text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा ६ जना घाइते भएका छन् । शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल-१ को छत भत्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । |
सन् १८३८ मा आजकै दिन : भिक्टोरियाको राज्याभिषेक |
कान्तिपुर संवाददाता |
सन् १८३८ मा आजकै दिन (जुन २८) मा बेलायती महारानी एलेक्जेन्ड्रिया भिक्टोरियाको राज्याभिषेक भएको थियो । उनी १८३७ जुन २० मा बेलायतको महारानी भएकी थिइन् । भिक्टोरियाले बेलायतमा ६३ वर्ष २ सय १६ दिन शासन गरेकी थिइन् । |
असार १२, २०८१ |
अमेरिकी अदालतबाट रिहा भएलगत्तै अस्ट्रेलिया पुगे विकिलिक्सका संस्थापक जुलियन असान्ज |
कान्तिपुर संवाददाता |
विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकी अदालतले रिहा गरेको छ । नर्दन मारियाना आइल्यान्डमा रहेको एक अमेरिकी अदालतमा आफ्नो अपराध स्वीकारेपछि उनलाई रिहा गरिएको हो । |
राहुल गान्धी बने भारतीय लोकसभामा विपक्षी नेता |
कान्तिपुर संवाददाता |
भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी नेता चुनिएका छन् । १० वर्षपछि भारतीय लोकसभामा कांग्रेसले विपक्षी दलको नेताको हैसियत पाएको हो । यसअघिका २ चुनावमा कांग्रेसले संसद्को १० प्रतिशत सिट(५४) जित्न सकेको थिएन। सन् २०१४ मा २२ र २०१९ मा ५२ सिट जितेको कांग्रेसले यसपल्ट भने ९९ सिट जित्न सफल भएको हो । |
मोदीको अन्तर्राष्ट्रिय महत्त्वाकांक्षामा राष्ट्रिय लगाम |
राजेश मिश्र |
केही वर्षयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेअर्न्ताष्ट्रिय मञ्चहरूमा पूर्ण आत्मविश्वासका साथ भारतलाई ‘विश्वगुरु’ र आफू ‘वैश्विक नेता’ बन्ने आकांक्षा देखाउँदै आएका छन् । तर उनको तेस्रो कार्यकालमा ती आकांक्षा पूरा गर्न चुनौतीहरू थपिएका छन् । दोस्रो कार्यकालमा मोदी नेतृत्वको सरकारका मन्त्रीहरू, उनको दल भारतीय जनता पार्टी (भाजपा) र समर्थकहरूले भारतलाई ‘विश्वगुरु’ र मोदीलाई ‘वैश्विक नेता’ को दर्जा दिन थालिसकेका थिए । भारतले जी–२० को अध्यक्षता पाउनु र त्यसको आयोजना गर्नुलाई त्यहीअनुसार प्रचार पनि गरियो । |
असार ११, २०८१ |
चन्द्रमाबाट नमुना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान |
कान्तिपुर संवाददाता |
चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । सिन्ह्वा न्युज एजेन्सीका अनुसार मानवरहित चिनियाँ चन्द्रयान चांग'ई-६ ले चन्द्रमाको सुदूर हिस्साको नमुना लिएर पृथ्वीमा फर्किएको हो । उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको हो । |
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त |
कान्तिपुर संवाददाता |
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सेनाका कमान्डरलाई बर्खास्त गरेका छन् । युक्रेनी सेनातर्फ भएको क्षतिका आधारमा सार्वजनिक रूपमा तीव्र आलोचना भएपछि राष्ट्रपति जेलेन्स्कीले लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेका हुन् । सोडोल यसै वर्षको सुरुवातमा युक्रेनी सैन्य बलको संयुक्त कमान्डर नियुक्त भएका थिए । |
विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायती जेलबाट रिहा |
कान्तिपुर संवाददाता |
विकिलिक्सका संस्थापक जुलियन असान्ज ५ वर्षपछि बेलायतको जेलबाट रिहा भएका छन् । अमेरिकी अधिकारीहरूसँग एउटा सम्झौता गरेपछि असान्ज बेलायती जेलबाट रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । जेलबाट रिहा भएलगत्तै असान्ज बेलायतबाट अस्ट्रेलियातर्फ हिँडिसकेको बीबीसीले जनाएको छ । |
सन् १९८७ मा आजकै दिन : कोरियाली युद्ध सुरु |
कान्तिपुर संवाददाता |
सन् १९५० मा आजकै दिन (जुन २५) मा कोरियाली युद्ध सुरु भएको थियो । १९४५ अगस्ट १५ मा अमेरिकी नेतृत्वको फौजसँग जापान पराजित भएसँगै कोरिया स्वतन्त्र भएको थियो । उत्तरमा सोभियत संघ र दक्षिणमा अमेरिकाको प्रभाव थियो । १९४५ डिसेम्बरमा मस्कोमा भएको बैठकमा कोरियाको भविष्य निर्धारण गर्न आयोग गठन गर्ने र कोरियामा एकल सरकार बनाउने सहमति भएको थियो । |
असार १०, २०८१ |
दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी : २० जनाभन्दा बढीको मृत्यु |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । जसमा २३ जना कामदार फसेको बताइएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १०:३१ बजे राजधानी सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेङमा रहेको प्राथमिक ब्याट्री प्लान्टमा आगलागी भएको हो । |
असार ९, २०८१ |
आठौं 'चीन-दक्षिण एसिया एक्स्पो' साउनमा हुने |
लक्ष्मी लम्साल |
नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूसँग व्यापारिक जमघट गराउने उद्देश्यले चीनले आयोजना गर्दै आएको 'चीन-दक्षिण एसिया एक्स्पो' आगामी साउनमा हुने भएको छ। |
असार ७, २०८१ |
ओलम्पिक डेको अवसरमा फुन्जो सम्मानित |
कान्तिपुर संवाददाता |
अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२४ को अवसरमा नेपाल स्की संघले शुक्रबार कीर्तिमानी पर्वतारोही फुन्जो लामालाई सम्मान गरेको छ । |
सन् १९५३ मा आजकै दिन : बेनजिरको जन्म |
कान्तिपुर संवाददाता |
सन् १९५३ मा आजकै दिन (जुन २१) मा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको जन्म भएको थियो । पाकिस्तानको कराँचीमा जन्मिएकी भुट्टोले हार्वार्ड तथा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् । |
असार ६, २०८१ |
सन् १८३७ मा आजकै दिन : भिक्टोरियाको गद्दी आरोहण |
कान्तिपुर संवाददाता |
सन् १८३७ मा आजकै दिन (जुन २०) मा एलेक्जेन्ड्रिया भिक्टोरिया बेलायती महारानी बनेकी थिइन् । १८१९ मे २४ मा जन्मिएकी भिक्टोरियाले १८ वर्षको उमेरमा गद्दी आरोहण गरेकी थिइन् । |
असार ५, २०८१ |
भारतमा बाढीमा परी मृत्यु हुनेको संख्या ३१ पुग्यो |
रासस |
भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् । प्रहरीका अनुसार मंगलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगन्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ । |
रुस-उत्तर कोरिया सम्झौता : एकअर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने |
कान्तिपुर संवाददाता |
रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । |
सन् १९६४ मा आजकै दिन : जोन्सनको जन्म |
कान्तिपुर संवाददाता |
सन् १९६४ मा आजकै दिन (जुन १९) मा बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनको जन्म भएको थियो । उनी २०१९ जुलाई २४ देखि २०२२ सेप्टेम्बर ६ सम्म बेलायतका प्रधानमन्त्री थिए । |
२४ वर्षपछि प्योङयाङमा पुटिन |
बुद्धिसागर मरासिनी |
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उमेर उत्तर कोरियाली नेता किम जोङ–उनको भन्दा झन्डै दोब्बर छ । पुटिन आगामी अक्टोबरमा ७२ वर्ष लाग्दै छन् । पुटिन उमेरले मात्र पाका छैनन्, शासनसत्ता सञ्चालनमा पनि निकै खारिएका छन् । पूर्वजासुसबाट प्रधानमन्त्री हुँदै २००० मा राष्ट्रपति बनेका पुटिनले त्यसयता निरन्तर रुसमा शासन गरिरहेका छन् । |
असार ४, २०८१ |
बाइडेनको नीति : कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति/पत्नीलाई कानुनी मान्यता दिने |
एजेन्सी |
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकका गैरकाकानुनी रुपमा बसिरहेका पति/पत्नीहरूलाई कानुनी मान्यता दिने नीति घोषणा गर्ने भएका छन् । |
उत्तर कोरियाको भ्रमणमा जाँदै पुटिन |
कान्तिपुर संवाददाता |
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए । |
सन् १८१५ मा आजकै दिन : वाटरलु युद्धमा फ्रान्स पराजित |
कान्तिपुर संवाददाता |
सन् १८१५ मा आजकै दिन (जुन १८) मा वाटरलुको युद्धमा फ्रान्स पराजित भएको थियो । युद्धमा नेपोलियन बोनापार्ट नेतृत्वको फ्रान्सेली सेना वेलिङटन र ब्लुचरको नेतृत्वमा रहेका सहयोगीहरूको गठबन्धनबाट पराजित भएको थियो । जसका कारण युरोपलाई आफ्नो अधीनमा राख्न फ्रान्सेली सपना पूरा हुन सकेन । |
असार ३, २०८१ |
इजरायलका प्रधानमन्त्री नेतान्याहुले विघटन गरे 'वार क्याबिनेट' |
एजेन्सी |
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय 'वार क्याबिनेट' (युद्ध मन्त्रिपरिषद्) विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले 'वार क्याबिनेट' विघटन गरेका हुन् । |
जलपाईगुडीमा रेल दुर्घटना, पाँच जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
नेपालको पूर्वी नाका नजिकै रहेको पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ । |
सन् १९८२ मा आजकै दिन : युद्ध हारेपछि अर्जेन्टिनी शासकद्वारा राजीनामा |
कान्तिपुर संवाददाता |
सन् १९८२ मा आजकै दिन (जुन १७) मा लियोपोल्दो गल्टियरीले अर्जेन्टिनाको राष्ट्रपति तथा सैन्य प्रमुखबाट राजीनामा दिएका थिए । १९२६ जुलाई १५ मा जन्मिएका गल्टियरीले १९७९ देखि १९८२ सम्म सैन्य सरकार जुन्ताका प्रमुख थिए । |
असार २, २०८१ |
विधिको शासनको तागत : अमेरिकी राष्ट्रपति पुत्र हन्टर दोषी ठहर |
घनश्याम खड्का |
जहाँ विधिको शासन हुन्छ त्यहाँ कानुन मिच्ने जसले पनि सजाय पाउँछ, चाहे त्यो बहालवाला कार्यकारी वा राष्ट्रपतिको छोरा नै किन नहोस् । |
सन् १९६३ मा आजकै दिन : अन्तरिक्षमा महिला |
कान्तिपुर संवाददाता |
सन् १९६३ मा आजकै दिन (जुन १६ मा) सोभियत संघकी अन्तरिक्षयात्री भालेन्तिना तेरेस्कोभा अन्तरिक्षमा पुगेकी थिइन् । १९३६ को मार्च ६ मा जन्मिएकी तेरेस्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन् । |
असार १, २०८१ |
सन् १९६९ मा आजकै दिन : कानको जन्म |
कान्तिपुर संवाददाता |
सन् १९६९ मा आजकै दिन (जुन १५) मा जर्मन फुटबलर ओलिभर कानको जन्म भएको थियो । कान २००० को दशकको उत्कृष्ट गोलरक्षकका रूपमा विश्वसामु परिचित छन् । |
जेष्ठ ३२, २०८१ |
सन् १९४६ मा आजकै दिन : ट्रम्पको जन्म |
कान्तिपुर संवाददाता |
सन् १९४६ मा आजकै दिन (जुन १४) मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म भएको थियो । उनी अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । ट्रम्पले २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । |
जेष्ठ ३१, २०८१ |
सन् २००० मा आजकै दिन : दुई कोरियाबीच ऐतिहासिक वार्ता |
कान्तिपुर संवाददाता |
सन् २००० मा आजकै दिन (जुन १३) मा उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक वार्ता भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति किम दाए–जंग र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–इलबीच प्योङयाङमा भेटवार्ता भएको थियो । |
जेष्ठ ३०, २०८१ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.