text
stringlengths
2
914
लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्दै
कान्तिपुर संवाददाता
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्ने भएका छन् । हाल भारतीय सेनाका उपप्रमुख रहेका द्विवेदीलाई आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने गरी भारत सरकारले सेना प्रमुखमा नियुक्त गरेको हो । वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन् ।
रुसी सेनामा भर्ती भएका २ भारतीय नागरिकको मृत्यु
कान्तिपुर संवाददाता
रुसी सेनामा भर्ती भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । युक्रेनसँगको लडाइँमा दुई भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
युरोपमा दक्षिणपन्थी उभार
बुद्धिसागर मरासिनी
युरोपेली संसद्का लागि आइतबार भएको चुनावको नतिजा सार्वजनिक हुनासाथ फ्रान्सका राष्ट्रपति एमानुयल म्याक्रोंले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । चुनावमा फ्रान्सको दक्षिणपन्थी नेसनल र्‍याली पार्टी विजयी भएपछि म्याक्रोंले संसद् विघटन गरेका हुन् । चुनावमा नराम्रोसँग पराजित भएको समाचारले रन्थनिएका उनले जुन ३० र जुलाई ७ का लागि चुनावको मिति तोकेका हुन् ।
सन् १९९१ मा आजकै दिन : रुसी राष्ट्रपतिमा यल्तसिन विजयी
कान्तिपुर संवाददाता
सन् १९९१ मा आजकै दिन (जुन १२) मा रुसी राष्ट्रपतिमा बोरिस यल्तसिन निर्वाचित भएका थिए । १९३१ को फेब्रुअरी १ मा जन्मिएका यल्तसिन १९९९ सम्म रुसको राष्ट्रपति थिए ।
जेष्ठ २९, २०८१
विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु
रासस
मलावीको हिमाली क्षेत्र चिकांगावा हिमालय श्रृंखलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ ।
बेलायतमा बेरोजगारी दर बढ्यो
रासस
मंगलबार प्रकाशित आधिकारिक तथ्यांकअनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ, जुन मार्चको अन्त्यसम्मका तीन महिनामा ४.३ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जनाएको छ ।
सन् २०१० मा आजकै दिन : अफ्रिकामा पहिलो पटक विश्वकप फुटबल
कान्तिपुर संवाददाता
सन् २०१० मा आजकै दिन (जुन ११) मा दक्षिण अफ्रिकामा विश्वकप फुटबल प्रतियोगिता सुरु भएको थियो । १९३० देखि सुरु विश्वकप प्रतियोगिता १९ औं संस्करणसम्म आइपुग्दा पहिलो पटक कुनै पनि अफ्रिकी मुलुकले आयोजना गर्न पाएको हो ।
जेष्ठ २८, २०८१
युरोपेली निर्वाचनमा आफ्नो दल पराजय भएपछि फ्रान्सका राष्ट्रपतिद्वारा संसद् भंग, मध्यावधि निर्वाचन घोषणा
ददि सापकोटा
आइतबार भएको युरोपेली संसदीय निर्वाचनमा आफ्नो पार्टी भारी मतले पराजय भएपछि फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंले संसद्‌को तल्लो सदन विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेका छन् ।
सन् १९९९ मा आजकै दिन : कोसोभो युद्ध अन्त्य
कान्तिपुर संवाददाता
सन् १९९९ मा आजकै दिन (जुन १०) मा कोसोभो युद्ध अन्य भएको थियो । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को हस्तक्षेपपछि करिब १६ महिना लामो युद्ध अन्त्य भएको थियो ।
मोदीले सुरु गरे तेस्रो कार्यकाल
राजेश मिश्र
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आइतबार विशेष समारोहबीच मोदीले प्रधानमन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित उनका मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइन् ।
जेष्ठ २७, २०८१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ
राजेश मिश्र
भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् ।
'इजरायलको आक्रमणमा एकैदिन २७४ प्यालेस्टाइनीको मृत्यु'
कान्तिपुर संवाददाता
बन्धक बनाएका चारजना नागरिकलाई मुक्त गर्ने क्रममा भएको इजरायली बालबालिकासहित २७४ जनाको ज्यान गएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलका सेनाहरूले नुसेराट शरणार्थी शिविर र वरपर आक्रमण गरेको थियो ।
सन् १९८३ मा आजकै दिन: मार्गरेट थ्याचरको दोस्रो कार्यकाल
कान्तिपुर संवाददाता
सन् १९८३ मा आजकै दिन (९ जुन) मा प्रधानमन्त्री मार्गरेट थ्याचर दोस्रो कार्यकालका लागि चुनाव जित्ने बेलायतकै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
जेष्ठ २६, २०८१
एनडीएले मोदीलाई चुन्यो नेता, आइतबार तेस्रो कार्यकालका लागि मोदीले शपथ लिने तय
राजेश मिश्र
भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई नयाँ सरकार गठनका लागि शुक्रबार निमन्त्रण दिएकी छन् । राष्ट्रिय जनतान्त्रिक मोर्चा(एनडीए)ले मोदीलाई आफ्नो नेता चुनेको र बहुमत सदस्यको समर्थन उनलाई रहेको जानकारी राष्ट्रपति मुर्मूलाई गराएका थिए ।
जेष्ठ २५, २०८१
नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त
कान्तिपुर संवाददाता
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई शुक्रबार साँझ प्रधानमन्त्री-निर्वाचितको रूपमा नियुक्त गरेकी हुन् ।
मानहानि मुद्दामा राहुल गान्धीलाई जमानत
रासस/एएफपी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा विपक्षी नेता राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानिको मुद्दामा भारतस्थित बेंग्लुरु अदालतले शुक्रबार उनलाई जमानत दिएको छ ।
जेष्ठ २४, २०८१
इजरायलद्वारा संयुक्त राष्ट्रसंघीय विद्यालयमा हमला
कान्तिपुर संवाददाता
इजरायली सेनाले गाजास्थित संयुक्त राष्ट्र संघीय विद्यालयमा हमास कार्यालय परिसर रहेको भन्दै गरेका घातक हवाइ आक्रमणमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४० पुगेको गाजाको एक अस्पतालले जनाएको छ । जसमा १४ बालबालिका र ९ महिला रहेका छन् ।
सन् १९८२ मा आजकै दिन : लेबनानमा इजरायली आक्रमण
कान्तिपुर संवाददाता
सन् १९८२ मा आजकै दिन (जुन ६) मा लेबनानमाथि इजरायलले आक्रमण सुरु गरेको थियो । बेलायतका लागि इजरायली राजदूत सोलोमो आर्गोभको हत्या प्रयासपछि दुई देशबीच युद्धको अवस्था उत्पन्न भएको थियो ।
जेष्ठ २३, २०८१
दार्जिलिङमा राजु बिष्टको दोस्रो इनिङ
पर्वत पोर्तेल
पश्चिम बंगालको दार्जिलिङमा भारतीय जनता पार्टीका राजु बिष्ट दोस्रो पटक निर्वाचित भएका छन् । उनले बंगालको सत्ताधारी दल अखिल भारत त्रिणमुल कंग्रेसका उम्मेदवार गोपाल लामालाई पराजित गरेका हुन् ।
दिल्लीमा तेस्रो पटक भाजपाको ‘क्लिन स्विप’
राजेश मिश्र
भारती जनता पार्टीले राजधानी दिल्लीमा लगातार तेस्रो पटक ‘क्लीन स्वीप’ गरेको छ । यहाँ कांग्रेस र आम आदमी पार्टीले गठबन्धन गरेर चुनाव लडेपनि भाजपाका अगाडि केही चलेन ।
मोदीको गतिलाई चुनावी लगाम
राजेश मिश्र
एक दशकदेखि सत्ताको नेतृत्व गर्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शक्तिलाई लोकसभा चुनावको परिणामले लगाम लगाएको छ । मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले लगातार दुई पटक बहुमत ल्याउन सफल भएका थिए । तर, यो चुनावमा भने मोदी र भाजपा नेताहरूले अपेक्षा गरेविपरीत परिणाम आएको छ ।
जेष्ठ २२, २०८१
राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी
कान्तिपुर संवाददाता
भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयी भएका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी विजयी भएका हुन् ।
शशि थरुर चौथोपल्ट भारतीय लोकसभा सदस्यमा निर्वाचित
कान्तिपुर संवाददाता
भारतीय राष्ट्रिय कांग्रेसका नेता शशि थरुर चौथोपल्ट लोकसभा चुनावमा निर्वाचित भएका छन् । केरलको तिरुवनन्तपुरम क्षेत्रबाट केन्द्रीय मन्त्रीसमेत रहेका भाजपा उम्मेदवार राजीव चन्द्रशेखरलाई हराउँदै लोकसभा सांसदमा निर्वाचित भएका हुन् ।
वाराणसीबाट नरेन्द्र मोदीको 'ह्याट्रिक'
कान्तिपुर संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट 'ह्याट्रिक' जित हात पारेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिएका हुन् ।
भारतीय लोकसभा चुनाव : अयोध्यामा भाजपाको हार स्वीकार
कान्तिपुर संवाददाता
भारतीय लोकसभा चुनावामा महत्त्वपूर्णमध्ये एक मानिएको उत्तर प्रदेशको फैजाबाद(अयोध्या) सिटमा सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले हार स्वीकार गरेको छ ।
राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रबाट जित्दै
कान्तिपुर संवाददाता
भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयउन्मुख रहेका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी ३ लाखभन्दा बढी मतको अन्तरले अगाडि रहेका छन् ।
भारतीय लोकसभा चुनाव : 'एग्जिट पोल' को प्रक्षेपण मिलेन, एनडीएलाई 'इन्डिया' गठबन्धनको टक्कर
कान्तिपुर संवाददाता
भारतमा विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धनले लोकसभा चुनावमा राम्रो नतिजा ल्याउने संकेत आएको छ । अपराह्नसम्म आएको मतगणना परिणामको जानकारीअनुसार ५ सय ४३ सिटमा विपक्षी ‘इन्डिया’ गठबन्धनमा आबद्ध दलहरू २३३ सिटमा अगाडि छन् । त्यसबाहेक सिटको तालमेल नगरे पनि पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमूल काग्रेस ३१ सिटमा अगाडि छ ।
पश्चिम बंगालमा ममता बनर्जीको तृणमूल कंग्रेसको प्रदर्शन सुध्रियो
कान्तिपुर संवाददाता
भारतीय लोकसभा चुनावको मतगणना जारी रहेको छ । अहिलेसम्मको अपडेटअनुसार सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले अग्रता बनाएको छ । पछिल्लो अपडेटअनुसार एनडीए गठबन्धन २९५ सिटमा अगाडि रहेको छ । त्यस्तै कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२९ सिटमा अगाडि रहेको छ ।
भारतीय लोकसभा चुनाव : उत्तरपूर्वी दिल्लीमा कांग्रेस युवा नेता कन्हैया कुमार पछाडि
कान्तिपुर संवाददाता
भारतीय राष्ट्रिय कांग्रेसका युवा नेता कन्हैया कुमार सुरुवाती मतगणनामा उत्तरपूर्वी दिल्ली लोकसभा क्षेत्रमा पछाडि परेका छन् । यस क्षेत्रमा भारतीय जनता पार्टी(भाजपा) का मनोज तिवारीले अग्रता बनाएका छन् ।
गान्धी परिवारको गढ मानिने अमेठीमा केन्द्रीय मन्त्री स्मृति इरानी पछाडि
कान्तिपुर संवाददाता
गान्धी परिवारको गढ मानिएको उत्तर प्रदेशको अमेठी लोकसभा क्षेत्रमा केन्द्रीय मन्त्री स्मृति इरानी पछाडि रहेकी छिन् । सुरुवाती मतगणनामा भाजपा उम्मेदवार इरानीभन्दा भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार किशोरीलाल शर्मा ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि रहेका छन् । भारत निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार किशोरी लालले १ लाख ९ हजार ४ सय ९२ मत प्राप्त गर्दा इरानीले ७७ हजार ४ सय ८६ मत ल्याएकी छिन्।
भारतीय लोकसभा चुनाव : उत्तर प्रदेशमा भाजपाको सिट घट्दै, समग्रमा एनडीए गठबन्धन अगाडि
कान्तिपुर संवाददाता