text
stringlengths
2
914
मीनबहादुर रायमाझी
... श्री ५ वीरेन्द्रको वंशनाशपछि नेपालको राजनीति दिनानुदिन ज्यादै अस्थिर बन्दै गयो । २०६१ माघ १९ मा शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन गरी आफ्नै अध्यक्षतामा श्री ५ ज्ञानेन्द्रबाट मन्त्रिमण्डलको घोषणा भयो । मन्त्रिमण्डलले आफ्ना कार्यक्रम पनि तय गर्‍यो ।
आश्विन २३, २०७७
प्रहरी पोसाक दुरुपयोगबारे फिल्ममेकरको प्रश्न : हामीले भजनमात्रै गाउने त ?
रीना मोक्तान
नेपाली फिल्म, टेलिफिल्म र भिडियोमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी कार्यालयले बिहीबार विज्ञप्ति निकाल्यो । अनुमतिबिना प्रहरीको पोसाक पयोग गरेमा कारबाहीसमेत हुने चेतावनी दिएपछि भने फिल्मकर्मीले विरोध गरेका छन् ।
आश्विन २२, २०७७
बेपर्बाह जनता, अलमल्ल सरकार [टिप्पणी]
स्वरूप आचार्य
बुधबार नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार नाघेको छ । त्यसमा पनि कुल सक्रिय संक्रमितको करिब ५८ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् । उपत्यकामा सक्रिय संक्रमितको संख्या १५ हजार ५ सय ८३ पुगेसँगै यहाँको स्वास्थ्य सेवालाई धान्न मुस्किल परिरहेको छ ।
आश्विन १७, २०७७
'सेकेन्ड ह्यान्ड' कपडाको फस्टाउँदो व्यापार
बुनु थारु
छोटो भएका तथा पूराना कपडा तपाईं के गर्नुहुन्छ? उपहारमा आएका तर मन नपरेका कपडा मन मारेरै लगाउनुहुन्छ कि दराजमा थन्क्याइदिनुहुन्छ ? तर यस्ता प्रयोग भइसकेका कपडाबाट पनि नयाँ उद्यम सुरु गर्न सकिन्छ है भन्ने सिकाएकी छन् २६ वर्षीया सिल्भिना प्रधानले ।
बज्यैको थलोमा ६ महिना
गोकर्ण गौतम
बुधबार पोखराबाट काठमाडौं आयो, शुक्रबारसम्म ब्यान्डका साथीहरूसँग रिहर्सल गर्‍यो । भ्याए शुक्रबार साँझै पोखरा फर्कियो, नत्र शनिबार बिहानै ।
आश्विन १५, २०७७
बलिउड 'ड्रग्स' विवादको अन्तर्य
गोकर्ण गौतम
‘छपाक’ रिलिज हुन दुई दिन बाँकी थियो, बलिउड अभिनेत्री दीपिका पादुकोण दिल्लीस्थित जवाहरलाल विश्वविद्यालय (जेएनयू) पुगिन् । भाषणबाजी गरिनन्, मात्र हतियारधारी जत्थाको आक्रमणबाट घाइते विद्यार्थी नेता आयशी घोषलाई भेटिन्, सान्त्वना र ढाडस दिइन् । ‘गोदी मिडिया’ले यसलाई फिल्म प्रचारको सस्तो हत्कन्डा भनिदियो, मोदीभक्तले ‘बाईकट छ...
आश्विन १२, २०७७
हिमाञ्चल केबिनका ती बन्द सटर
शंकर आचार्य
सबै कुरो विगतको झैं सामान्य भएको भए वीरगन्जको हिमाञ्चल केबिनको र्‍याकमा यतिबेला फिनी, अनरसा, सेल, खाजा मिठाई, लाखमरी, गुदपाकजस्ता नेवारी परिकार ग्राहकलाई पर्खिएर सजिएका हुन्थे ।
आश्विन ११, २०७७
जो खानासँगै पस्किन्छन् कला
बुनु थारु
कक्षा १० को अन्तिम दिन । विद्यालयमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । सुमन विश्वकर्माले गीत गाउनुका साथै नृत्य पनि प्रस्तुत गरे । थुप्रै विधामा पुरस्कार हात पारे । तत्कालीन सांसद घनश्याम खतिवडा कार्यक्रमका प्रमुख अतिथि थिए ।
आश्विन १०, २०७७
पीसीआर परीक्षण उपत्यका केन्द्रित !
स्वरूप आचार्य
भनिन्छ, अंक आफैंले कहिल्यै झुटो बोल्दैन । तथ्यांकले देखाउने सत्य त्यसलाई विश्लेषण गर्नेले कसरी कथा भन्छ भन्नेमा निर्भर रहन्छ । यहाँ हामीले केही अंकको कथा मात्रै भन्न खोजेका छौं, जसले नेपालमा कोरोनाभाइरसको प्रकोपबारे रोचक तथ्यहरु उजागर गर्छ ।
आश्विन ४, २०७७
‘गाउँम‍ै टिक्‍ने विकल्प खै ?’
हरि गौतम
जापानमा झण्डै ३ महिना बेरोजगार भएपछि घर फर्केका बाँफिकोट गाउँपालिका–२ का पशुपति पौडेल अन्योलमा छन् । पढ्ने र कमाउने उद्देश्यसहित जापान पुगेका पौडेलले कोरोनाको कारण रोजगारी त गुमाए नै पढाइसमेत छोड्नुपर्‍यो ।
आश्विन २, २०७७
संविधान दिवस : किन बल्झिरहन्छ असन्तुष्टि !
बबिता शर्मा
असोज ३, संविधान दिवस । संविधानसभाबाट बनेको संविधान भए पनि यसको अन्तरवस्तुलाई लिएर सिंगो देश एकै ठाँउमा देखिदैन, राजनीतिक मतभेद छन् । त्यसैले हरेक वर्ष संविधान दिवसमा संविधान बनाउँदा आफ्ना चासो सम्बोधन नभएको ठान्ने शक्तिले असन्तुष्टि पोख्ने गरेका छन् ।
आश्विन १, २०७७
‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, पञ्‍चायतले हत्या’
अवधेशकुमार झा
सप्तरी जिल्लाको डाकनेशवरी नगरपालिका वडा नं ७ ललितपुरकी रधियादेवी मण्डल सोमबार ब्रतमा थिइन् । ब्रत बसेका कारणले उनले खेतको आली काट्न आफ्नी छोरीलाई पठाइन् । आमाले अह्राएपछि साहिली छोरी १७ वर्षिया संगीताकुमारी मण्डल खेतको काम गर्न घरबाट निस्किइन् ।
भाद्र २८, २०७७
लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना गर्ने के छ तयारी ?
गणेश राई
अबको नौ महिनाभित्र हुने १२ औं राष्ट्रिय जनगणनामा लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना हुनसक्ला भन्ने प्रश्न जनगणना लिने अधिकारीहरूका अघि तेर्सिएको छ । विसं २०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभागका बासिन्दाको जनगणना हुन सकेको छैन । भारतीय कब्जामा रहेका यी क्षेत्रलाई हालै समेटेर नेपाल सरकारले नयाँ नक्शा प्रका...
भाद्र २४, २०७७
शिखरबाट ‘बेसक्याम्प’ तिर नेकपा विवाद
बबिता शर्मा
झन्डै–झन्डै विभाजनको तहमा पुगको नेकपाको घरझगडा यसै साता तत्काललाई औपचारिकरुपमा टुंगाउने तयारी भएको छ । विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई परिमार्जनसहित प्रस्ताव बनाएर स्थायी कमिटीबाट अनुमोदन गराउने र झन्डै तीन महिना लामो विवाद टुंगाउने दुई अध्यक्षको गृहकार्य छ । यद्यपि कार्यदल प्रतिवेदनमाथि कतिपय शीर्ष नेत...
भाद्र १७, २०७७
कहिले कहिले रोकियो इन्द्रजात्रा ?
सुरेश किरण
त्यसो त यतिबेला इन्द्रजात्रा मात्र होइन, उपत्यकामा मनाइने सबैजसो जात्राहरू ठप्प छन् । ठूलो विवादबीच ललितपुरमा सुरु गरिएको रातो मछिन्द्रनाथको जात्रा पनि टुंग्याउन नसकेर अहिले ‘जात्रा’ भएको छ । ‘जात्रा’ हुनबाट जोगिएको कान्तिपुरको अर्को जात्रा हो, इन्द्रजात्रा । कोरोना महामारीका कारण अरु जात्रा–पर्व रोकिएजस्तै यसपालि इन्द...
'फ्लुटमास्टर' बन्‍ने तिलस्मी चाहना
रीना मोक्तान
बाँसुरीवादकहरुमा विख्यात नाम हो, पण्डित हरिप्रसाद चौरसिया । अधिकांश बाँसुरीवादकको चाहना हुन्छ उनीसँग भेट्ने, सिक्ने अनि उनको अगाडि प्रस्तुति दिने । भक्तपुरकी तिलस्मी प्रजापतिले ३ वर्ष अगाडि हरिप्रसादका अगाडि बाँसुरी बजाउने मौका पाइन् ।
भाद्र १६, २०७७
महामारीमा किन विज्ञानकै भर पर्नुपर्छ ?
लक्ष्मण श्रेष्ठ
विसं. २०३० को दशकको अन्तिमतिरको कुनै वर्ष । अर्घाखाँचीको सदरमुकाम नजिकै रहेको गाउँमा एकजना महिला बिरामी भइन्। छिनछिनमा पखाला लाग्ने र बान्ता चल्ने भयो । सिकिस्तै भएपछि उनले पानी माग्थिन् । तर मानिसहरूले उनलाई पानी पिउन दिएनन् । पानी पिउन दियो भने पखाला बढी चल्छ भन्ने ‘भ्रम’ (त्यतिबेलाको आम जनविश्वास)ले उनलाई अन्ततः मृत...
भाद्र १४, २०७७
जब कोदालो अड्क्यो...
श्रीभक्त खनाल
आज बेपत्ता पार्ने कार्यविरुद्धको अन्तराष्ट्रिय दिवस । दस वर्ष चलेकाे युद्धले नेपालीलाई दुखी रहने घाउ दिएर गएको छ । यस अवधिका बेपत्ता पारिएकाका आफन्तहरु न्यायको खोजीमा भौंतारिइरहेका छन् । सांग्रिला बुक्सले बजारमा ल्याउने तयारी गरेको पत्रकार श्रीभक्त खनालको पुस्तक 'जोर बन्दुकको छाया' मा समेटिएको बेपत्ता पारिएका नागरिकका ...
खोज्दाखोज्दै थाकिसके बेपत्ताका आफन्त
घनश्याम खड्का
संकटकालको बेला थियो । धादिङको केवलपुरमा कल्पना श्रेष्ठ नाम गरेकी एक युवतीलाई सेनाले लखेटी–लखेटी मारे ।
भाद्र १०, २०७७
कोरोना संक्रमित सांसद भन्छन्- सरकारको प्रयास पुगेन, जनताले आफ्नो रक्षा आफैं गर्नुपर्छ
जयसिंह महरा
कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्नका लागि पर्याप्त समय पाउँदा पनि सरकारले तयारी नगर्दा मुलुकमा दिनदिनै संक्रमण फैलिइरहेको यसबाट संक्रमित सांसदहरूले बताएका छन् । कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका संघीय सांसदहरूले सरकारी प्रयास पर्याप्त नभएकाले कोरोनाविरुद्ध जनता आफैं सजग हुनुपर्ने बताएका छन् ।
कोभिड–१९ ले नछेकेको यूएन मिसन
जगदीश्वर पाण्डे
कोरोना महामारीले सिंगो विश्वलाई प्रभावित बनाएको छ । कोभिड-१९ संक्रमणको डरले अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा हवाइ उद्योग ठप्प प्रायः छ ।
भाद्र ७, २०७७
दीपाश्री भन्छिन्, 'आफन्त र शुभचिन्तकको माया, साथ र हौसलाले फेरि उठें'
कान्तिपुर संवाददाता
अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनको दिन आफूले तीन गल्ती गरेको बताएकी छिन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै उनले पछिल्लो समय एक अन्तरवार्ताले ल्याएको विवादबारे बोलिन् ।
भाद्र ५, २०७७
टिप्पणी : ७ सय ६१ सरकार तर भर ‘सीडीओ’ कै !
जगदीश्वर पाण्डे
मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णयअनुसार जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिइयो । जिल्ला–सीसीएमसीको नेतृत्वकर्ता पनि सीडीओ नै हुन् ।
भाद्र ३, २०७७
आर्थिक संकट झेल्दै प्राविधिकहरु, काम गरेको पैसा नपाउँदा पेशा छोड्ने अवस्थामा
रीना मोक्तान
समयमा पारिश्रमिक नपाउनु फिल्म क्षेत्रमा काम गर्ने प्राविधिकको ठूलो समस्या हो । पारिश्रमिक दिनेले पनि किस्तामा दिने चलन छ । फिल्मको काम सकिएपछि निर्माता हराइदिने समस्या उस्तै । सम्पर्कविहिन भइदिने, विभिन्न बहाना देखाउँदै भाग्ने ।
छन्दका दुर्लभ नक्षत्र
दीपक सापकोटा
कविवर माधव घिमिरेले लेखेका थिए– फूलको थुँगा बहेर गयो गंगाको पानीमा, कहिले भेट होला है राजै यो जिन्दगानीमा ।
श्रावण ३०, २०७७
पहिरोका घाइते भन्छन्, ‘बस्ती सारिदेउ भन्दा बेवास्ता गरे, अहिले यस्तो भयो’
अनिश तिवारी
अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिकाको वडा २ गोल्चे लिदिमा १३ घर पुरिए । ३८ जना सम्पर्कविहीन भएको गाउँपालिकाले सूची बनाएर सार्वजनिक गरिसकेको छ । घटनास्थलमा पाँचजनाको शव फेला परेको छ ।
श्रावण २९, २०७७
संघर्षले सफल भएका दलित अगुवा
चाँदनी कठायत