text
stringlengths
2
914
सन् १९९४ आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति निक्सनको निधन
कान्तिपुर संवाददाता
सन् १९९४ मा आजकै दिन (अप्रिल २२) मा अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनको निधन भएको थियो । १९१३ जनवरी ९ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका निक्सनको न्युयोर्क सिटी अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको थियो ।
वैशाख ९, २०८१
सन् १९३० मा आजकै दिन : जेलमा आगलागी हुँदा ३ सय २० को मृत्यु
कान्तिपुर संवाददाता
आजकै दिन (अप्रिल २१) सन् १९३० मा अमेरिकाको ओहायो राज्यको कोलम्बसस्थित एउटा जेलमा आगलागी हुँदा ३ सय २० जना कैदीको मृत्यु भएको थियो । यो आगलागीलाई अमेरिकाको जेलमा भएको सबैभन्दा भयानक दुर्घटना मानिन्छ ।
वैशाख ८, २०८१
सन् १८८९ आजकै दिन : जर्मन तानाशाह हिटलरको जन्म
कान्तिपुर संवाददाता
सन् १८८९ मा आजकै दिन (अप्रिल २०) मा तानाशाही शासक एडोल्फ हिटलरको जन्म भएको थियो । अस्ट्रियाको सामान्य परिवारमा जन्मिएका हिटलरको बाल्यकालको सपना चित्रकार बन्ने थियो । तर एकेडेमी अफ फाइन आर्ट्स भियनामा प्रवेश परीक्षा पास गर्न नसकेपछि उनी सेनामा भर्ती भएका थिए । उनी प्रथम विश्वयुद्धताका जर्मन सेनामा भर्ना भएका थिए ।
वैशाख ७, २०८१
किन खुल्दैन भारतीय निर्वाचन आयोगको वेबसाइट ?
कान्तिपुर संवाददाता
शुक्रबारबाट सुरु भएको भारतको लोकसभा चुनावका बेला त्यहाँको निर्वाचन आयोगको आधिकारिक वेबसाइट भने भारतभन्दा बाहेक अन्य कुनै पनि देशमा नखुल्ने बनाइएको छ । चुनावभन्दा महिनौं अघिदेखि नै आयोगको वेबसाइट विदेशबाट खोल्न वा हेर्न नमिल्ने बनाइएपछि विभिन्न देशमा रहेका उल्लेख्य संख्याका भारतीय प्रवासीहरू अलमलमा परेका थिए ।
भारतमा लोकसभाको पहिलो चरणको चुनाव सुरु
राजेश मिश्र
भारतमा शुक्रबारदेखि लोकसभाको पहिलो चरणको चुनाव सुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुन लागेको हो । चुनावको परिणाम भने ४ जुनमा मात्रै आउनेछ ।
केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु
नान/सिन्हवा
केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।
इरानमाथि इजरायलको जवाफी आक्रमण
एजेन्सी
इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको छ । इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जवाफी आक्रमण गरेको हो।
सिक्किम निर्वाचन : गोलेलाई चाम्लिङको डर, चाम्लिङलाई गोलेको
पर्वत पोर्तेल
सिक्किमका मुख्यमन्त्री मात्रै हैन सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सुप्रिमो पनि हुन् प्रेम सिंह तामाङ उर्फ पीएस गोले । यसपटक उनी गान्तोकको रिनोक र सोरेङको बारफुङ क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
सन् २०११ मा आजकै दिन : क्यास्ट्रोद्वारा राजीनामा
कान्तिपुर संवाददाता
सन् २०११ मा आजकै दिन (अप्रिल १९) मा फिडेल क्यास्ट्रोले कम्युनिस्ट पार्टीको प्रथम सचिवबाट राजीनामा दिएका थिए । १९२६ को अगस्ट १३ मा जन्मिएका क्यास्ट्रोले क्युबामा निरन्तर साढे चार दशक शासन गरे ।
वैशाख ६, २०८१
भारतमा पहिलो चरणको लोकसभा चुनाव शुक्रबार
राजेश मिश्र
विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ ।
टाइम १०० प्रभावशाली व्यक्ति : कलाकार आलिया भट्टदेखि चिनियाँ प्रधानमन्त्री ली चियाङसम्म
कान्तिपुर संवाददाता
प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।
युक्रेनी प्रधानमन्त्री भन्छन् : रुसले युद्ध जित्यो भने तेस्रो विश्वयुद्ध सुरु हुन्छ
कान्तिपुर संवाददाता
युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी संसद्‍मा वैदेशिक अनुदानसम्बन्धी विधेयकमाथि मतदान हुनुअघि युक्रेनी प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।
सन् १९५५ मा आजकै दिन : नोबेल विजेता आइन्स्टाइनको निधन
कान्तिपुर संवाददाता
सन् १९५५ मा आजकै दिन (अप्रिल १८) मा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको निधन भएको थियो । १८७९ मार्च १४ मा जर्मनीमा जन्मिएका आइन्स्टाइनको अमेरिकी राज्य न्यु जर्सीस्थित प्रिन्स्टन सहरमा निधन भएको थियो ।
वैशाख ५, २०८१
युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि : बीबीसी
कान्तिपुर संवाददाता
युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो ।
खाडी क्षेत्रमा भीषण वर्षा र बाढी : ओमानमा १८ र यूएईमा १ जनाको मृत्यु
कान्तिपुर संवाददाता
खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन् ।
इजरायल–इरान शत्रु बनेका पुराना मित्र
जगदीश्वर पाण्डे
इजरायल र हमासबीच चलिरहेको युद्धको कारण संकटग्रस्त पश्चिम एसिया क्षेत्रमा इरान जोडिएको छ । इरानले शनिबार इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेसँगै त्यस क्षेत्रको सुरक्षा चुनौती थप बढेको छ । पश्चिम एसिया भइरहेका हरेक गतिविधिको असर भने त्यस क्षेत्रमा मात्र सीमित छैन ।
सन् १९७० आजकै दिन फ्रांकलिनको मृत्यु
कान्तिपुर संवाददाता
सन् १९७० मा आजकै दिन (अप्रिल १७) मा अमेरिकी राष्ट्रपिता बेन्जामिन फ्रांकलिनको मृत्यु भएको थियो । उनको ८४ वर्षको उमेरमा फिलाडेल्फियास्थित घरमा मृत्यु भएको थियो ।
वैशाख ४, २०८१
पूरा होला त मोदी महत्त्वाकांक्षा ?
राजेश मिश्र
लगातार दुई चुनाव जितेर पूर्वप्रधानमन्त्रीहरू इन्दिरा गान्धी र मनमोहन सिंहको रेकर्ड बराबरी गरिसकेका प्रधानमन्त्री नरेन्द्र मोदी जवाहरलाल नेहरूका नाममा रहेको लगातार तीन पटकको जितको रेकर्डलाई पनि आफ्ना नाममा बनाउन चाहन्छन् ।
सन् १८८९ आजकै दिन : चाप्लिनको जन्म
कान्तिपुर संवाददाता
सन् १८८९ मा आजकै दिन (अप्रिल १६) मा हास्य अभिनेता चार्ली च्याप्लिनको जन्म भएको थियो । बेलायतको राजधानी लन्डनमा जन्मिएका चार्ली हास्यव्यंग्यका माध्यमबाट विश्व चर्चित बनेका थिए ।
वैशाख ३, २०८१
पाकिस्तानले मनायो ८४ औं ‘नेशनल डे’
कान्तिपुर संवाददाता
पाकिस्तानले ८४ औं ‘नेशनल डे’ मनाएको छ । उक्त अवसरमा उपराष्ट्रमन्त्री राम सहायप्रसाद यादव प्रमुख अतिथि थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा रानामगरको पनि उपस्थित रहेको थियो ।
सन् १४५२ मा आजकै दिन : लियोनार्दोको जन्म
कान्तिपुर संवाददाता
सन् १४५२ मा आजकै दिन (अप्रिल १५) मा महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म भएको थियो । इटालीको फ्लोरेन्समा जन्मेका लियोनार्दो आविष्कारक र इन्जिनियरसमेत थिए । लियोनार्दोको ‘मोनालिसा’ विश्वविख्यात् चित्र हो ।
वैशाख २, २०८१
अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु
रासस
अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ ।
सन् १८६५ मा आजकै दिन : लिंकनमाथि गोली प्रहार
कान्तिपुर संवाददाता
आजकै दिन (१४ अप्रिल) सन् १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनमाथि गोली प्रहार भएको थियो । अमेरिकी गृहयुद्ध अन्त्य भएलगत्तै वासिङ्टन डीसीको फोर्ड्स थिएटरमा नाटक हेरिरहेका बेला लिंकनमाथि गोली प्रहार भएको हो ।
वैशाख १, २०८१
सन् २०१५ मा आजकै दिन : नोबेल विजेता ग्रासको निधन
कान्तिपुर संवाददाता
सन् २०१५ मा आजकै दिन (अप्रिल १३) मा नोबेल पुरस्कार विजेता गुन्टर ग्रासको निधन भएको थियो । जर्मन साहित्यकार ग्रासले १९९९ मा साहित्यतर्फको नोबेल पुरस्कार जितेका थिए ।
चैत्र ३०, २०८०
पाकिस्तानमा ट्रक दुर्घटना : १७ जनाको मृत्यु, ३५ जना घाइते
कान्तिपुर संवाददाता
पाकिस्तानको दक्षिणपश्चिम बलोचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले पुष्टि गरेको छ ।
चैत्र २९, २०८०
सन् १९७९ मा आजकै दिन : अमिनको क्रूर शासन अन्त्य
कान्तिपुर संवाददाता
सन् १९७९ मा आजकै दिन (अप्रिल ११) मा तान्जानियाको सेनाले युगान्डाको राजधानी कम्पाला कब्जा गरेको थियो । तान्जानियाको सेनाले कम्पालालाई नियन्त्रणमा लिएसँगै युगान्डाका तानाशाह इदि अमिन देश छाड्न बाध्य भएका थिए । त्यसलगत्तै उनले लिबियामा शरण लिएका थिए ।
चैत्र २८, २०८०
भारतमा वैकल्पिक आवाज बनेका राठी
उपेन्द्रराज पाण्डेय
के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तानाशाह बन्दै छन् ? २०२४ मा चुनाव जिते उनले २०२९ मा चुनाव नै गराउँदैनन् त ? के भारतीय जनता पार्टी (भाजपा) ‘एक राष्ट्र, एक पार्टी’ को पथमा अघि बढ्दै हो ? ‘युट्युब–स्टार’ का रूपमा परिचित ध्रुव राठीको पछिल्लो भिडियोले मोदी तानाशाह बन्ने बाटोमा अग्रसर भइरहेको संकेत गर्छ ?
सन् १९८६ मा आजकै दिन : बेनजिर भुट्टो स्वदेश फिर्ता
कान्तिपुर संवाददाता
सन् १९८६ मा आजकै दिन (अप्रिल १०) मा पाकिस्तानी नेतृ बेनजिर भुट्टो निर्वासनबाट स्वदेश फर्किएकी थिइन् । १९८५ डिसेम्बरमा पाकिस्तानमा सैन्य कानुन हटाइएसँगै १९८६ अप्रिलमा बेनजिर बेलायतबाट पाकिस्तान फर्केकी हुन् ।
चैत्र २७, २०८०
मोदीविरुद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी
राजेश मिश्र
भारतमा विपक्षी दल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । मोदीले कांग्रेसको चुनावी घोषणापत्रमाथि लाञ्छना लगाएपछि त्यसविरुद्ध कांग्रेस आयोग पुगेको हो ।