लिने गर्छन् ।
सेफ सन्तोष साहको 'मिथिला थाली'को काठमाडौंमा तीन शाखा
कान्तिपुर संवाददाता
बीबीसीका मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते आमाको हातबाट रिबन काटेर जनकपुरमा मिथिला खानाको रेस्टुरेन्ट सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर सारियो हेलिपोर्ट
कान्तिपुर संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार भइरहेको विस्तार योजनाअनुसार शुक्रबारदेखि १२ वटा हेलिकोप्टरलाई भक्तपुरको नलिञ्चोकमा सारिएको छ । नौवटा वायुसेवा कम्पनीका हेलिकोप्टर शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर नलिञ्चोक अवतरण भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जनाए ।
असार ७, २०८१
चोरीमा संलग्न आरोपमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ
कान्तिपुर संवाददाता
प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भई काठमाडौं संकटा बस्ने सुजित कर र काठमाडौं ओमबहाल बस्ने सेफ अलि आलम छन् ।
सुन तस्करीको आरोपमा तीन पक्राउ
कान्तिपुर संवाददाता
कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
मनसुन सक्रिय नभइन्जेल मेलम्चीको पानी नरोकिने
न्युज एजेन्सी नेपाल
मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने जनाएको हो ।