text stringlengths 2 914 |
|---|
लकडाउन प्रभाव : सडकमा गीत गाउनेहरु साबुन बनाउँदै |
सीमा तामाङ , तस्बिर : बिजु महर्जन |
गोकर्णेश्वरस्थित नयाँपाटी चोकबाट एक किलोमिटर हिँडेपछि दृष्टिविहीनका लागि आमा घरले बनाइएको टहरामा पुगिन्छ । सडकमा गीत गाएर गुजारा चलाउने दृष्टिविहीनहरु अहिले कोरोना महामारीका कारण लकडाउन भएपछि डल्ला साबुन बनाएर गुजारा चलाउन थालेका छन् । |
असार ९, २०७७ |
जब चितुवालाई दाम्लोमा बाँधेर हिँडाइयो... |
गोविन्द पोखरेल |
मंगलबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । र, चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ । फोटो खिच्नेको भीड छ । |
असार ८, २०७७ |
सडक छेउ खाना खाने सावित्राको पीडा |
रीना मोक्तान |
भक्तपुरको सूर्यविनायस्थित शभकामना पार्टी प्यालेस छेउमा २०/२५ जनाको समूहमा खाना खाँदै थिइन् सावित्रा बराल । ११ बजेको पारिलो घाममा समूहभन्दा केही पर बसेर उनी गिट्टीको थुप्रोमाथि बसेकी थिइन् । समूहका मानिसहरु भने सडक छेउको रुखको छाहारीमा बसेर खाँदै थिए । |
अब देख्नुपर्दैन विष्णुले छोरो खोस्ने ट्रक |
जनकराज सापकोटा |
सतुंगलका विष्णुदास श्रेष्ठलाई नजिकैको महानगरीय प्रहरी वृत्त, थानकोटमा हत्पती छिर्न मन लाग्दैन । तर कामविशेषले नपुगी धरै थिएन । |
असार ५, २०७७ |
पानी बोक्ने सास्ती हटेपछि... |
ज्योति कटुवाल |
भैरवी गाउँपालिका–१ जडारमुलकी देउकला कार्की घर–आँगनमै धारो पाउँदा निकै दंग छिन् । एक गाग्री पानीको लागि बिहान ४ बजे उठेर कुवामा धाउनुपर्ने बाध्यता टरेको छ । लकडाउनको समयमै घरमा पानीको धारा पुगेपछि यसले झन् खुसी थपेको छ । |
असार १, २०७७ |
मध्याह्नमै अस्ताएको ‘सूर्य’ |
गोकर्ण गौतम |
‘जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण केही छ भने त्यो जिन्दगी नै हो ।’ फिल्म ‘छिछोरे’ मा सुशान्तसिंह राजपुतले बोल्ने संवाद हो यो । यसमा उनी बुबाको भूमिकामा छन्, उनको छोराले परीक्षाको सोचेजस्तो नतिजा नआएपछि आत्महत्याको प्रयास गर्छन् । सुशान्त अस्पतालको शय्यामा छोरालाई अनेक तरहले बाँच्न र फेरि संघर्षमा रमाउन उत्प्रेरित गर्छन्... |
जेष्ठ ३२, २०७७ |
शिव श्रेष्ठको डेब्यू स्मृति : सुटिङ सेटबाट तीन पटक भागेको थिएँ |
रीना मोक्तान |
विराटनगरको जलजला हल नजिकै थियो, शिवसुन्दर श्रेष्ठको घर । काठमाडौंको किलागल किसी गल्लीमा जन्मेका उनी अध्ययनको सिलसिलामा पुगेका थिए विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आईए पढ्दै थिए । यो २०३७ को कुरा हो । |
जेष्ठ ३०, २०७७ |
विद्यालयको चौरमा घरबाट ल्याएको त्रिपाल टाँगेर क्वारेन्टाइन ! |
भूषण यादव |
जेठको चर्को घाम र गर्मीमा विद्यालयको खुल्ला चौरमा बाँसमा टाँगिएको त्रिपालमुनि १४ जना युवा बसिरहेका छन् । पर्साको पर्सागढी गाउँपालिका– ८ हरपुरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा विगत तीन दिनदेखि ती १४ जना खुल्ला आकाशमुनि छन् । |
जेष्ठ २९, २०७७ |
'माइतीको आँगन टेकेझैं ढुक्क भएको छ' |
लीला श्रेष्ठ |
सुनसरी धरानकी ४० वर्षीया विमला विक ५ वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गइन् । बालबच्चा स्याहार्ने र घरायसी कामका लागि पुगेकी उनले डेढ वर्ष एकै घरमा काम गरिन् । |
बेथितिविरुद्ध लड्ने निडर नेत्रीको सम्झना |
जितेन्द्र साह |
२०१७ पुस १ गते राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइरालालाई बर्खास्त गरी शासनसत्ता आफ्नो हातमा लिए । राजाले प्रजातन्त्रको हरण गरेको भन्दै चौतर्फी विरोध भयो । टुँडिखेलमा राजाविरुद्ध प्रदर्शन गर्दै कालो झन्डा देखाउनेमध्ये एक थिइन्, १६ वर्षे शैलजा आचार्य । |
जेष्ठ २६, २०७७ |
जैविक मलले ढुक्क कपिलदेव परिवार |
जितेन्द्र साह |
अहिले किसान रासायनिक मलको खोजी एवं भण्डारणमा लागेका छन् । मल अभावको समस्या दिनहुँ समाचारका शीर्षक बनिरहेका छन । तर मोरङको धनपालथान–६, दादरबेरियाका बस्तीका किसान ३९ वर्षीय कपिलदेव राजवंशीलाई भने रासायनिक मलको चिन्ता छैन । |
जेष्ठ २४, २०७७ |
लकडाउनले काम गर्न नपाउँदा भोकै |
मकर श्रेष्ठ |
जेठी छोरीलाई हनहनी ज्वरो आएर पुरानो सिरक ओडेर सुतिरहेकी छन् । उनकी आमा छोरीलाई के भयो भन्दै सोध्छिन् । छोरीले जिउ दुख्ने र ज्वरो आएको सुनाउँछिन तर, मनन ठाकुरसँग बिरामी छोरीलाई सिटामोल किन्ने पैसा पनि नभएपछि छटपटाउँछन् । |
जेष्ठ २२, २०७७ |
'नमस्कार, कोभिड-१९ को दैनिक अपडेटमा स्वागत छ' |
बुनु थारु |
सधैंझैं सोमबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अपडेटमा उपस्थित भइसकेका थिए, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा । कोभिड-१९ को नियमित अपडेट गराइरहँदा एक्कासि उनलाई खोकी लाग्यो । |
जेष्ठ २१, २०७७ |
जनता भोकै पर्न नदिने घोषणामात्रै गर्ने कि ‘कम्युनिटी क्यान्टिन’ पनि चलाउने ? |
सजना बराल |
नेपाल र भारतमा एकैसाथ लकडाउन सुरु भएको थियो । त्यहाँ अहिले खुकुलो भइसके पनि नेपालमा कडिकडाउ लम्बिँदैछ । सर्वसाधारणलाई तयारीको अलिकति पनि समय नदिई लकडाउन लागू गरिएकाले नेपालमा झैं भारतमा पनि लाखौं मानिस हिँडेरै घरतिर लागे । तीमध्ये कयौं नेपाली थिए जो अहिले पनि सीमा–नाकामा छटपटाइरहेका छन् । |
‘कोरोना भएकी बच्चीलाई बचाउन नसक्दा पीडा भइरहेको छ’ |
रुपचन्द्र विश्वकर्मा |
भारतको नयाँ दिल्लीबाट फर्किएका एक दम्पतिकी दुई वर्षीया छोरीको बाजुरामा कोरोना संक्रमणका कारण मृत्यु भयो । उनकी आमामा पनि संक्रमण देखिएको छ । र, उनी गर्भवति छन् । बच्चीको उपचारमा संलग्न चिकित्कले उनलाई बचाउन असफल प्रयासबारे यसरी बताए : |
जेष्ठ १९, २०७७ |
विश्वमा आज : नारायणहिटी दरबार हत्याकाण्डदेखि हेलेन केलरको मृत्युसम्म |
कान्तिपुर संवाददाता |
आज जुन १, २०२० । विक्रम संवत् २०७७ साल जेठ १९ गते । आजकै दिन १९ वर्ष अगाडि नेपालको नारायणहिटी राजदरबार हत्याकाण्ड भएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशकै हत्या भएको थियो । हामीले जुन १ मा विश्वमा विभिन्न समयमा घटेका प्रमुख घटनालाई समेटेका छौं । |
जेष्ठ १७, २०७७ |
अब झोवा विकलाई बोल्न डर लाग्दैन |
चाँदनी कठायत |
मुस्कुराउँदै निर्धक्क रोस्ट्रममा उभिँदा कर्णाली प्रदेशसभाको ध्यान उनीतिरै हुन्छ । उनी संसद्मा गर्वसाथ रैथाने 'मुगाली' लबजमा हाँसीहाँसी बोलिरहेकी हुन्छिन् । संसदमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४७ वर्षीया झोवा विकको पोसाकले पनि सार्वजनिक कार्यक्रममा फरक पहिचान दिएको छ । |
जेष्ठ १६, २०७७ |
सगरमाथामा पाइला नपरेको वर्ष |
सुरज कुँवर |
६७ वर्षअघि आजकै दिन बिहानको ११ बजेर १५ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले पाइला टेकेका थिए । मानव जगतकै लागि उठेको त्यो पाइलाले सानो मुलुक नेपाललाई विश्वभर चिनायो । |
जेष्ठ १४, २०७७ |
शान्ति पासी भन्छिन्, ‘मेरी छोरीको हत्या भएको हो’ |
शान्ति पासी |
गत शनिबार अपराह्न देवदह नगरपालिका–२ स्थित रोहिणी खोलामा झुन्डिएको अवस्थामा फेला परेकी देवदह–११ बड्की गुम्मीकी किशोरी अंगीरा पासीको जबरजस्ती करणीपछि हत्या गरिएको दाबीसहित उनकी आमा शान्ति पासीले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । शान्तिसँग त्यो घटनाबारे कान्तिपुरकी सन्जु पौडेलले गरेको कुराकानी : |
भारतबाट आएकाहरु भन्छन्–‘सरकार एक बोतल पानी त देऊ’ |
कलेन्द्र सेजुवाल , चाँदनी कठायत |
वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँका कर्णबहादुर सार्की तीन दिनको यात्रापछि मंगलबार साँझ ६ बजे सुर्खेत उपत्यकाको प्रवेशद्वार सुब्बाकुनामा पुगे । |
‘मुखिया’ ब्रान्ड सांसद-लोगो |
देवेन्द्र भट्टराई |
जीवनको आधा शताब्दीभन्दा लामो सिर्जनशील समयमा उनले हजारौं कलाकृति, आवरण कला, तेलरंगका रेखा र मुहारचित्रहरू बनाए । कलाकार टेकवीर मुखियालाई ८७ वर्षे जीवनको यो खुड्किलोमा सबैभन्दा अपनत्व र चिनारीले भरिएको सिर्जना लाग्ने गर्छ– देशभरका संघीय सांसदहरूले लगाउने प्रतीक चिह्न अर्थात लोगो । |
जेष्ठ १३, २०७७ |
क्वारेन्टाइनमा बस्नेहरु घरबाटै ल्याएको खाना खान्छन् |
हरि गौतम |
लकडाउनकै बीचमा पत्रकार मैत्या घर्ती मगर घर फर्किए । काठमाडौंबाट परिवारका अरु सदस्यसहित पुथाउत्तरगंगा गाउँपालिका–१०, तक पुगेका उनी १४ दिन वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बसे । |
देवघाटमा सन्तबहादुरको दु:ख |
रमेशकुमार पौडेल |
एउटा धार्मिक विश्वास छ- 'देवघाट धाममा देवताहरु नै आएर स्नान गर्छन् ।' यही विश्वासमा डोहोरिएर माघे संक्रान्तिमा यहाँ नुहाउन आउनेको घुइँचो लाग्छ । 'पुण्य कमाउन' आउने लाखौं भक्तजन हुन्छन् । तर ती सबैभन्दा फरक छन्, सन्तबहादुर गुरुङ । जो गुजाराका लागि ३७ वर्षदेखि देवघाटमै बस्दै आएका छन् । |
जेष्ठ १२, २०७७ |
कञ्चनजंघा आरोहणको ६५ वर्ष |
आनन्द गौतम |
कोरोना संक्रमणको कहर नभएको भए यतिबेला हिमाल आरोहीका समाचारले प्राथमिकता पाउँथ्यो । महिनौं दिनदेखि हिमालको बेसक्याम्पमा बसेर डोरी टाँग्दै र बाटो बनाउँदै गरेका शेर्पाहरुले देश विदेशका नागरिकलाई आरोहण गराउँथे र आफू पनि हिमाल चढ्थे । |
'आलै छ घाउ अठारको, नालापानीमा...’ |
२०३० सालतिर गायक/संगीतकार दीप श्रेष्ठ, गीतकार/संगीतकार विजय श्रेष्ठ र गायिका सुशीला सुब्बा सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगेका थिए । दार्जिलिङको गोर्खा दुःख निवारण समितिको भवनमा भव्य कार्यक्रम थियो । |
जेष्ठ १०, २०७७ |
चेपाङ गाउँको व्यथा : डालामा मकै रित्तिँदै, बारीमा बल्ल हुर्कंदै |
रमेशकुमार पौडेल |
इन्द्रमाया चेपाङ साँघुरो घरभित्र अँगेनाको आडमा रहेको जाँतोमा मकै पिस्दै थिइन् । साथमा ससाना दुई बालिका पनि थिए । दिउँसो पाखोबारीको मकै गोडेर उनी घाम अस्ताउनै लाग्दा मकै पिस्न जुटेकी थिइन् । |
यौन दुर्व्यवहारविरुद्ध अभिनेत्रीको ‘जिरो टोलरेन्स’ |
रीना मोक्तान |
पाँच महिना भयो, अभिनेत्री ऋचा शर्माकी आमाले संसार छोडेको । युट्युब च्यानलमा अझै आमाको अन्तिम दाहसंस्कारका भिडियोहरु यत्रतत्र देख्छिन्, ऋचा । उनको अनुमतिबिना खिचिएका ती भिडियोसँग उनलाई गुनासो छ । त्यसो त आर्यघाटमा भिडियो खिच्दै गरेको उनले नदेखेकी होइनन् । |
जेष्ठ ९, २०७७ |
आत्मबल दरिलो बनाउँदै ज्येष्ठ नागरिक |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.