text stringlengths 2 914 |
|---|
जेएनयू छात्र संघ चुनाव : निरन्तर वामपन्थी संगठनकै दबदबा |
कान्तिपुर संवाददाता |
जवाहरलाल नेहरू विश्वविद्यालय(जेएनयू) छात्रसंघ चुनावमा फेरि एकपल्ट वामपन्थी संगठन हाबी भएको छ । ४ सिटका लागि २२ मार्चमा भएको चुनावमा वामपन्थी र दलित गठबन्धन बाप्सा(बिर्सा अम्बेडकर फुले विद्यार्थी संघ) विजयी भएको हो । |
सन् १९७५ मा आजकै दिन : साउदी राजा फैसलको हत्या |
कान्तिपुर संवाददाता |
सन् १९७५ मा आजकै दिन (मार्च २५) मा साउदी अरबका राजा फैसलको हत्या भएको थियो । फैसलको उनका भतिज फयसल इब्न मुसा इदले गोली हानी हत्या गरेका थिए । |
चैत्र ११, २०८० |
कन्सर्ट हल नरसंहारपछि रुसमा राष्ट्रिय शोक दिवस |
रासस |
मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ । इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो । |
विद्यार्थी भिसालाई अझ कडाइ गर्दै अस्ट्रेलिया, बुझ्नैपर्ने केही परिमार्जित नियम |
नारायण खड्का |
अस्ट्रेलिया सरकारले विद्यार्थी भिसालाई अझ व्यवस्थित गर्नका लागि थप कडाइ गर्ने जनाएको छ । अस्ट्रेलियाली गृहमन्त्री क्लेयर ओनिलले एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएकी हुन् । |
मस्को कन्सर्टमा आक्रमण, १ सय ३३ को मृत्यु |
कान्तिपुर संवाददाता |
मस्कोमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । |
चैत्र १०, २०८० |
रूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा |
रासस/एएफपी |
मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । |
केजरीवालले हिरासतबाटै सरकार चलाउने : आम आदमी पार्टी |
राजेश मिश्र |
आम आदमी पार्टीले अरविन्द केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएको छ । भारतको इतिहासमा जेलबाटै सरकार चलाउने घटना पहिलो भएको पनि उसको दाबी छ । |
मस्कोमा कन्सर्ट हलमा आक्रमण, कम्तीमा ६० को मृत्यु, १ सय ४५ जना घाइते |
कान्तिपुर संवाददाता |
रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा हतियारधारीले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । १ सय ४५ जना घाइते भएका छन् । |
चैत्र ९, २०८० |
किन पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल ? |
राजेश मिश्र |
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । दिल्लीस्थित उनको सरकारी निवासमा प्रवेश गरेका ईडीका अधिकारीले दुई घण्टाको सोधपुछपछि उनलाई नियन्त्रणमा लिएका हुन् । |
चैत्र ८, २०८० |
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ |
कान्तिपुर संवाददाता |
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई केही बेरअघि पक्राउ गरेको हो । कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । |
कन्दहारमा बम विस्फोट : कम्तीमा २१ जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
अफगानिस्तानको कन्दहारमा बिहीबार आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जना मृत्यु भएको छ । कन्दहारको क्षेत्रीय अस्पतालले बीबीसीलाई उक्त संख्यामा मृत्यु भएको पुष्टि गरेको हो । तालिबान सरकारले भने विस्फोटमा तीन जनाको मात्र मृत्यु भएको जनाएको छ । |
सन् २००६ मा आजकै दिन : डोर्सीको पहिलो ट्वीट |
कान्तिपुर संवाददाता |
सन् २००६ मा आजकै दिन (मार्च २१) मा ज्याक डोर्सीले सामाजिक सञ्जाल ट्वीटरमा पहिलो ट्वीट गरेका थिए । सहसंस्थापक डोर्सीले ट्वीटरमा ‘जस्ट सेटिङ अप माई ट्वीटर’ लेखेर पोस्ट गरेका थिए । |
चैत्र ७, २०८० |
७ वर्षपछि चिनियाँ विदेशमन्त्री क्यानबेरामा |
नारायण खड्का |
दुई देशबीचको सम्बन्धमा क्रमिक रूपमा सुधारका संकेत देखिएसँगै चिनियाँ विदेशमन्त्री वाङ यी सात वर्षपछि पहिलोपटक औपचारिक भेटवार्ताका लागि अस्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेका छन् । अस्ट्रेलियामा चीनका माथिल्लो तहका उच्च अधिकारीले गरेको राजनीतिक भ्रमण सन् २०१७ यतापछिको पहिलो हो । |
बाइडेन–ट्रम्प फेरि टक्कर |
बुद्धिसागर मरासिनी |
अमेरिकामा सात दशकपछि पहिलो पटक राष्ट्रपतीय चुनावमा अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी आमने–सामने हुँदै छन् । यसअघि सन् १९५६ मा रिपब्लिकन राष्ट्रपति ड्वाइट डी आइजनहावरले डेमोक्रेटिक उम्मेदवार एड्लई स्टेभेन्सनलाई दोस्रो पटक पराजित गरेका थिए । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक दलका तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन दलका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार हुने निश्चित भइसकेको छ । |
सन् २०१६ मा आजकै दिन : ओबामाको क्युबा भ्रमण |
कान्तिपुर संवाददाता |
सन् २०१६ मा आजकै दिन (मार्च २०) मा अमेरिकी राष्ट्रपति बाराक ओबामा ऐतिहासिक भ्रमणका क्रममा क्युबा पुगेका थिए । उनी १९२८ पछि क्युबा भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । |
चैत्र ६, २०८० |
'विपक्षीविहीन चुनाव'मा पुटिन पुन: राष्ट्रपतिमा निर्वाचित |
रासस |
रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको ६ वर्षको नयाँ कार्यकालका लागि निर्वाचित भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् । प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उनका आलोचकहरूले आरोप लगाएका छन् । |
सन् २००३ मा आजकै दिन : अमेरिकी राष्ट्रपतिद्वारा इराकमा आक्रमण गर्न आदेश |
कान्तिपुर संवाददाता |
सन् २००३ मा आजकै दिन (मार्च १९) मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले इराकमाथि आक्रमण गर्न आदेश दिएका थिए । त्यसलगत्तै अमेरिकी नेतृत्वको गठबन्धन फौजले इराकी राजधानी बग्दादमा हवाई आक्रमण गरेको थियो । |
चैत्र ४, २०८० |
भारतमा सात चरणमा लोकसभा चुनाव |
राजेश मिश्र |
भारतमा सात चरणमा लोकसभा चुनाव हुने भएको छ । भारतीय निर्वाचन आयोगले शनिबार ५ सय ४३ सदस्यीय लोकसभाको चुनाव १९ अप्रिलदेखि सुरु भएर चरणबद्ध रूपमा हुने घोषणा गरेको हो । अहिले कायम लोकसभाको ५ वर्षे कार्यकाल भने आगामी जुनमा सकिनेछ । |
अमेरिकी सहायता समुद्री मार्ग हुँदै गाजामा |
रासस/एएफपी |
अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचन’ ले पठाएको सहायता सामग्री शनिबार युद्धग्रस्त गाजा क्षेत्रमा पुगेको छ । सहायताका लागि पठाइएको २ सय ४० टन खाद्यान्नलगायत सामग्री गाजामा वितरणका लागि तयारी भइरहेको संस्थाले विज्ञप्तिमार्फत जानकारी गराएको छ । संस्थाले साइप्रसबाट हुँदै अर्को २ सय ४० टन खाद्यान्न भरिएको डुंगा ढुवानीका लागि तयारी भइरहेको जनाएको छ । |
सुडानमा लाखौं व्यक्ति भोकमरीको जोखिममा : राष्ट्रसंघ |
रासस/एएफपी |
संयुक्त राष्ट्रसंघले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन शुक्रबार आग्रह गरेको छ । एएफपीले शुक्रबार प्राप्त गरेको संयुक्त राष्ट्रसंघको दस्तावेजअनुसार सुडानका प्रतिद्वन्द्वी जनरलबीचको करिब एक वर्ष लामो युद्धले देशलाई टुक्र्याउने क्रम जारी रहँदा आगामी महिनाहरूमा करिब ५० लाख सुडानीले खाद्य असुरक्षाको सामना गर्नुपर्ने हुनसक्छ । |
सन् १९६९ मा आजकै दिन : इजरायलको पहिलो महिला प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
सन् १९६९ मा आजकै दिन (मार्च १७) मा ७० वर्षको उमेरमा गोल्ड मिह इजरायलको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । |
चैत्र ३, २०८० |
भारतमा लोकसभा चुनावको घोषणा |
राजेश मिश्र |
भारतमा १९ अप्रिल (वैशाख ७) बाट सात चरणमा लोकसभा चुनाव हुने भएको छ । लोकसभाले ५ वर्षे कार्यकाल मे महिनामा पूरा गर्दैछ । |
टर्कीएमा डुंगा डुब्दा ५ बालबालिकासहित २१ आप्रवासीको मृत्यु |
कान्तिपुर संवाददाता |
टर्कीएको सामुद्रिक तटमा एउटा डुंगा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् । पीडितहरूको राष्ट्रियता अहिलेसम्म खुल्न सकेको छैन । |
चैत्र २, २०८० |
सन् १९९० मा आजकै दिन : सोभियत संघमा गोर्बाचेभ |
कान्तिपुर संवाददाता |
सन् १९९० मा आजकै दिन (मार्च १५) मा मिखाइल गोर्बाचेभ सोभियत संघको राष्ट्रपति बनेका थिए । उनी तत्कालीन सोभियत संघका अन्तिम राष्ट्रपतिसमेत हुन् । |
चैत्र १, २०८० |
सन् २०१८ मा आजकै दिन : मर्केल चौथो पटक चान्सलर |
कान्तिपुर संवाददाता |
सन् २०१८ मा आजकै दिन (मार्च १४) मा एन्जेला मर्केलले जर्मन चान्सलरका रूपमा चौथो कार्यकाल सुरु गरेकी थिइन् । उनी आमनिर्वाचनको एक सय ७१ दिनपछि गठबन्धन सरकारको प्रमुख बनेकी थिइन् । |
रुसलाई उच्च तहको भ्रमण प्रस्ताव |
कान्तिपुर संवाददाता |
रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारका लागि उच्च तहको भ्रमण आवश्यक रहेको नेपालले जनाएको छ । मंगलबार नेपालस्थित रुसी राजद्तू एलेक्सेई नोभिकोभलाई मन्त्रालयमा बोलाएर उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको परिस्थितिमा नेपाल वा रुसबाट उच्च तहको भ्रमण आवश्यक रहेको बताएका हुन् । |
नागरिकता कानुनले भारतमा तरंग |
कान्तिपुर संवाददाता |
लोकसभा चुनावको मिति घोषणाअघि भारतमा नागरिकतासम्बन्धी नयाँ कानुन लागू गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले चार वर्ष अगाडि संसद्बाट पारित गराएको नागरिकता संशोधन अधिनियमलाई अहिले कार्यान्वयनमा ल्याउने घोषणा गरेको हो । कानुनको पक्षविपक्षमा केही दिनयता भारतका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । |
फाल्गुन ३०, २०८० |
दार्जिलिङबाट विमल गुरुङलाई लोकसभा उम्मेदबार बन्न नौ संगठनको प्रस्ताव |
पर्वत पोर्तेल |
एक समय ‘पहाडकी रानी’ दार्जिलिङमा ‘विमल राज’ थियो । लोकसभा होस् या विधानसभा दुवै निर्वाचनमा निकट उम्मेदवार जिताउन दार्जिलिङबाट निर्णायक भूमिका खेल्ने प्रभावशाली नेता थिए, विमल गुरुङ । गोर्खा जनमुक्ति मोर्चा नामको शक्तिशाली क्षेत्रीय राजनीतिक दलका यी नेता अचेल ‘लो-प्रोफाइल’ मा छन् । अलग राज्य गोर्खाल्याण्डको आन्दोलनका यी योद्धा सन् २०१७ पछि ‘भूमिगत’ थिए । |
सन् २०२० मा आजकै दिन : गेट्स माइक्रोसफ्ट बोर्डबाट अलग |
कान्तिपुर संवाददाता |
सन् २०२० मा आजकै दिन (मार्च १३) मा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स माइक्रोसफ्ट कम्पनीको बोर्डबाट राजीनामा दिएका थिए । गेट्सले आफु परोपकारी कार्यमा सक्रिय हुनका लागि कम्पनीको बोर्डबाट अलग भएको बताएका थिए । |
पुटिनको शासन लम्ब्याउन अर्को चुनावको मञ्चन |
बुद्धिसागर मरासिनी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.