text stringlengths 2 914 |
|---|
आप्रवासनसम्बन्धी नयाँ नियममा ईयूले मतदान गर्दै |
कान्तिपुर संवाददाता |
युरोपेली संघ (ईयू) ले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्नेबारे बुधबार मतदान गर्ने भएको छ । मतदानले नयाँ प्रस्ताव पारित गरेमा विशेष गरी शरणार्थीहरूका लागि युरोप प्रवेश प्रक्रियालाई कडा बनाउनेछ । साथै, समूहका सबै देशहरूले जिम्मेवारी साझेदारी गर्न आवश्यक हुनेछ । |
सन् १९६३ मा आजकै दिन : चर्चिललाई अमेरिकाको मानार्थ नागरिकता |
कान्तिपुर संवाददाता |
सन् १९६३ मा आजकै दिन (अप्रिल ९) मा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई अमेरिकाको मानार्थ नागरिकता प्रदान गरिएको थियो । उनलाई अमेरिकाका तत्कालीन राष्ट्रपति जोन अफ केनेडीले मानार्थ नागरिकता प्रदान गरेका थिए । |
चैत्र २६, २०८० |
सन् २०१३ मा आजकै दिन : थ्याचरको मृत्यु |
कान्तिपुर संवाददाता |
सन् २०१३ मा आजकै दिन (अप्रिल ८) मा बेलायती पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरको मृत्यु भएको थियो । थ्याचर युरोपेली देशको पहिलो महिला सरकार प्रमुख हुन् । १९७९ मे ३ मा प्रधानमन्त्री बनेकी थ्याचरले बेलायतमा करिब ११ वर्ष शासन गरेकी थिइन् । |
चैत्र २४, २०८० |
सन् १९१७ मा आजकै दिन : पहिलो विश्वयुद्धमा अमेरिका |
कान्तिपुर संवाददाता |
आजकै दिन (६ अप्रिल) सन् १९१७ मा अमेरिकाले पहिलो विश्वयुद्धमा सहभागी भएको औपचारिक घोषणा गरेको थियो । अमेरिकी संसद्ले ६ अप्रिलमा युद्धको पक्षमा मतदान गरेपछि अमेरिका औपचारिक रूपमा जर्मनीविरुद्ध पहिलो विश्वयुद्धमा होमिएको हो । |
चैत्र २३, २०८० |
सन् १९५५ मा आजकै दिन : बेलायती प्रधानमन्त्री चर्चिलद्वारा राजीनामा |
कान्तिपुर संवाददाता |
आजकै दिन (अप्रिल ५) सन् १९५५ मा बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले राजीनामा दिएका थिए । युद्धकालीन समयमा पनि बेलायतको कुशल नेतृत्व गरेको श्रेय पाएका चर्चिलले शाही परिवार र मन्त्रिपरिषद् सदस्यलाई रात्रिभोजको आयोजना गरेर पदबाट अवकाश लिएका हुन् । |
चैत्र २२, २०८० |
सन् १९७५ मा आजकै दिन : माइक्रोसफ्टको स्थापना |
कान्तिपुर संवाददाता |
आजकै दिन (अप्रिल ४) सन् १९७५ मा माइक्रोसफ्ट कम्पनीको स्थापना भएको थियो । टाइपराइटरको युगमा बालसखाद्वय बिल गेट्स र पाउल एलनले कम्प्युटर सफ्टवेयर बनाउने कम्पनी खोलेका हुन् । सुरुमा अमेरिकाको न्युमेक्सिकोमा रहेको कम्पनी चार वर्षपछि वासिङटन राज्य स्थानान्तरण गरिएको थियो । |
चैत्र २१, २०८० |
मोदीको लक्ष्य चार सय पार, कांग्रेसको भय अर्को हार |
राजेश मिश्र |
विश्वकै सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारत चुनावी महासंग्राममा होमिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि अघिल्लो निर्वाचनभन्दा बढी सिटका साथ चुनाव जित्ने योजना लिएर मैदानमा उत्रिएका छन् । सत्तारूढ भारतीय जनता पार्टी र मोदीलाई एक्लैले टक्कर दिन नसकिने यथार्थ स्विकार्दै विपक्षी दलहरू एकत्रित भएर चुनौती दिने प्रयासमा छन् । गत आइतबार दिल्लीको रामलीला मैदानको मञ्चबाट २८ विपक्षी दलको ‘इन्डिया’ गठबन्धनले आफूहरू एकजुट भएको सन्देश दिँदै सर्वसाधारणलाई भाजपाविरुद्ध मतदान गर्न आह्वान गरेको छ । |
आजकै दिन सन् १९४८ मा आजकै दिन : मार्सल प्लान लागू |
कान्तिपुर संवाददाता |
आजकै दिन (अप्रिल ३) सन् १९४८ मा अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानले दोस्रो विश्वयुद्धमा ध्वस्त भएको युरोपको पुनर्निर्माणका लागि बृहत् योजना ‘मार्सल प्लान’ मा हस्ताक्षर गरेका थिए । |
ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी |
कान्तिपुर संवाददाता |
ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ । |
चैत्र २०, २०८० |
लोकसभा चुनाव : दक्षिण भारतमा किन जोड दिँदैछन् मोदी ? |
राजेश मिश्र |
प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावका लागि भारतको दक्षिणी राज्यका मतादाता रिझाउन अधिकतम प्रयत्न गरिरहेका छन् । उत्तर र पश्चिमको तुलनामा सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) दक्षिणमा कमजोर छ । ५ सय ४३ सदस्यीय भारतीय लोकसभाको चुनाव १९ अप्रिलबाट प्रारम्भ भएर चरणबद्ध रूपमा १ जुनसम्म हुँदैछ । |
दिल्लीकी मन्त्री आतिशीले भनिन् : भाजपाले पार्टीमा सामेल नभए पक्राउ गर्ने धम्की दियो |
कान्तिपुर संवाददाता |
दिल्ली सरकारकी मन्त्री आतिशीले केन्द्रमा सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) ले आफ्नो पार्टीमा सामेल नभए पक्राउको धम्की दिएको बताएकी छिन् । मंगलबार दिल्लीमा पत्रकार सम्मेलन गर्दै अरविन्द केजरीवाल सरकारकी महत्त्वपूर्ण सदस्य रहेकी शिक्षामन्त्री आतिशीले पार्टीमा नआए १ महिनाभित्र गिरफ्तार गर्ने भाजपाले धम्की दिएको बताएकी हुन् । |
दूतावासमा इजरायली आक्रमणको बदला लिन्छौँ : सिरियाका लागि इरानी राजदूत |
कान्तिपुर संवाददाता |
सिरियाका लागि इरानी राजदूत होसेन अकबरीले सोमबार सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणको इरानले समान शक्तिका साथ जवाफ दिने चेतावनी दिएका छन् । |
चिनियाँ राष्ट्रपति र इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपतिबीच वार्ता |
कान्तिपुर संवाददाता |
चिनियाँ राष्ट्रपति सी चिनफिङ र इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति प्राबोवो सुब्यान्टोबीच भेटवार्ता भएको छ । सोमबार दुई देशका प्रमुखबीच शिष्टाचार भेटवार्ता भएको हो । मार्च ३१ देखि अप्रिल २ सम्म चीन भ्रमणमा रहेका इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति प्राबोवो सुब्यान्टोबीच विभिन्न विषयमा छलफल भएको छ । |
सन् १९८२ मा आजकै दिन : अर्जेन्टिनाद्वारा फोकल्यान्ड टापुमा आक्रमण |
कान्तिपुर संवाददाता |
सन् १९८२ मा आजकै दिन (अप्रिल २) मा अर्जेन्टिनाले बेलायती उपनिवेशमा रहेका फोकल्यान्ड टापुमाथि आक्रमण गरेको थियो । त्यही कारण अर्जेन्टिना र बेलायतबीच युद्धसमेत भयो । ७४ दिनसम्म चलेको उक्त युद्धमा अर्जेन्टिना पराजित भएको थियो । १९८२ जुन १४ मा अर्जेन्टिनाले हार स्वीकार गरेपछि युद्ध अन्त्य भएको थियो । |
चैत्र १९, २०८० |
केजरीवाल थप १५ दिन न्यायिक हिरासतमा, आयकर मामिलामा कांग्रेसलाई राहत |
कान्तिपुर संवाददाता |
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल थप १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएका छन् । प्रवर्तन निर्देशनालय(ईडी)को हिरासतमा दोस्रोपटक थपिएको म्याद सोमबार सकिएसँगै अदालतले उनलाई जेल चलान गरेको छ । न्यायिक हिरासतमै राखेर केजरीवालमाथि अनुसन्धान गरिनेछ । |
प्यालेस्टाइनमा बन्यो नयाँ सरकार |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा रहेको प्यालेस्टाइनी नयाँ सरकारले आइतबार वेस्ट ब्यांकको रमल्लाहमा शपथ ग्रहण गरेको छ । |
चैत्र १८, २०८० |
भारतमा विपक्षी गठबन्धनले भन्यो- 'लोकतन्त्र संकटमा' |
राजेश मिश्र |
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र अन्य विपक्षी नेताहरुको गिरफ्तारीको बिरोधमा विपक्षी इन्डिया गठबन्धनले दिल्लीमा विरोध प्रदर्शन गरेको छ । ‘लोकतन्त्र बचाऊ’ को नारा दिएर दिल्लीको रामलिला मैदानमा गरिएको सभामा विपक्षी नेताहरुले भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीले देशको लोकतन्त्र संकटमा पारेको आरोप लगाएका छन् । |
चैत्र १७, २०८० |
सन् १९८१ मा आजकै दिन : अमेरिकी राष्ट्रपतिमाथि गोली प्रहार |
कान्तिपुर संवाददाता |
सन् १९८१ मा आजकै दिन (मार्च ३०) मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनमाथि गोली प्रहार भएको थियो । वासिङ्टनस्थित हिल्टन होटलको कार्यक्रमबाट फर्कंदै गर्दा रेगनमाथि जोन हिंकली जुनियरले गोली प्रहार गरेका थिए । गोली प्रहारका कारण राष्ट्रपति रेगन घाइते भएका थिए । |
चैत्र १५, २०८० |
केजरीवाललाई थप चार दिन हिरासतमा राख्न आदेश |
कान्तिपुर संवाददाता |
मदिरा नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी)को नियन्त्रणमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप समय माग गर्दै एवेन्यू कोर्टमा पेस गरेको थियो । ईडीले थप सात दिनको समय मागेकोमा अदालतले चार दिन मात्रै समय थपेको हो । सोमबार अपराह्न १२ बजेभित्र अदालतमा पेस गर्न आदेशमा भनिएको छ । |
बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला |
कान्तिपुर संवाददाता |
अमेरिकी सहर बाल्टिमोरको पुल भत्किँदा बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । उनीहरू पुल भत्किएको बेलामा पिकअप ट्रकमा रहेका थिए । |
नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन |
कान्तिपुर संवाददाता |
नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनी ९० वर्षका थिए । |
सन् १९४१ मा आजकै दिन : साहित्यकार वुल्फको निधन |
कान्तिपुर संवाददाता |
सन् १९४१ मा आजकै दिन (मार्च २८) मा बेलायती साहित्यकार भर्जिनिया वुल्फको निधन भएको थियो । २० औं शताब्दीको आधुनिक साहित्यकारका रूपमा परिचित वुल्फले ५९ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । |
चैत्र १४, २०८० |
पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए |
कान्तिपुर संवाददाता |
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण मंगलबार दिउँसो १ बजे भएको थियो । |
थाई संसद्मा समलिंगी विवाहसम्बन्धी विधेयक पारित |
कान्तिपुर संवाददाता |
थाइल्यान्डको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । योसँगै थाइल्यान्ड छिट्टै समलिंगी विवाहलाई मान्यता दिने देश बन्ने भएको छ । |
क्यान्सरसँग जुधिरहेकी राजकुमारी केट |
बुद्धिसागर मरासिनी |
सुन्नेबित्तिकै आङै सिरिंग हुने रोग हो, क्यान्सर । सामान्य बुझाइमा क्यान्सर लाग्नु भनेको ‘समस्याको पहाड’ हो । तर क्यान्सरको संक्रमण हुनु भनेको जीवनको अन्त्य नै हुनु भने होइन । यसको उपचार सम्भव छ र हुन्छ । तर त्यसका लागि समयमै पहिचान हुन भने अत्यावश्यक छ । |
सन् १९६८ मा आजकै दिन : पहिलो अन्तरिक्ष यात्रीको मृत्यु |
कान्तिपुर संवाददाता |
सन् १९६८ मा आजकै दिन (मार्च २७) मा युरी गागरिनको मृत्यु भएको थियो । उनी विश्वकै पहिलो अन्तरिक्ष यात्री हुन् । १९३४ मार्च ९ मा रुस (तत्कालीन सोभियत संघ) को गजहत्स्कमा जन्मिएका गागरिनले १९५१ मा विद्यालय शिक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि उनले अध्ययनका लागि साराटोभ कलेज भर्ना भएका गागरिनले सँगसँगै उडानसम्बन्धी प्रशिक्षण गरेका थिए । |
चैत्र १३, २०८० |
केजरीवालको 'जेलयात्रा' : 'इन्डिया' गठबन्धन संकटमा छ ? |
राजेश मिश्र |
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि भ्रष्टाचारको आरोप र उनको गिरफ्तारीले आम आदमी पार्टी(आप) संकटमा परेको छ । परम्परागत र पुराना राजनीतिक पार्टीहरूलाई चुनौती दिन केजरीवालले साधारण मानिसलाई छुने गरी पार्टीको नाम नै ‘आम आदमी’ र चुनाव चिह्न ‘झाडू’ रोजेका थिए । |
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो |
कान्तिपुर संवाददाता |
कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो 'फ्रान्सिस स्कट की' पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । |
सन् २००० मा आजकै दिन : रुसी राष्ट्रपतिमा पुटिन विजयी |
कान्तिपुर संवाददाता |
सन् २००० मा आजकै दिन (मार्च २६) मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा पहिलो पटक विजयी भएका थिए । उनी ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । |
चैत्र १२, २०८० |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.