text stringlengths 2 914 |
|---|
छिमेकीहरुले शंकालु नजरले परबाट चियाउन थालेका छन् । भयभित आँखाहरुमा परैबाट कोरोना सारिदेला कि भन्ने भाव हुन्छ । छिमेकीको यस्तो बदलिएको स्वभावले अचम्ममा पर्छन् लेखक/साहित्यकार खगेन्द्र संग्रौला । हो, आजको श्रृंखलाका पुस्तक सिफारिसकर्ता खगेन्द्रलाई हेर्ने छिमेकीको नजर फेरिएको छ । किनकि उनी हालै अमेरिकाबाट फर्केका हुन् । |
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ... |
भूपेन्द्र खड्का |
को–कति कट्टर पञ्च (अल्ट्रा रोयलिस्ट) को जुँगाको लडाइ चलिरहेका बेला कालीप्रसाद रिजालले यो गीत लेखेका थिए । उनी सूचना विभागका निर्देशक थिए । घन्टाघर जामे मस्जिदको छेउमा थियो, सूचना विभागको कार्यालय । |
‘ज्वरोको उपचार नपाएर श्रीमान्को मृत्यु भयो, न्याय नपाएसम्म शव उठाउँदिनँ’ |
सन्जु पौडेल |
बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना भएका बेला बाबुराम थापा छिनछिनमा श्रीमती रीतालाई ‘भिडियो कल’ गर्थे र ‘निको भएर फर्किन्छु’ भन्थे । आफू बसेको शय्या र वरिपरि देखाउँथे । ‘खाना रुच्दैन,’ उनी भन्थे । |
निस्फिक्री गाउँ |
पूर्ण पी राई |
शुक्रबारे बजार एकदुई साता नलागेर के भो र ? जिल्ला सदरमुकाम भोजपुर बजारबाट १२ किलोमिटर पश्चिम मध्यपहाडी लोकमार्गले छातीबाटै चिरेको दाँवाबजार र आसपासमा राँगा, सुँगर, खसी काट्ने र मासुमा झुत्तिने क्रम उस्तै छ । |
दृष्टिविहीनको लकडाउन : भोलि उठी के खाने केही थाहा छैन ! |
जनकराज सापकोटा |
लकडाउन अघिसम्म कपन छेउ हुँदै काठमाडौंका केन्द्रतिर सोझिएर बग्ने धोबीखोला उत्पातै गन्हाउँथ्यो । लकडाउनपछि खोला कम गन्हाएको छ । खोलाछेउका रेष्टुरेन्ट बन्द भएर होला कि मान्छे नै फोहोर फाल्न त्यतातिर धाउन छाडेर होला ? |
चैत्र १८, २०७६ |
संकटमा विकल्प: 'वर्क फ्रम होम' |
राजु घिसिङ |
सरकारले देशव्यापी लकडाउन घोषणा गरेको ठिक एक साता भयो। मजदुर र कर्मचारी जहाँ छन्, त्यहीँ बस्नुपरेपछि उद्योग र कार्यालयहरूमा ताल्चा लागेको छ। तर, यही संकटमा केही कम्पनी/कार्यालयले भने ‘वर्क फ्रम होम’ को अवधारण पछ्याउँदै लकडाउन उल्लंघन नगरी घरबाटै निरन्तर काम गरिरहेका छन्। म्यासेन्जर, भाइवर, ह्वाट्सएप लगायतमा भर्चुअल्ली म... |
‘लकडाउन’लाई कुमार नगरकोटीका पुस्तक सिफारिस |
रीना मोक्तान |
‘लकडाउन’ अवधि थपिएको छ । पक्कै तपाईं आफ्नै घरभित्र लक भएर बस्नु भएको छ । तर आजका पुस्तक सिफारिसकर्ताको लकडाउन अनुभव केही फरक छ । हुन त उनी बेलाबेला पोखरा पुगिरहन्छन् । |
उतिबेलाको महामारी |
जनकराज सापकोटा |
राणा प्रधानमन्त्री जगंबहादुर राणाले आजभन्दा एक सय ६५ बर्ष पहिले विसं १९१०, १९११ र १९१३ मा तीन सहर भनिने काठमाडौं, भक्तपुर र ललितपुरमा जनगणना गराएका थिए । |
‘लकडाउन’ मा यसरी भइरहेको छ विद्युत्को काम |
कुलमान घिसिङ |
कलंकीको स्युचाटारस्थित प्रणाली सञ्चालन विभागमा विद्युत् प्राधिकरणका १२ जना इन्जिनियर क्वारेन्टाइनमा बसेजसरी काम गरिरहेका छन् । जहाँबाट मुलुकभरको विद्युत् उत्पादन र खपतको तथ्यांक आउने गर्छ । अर्थात् सबै नियन्त्रण यहींबाट हुन्छ । |
लकडाउनमा प्रोफेसर : मण्डिखाटार डायरी |
अभि सुवेदी |
यसै पनि एक्लै काम गरिबस्ने बानी छ, मेरो । धेरैपटक सम्पर्कहरूबाट टाढा बसेर काम गरेका अनुभव छन् । यसपालिको कोरोना महामारीको कारणले परेको लकडाउन एउटा अर्कै विषय रहेछ, अर्कै किसिमको अनुभव रहेछ । |
जब आफ्नैले हात छोडिदिए, उनीहरू ‘लकडाउन’ मा परे |
बिनु सुवेदी |
घटना कति वर्षअघिको हो, उनको स्मरणमा छैन । तर स्मृतिमा आउँछ बाआमा, भाइ र आफूले खेलेको आँगन । काभ्रेका सन्तोष प्रधान सानै छँदा बुवा अकालमै बिते, बुवा बितेको एकाध वर्षमै आमा अर्कै बिहे गरेर गइन । बाआमा नै नभएको घर सन्तोषलाई घरजस्तो लागेन, भाइ बोकेर काठमाडौं हानिए । बेढंगका ढुंगा कुँदेर सुन्दर मूर्ति बनाउन सिके, तिनै बेचेर... |
चैत्र १७, २०७६ |
विश्वप्रकाश शर्माको लकडाउन डायरी : रुटिनमा चल्छ घर |
कान्तिपुर संवाददाता |
सरकारले लकडाउन घोषणा गरेकै दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफैद्वारा रचित ‘माया गरौं मान्छेले मान्छेलाई’ बोलको गीत बजारमा ल्याए। गीतमा प्रमोद खरेल र शीतल मोक्तानले आवाज दिएका छन्। उक्त गीतको सार छ, मान्छेभन्दा पर अर्को चिज पनि छ– प्रकृति। |
कोरोना भाइरसबाट संक्रमित भएपछि... |
अर्जुन शाह |
देउता घरमा साँझबिहान दियो जल्थ्यो । जुठोसुतकलगायत असुद्धबाहेक हरेक बिहान आँगन छेउको तुलसी मठमा पूजा पनि हुन्थ्यो । तर दुई दिन भयो, घर अध्याँरो छ । आँगन अगाडीको पोलको बत्ति बाल्दिने हिम्मत पनि कसैलाई छैन । |
लकडाउनमा पढ्ने पुस्तक : आजको सिफारिस कल्पना बान्तवाको |
रीना मोक्तान |
आज लकडाउनको सातौं दिन । पक्कै तपाईँलाईमध्ये कतिलाई फेरिएको यो दैनिकी प्रिय लाग्न थाल्यो होला । घरभित्र थुनिएर पनि पुस्तकमा रमाउनेहरुका लागि त सातौं दिन थप पुस्तक पढ्ने अवसर हो । यो समयलाई कस्ता पुस्तक ठीक होलान् त? |
अल्ट्राधावक मिरा राईको लकडाउन डायरी |
कान्तिपुर संवाददाता |
लकडाउन हुनुभन्दा तीन दिनअघि साथी अनुपमा मगर (तेह्रौं साफमा कराँतेको गोल्डमेडलिष्ट) र म झापा सुरुङ्गास्थित घर आइपुगेका थियौं । खास काम थिएन, भेटघाट गर्न, इलामतिर डुल्ने योजना थियो । साथीको घरचाहिँ उदयपुर । हाम्रो सम्बन्ध माओवादी जनयुद्धदेखिकै हो । काठमाडौंमा सँगै बस्न थालेको पनि ५/६ वर्षै भयो । |
महामारी रोक्न चीनले चालेका ७ कदम : नेपालले के सिक्यो? |
गंगा बीसी |
कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएपछि चीनका राष्ट्रपति सी चिनफिङले यसविरुद्ध 'जनयुद्ध' घोषणा गरे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन देश लकडाउन गर्दै कोरोनाविरुद्धको लडाइँलाई 'महाभारत' को युद्धसँग तुलना गरे। |
अवसर हुन सक्छ लकडाउन |
घनश्याम खड्का |
‘दिन कसरी बित्दै छ ?’ मित्रहरू सोध्ने गर्छन्, ‘वाक्क लागिसक्यो मलाई त, घरमा बस्दा बस्दा ।’यो निस्सासिँदो परिवेशमा मान्छेका मन अत्तालिनु स्वाभाविक हो । इटाली र स्पेनका भयावह दृश्य भाइरल भइरहँदा, दिनहुँ कोरोना संक्रमित बढिरहँदा र संसारभर भटाभट आवागमन रोकिन पुग्दा दिग्दारी लाग्छ नै । त्यसमाथि घरभित्रै थन्किनु परेपछि मन रम... |
चैत्र १६, २०७६ |
क्रिकेटर पारस खड्काको लकडाउन डायरी : ‘खेलकुदभन्दा मानव जीवन ठूलो’ |
पारस खड्का |
म परिवारसँग घरमै छु । कोभिड–१९ संक्रमणको जोखिम भएका बेला सबैले गर्नुपर्ने यही हो । टीभी हेरेर, अलि–अलि एक्सरसाइज गरेर र परिवारजनसँग गफ गर्दै समय कटाइरहेको छु । हामी सरकारले दिएको सन्देशलाई पालना गरेर बसेका छौं । घरबाट कोही निस्किएका छैनौं । दूरी कायम गरी गफ गर्दै बसेका छौं । |
कलाकार रवीन्द्र श्रेष्ठको लकडाउन डायरी |
कान्तिपुर संवाददाता |
ढिला सुतेर ढिलै उठ्ने बानी छ मेरो । लकडाउनमा पनि परिवर्तन भएको छैन । कामको प्रकृति र विषयवस्तुलाई भने कोरोना भाइरसको त्रासले प्रभाव पारेको छ । |
लकडाउनमा व्यस्त विश्वविद्यालयका प्राध्यापक |
सुदीप कैनी |
लकडाउन छ । सबै विश्वविद्यालय बन्द छन् । यति बेला त्यहाँ पढाउनेहरू फुर्सदिला होलान् भनेर अनुमान गरियो भने सही नहुन सक्छ । जस्तो– काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक विकास अधिकारी । उनी चार दिनदेखि अनलाइनबाटै विद्यार्थीलाई पढाइरहेका छन् । ‘स्नातकोत्तर तहका विद्यार्थीलाई स्काइपबाट दिनमा दुई घण्टा पढाउँछु’ उनले सुनाए । |
दिल्लीको क्वारेन्टाइन अनुभव : ‘भारतमा जति कडा, नेपाललाई उति राम्रो’ |
प्रकाशसिंह बोगटी |
भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा भाइको क्यान्सर रोगको उपचार चलिरहेको छ । त्यही भएर दिल्ली आइरहनुपर्छ । अलि अगाडि आउने भन्दाभन्दै २१ मार्चको मात्र इन्डिगोको टिकट पाइयो । काठमाडौंमा हुँदा नै कोरोनालाई लिएर निकै सजग थिएँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या थिएन । भीडभाड पनि थिएन । |
सुनसान छ मुम्बई नगरी |
पूर्ण कुमाल |
रंगीन दुनियाँको रुपमा चिरपरिचित मुम्बई नगरी यतिबेला यस्तो सुनसान छ, जुन मुम्बई बसाइको १८ वर्षको अनुभवमा कहिल्यै देखेको थिइनँ । बलिउड फिल्मको हब मुम्बईमा जे जति स्टारहरू छन्, अहिले उनीहरू सबै घरभित्रै थुनिएका छन् । फिल्म, टेलिफिल्म कुनै पनि सुटिङ भएको छैन न कुनै चलचित्र हल चलेका छन् । सबका सब बन्द छन्, केबल अत्यावश्यक प... |
लकडाउनमा कुन पुस्तक पढ्ने : आजको सिफारिस शिवानीसिंह थारुको |
रीना मोक्तान |
लकडाउनको छेठौं दिन, पक्कै तपाईं सातौं दिनको कल्पना गर्दै हुनुहुन्छ । तर, कोरोना भाइरसको संक्रमण संख्या बढेसँगै धेरैले लकडाउन समय पनि बढ्ने आँकलन गरिसकेका छन् । यो फुर्सदिलो समय कस्ता पुस्तकले तपाईंलाई व्यस्त गराउला त, कुन पुस्तक उपयुक्त होलान् ? |
‘लेखक र किताब दुवै क्वारेन्टाइनमा’ |
देवेन्द्र भट्टराई |
आख्यानकार ध्रुवचन्द्र गौतमले २०२४ सालमा छापिएको आफ्नो पहिलो उपन्यास ‘अन्त्यपछि’ को अन्तिम हरफमा लेखेका थिए— ‘वार’ त चलिरहेकै छ तर शत्रु भने ‘इन्भिजिबल’ छ । |
स्वास्थ्यकर्मी नै त्रासमा : ‘फोनबाट सोध्नु, अस्पताल आउनु पर्दैन’ |
डीआर पन्त |
अजयमेरु गाउँपालिकाका हरिदत्त भट्ट सामान्य ज्वरो आएपछि डडेलधुरा अस्पताल पुगेका थिए । कोरोना महामारीका कारण सुनसान रहेको अस्पतालमा भेटिएका एक जना चिकित्सकले उनलाई जाँचेपछि अस्पताल आउनुभन्दा आफ्नो समस्याबारे टेलिफोनबाट सोध्न आग्रह गरे । |
‘असीमित अवसरहरूको देश’ मा एकजोडी नेपाली |
हरि अधिकारी |
म विगत दुई वर्षभन्दा केही बढी समयदेखि संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङ्टन डीसी नजिक पर्ने उत्तरी भर्जिनियाको सेन्ट्रल्भिल् भनिने उपनगरमा बसोबास गरिरहेको छु । |
चैत्र १५, २०७६ |
'झिल्को त उठिसक्यो, डढेलो लाग्यो भने?’ |
मोहन बुढाऐर |
पहेँलिँदै गएको घाम सुदूरपश्चिमबाट पनि अझ पश्चिम झर्दै थियो। शुक्रबार एकाएक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा खबर फैलियो- कोरोनाका नयाँ संक्रमित धनगढीका युवा । |
सांसद राईको लकडाउन डायरी- जनतालाई ढाडस दिने काम गरौँ |
मोहम्मद इस्तियाक राई |
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन सरकारले मुलुकलाई लकडाउन गर्नु पहिले नै म नेपालगन्ज आइसकेको थिएँ । कोरोनाको त्रास यहाँ फैलिइसकेको थियो । |
नियात्रा : जाने होइन हजुर काबुल ? |
मोहन मैनाली |
जाने होइन दाइ आलापोट ? सर्जक मंजुलले लेखेको यो नामको यात्रा संस्मरणको किताब मैले २०४७ साल भदौमा छापेको थिएँ । आलापोट अर्का स्रष्टा आभाषको काठमाडौँ उपत्यकाको उत्तरी भेगमा पर्ने गाउँ हो । |
गायिका अन्जु पन्तको लकडाउन डायरी |
कान्तिपुर संवाददाता |
कोरोनाको महामारी फैलिएपछि अन्य देशले ‘लकडाउन’ र ‘कर्फ्यू’ लगायो । तर, हाम्रो सरकारलाई किन चिन्ता भएन भन्ने भइरहेको थियो । तर, सरकारले चैत ११ देखि ‘लकडाउन’ गरेपछि खुशी भएँ । |
चैत्र १४, २०७६ |
बाहिर निस्के महामारी, घरमा भोकमरी |
बिनु सुवेदी |
सहर कोलाहलयुक्त हुने समय थियो भने बिहान नौ बजेपछि नै उनीहरुको टोल शान्त हुन्थ्यो, सबैका घरमा ताला झुन्डिन्थ्यो । चर्किंदै गएको चैतको घाममा कोही तरतरी पसिना चुहाउँदै भारी बोकिरहेका हुन्थे, कोही घर बनाइरहन्थे । सबै जना केही न केही काम गर्थे, कोही खाली बस्दैनथे । |
पीपीई बनाउँदै डाक्टर |
कलेन्द्र सेजुवाल |
कोरोना भाइरसको त्रास बढेपछि स्वास्थ्यकर्मीको साझा चिन्ता छ– उपचार गर्दा लगाउने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) छैन, कसरी काम गर्ने ? |
लकडाउन : के गर्दै छन् नेकपाका नेता ? |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.