text
stringlengths
2
914
भारतीय लोकसभा चुनावमा सत्तारुढ पार्टी भारतीय जनता पार्टी(भाजपा) ले अग्रता बनाए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले दाबी गरेअनुसार भने नतिजा आएको छ । सुरुवाती मतगणनामा भाजपाले १ सिटमा जित हात पारेको छ भने २३७ सिटमा अग्रता बनाएको छ ।
लोकसभा निर्वाचन : प्रारम्भिक नतिजामा एनडीए २६० र इन्डिया १७८ सिटमा अगाडि
कान्तिपुर संवाददाता
लोकसभा निर्वाचनको मतगणना प्रारम्भ भएसँगै प्रारम्भिक नतिजा आउन थालेको छ । गणना प्रारम्भ भएको एक घण्टाको अवधिमा सुरूवाती नतिजामा भाजपा नेतृत्वको एनडीए अगाडि छ ।
भारतमा लोकसभा चुनावको मतगणना सुरु
राजेश मिश्र
भारतमा सम्पन्न भएको १८ औं लोकसभा चुनावको मतगणना बिहान ८ बजेबाट सुरु भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म डेढ महिना लगाएर लोकसभाको ५ सय ४३ निर्वाचन क्षेत्रमा मतदान भएको हो ।
जेष्ठ २०, २०८१
खेलमा सफल, राजनीतिमा असफल भाइचुङ : संसदीय चुनावमा छैँटौँ हार
कान्तिपुर संवाददाता
भारतीय फुटबल टिमका पूर्वकप्तान भाइचुङ भुटिया सिक्किम विधानसभा चुनावमा पराजित भएका छन् । सिक्किम विधानसभा चुनावमा सिक्किम डेमोक्रेटिङ फ्रन्ट(एसडीएफ)का उम्मेदवार भाइचुङ बार्फुङ क्षेत्रबाट पराजित भएका हुन् ।
सिक्किममा चल्यो एसकेएमको जादु : ३२ सिटमध्ये ३१ मा जित
कान्तिपुर संवाददाता
सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ ।
२५ वर्ष सिक्किमको मुख्यमन्त्री रहेका पवन चाम्लिङ विधानसभा चुनावमा पराजित
कान्तिपुर संवाददाता
सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ विधानसभा चुनावमा पराजित भएका छन् । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार पोक्लोक-कामराङ विधानसभा क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) प्रमुखसमेत रहेका पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का भोजराज राईसँग पराजित भएका हुन् ।
सिक्किममा दोस्रोपल्ट मुख्यमन्त्री बन्दै पीएस गोले
कान्तिपुर संवाददाता
सिक्किममा पुन: एकपल्ट सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले सरकार बनाउने भएको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको मतगणना आइतबार बिहानदेखि जारी छ। सुरुवाती मतपरिणामअनुसार मुख्यमन्त्री प्रेमसिंह तामाङ(पीएस गोले) नेतृत्वको एसकेएम निकै अगाडि रहेको छ ।
सन् १९५२ मा आजकै दिन : एलिजाबेथ द्वितीय बेलायतकी महारानी
कान्तिपुर संवाददाता
सन् १९५२ मा आजकै दिन (जुन २) मा एलिजाबेथ द्वितीय बेलायतकी महारानी बनेकी थिइन् । फेब्रुअरी १९५२ मा राजा जर्ज छैटौंको निधनपछि २७ वर्षीया एलिजाबेथ बेलायतको राजगद्दीमा आरोहण गरेकी थिइन् ।
भारतमा लोकसभा निर्वाचन सम्पन्न, मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण
राजेश मिश्र
शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । मत गणना भने ४ जुनमा हुनेछ ।
जेष्ठ १९, २०८१
सन् १९८० मा आजकै दिन : सीएनएनको प्रसारण
कान्तिपुर संवाददाता
सन् १९८० मा आजकै (जुन १) मा अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन) ले प्रसारण सुरु गरेको थियो । सीएनएन चौबिसै घण्टा प्रसारण हुने विश्वकै पहिलो समाचार टेलिभिजन हो ।
भारतमा अन्तिम मतदान आज
कान्तिपुर संवाददाता
भारतमा सातौं तथा अन्तिम चरणको लोकसभाको चुनाव आज (शनिबार) हुँदै छ । आजको मतदानसँगै लोकसभाका सबै ५ सय ४३ निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ ।
जेष्ठ १८, २०८१
भारतमा गर्मीका कारण ३१ को मृत्यु
रासस
भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर) ले शुक्रबार जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन् ।
अन्तिम लडाइँमा सुनक
नवीन पोखरेल
केही महिनायता बेलायतमा आगामी चुनावको मितिबारे विभिन्न अनुमानहरू चलिरहेका थिए । राजनीतिक वृत्तमा आगामी वर्षको जनवरीमा निर्वाचन हुने अड्कलबाजी थियो । कानुनतः बेलायतको संसद्को पाँचवर्षे कार्यकाल १७ डिसेम्बर २०२४ सम्म भएकाले पनि तत्काल चुनाव नहुने आकलन अधिकांशको थियो ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर
कान्तिपुर संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो ।
जेष्ठ १६, २०८१
दिल्लीको तापक्रम ५२.३ डिग्री सेल्सियस, अहिलेसम्मकै उच्च
कान्तिपुर संवाददाता
दिल्लीमा अहिलेसम्मकै अत्यधिक गर्मी भएको छ । मौसम विभागका अनुसार बुधबार अपरान्ह राजधानी दिल्लीको अधिकतम तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको छ ।
भारत र बंगलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो
रासस
बंगलादेशको र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको बुधबार दुबै देहका अधिकारीहरू र सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९१७ मा आजकै दिन : केनेडीको जन्म
कान्तिपुर संवाददाता
सन् १९१७ मा आजकै दिन (मे २९) मा अमेरिकी पूर्वराष्ट्रपति जोन अफ केनेडीको जन्म भएको थियो । उनी अमेरिकाको ३५ औं राष्ट्रपति हुन् । केनेडी अमेरिकाका हालसम्मकै सर्वाधिक लोकप्रिय राष्ट्रपति मानिन्छन् ।
जेष्ठ १५, २०८१
सन् १९३७ मा आजकै दिन : चेम्बरलेन बेलायतका प्रधानमन्त्री
कान्तिपुर संवाददाता
सन् १९३७ मा आजकै दिन (मे २८) मा नेभिल चेम्बरलेन बेलायतको प्रधानमन्त्री बनेका थिए । कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री बनेका चेम्बरलेनले बेलायतमा तीन वर्ष शासन गरे ।
जेष्ठ १४, २०८१
सन् १९६४ मा आजकै दिन : नेहरूको निधन
कान्तिपुर संवाददाता
सन् १९६४ मा आजकै दिन (मे २७) मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको निधन भएको थियो । १८८९ मा भारतको प्रयागराजमा जन्मिएका नेहरूको ७४ वर्षको उमेरमा राजधानी नयाँदिल्लीमा निधन भएको थियो ।
जेष्ठ १३, २०८१
दिल्लीको बाल अस्पतालमा आगलागी : ६ नवजात शिशुको मृत्यु
कान्तिपुर संवाददाता
भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको हो ।
गुजरातको राजकोटमा गेमजोनमा आगलागी : कम्तीमा २७ जनाको मृत्यु
एजेन्सी
भारतको गुजरात राज्यको राजकोटमा टीआरपी गेम जोनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ४ बजेतिर राजकोटको मावारोडस्थित टीआरपी गेम जोनमा आगो लागेको हो ।
सन् २०१४ मा आजकै दिन : भारतीय प्रधानमन्त्रीमा मोदी
कान्तिपुर संवाददाता
सन् २०१४ मा आजकै दिन (मे २६) मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए । भारतको १६ औं लोकसभाका लािग २०१४ अप्रिल ७ देखि मे १२ सम्म भएको मतदातमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत प्राप्त गरेसँगै मोदीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । त्यसयता मोदी लगातार भारतको प्रधानमन्त्री छन् ।
जेष्ठ १२, २०८१
दिल्लीसहित ५८ लोकसभा क्षेत्रमा आज मतदान
राजेश मिश्र
भारतको राजधानी दिल्लीको ७ वटै निर्वाचन क्षेत्रसहित विभिन्न प्रदेशका सहित कुल ५८ लोकसभा निर्वाचन क्षेत्रमा शनिबार मतदान हुँदैछ । छैठौं चरणको निर्वाचन अन्तर्गत दिल्लीको चुनावी प्रतिस्पर्धा रोचक मानिएको छ ।
सन् १९६१ मा आजकै दिन : चन्द्रमामा मानिस पठाउने घोषणा
कान्तिपुर संवाददाता
सन् १९६१ मा आजकै दिन (मे २५) मा अमेरिकाले चन्द्रमामा मानिस पठाउने घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्र चन्द्रमामा मानिस पठाउने घोषणा गरेका थिए । केनेडीले त्यसका लागि आवश्यक ५ सय ३१ मिलियन अमेरिकी डलरको बजेट पारित गर्न संसद्समक्ष प्रस्ताव गरेका थिए ।
जेष्ठ ११, २०८१
ओडिशामा २४ वर्षदेखि बीजदको किल्ला, भाजपाले भत्काउला ?
राजेश मिश्र
भारतको पूर्वी राज्य ओडिशा लोकसभा चुनावमा यहाँको क्षेत्रीय पार्टी बिजू जनता दल(बीजद)को किल्ला भत्काउन भारतीय जनता पार्टी(भाजपा)ले पूरा शक्ति लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले एकपछि अर्को यात्रा गरिरहेका छन् । भाजपाले आफ्नो सिट बढाउन सक्ने सम्भावित राज्यमा ओडिशालाई राखेर मिहेनत गरेको देखिन्छ ।
सन् १९८६ मा आजकै दिन : बेलायती प्रधानमन्त्री पहिलो पटक इजरायलमा
कान्तिपुर संवाददाता
सन् १९८६ मा आजकै दिन (मे २४) मा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर इजरायल पुगेकी थिइन् । थ्याचर इजरायलको भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री हुन् । थ्याचरलाई इजरायलका प्रधानमन्त्री सिमोन पेरेजसहित मन्त्रिपरिषद्का सदस्यहरूले स्वागत गरेका थिए ।
जेष्ठ १०, २०८१
प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने आयरल्यान्ड, नर्वे र स्पेनको घोषणा
कान्तिपुर संवाददाता
युरोपेली मुलुकहरू आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा मान्यता दिने भएका छन् । तीन देशले यही मे २८ बाट प्यालेस्टाइनलाई एक स्वतन्त्र मुलुकको मान्यता दिने बताएका हुन् ।
सन् २०१९ मा आजकै दिन : भाजपालाई बहुमत
कान्तिपुर संवाददाता
सन् २०१९ मा आजकै दिन (मे २३) मा भारतको तल्लो सदन लोकसभामा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरेको थियो । भारतको १७ औं लोकसभा चुनाव २०१९ अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरिएको थियो ।
जेष्ठ ९, २०८१
पश्चिम बंगालमा ममता भर्सेज भाजपा, कांग्रेस र कम्युनिस्ट
राजेश मिश्र
कम्युनिस्ट पार्टीको गढलाई भत्काएर पश्चिम बंगाल र राष्ट्रिय राजनीतिमा उदाएकी ममता बनर्जीलाई कमजोर बनाउन भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस र भारतीय कम्युनिस्ट पार्टीले पूरा शक्ति लगाएका छन् ।उत्तर प्रदेश र महाराष्ट्रपछि लोकसभामा सबैभन्दा बढी सिट भएको प्रदेश हो– पश्चिम बंगाल । यहाँको ४२ सिट केन्द्रमा सरकार बनाउन महत्त्वपूर्ण मानिन्छ ।
सन् २००४ मा आजकै दिन : भारतको प्रधानमन्त्रीमा सिंह
कान्तिपुर संवाददाता
सन् २००४ मा आजकै दिन (मे २२) मा मनमोहन सिंह भारतको प्रधानमन्त्री बनेका थिए । १९३२ को सेप्टेम्बर २६ मा पश्चिम पञ्जाब (हालको पाकिस्तान) मा जन्मिएका सिंह २०१४ मे २६ सम्म प्रधानमन्त्री थिए । १९४७ मा भारत र पाकिस्तान विभाजित भएका बेला उनको परिवार भारत सरेको थियो ।
जेष्ठ ८, २०८१