text
stringlengths
2
914
सन् १९९१ मा आजकै दिन : राजीव गान्धीको हत्या
कान्तिपुर संवाददाता
सन् १९९१ मा आजकै दिन (मे २१) मा भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो । उनी तामिलनाडुमा आयोजित चुनावी सभामा गराइएको बम विस्फोटमा मारिएका थिए । आक्रमणमा राजीव र आक्रमणकारी धनुसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए ।
जेष्ठ ७, २०८१
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
कान्तिपुर संवाददाता
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना : 'कोही जीवित रहेको संकेत देखिएको छैन'
कान्तिपुर संवाददाता
इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ ।
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
कान्तिपुर संवाददाता
इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको रेडक्रसले जनाएको छ । इरानी रेडक्रस सोसाइटीले उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको हो ।
सन् २०१८ मा आजकै दिन : भेनेजुयलाको राष्ट्रपतिमा मडुरो
कान्तिपुर संवाददाता
सन् २०१८ मा आजकै दिन (मे २०) मा भेनेजुयलाको राष्ट्रपतिमा निकोलस मडुरो निर्वाचित भएका थिए । विपक्षी दलहरूले बहिष्कार गरेको चुनावबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।
भारतीय लोकसभा चुनाव : पाँचौँ चरणअन्तर्गत ४९ सिटमा मतदान हुँदै
कान्तिपुर संवाददाता
भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको हो ।
जेष्ठ ६, २०८१
इरानी राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटना
कान्तिपुर संवाददाता
इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरान न्युज एजेन्सीका अनुसार आइतबार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।
सन् २०१८ मा आजकै दिन : ह्यारी र मेगनको विवाह
कान्तिपुर संवाददाता
सन् २०१८ मा आजकै दिन (मे १९) मा बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गरेका थिए । ह्यारी बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा हुन् ।
अफगानिस्तानमा फेरि बाढी, कम्तीमा ५० जनाको मृत्यु
कान्तिपुर संवाददाता
अफगानिस्तानमा फेरि भीषण वर्षापछि आएको बाढीमा ठूलो जनधनको क्षति भएको छ । अफगानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको र हजारौँ घरहरू ध्वस्त भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
जेष्ठ ४, २०८१
सन् १९७२ मा आजकै दिन : जर्मनीद्वारा वार्सा सन्धि अनुमोदन
कान्तिपुर संवाददाता
सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।
जेष्ठ ३, २०८१
सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री
कान्तिपुर संवाददाता
सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् ।
रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता
कान्तिपुर संवाददाता
युक्रेनसँगको द्वन्द्व चर्किइरहेका बेला रुसी राष्ट्रपति चीन पुगेका छन् । पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ ।
जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार
कान्तिपुर संवाददाता
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो ब्रातिस्लावाबाट उत्तर-पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको हो ।
सन् १९७५ मा आजकै दिन : सगरमाथामा महिला आरोही
कान्तिपुर संवाददाता
सन् १९७५ मा आजकै दिन (मे १६) मा जापानी आरोही जुन्को ताबेईले सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला हुन् ।
जेष्ठ २, २०८१
दिल्लीमा नेपाल चर्चा
कान्तिपुर संवाददाता
नेपाल र भारतबीचको सदियौं पूरानो सम्बन्धबारे दिल्लीमा चर्चा भएको छ । राजनीतिज्ञ, कुटनीतिज्ञ र पत्रकारिता क्षेत्रका दिग्गजहरुले दुई देशबीचको कसिलो सम्बन्ध विश्वका लागि उदाहरणीय रहेको बताएका छन् ।
न्युजक्लिकका प्रधान सम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश
कान्तिपुर संवाददाता
भारतीय अनलाइन समाचार पोर्टल न्युजक्लिकका संस्थापक तथा प्रधान सम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले पुरकायस्थलाई दिल्ली प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखेको बताएको छ ।
सन् १९३७ मा आजकै दिन : अमेरिकाकी पहिलो महिला विदेशमन्त्रीको जन्म
कान्तिपुर संवाददाता
सन् १९३७ मा आजकै दिन (मे १५) मा मेडेलिन अलब्राइटको जन्म भएको थियो । उनी अमेरिकाकी पहिलो महिला विदेशमन्त्री हुन् । चेक गणतन्त्र (तत्कालीन चेकोस्लोभाकिया) को प्रागमा जन्मिएकी मेडेलिन १९९७ जनवरी २३ मा अमेरिकी विदेशमन्त्री नियुक्त भएकी थिइन् ।
चुनावी र्‍यालीमा केजरीवालको पुनरागमन
राजेश मिश्र
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले लोकसभा निर्वाचनमा प्रचारप्रसार गर्न पाउने गरी अदालतको आदेशमा अन्तरिम जमानतमा जेलमुक्त भएसँगै चुनावी माहोल तताएका छन् । जेलमुक्त भएको अर्को दिन गत शनिबार दिल्लीको कनाँट प्लेसस्थित हनुमान मन्दिरमा पूजाआजापछि उनले चुनावी बिगुल फुकेका हुन् ।
जेष्ठ १, २०८१
बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन
कान्तिपुर संवाददाता
भारतीय जनता पार्टीका नेता एवं बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन भएको छ । उपचारका क्रममा सोमबार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । उनी ७२ वर्षका थिए ।
सन् १९८४ मा आजकै दिन : फेसबुकका सहसंस्थापक जुकरबर्गको जन्म
कान्तिपुर संवाददाता
सन् १९८४ मा आजकै दिन (मे १४) मा अमेरिकी कम्प्युटर प्रोग्रामर तथा व्यवसायी मार्क जुकरबर्गको जन्म भएको थियो । उनी सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक हुन् । हाल उनी फेसबुकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।
मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु, ७० भन्दा बढी घाइते
कान्तिपुर संवाददाता
मुम्बईको घाटकोपरमा सोमबार होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा ७० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वैशाख ३१, २०८१
रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो
कान्तिपुर संवाददाता
युक्रेनी सीमाबाट करिब ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको रुसको आपत्कालीन अवस्था मन्त्रालयले जनाएको छ ।
गाजा जानका लागि नयाँ क्रसिङ खोल्ने इजरायली सेनाको घोषणा
न्युज एजेन्सी नेपाल
इजरायली सेनाले युद्धप्रभावित गाजापट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ ।
भारतीय लोकसभा चुनाव : चौथो चरणअन्तर्गत ९६ सिटमा मतदान हुँदै
कान्तिपुर संवाददाता
भारतीय लोकसभा चुनावअन्तर्गत चौथो चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि १० राज्य तथा केन्द्रशासित प्रदेशका ९६ सिटमा मतदान सुरु भएको हो ।
सन् १९५२ मा आजकै दिन : भारतमा पहिलो जननिर्वाचित प्रधानमन्त्री
कान्तिपुर संवाददाता
सन् १९५२ मा आजकै दिन (मे १३) मा जवाहारलाल नेहरू भारतको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । भारतमा १९५१–१९५२ मा भएको आमनिर्वानमा भारतीय राष्ट्रिय कंग्रेस (आईएनसी) ले बहुमत प्राप्त गरेसँगै नेहरू प्रधानमन्त्री बन्न सफल भएका थिए ।
वैशाख २९, २०८१
बिहार चुनाव : सीमाञ्चल क्षेत्रमा सत्तारुढ एनडीएलाई कडा टक्कर दिँदै विपक्षी गठबन्धन
राजेश मिश्र
नेपालसँग सिमाना जोडिएको बिहार राज्यका ९ वटा लोकसभा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन ‘एनडीए’ लाई यसपटकको चुनावमा विपक्षी गठबन्धन ‘इन्डिया’ गठबन्धनले कडा टक्कर दिँदैछ । यसअघि २०१९ को लोकसभामा बिहारको कुल ४० सिटमध्ये विपक्षी कित्तामा एक सिटमात्रै गएको थियो । त्यो सिट थियो नेपालको पूर्वी क्षेत्रसँग जोडिएको बिहारको किसनगन्ज निर्वाचन क्षेत्र । त्यहाँ कांग्रेसले जितेको थियो ।
अफगानिस्तानमा बाढीबाट मर्नेको संख्या ३ सयभन्दा धेरै
रासस
अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बताएको छ ।
कुवेतका अमिरद्वारा संसद भंग, संविधान निलम्बन
एजेन्सी
कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले संसद् भंग गर्दै संविधान निलम्बन गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंगको घोषणा गरेका हुन् ।
सन् १९८१ मा आजकै दिन : बब मार्लीको निधन
कान्तिपुर संवाददाता
सन् १९८१ मा आजकै दिन (मे ११) मा विश्वविख्यात गायक तथा गिटारिस्ट बब मार्लीको निधन भएको थियो । मार्लीको क्यान्सर रोगका कारण अमेरिकाको फ्लोरिडामा निधन भएको हो ।
वैशाख २८, २०८१
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश