text stringlengths 2 914 |
|---|
बर्लिन पर्खाल ढलेको केही साता बितिसकेको थियो । पूर्वी जर्मनीको साम्यवाद आफ्नै खुट्टामा ढल्दै थियो । जनताको शक्तिलाई कसैले छेक्न सक्ने अवस्था थिएन । १९८९ डिसेम्बर ५ को कुरा हो, ड्रेस्डेन सहरस्थित स्टासी (पूर्वी जर्मनीको गुप्तचर प्रहरी) मुख्यालयमा प्रदर्शनकारीले आक्रमण गरेसँगै प्रहरी आफैं असहाय देखिएको थियो । |
फाल्गुन २९, २०८० |
चीनको 'सीपीपीसीसी'मा छायो नेपाल |
लक्ष्मी लम्साल |
चीनमा वार्षिक रुपमा हुने एउटा बृहत् राजनीतिक घटनामा नेपालको नाम र सहकार्यको आवश्यकताले स्थान पाएको छ । चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) चौधौं राष्ट्रिय समिति (मार्च ४-१०) वार्षिक अधिवेशनमा नेपालको नाम हवाई सिल्क रुट, पर्यटन र सीमा व्यापारका नाममा चर्चामा आयो भने विकासका लागि नेपालसँगको साझेदारीको महत्त्व इंगित गर्न अघि सारिएको हो। |
फाल्गुन २७, २०८० |
पाकिस्तानको राष्ट्रपतिमा जर्दारी विजयी |
कान्तिपुर संवाददाता |
पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जर्दारी विजयी भएका छन् । जर्दारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको पाकिस्तानी निर्वाचन आयोगले जनाएको छ । जर्दारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे । |
फाल्गुन २५, २०८० |
सन् २०१० मा आजकै दिन : महिला निर्देशकलाई पहिलो पटक अस्कर |
कान्तिपुर संवाददाता |
सन् २०१० मा आजकै दिन (मार्च ८) मा हलिउड निर्देशक क्याथरिन विगलोले अस्कर अवार्ड जितेकी थिइन् । उनी फिल्म निर्देशनतर्फ अस्कर जित्ने पहिलो महिला हुन् । विगलोले ‘द हर्ट लकर’ फिल्मका लागि २०१० को अस्कर अवार्ड हात पारेकी हुन् । |
भरतपुर महानगरपालिका प्रमुख दाहाललाई लन्डनमा अन्तर्राष्ट्रिय अवार्ड |
कान्तिपुर संवाददाता |
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लन्डनमा एक अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन् । दाहालले हाउस् अफ कमन्सको टेरेस पेभिलियनमा बिहीबार आयोजित समारोहबीच इपिजी नामक संस्थाले प्रदान गरेको 'पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड्स २०२४' अन्तर्गत 'इन्टरनेसनल मेयर अवार्ड' प्राप्त गरेकी हुन् । |
फाल्गुन २३, २०८० |
अरब लिग प्रमुख र सिरियाली विदेशमन्त्रीबीच भेट |
कान्तिपुर संवाददाता |
अरब लिगका महासचिव अहमद अबोल–घितले मंगलबार सिरियाली विदेशमन्त्री फैसल मेकदादसँग भेटवार्ता गरेका छन् । क्षेत्रीय अवस्थाबारे छलफल गर्नका लागि बुधबारको अरब लिग काउन्सिलको मन्त्रीस्तरीय बैठकअघि दुई जनाबीच भेट भएको हो । |
गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३० हजार ६ सय नाघ्यो |
कान्तिपुर संवाददाता |
इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टिनीको मृत्यु हुने संख्या ३० हजार ६३१ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ जनाएको छ । |
फाल्गुन २२, २०८० |
फेसबुक, मेसेन्जर र इन्टाग्राम 'डाउन' |
कान्तिपुर संवाददाता |
फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वभर समस्या आएको छ । मेटाका प्लेटफर्महरू डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले फेसबुक, मेसेन्जर र इन्टाग्राम लगइन भइरहेको छैन । |
दक्षिण कोरियाले आन्दोलनरत चिकित्सकमाथि कानुनी कारबाही सुरु गर्ने |
रोयटर्स |
दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीका अनुसार सोमबारदेखि त्यहाँका अधिकारीहरूले सरकारले दिएको अल्टिमेटमलाई बेवास्ता गर्ने प्रशिक्षार्थी चिकित्सकविरुद्ध कानुनी कारबाही अगाडि बढाउनका लागि अस्पतालहरूको निरीक्षण सुरु गरेका छन् । |
बेइजिङमा चिनियाँ जनकांग्रेसको बैठक सुरू, सीपीपीसीसी जारी |
लक्ष्मी लम्साल |
चौधौँ चिनियाँ राष्ट्रिय जनकांग्रेस (एनपीसी) को दोस्रो अधिवेशन आजदेखि ग्रेट हल अफ द पिपुल्समा सुरू भएको छ। बेइजिङ समयअनुसार बिहान ९ बजेदेखि सुरू भएको अधिवेशनमा चीनका प्रधानमन्त्री ली छ्याङले प्रस्तुत गरेको सरकारी कार्यप्रतिवेदनमाथि छलफल चल्नेछ। |
सन् २०१३ मा आजकै दिन : चाभेजको मृत्यु |
कान्तिपुर संवाददाता |
सन् २०१३ मा आजकै दिन(मार्च ५) मा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको मृत्यु भएको थियो । चाभजेको क्यान्सरका कारण ५८ वर्षको उमेरमा निधन भएको थियो । १९५४ को जुलाई २८ मा जन्मिएका चाभेज १९९९ देखि २०१३ सम्म भेनेजुएलाका राष्ट्रपति थिए । |
मेडिकल कलेजलाई एक अर्ब डलर दान |
एजेन्सी |
अमेरिकाको न्युयोर्ककी ९३ वर्षीया एकल महिलाले एक मेडिकल कलेजलाई एक अर्ब अमेरिकी डलर बराबरको दान दिएकी छन् । न्युयोर्कको ब्रोन्क्स मेडिकल स्कुल, अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनलाई डा. रुथ गोटेसम्यानले त्यहाँ अध्ययनरत सबै विद्यार्थीको पढाइ खर्च तिर्नका लागि सर्तसहित करिब एक अर्ब अमेरिकी डलर (एक खर्ब ३२ अर्ब ६४ करोड नेपाली रुपैयाँ) दिएकी हुन् । |
फाल्गुन २१, २०८० |
सन् १९८० मा आजकै दिन : जिम्बाब्वेमा अश्वेत प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
सन् १९८० मा आजकै दिन (मार्च ४) मा रोबर्ट मुगावे जिम्बाब्वेका प्रधानमन्त्री बनेका थिए । उनी जिम्बावेका पहिलो अश्वेत प्रधानमन्त्री हुन् । १९२४ फेब्रुअरी २१ मा कुटुमामा जन्मिएका मुगावे १९७५ मा जिम्बाब्वे अफ्रिकन नेसनल युनियनका अध्यक्ष बनेका थिए । |
फाल्गुन २०, २०८० |
मुम्बईमा सार्कको ओचित्यबारे छलफल |
कान्तिपुर संवाददाता |
दक्षिण एशियाली क्षेत्रिय संगठन(सार्क) को भविष्य अनिश्चित बनेका बेला त्यसको औचित्य र आवश्यकता माथि मुम्बईमा छलफलको आयोजना गरिएको छ ।मुम्बई विश्वविधालयको सिभिक तथा राजनीति विभाग र सोमाइया विद्या विहारले सार्कको औचित्य र उपदेयताबारे बहस गराएको हो। |
फाल्गुन १९, २०८० |
सन् १९६८ मा आजकै दिन : छैटौं जेम्स बोन्डको जन्म |
कान्तिपुर संवाददाता |
सन् १९६८ मा आजकै दिन (मार्च २) मा अभिनेता डानियल क्रेगको जन्म भएको थियो । उनी जेम्स बोन्ड सिरिजका छैटौं अभिनेता हुन् । उनी जेम्स बोन्ड सिरिजका फिल्ममा अभियन गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका हुन् । |
फाल्गुन १७, २०८० |
दक्षिण कोरियामा चिकित्सकहरूको आन्दोलन, स्वास्थ्य सेवा अवरोध |
एजेन्सी |
दक्षिण कोरियाको सरकारले बिहीबारदेखि काममा नफर्के हडतालमा रहेका हजारौं जुनियर डाक्टरहरूलाई कानुनी कारबाही गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने धम्की दिएको छ । देशका करिब तीन चौथाई डाक्टरहरूले गत हप्तामा आफ्नो जागिर छोडेका छन् । जसका कारण प्रमुख शिक्षण अस्पतालहरूमा शल्यक्रियामा समेत अवरोध र ढिलाइ निम्त्याएको छ । |
गाजामा अक्टुबर ७ यता मारिनेको संख्या ३० हजार नाघ्यो |
एजेन्सी |
गाजामा अक्टुबर ७ यताको इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । यो गाजाको कुल जनसंख्याको १.३ प्रतिशत हो । मृत्यु हुनेहरूमा अधिकांश महिला तथा बालबालिका रहेका हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएसँगै मारिनेको संख्या ३० हजार ३५ पुगेको हो । |
दक्षिण कोरियामा मुद्रास्फीतिका कारण तलब तथा ज्यालामा दोस्रो पटक समायोजन |
रासस |
मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलव तथा ज्याला लगातार दोस्रो वर्ष घटेको श्रम मन्त्रालयको तथ्यांकले बिहीबार देखाएको छ । |
परोपकार : ९३ वर्षीया महिलाले मेडिकल कलेजलाई दिइन् एक बिलियन डलर |
एजेन्सी |
न्यूयोर्ककी ९३ वर्षीया एकल महिलाले न्यूयोर्ककै सबैभन्दा गरिब स्थानका रुपमा परिचित ब्रोन्क्समा रहेको ब्रोन्क्स मेडिकल स्कूल, अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनलाई १ बिलियन अमेरिकी डलर उपहार स्वरूप दिएकी छन् । वाल स्ट्रिट फाइनान्सरकी पत्नी डा. रुथ गोटेसम्यानले त्यहाँ पढ्ने सबै विद्यार्थीहरुको पढाइ खर्च तिर्नका लागि प्रयोग गर्ने सर्तसहित करिब १ खर्ब ३२ अर्ब ६४ करोड नेपाली रुपैयाँ बराबरको रकम मेडिकल कलेजलाई उपहार दिएकी हुन् । |
सन् १९४० मा आजकै दिन : अश्वेत अभिनेत्रीलाई पहिलो पटक अस्कर |
कान्तिपुर संवाददाता |
सन् १९४० मा आजकै दिन (फेब्रुअरी २९) मा अश्वेत अभिनेत्रीले पहिलो पटक अक्सर अवार्ड जितेकी थिइन् । ‘गन विथ द विन्ड’ मा गरेको अभिनयका लागि हाटी म्याकडानियललाई उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड प्रदान गरिएको थियो । |
फाल्गुन १६, २०८० |
सन् १९९१ मा आजकै दिन : खाडी युद्धमा इराक पराजित |
कान्तिपुर संवाददाता |
सन् १९९१ मा आजकै दिन (फेब्रुअरी २८) मा पहिलो खाडी युद्धमा इराक पराजित भएको थियो । इराकी राष्ट्रपति सद्दाम हुसेनको आदेशसँगै इराकी सेनाले १९९० को अगस्ट २ मा कुवेतमा आक्रमण गरेका थिए । त्यसको दुई दिनमा इराकले कुवेतमाथि नियन्त्रण कायम गरेको थियो । |
फाल्गुन १५, २०८० |
चीनमा दुई अधिवेशनका लागि तयारी तीव्र, मिडिया सेन्टर सञ्चालनमा |
लक्ष्मी लम्साल |
विश्व ध्यानाकर्षक मानिने चीनका दुई ठूला अधिवेशनका लागि मिडिया सेन्टरमा सञ्चालनमा ल्याइएको छ। आगामी मार्च पहिलो साताबाट चीनका दुई ठूला अधिवेशन अर्थात् चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस (एनपीसी) र चीनको जनराजनैतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) आयोजना हुँदैछन्। बेइजिङस्थित मिडिया सेन्टरमा राखिएको दुई अधिवेशनको प्रेस केन्द्र मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो। |
मरियम शरीफ बनिन् पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री |
कान्तिपुर संवाददाता |
पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएकी छिन् । |
टर्किएमा खानी भत्कियोः कामदारको उद्धार जारी |
कान्तिपुर संवाददाता |
टर्किएको पूर्वी प्रान्त एलाजिगमा सोमबार क्रोमाइट खानी भत्किँदा केही मानिस बेपत्ता भएका छन् । जसमध्ये ४ जनाको उद्धार गरिएको बताइएको छ । टर्किएको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले बेपत्ताको खोजी कार्य जारी राखेको बताएको छ । |
प्यालेस्टिनी प्रधानमन्त्रीले दिए राजीनामा |
कान्तिपुर संवाददाता |
प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमवार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । उनले फेब्रुअरी २०, २०२४ मा राष्ट्रपति मोहम्मद अब्बासलाई सरकारको राजीनामा बुझाएको बताएका हुन् । |
सन् २०१० मा आजकै दिन : चिलीमा शक्तिशाली भूकम्प |
कान्तिपुर संवाददाता |
सन् २०१० मा आजकै दिन (फेब्रुअरी २७) मा चिलीमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण कम्तीमा पाँच सय २५ जनाको ज्यान गएको थियो । |
फाल्गुन १४, २०८० |
चर्चित गजल गायक पंकज उदासको निधन |
कान्तिपुर संवाददाता |
चर्चित गजल गायक पकंज उदासको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उदासको सोमबार निधन भएको उनकी छोरी नायाब उदासले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । पंकज उदास ७३ वर्षका थिए । |
सन् १९९३ मा आजकै दिन : वर्ल्ड ट्रेड सेन्टर आक्रमण |
कान्तिपुर संवाददाता |
सन् १९९३ मा आजकै दिन (फेब्रुअरी २६) मा अमेरिकाको न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमण गरिएको थियो । ट्रेड सेन्टरको उत्तरी टावर ध्वस्त पार्ने उद्देश्यले भ्यान बम विस्फोट गराइएको थियो । बम विस्फोटका कारण ६ जनाको मृत्यु भएको थियो । हजारौं घाइते भएका थिए । |
फाल्गुन १२, २०८० |
माल्टामा आप्रवासी डुंगा पल्टिँदा ५ जनाको मृत्यु, ८ घाइते |
एजेन्सी |
उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै आठ जना घाइते भएको माल्टाको सशस्त्र बल (एएफएम) ले जनाएको छ । |
फाल्गुन ११, २०८० |
सन् १९५५ मा आजकै दिन : पोलियोविरुद्ध खोप |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.