text
stringlengths
2
914
‘कि माम देऊ, कि काम देऊ’
राजकुमार कार्की
घरमा अन्नको गेडो सकिएर बालबच्चाले थालभाडा ठटाएर कोकोहोलो गर्न थाले पछि कमलामाइ नगरपालिका–५ बोझेकी लीला श्रेष्ठ गाउलेसँग खानाको जोहो गर्न निक्लिइन् ।
वैशाख १५, २०७७
आम्दानी गुमेपछि मिर्गौला रोगी भोकभोकै
फातिमा बानु
ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेका मिर्गौला रोगी लकडाउनले काम रोकिँदा भोकभोकै परेका छन्। मिर्गौला डायलसिसका लागि विभिन्न जिल्लाबाट राजधानीमा कोठा लिएर बस्दै आएका यस्ता बिरामी घर फर्कन सकेका छैनन्। काम नभएपछि उनीहरूलाई यहाँ बसेर दुईछाक टार्न पनि धौधौ छ।
वैशाख १४, २०७७
कोरोनामुक्त भएकी अंशु भन्छिन्, ‘जहाजको शौचालयबाट कोरोना सरेजस्तो लाग्छ’
अंशु सापकोटा
मेरा बुबा र आमा १४ बर्षअघि बेल्जियम जानु भएको हो । त्यति बेला म सानै थिएँ । गाउँमै पढ्न थालेकोले हजुरबुबा हजुरआमासँगै बसें । मेरा भाइ र बहिनी बेल्जियममै जन्मिए । बेलाबेला बुबाआमा नेपाल आउनुहुन्थ्यो अनि फर्किनुहुन्थ्यो । मलाई बुबाआमा फर्केपछि नरमाइलो लाग्थ्यो ।
वैशाख १२, २०७७
कोरोनाकै कारण 'विशेष' बन्दै शुक्रराज अस्पताल
फातिमा बानु
धादिङका कोभिड-१९ संक्रमित बिरामी बिहीबार साँझ डिस्चार्ज भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले बल्ल ढुक्कको श्वास फेरे।
ब्युँतिँदै दूरशिक्षा
सुदीप कैनी
लकडाउन लम्बिँदै जाँदा सरकारले अनलाइन, रेडियो र टेलिभिजनबाट पठनपाठन सुचारु गर्ने तयारी अघि बढाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइन पोर्टलमार्फत् कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई शिक्षण सामग्री उपलब्ध गराउन लागेको हो ।
वैशाख ११, २०७७
भारतबाट फर्किएकाहरु भन्छन्- 'रोजगारी गुम्यो, कसरी घर चलाउने?'
मेनुका ढुंगाना
अछामको मंगलसेन नगरपालिका-६ का मनिराम भण्डारी ५५ वर्षका भए। उनी १५ वर्षको उमेरमै रोजगारी खोज्दै भारत जान थालेका हुन्। कुनै बेला एक वर्ष, कुनै बेला दुई वर्ष बसेर घर आउने गर्थे।
लकडाउनमा घर फर्केका सांसद : कोही मल बोक्दै, कोही बारी जोत्दै
विद्या राई
लकडाउनले उकुसमुकुस महसुस गरेपछि नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी आइतबार घर फर्किएन्। वीरगन्जमा पढ्दै गरेकी छोरी एक महिनाअघि नै घर पुगिसकेकी थिइन्।
जनआन्दोलन-२ डायरी : राजा झुकाउने मानवसागरको साक्षी हुँदा
गंगा बीसी
अहिलेजस्तै त्यसबेला पनि काठमाडौंको सडक किनारका बिरुवामा पालुवा पलाएका थिए, फूल फुलेका थिए । सडकमा भने टायर र बारुदको गन्ध आउँथ्यो । सडकमा सार्वजनिक सवारीसाधन ठप्प थिए । प्रमुख सहरमा कफ्र्यु लगाइएको थियो । शाही नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका बख्तरबन्द गाडी चोकचोकमा तैनाथ थिए । ‘गणतन्त्र जिन्दावाद’ को नारा आफैंमा ...
वैशाख १०, २०७७
पिटर गाउँथे ‘मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे’
देवेन्द्र भट्टराई
‘म र मेरो संगीतलाई नजिकबाट बुझ्ने कोही छ भने उही पिटर छ’ संगीतज्ञ अम्बर गुरुङ भनिरहन्थे ।
वैशाख ९, २०७७
किनमेलमा निस्कँदा जहाँ बोक्नैपर्छ नेपाली नागरिकता
अर्जुन राजवंशी
मामलासिंह राजवंशीले मकैबारीमा सिँचाइ गर्न १५० रुपैयाँ लिटरका हिसाबले डिजेल किने। त्यो पनि, लुकिछिपी बिक्री गर्ने व्यापारीसँग। सिँचाइ अभावमा मकै पहेँलिन थालेपछि डिजेल खरिद गर्न राजवंशी कालोबजारिया गुहार्न बाध्य भए।
गाँस खोसिएको सुकुम्वासी बस्ती
अमृता अनमोल
बुटवल उपमहानगर–११ स्थित तिनाउ किनारमा बस्दै आएकी तारा परियार आइतबार बिहान खोले पकाउँदै थिइन्। सत्यवती टोलमा एककोठे घर छ।
रुकुमेली मजदुरको ‘लङ्ग मार्च’
दीपक परियार
तत्कालीन माओवादीले पहिलो हमला गरेर सशस्त्र युद्धको घोषणा गरेको स्थान गोरखाबाट रुकुमका ९ मजदुरले बाटो तताए । वैशाख ५ मा गोरखाको फिनामबाट माओवादीको तत्कालीन आधार इलाका रुकुमतर्फको हिँडाइमा दुई दिनपछि ‘ब्रेक’ लाग्यो । आइतबार साँझ पोखरा आइपुगेपछि उनीहरुलाई स्थानीयले रोके ।
वैशाख ८, २०७७
कोभिड-त्रासले बढ्दै मनोसामाजिक समस्या
फातिमा बानु
विश्व्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासले मानिसमा मनोसामाजिक समस्या बढ्दै गइरहेको विज्ञले बताएका छन्।
वैशाख ७, २०७७
को हुन् तब्लिगी जमात ?
अब्दुल्लाह मियाँ
सुरु गरौं पाकिस्तानी शायर सैयद सल्मान गिलानीको एक चर्चित कथनबाट । पाकिस्तानमा एउटा तब्लिगी जमाती चिल्ला (यात्रा) पूरा गरेर घर फर्केपछि पत्नीलाई पिट्दै गरेको अर्को एक व्यक्तिले देखेछ र भनेछ, ‘मुर्ख, भर्खर धार्मिक यात्रा गरेर आएका छौ, श्रीमतीलाई पिट्दैछौ ? यही सिक्यौ जमातमा ?’ झन् चिढिँदै उसले भनेछ, ‘यसले दाह्री राख्दिन...
दीपक भन्छन्– कोरोना हाम्रा लागि ऐना भयो
फेब्रुअरी तेस्रो साता बर्लिन फिल्म फेस्टिभलमा सहभागी हुन न्‍युयोर्ककबाट जर्मनी पुगे, फिल्म निर्देशक दीपक रौनियार । न्‍युयोर्कको दैनिकी सामान्य थियो । बर्लिनतिर पनि डर थिएन । इटालीमा भने कोरोना भाइरसले च्याप्दै गरेको समाचारहरु बाहिरिरहेका थिए ।
वैशाख ६, २०७७
सिकारमा रमाउँदै जेबरोङ र स्याम्लिङ
अब्दुल्लाह मियाँ
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा जेबरोङ नामको हिउँ चितुवालाई घाँटीमा स्‍याटेलाइट जीपीएस कलर बाँध्ने प्राविधिकलाई समेत थाहा थिएन, यसले कति लामो यात्रा तय गर्ला भनेर ।
इँटा भट्टाबाट अनुरोध- रोल्पा जान पाउँ !
रीना मोक्तान
चैत २७ गते लकडाउनमा परेर घर जान नपाउनेका लागि खुशीको खबर आयो । सरकारले घर जान चाहनेलाई जान दिने । मीनु करेलको समूहले झिम्टी-झम्टा कस्यो । दाङ जाने दुईवटा बस बुक भयो ।
वैशाख ४, २०७७
व्यस्तै छन्, महिला लेखक
विद्या राई
लकडाउन हुँदैनथ्यो भने लेखक शिवानीसिंह थारु यतिबेला नेपालगञ्जिया डायरीको वरिपरी हुने थिइन् । चैत १९ देखि एक हप्तासम्म नेपालगञ्ज बस्ने, त्यहाँको दैनिकीमा भिज्ने अनि डायरी लेख्ने । दुई महिनादेखिको यो योजना लकडाउनले थन्‍कियो ।
वैशाख ३, २०७७
सनसिटीबासी भन्छन्, 'दुई दिनको तनाव बल्ल कम भयो'
रीना मोक्तान
बुधबार भएको आरडिटी परिक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि दुई दिनदेखि तनावमा रहेका काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टबासीहरु अहिले राहतको महशुस गरिरहेका छन् ।
लकडाउनमा खुला शिक्षालय : मदन राईको डायरी
कान्तिपुर संवाददाता
म डेढ महिनादेखि खोटाङमा छु । हामी शुभद्रा–मदन फाउन्डेसनको खुल्ला शिक्षालयभित्र छौं । यो ठाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मामा रहेको छ ।
वैशाख २, २०७७
‘कोरोना भाइरस षड्यन्त्र हो भन्‍नेलाई भाइरस के हो भनेर सोध्‍नुहोस्'
कान्तिपुर संवाददाता
प्रसिद्ध इतिहासकार तथा लेखक प्राध्यापक युभल नोहा हरारीले सबै एकजुट भएर लागेमा कोरोना भाइरस(कोभिड–१९) विरुद्धको लडाइँ जितिने बताएका छन् । मंगलबार इन्डिया टुडे टेलिभिजनका पत्रकार राहुल कँवलसँगको कुराकानीमा इतिहासकार हरारीले पूरा विश्व एक ठाउँमा उभिने हो भने कोरोना भाइरसविरुद्ध जित हासिल हुने बताएका हुन् ।
काठमाडौंका मजदुर भन्छन्- 'परिवार कुरिरहेका छन्, घर फर्किन देऊ'
गणेश राई
नयाँ वर्षका दिन ललितपुरको नख्खुखोला किनार पुग्दा पालको टहरामा बसेका कामदारको अनुहारमा कुनै उत्साह थिएन। उनीहरुको आँखामा केही आशा थियो। जिज्ञासा थियो।
वैशाख १, २०७७
भर्चुअल शिक्षण : कति सहज कति असहज?
ध्रुव सिम्खडा
चैत २८ गते बिहान। राजधानी काठमाडौँका विभिन्न कलेज र स्कुलका शिक्षक तथा शिक्षासित सम्बन्धितहरु ४ घण्टाभन्दा लामो ‘भर्चुअल कन्फरेन्स अन अनलाइन टिचिङ’मा सहभागी भए।
लकडाउनमा प्रसूति गृह : सुत्केरी र कुरुवाका व्यथा
फातिमा बानु
आइतबार मध्यान्ह १२ बजे । स्थान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल । लकडाउनका कारण देशभरका अस्पताल सुनसान हुँदै गएका छन् । तर, प्रसूति गृहको दृश्य फरक छ ।
अमेरिकामा 'फ्रन्टलाइन'मा खटिएकी शिखाको अनुभव-'परिवारले जागिर छोड भने'
बुनु थारु
अमेरिकाको सियाटलमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) का बिरामी फेला परेका थिए। कोभिडबाट सबैभन्दा बढीको मृत्यु हुने देशमा अमेरिका नै पहिलो नम्बरमा छ। विश्व स्वास्थ्य संगठनका अनुसारका हाल अमेरिकामा कोभिडबाट ज्यान गुमाउनेको संख्या साढे १८ हजार नाघिसकेको छ। संक्रमितको संख्या ५ लाख पुग्न लागेको छ।
चैत्र २९, २०७६
पैदल हिँड्दा भोगे गाडी चालकले पीडा
टीकाप्रसाद भट्ट
लिखु तामाकोशी–६ खिम्तीका दिनेश श्रेष्ठ काठमाडौंमा गाडी चलाउथे । गाडी कुदाउदा सडकमा हिडिरहेकाले भोगेको सास्ती उनलाई हेक्का हुदैनथ्यो । कतिले हात दिन्थे, उनी वास्ता गर्दैन्थे ।
एक बेल्जियन पर्यटक भन्छन् : म नेपालमै सुरक्षित छु
मनोज पौडेल
उनका इन्जिनियर बुवा दिनहुँजसो फोन गरी चिन्ता जाहेर गर्छन् । छिटो घर फर्क भन्छन् । काठमाडौंबाट चाटर्ड फ्लाइटहरु भइरहेका छन् । त्यसैमा आउ भने अनुरोध गर्छन् । तर उनी भने टाढा भएपनि सुरक्षित रहेको प्रतिक्रिया बुवालाई दिँदै आएका छन् ।
लकडाउनमा भलिबल प्रशिक्षक भट्टको टिप्स- ‘खानपान र व्यायाममा ध्यान दिनुहोस्’
नमिता दाहाल
कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि लकडाउन गरेसँगै खेलकुदका कार्यक्रम पनि बन्द छन् । सधैं अभ्यास र खेलमा व्यस्त हुने खेलाडीले आफूलाई कसरी फिट राख्ने ?
कोरोना आउनुअघि दार्जिलिङ
मनोज बोगटी
कवि निमा शेर्पा कालेबुङ आएका थिए, कलकत्ताबाट। निमाभन्दा पहिल्यै कलकत्तामा कोरोना भाइरस संक्रमित भेटियो रे भन्ने हल्ला दार्जिलिङ आइसकेको थियो। माहौल कस्तो भइसकेको थियो भने बाहिरबाट आउने हर कसैलाई हेर्ने आँखा संदिग्ध बनिसकेको थियो। कालेबुङमा कोरोना भाइरस आइसकेको थिएन।