text
stringlengths
2
914
उनी स्कुल पढ्ने बेला दलित सहपाठी खोज्थिन् । किनभने कथित उपल्लो जातका सहपाठीसँग उनी बस्न पाउँथिनन् । ‘दमाईकी छोरी’ भनेर हेप्थे । साथीहरुले ल्याएको खाजा छोएको निहुँमा कुटपिट पनि सहन्थिन् ।
‘तिमीसँग माया गर्दा...’
गोकर्ण गौतम
सुन्धारास्थित थिएटर मलमा नाटक ‘उपियाँको निबन्ध’ रिहर्सल हुँदै थियो । तरह–तरहका पहिरन चाहिन्थ्यो, निर्देशकको चाहनाबमोजिम पहिरन बनाउन कलाकार आफैं खटिरहेका थिए । एउटा कपडा काटकुट पारेर नयाँ बनाउनुपर्ने भयो तर कहाँ पो सिलाउने ?
श्रावण २८, २०७७
फिल्म सुटिङ सुरु नहुँदा अन्योलमा कलाकार, म्युजिक भिडियोबाट चित्त बुझाउँदै
रीना मोक्तान
कोभिड-१९ ले गर्दा फिल्म क्षेत्र करिब पाँच महिनादेखि ठप्प छ । हलमा ताला झुन्ड्याएको छ । फिल्मको छायांकन, प्रदर्शन सबै ठप्प । महिनौं फिल्मको काम बन्द भएपछि कलाकारमा नैराश्य पलाएको छ । काम नपाइने हो कि भन्ने चिन्ता भएको पनि केही कलाकारहरु बताउँछन् ।
श्रावण २५, २०७७
प्रधानमन्त्रीले इतिहासको अपव्याख्या गरिरहनु भएको छ : इतिहासविद् पन्त
देवेन्द्र भट्टराई
इतिहासविद् महेशराज पन्तले इतिहासको व्याख्या र प्रामाणिकता केलाउने कुरामा बहकिएर बोल्नुको अर्थ नरहेको धारणा राख्दै ‘अल्पज्ञानका भरमा आसेपासेले भरिदिएको चेतना लिएर’ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इतिहासको अपव्याख्या’ गरिरहेको बताएका छन् ।
श्रावण २२, २०७७
गजुरेल गाथा : ट्रम्पदेखि टेड्रोससम्म
गोकर्ण गौतम
गत साल मनोज गजुरेल र उनको टिमले देशका सातै प्रदेशमा गाईजात्रा गर्‍यो । यसपालि कम्तिमा दोब्बर सहरमा प्रहसन पस्किने योजना थियो । फ्याट्ट आइदियो कोरोना, भइदियो लकडाउन । घरबाटै निस्कन नमिल्ने भएपछि दर्शक जम्मा पारेर गाईजात्रा देखाउनु असम्भव भइहाल्यो । त्यसो भए गाईजात्रा नगर्ने त ?
श्रावण २१, २०७७
महिलालाई जतिखेर पनि डर र भय हुने समाजको गीत- 'बदला बरीलै'
रीना मोक्तान
'बरीलै' मेलोडीमा तीजको गीत बनाउने सोच बुन्दै थिए, गायक प्रकाश सपुत । तीज गीतमा महिलाका विषयवस्तु जोडिन्छन् । महिलाका पीडा गीतमा राख्ने सोच्दै गर्दा बलात्कारको विषय जोडियो । अनि तयार भयो 'बदला बरीलै' । यतिखेर यो गीत निकै चर्चामा छ । गीतको शब्द/संगीतसँगै दृश्यमा देखाएको कथाले दर्शकको मन छुन सफल भएको छ ।
जसलाई कोभिडले फोक्सो प्रत्यारोपण गर्नुपर्ने स्थितिमा पुर्‍यायो
कान्तिपुर संवाददाता
२८ वर्षीया मायरा रामिरेज एक दुर्लभ फोक्सो प्रत्यारोपणपश्चात घर फर्किएकी छिन् । उनी कुनै ठूलै दीर्घरोग लागेर प्रत्यारोपणको स्थितिसम्म पुगेकी भने होइनन् । कोभिड–१९ संक्रमणले फोक्सोलाई पूर्णरुपमा बिगारिदिएपछि उनको बाँच्ने विकल्पका रुपमा प्रत्यारोपण बाँकी रहेको थियो ।
श्रावण १९, २०७७
गाईजात्रा विशेष : सीधा प्रश्‍न प्रधानमन्त्रीसँग
जीतु नेपाल
भोलि मंगलबार गाईजात्रा । यसपालि कोभिड महामारीका कारण गाईजात्रामा सधैं हुने गरेका हास्यव्यङ्ग्यका कार्यक्रम हुन सकेनन् । सधैं यस्ता कार्यक्रम गरेर राजनीति र समाजका विकृतिलाई व्यङ्ग्य–वाण हान्दै दर्शक हँसाउने कलाकारका हात भने यस वर्ष पनि चिलाए । कसैले भर्चुअल गाईजात्रा गरे भने कोही कलम समाएर लेख्न कस्सिए ।
श्रावण १५, २०७७
क्वारेन्टिन र आइसोलेसनको उत्पादन : थकान, तनाव, चिन्ता र रिस
वसन्तप्रताप सिंह , विद्या राई
क्वारेन्टिनमा बसेका व्यक्तिले आत्महत्या गरेका धेरै उदाहरण छन् । ७ असार २०७७ राति सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको छविस पाथीभेरा गाउँपालिका वडा नं ७ मझखोरी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा एक ३० वर्षीय पुरुषले आत्महत्या गरेका थिए । तीन दिनअघि मात्रै भारतबाट फर्केर उनी स्थानीय उमेश बोहरा र जनक बोहरासँगै सो क्वार...
श्रावण १२, २०७७
दक्षिण ललितपुरका दुःख
प्रशान्त माली
दुई साताअघि वाग्मती गाउँपालिका–७ गिम्दीकी ६५ वर्षीया ठूलीमाया नेगीको शरीरमा अचानक रक्त सञ्चारमा समस्या आयो । उनलाई अस्पताल पुर्‍याउन खोज्दा एम्बुलेन्स गिम्दीसम्म पुग्‍न सकेन । अविरल वर्षाका कारणले बगुवा–प्युटार–आश्राङ–गिम्दी सडकमा ठाउँठाउँमा पहिरो झरेकाले सडक अवरुद्ध थियो ।
श्रावण ११, २०७७
जसले अरुलाई बचाउँदा ज्यान गुमाए
हरि गौतम
बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीमा साउन ७ गते छुट्टै उमंग थियो । अन्य दिनभन्दा सवेरै उठेर उनले गाउँ चहारे । सुतेका साथीलाई उठाए । उनीहरुलाई तयार हुन भने । उनी आफू पहिल्यै तयार भइसकेका थिए ।
नागरिकमा गहिरिँदै निराशा
जनकराज सापकोटा
कोरोना संक्रमणको प्रभाव रोक्न सरकारले गत चैत ११ गतदेखि लकडाउनको घोषणा गर्‍यो । १ सय २० दिन लामो लकडाउन ६ गते अन्त्य भएपनि योबीचमा सामाजिक र आर्थिक जनजीवन नराम्रोसँग खलबलियो । संक्रमणको ग्राफसँगै आममानिसको मनोभावना बुझ्नलाई कान्तिपुरले ‘कान्तिपुर कुरा’ सुरु गरेको थियो ।
श्रावण १०, २०७७
मलेसिया गएका श्रीमान्‌को अत्तोपत्तो छैन, दुई छोराको पोखरीमा डुबेर ज्यान गयो
पर्वत पोर्तेल
लकडाउनअघि दुई छोरासँगै बिर्तामोड नगरपालिका–९ गरामनीमा बस्दै थिइन् कमला । श्रीमान् दीपक थामी आठ वर्षअघि मलेसिया गएका थिए । त्यसयता उनको अत्तोपत्तो छैन । न पैसा पठाएका छन् न त सम्पर्क छ ।
तीन पटक नेगेटिभ रिपोर्ट, ४७ दिन क्वारेन्टाइन बसाइ !
प्रकाश बराल
भारतको पन्जाबमा २५ वर्षदेखि काम गर्दै आएको होटल बन्द भएपछि रोजगारी गुमाएर उनी घर फर्के । नेपालको सिमानासम्म आउन उनलाई तीन गुणा भाडा लाग्यो । नेपाल बोर्डरमा आएपछि नगरपालिकाले पठाएको गाडीमा उनी गाउँ फर्के । ढोरपाटन नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय काशीराम अधिकारीले पन्जाबबाट हिँडेको चौथो दिनमा बागलुङको बुर्तिवाङ आएर मा...
श्रावण ७, २०७७
छोटो समयमा एलिनाको लोभलाग्दो चर्चा
रीना मोक्तान
'के माया लाग्छ र ?' बोलको गीत यतिखेर सर्वत्र चर्चामा छ । धेरै दर्शकले रुचाएको यो गीतमा स्वर दिने गायिका एलिना चौहानलाई पनि गीतले चर्चामा ल्याइदिएको छ । गीतकै कारण अहिले उनी दर्शकदेखि संगीतकार, गीतकारको नोटिसमा परेकी छिन् । धेरैले उनलाई गीतको अफर गर्न थालेका छन् ।
बर्मन बुढा : जसले थबाङलाई एकजुट बनाए
दुर्गालाल केसी
कुनैबेला थबाङका बर्मन बुढा भनेपछि रोल्पादेखि राजधानीसम्मका मान्छेलाई टाउको दुखाइको विषय हुन्थ्यो । कछाड उनको परिचय हो । बर्मन भनेपछि कछाड जोडिएर आउँछ । उनले कछाड थबाङमा मात्रै लगाएनन् सिंहदरबारमा पनि पुर्‍याए ।
श्रावण ६, २०७७
कोरोना कहर : साउनमै छैन चुरापोतेको व्यापार
रीना मोक्तान
साउनमा अम्जद खानलाई पोते व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो । अवस्था सामान्य हुँदो हो त यतिखेर उनको पसलमा खुट्टा टेक्ने ठाउँसमेत हुन्थेन । तर, यो वर्ष कोरोनाले गर्दा इन्द्रचोकमा रहेको अम्जदको पसल खाली छ । सिजनमै पसल खाली देख्दा तीजमा पनि हालत यस्तै हुने पीरले उनलाई सताउन थालेको छ । 'पहिलाको जस्तो व्यापार छैन । लकडाउनले ...
श्रावण ४, २०७७
मनोज गजुरेल : मौन स्टेजदेखि तालीको गडगडाहटसम्म
रीना मोक्तान
'अब आउँदै हुनुहुन्छ नव कलाकार, एउटा सम्भावना बोकेको कलाकार- मनोज गजुरेल' मञ्चमा यसरी आफ्नो नाम उद्घोषण भइसकेपछि मनोजले दर्शकबाट तालीको अपेक्षा राख्नु स्वाभाविक थियो । सभागृहमा उपस्थित दर्शकले अन्य कलाकारको परिचयपछि मज्जाले ताली पिटेका थिए ।
अस्पतालमा मास्कधारीलाई मात्र प्रवेशाज्ञा
जितेन्द्र साह
मास्क नलगाउनेलाई प्रवेशद्वारबाटै फर्काइन्छ । नाकमुख छोपिने गरी कम्तीमा सर्जिकल मास्क लगाउनै पर्छ । तापक्रम जाँचपछि मात्रभित्र जान पाउँछन् । आउजाउ गर्नेलाई निगरानी गर्न सुरक्षा गार्डसहित तीन कर्मचारी तैनाथ छन् । कोरोना महामारीले विराटनगरस्थित कोसी अस्पतालभित्रको फेरिएको दृश्य हो यो ।
श्रावण २, २०७७
न्यायका लागि कला : न्याय खोज्दै, चित्र कोर्दै
गोकर्ण गौतम , तस्बिर : हेमन्त श्रेष्ठ
नाराबाजी छैन । प्रदर्शन न चर्का स्वर । बरु रङ र ब्रुसले कोरेका चित्रकला भित्ताभरि छन्, ती चित्रकलाले न्याय खोजिरहेका छन् । टन्टलापुर घाम छ, ज्यान पसिनाले निथ्रुक्कै । कसैको हातमा ब्रस छ, कसैको रङ । कोही भित्तामा पोत्दै छन्, कोही टुलमा उभिएर रङ पोतिरहेका साथीलाई तलबाट समातिरहेका छन् । कोही सकिएको कलर र ब्रस किन्न दौडिरह...
असार २९, २०७७
सामाजिक सञ्‍जालका प्रतिक्रियाले तनावमा दीपा, भन्छिन्- नहेरौं भन्दा पनि आँखा गइहाल्छ
रीना मोक्तान
अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्‍जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव बढेको छ ।
असार २३, २०७७
जसले दुर्व्यवहारबारे बोले
रीना मोक्तान
अभिनेत्री स्यारोन श्रेष्ठले ३ वर्षअगाडि आफूलाई 'सायद २'का निर्माता सुनिल रावलले दुर्व्यवहार गरेको कुरा सार्वजनिक गरिन् । 'सायद २' ले औसत व्यापार गर्दा निर्माता रावलले फिल्म नचल्नुको पछाडि कलाकारले प्रचारमा समय नदिनुका कारण देखाएका थिए ।
असार २१, २०७७
श्रीमानको शव साउदीमा छ, ल्याउने कसरी ?
रीना मोक्तान
६ वर्षीय छोराले 'बाबाको फोन आएन, भिडियो कल गर्नुभएन' भन्दा मिनु श्रेष्ठसँग जवाफ हुँदैन । छोरा दिपुले बाबाबारे सोधिरहँदा उनीसँग उत्तर छैन ।
असार १८, २०७७
एउटा विद्रोही अनुहार
गोकर्ण गौतम
सेन्ट जेभियर्स पढ्थे, १० कक्षाको पहिलो दिन थियो, उनको ब्यागमा किताब थिएन, खल्तीमा राजीनामा थियो । प्रिन्सिपललाई सम्बोधन गर्दै लेखिएको राजीनामामा अबदेखि स्कुल नआउने र औपचारिक शिक्षा नपढ्ने जानकारी गराइएको थियो । शिक्षक र प्रशासनसँग ठाकठुक परिरहन्थ्यो, रिसले स्कुल नआउने भने होलान् भनेर उनको पत्रलाई स्कुलले गम्भीर रूपमा ल...
असार १५, २०७७
दुर्व्यवहार गरिएको अभिनेत्री साम्राज्ञीको आरोप, भुवन केसीको प्रतिवाद
रीना मोक्तान
तीन दिनअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाइन् ।
असार १४, २०७७
लकडाउनले छेकेन गीतको रेकर्डिङ र सुटिङ
रीना मोक्तान
वैशाख/जेठलाई तीज गीत गाउने सिजन मानिन्छ । लकडाउनले गर्दा सिजनको सुरुवात खासै फलदायी भएन । जेठ पनि खाली नै जाने देखिएपछि यसपाली तीज गीत गाउन नपाइएला भन्‍ने पीरलो थियो गायक/गायिकालाई ।
असार ११, २०७७
गोरोमात्र सुन्दर होइन भन्दै ‘फेयर एन्ड लभ्ली’ को नामबाट ‘फेयर’हटाइने
कान्तिपुर संवाददाता
सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी युनिलिभरले सुन्दरताको परिभाषालाई समावेशी बनाउने निर्णय गरेको बताउँदै गोरो वा सेतो रंगलाई महत्व दिने शब्दहरु आफ्ना उत्पादनबाट हटाउने निर्णय गरेको जनाएको छ ।
असार १०, २०७७