text
stringlengths
2
914
‘मायी नगर’ को मायानगरी सफर
अस्मिता विष्ट
बैजनी, डार्क, लाइट सेड, कालो र सेतो रङको मनमोहक संयोजन ! बैजनी रङको आकाश, मधुरो–सेतो बादलका टुक्राहरू ! गाढा बैजनी रङकै पल्ला भएको दरबारको झ्याल, जहाँबाट चियाउन सकिन्छ एक फरक संसार– तुवाँलोले छोपिएको मन्दिरको छाना, गजुर र भुइँमाथि सेतो प्वाँख अडिएको रहस्यमयी कलेवर ! कवि/कथाकार रमेश क्षितिजको नयाँ कथा–किताब ‘एउटा मायी नगरमा’ को आवरण चित्र हो यो । त्यो चित्रले मजस्तो पाठकलाई मन्त्रमुग्ध पारिरहन्छ ।
रुडावाको उकाली–ओराली
पूर्ण पी राई
गाउँको पुछारमा रुडावा भन्ने ठाउँ छ । त्यहाँ हाम्रो अलिकति खेत, अलिकति बारी, अलिकति अलैंची बगान, अलिकति जङ्गल थियो । सिरानमा ढुङ्गेधारा । धाराको भित्ता, भुइँ, सिँढी र पचास मिटरजति लामो कुलेसो ढुङ्गाकै थिए । भित्तामा भारी बिसाउनी, बीचमा खुइलिएको शिलालेख । धाराको पानी कुलेसो कटेपछि खोल्सीमा मिसिन्थ्यो ।
माघ २६, २०८१
मान्छेको मंगल यात्रा, के सम्भव छ?
सजना बराल
बेलायती भौतिकशास्त्री एवं संगीतकार प्राध्यापक ब्रायन कक्सले जो रोगनसँगको पडकास्टमा ब्रह्माण्डसम्बन्धी केही घतलाग्दा कुरा भनेका छन् । उनले झन्डै ९४ अर्ब प्रकाश वर्ष लामो आकारको मानिने ब्रह्माण्डका दुइटा कुरा तर्साउने खालका भएको बताएका छन् । ‘एउटा यत्रो ठूलो ब्रह्माण्डमा पृथ्वीमा मात्रै जीवन सम्भव छ भन्ने कुरा र अर्को यत्रो ठूलो ब्रह्माण्डमा पृथ्वीबाहेक अन्त पनि जीवन सम्भव छ भन्ने कुरा,’ कक्सले भनेका छन् ।
नोस्टाल्जिया कोलकाता ट्राम
शैलीका छेत्री
कोलकाताको चिसो बिहानीको एक दिन थियो त्यो । सहरलाई न्यानो चमकमा अँगाल्ने घाम पनि बिस्तारै पर क्षितिजतिर सुस्तीले उदाइरहेको थियो । र, म पनि भर्खरै दार्जिलिङ मेलबाट हाउडा जंकसन स्टेसनमा ओर्लिएको थिएँ । कोलकाता, मलाई दार्जिलिङझैं प्रिय लाग्ने अर्को सहर हो । यहाँ मैले विद्यार्थी जीवनका कतिपय महत्त्वपूर्ण वर्षहरू बिताएको थिएँ । तसर्थ, आज विद्यार्थी जीवनको त्यो सहरमा यत्तिका वर्षपछि पाइला टेक्न पाउँदा, मलाई कुन्नि किन कोलकाताको त्यो परिचित न्यानोपनले स्तब्धता दिइरहेको थियो ।
जंगल, खेत र पोखरी नै थिएटर
सोमनाथ खनाल
नेपाली नाटक मञ्चनमा आधुनिकताको प्रभाव बढेसँगै काठमाडौंमा एकपछि अर्को नाटकघरहरू खुले र सञ्चालन हुन थाले । व्यावसायिक नाट्यकर्मप्रति युवाहरूको चासोलाई भने काठमाडौंले छेक्न सकेन । देशका फरक स्थानमा नाटकमार्फत कलात्मक काम गरिरहेका समूहहरू आफ्नो स्रोत, साधन र क्षमताले भ्याउने किसिमका ‘स्पेस’ बनाएर नाटक देखाउन कस्सिए ।
सरल कविका जब्बर कविता
रेशम विरही
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, कवि विमल निभाको ‘सत्र भोका काग’ कवितासङ्ग्रह नेपाली साहित्यको बजारमा आएको छ । उनले गम्भीर र लाक्षणिक रूपमा ‘कवि कुनाका कमरेड कविहरूलाई मेरो कविताको पाँचौं किताब’ भनी समर्पण गर्दै स्पष्टसँग प्रगतिवादी–प्रगतिशील धारको कविता भएको सन्देश दिएका छन् ।
नयाँ जमानाको टिनएजर्स आख्यान
सम्झना वाग्ले भट्टराई
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति देव्यैः स्तवै र्वेदैः सा·पदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।
आईओएमको त्यो झोला
जेएन दाहाल
प्लास्टिकको एउटा सानो हाते झोला बोकी मैले समुद्रपारिको यात्रा गरेको तेह्र वर्ष पूरा भइसकेको छ । त्यसो त तेह्र वर्षको अवधिमा तेह्र सयौं अनुभव आफैंले पनि अमेरिकी भूमिमा बटुलिसकेको छु । ती अनुभूति रोचक, आकर्षक, नौला र अचम्भित छन्, सम्झँदा अनुहारमा मुस्कान छाउँछ ।
माघ १९, २०८१
कहाँ जान्छन् यी चरा ?
फणीन्द्र संगम
माघको पारिलो दिन टौदहमा छु । यो पोखरीमा यतिबेला रैथाने हाँस मात्रै छैनन् । हिउँदे आगन्तुक चरा पनि आइपुगेका छन्, लामो यात्रा गरेर, अनेक ‘ट्रान्जिट’ लिएर, ठूलो चुनौती खेपेर । बिजुलागैरो हाँसको बथान पोखरीमा स्वच्छन्द पौडिरहेको छ ।
साइलेन्ट जेनेरेसनदेखि जेनजीसम्म
शिक्षा रिसाल
अस्ट्रेलिया बस्ने मेरो मिल्ने साथीसँग महिनौंदेखि गफ हुन पाएको थिएन । विदेशमा ऊ आफ्नै जीवनमा व्यस्त, स्वदेशमा म आफ्नै तानाबानामा । तर, केही दिनअघि फोनमा कुरा हुँदा उसले सरसर्ती आफ्नो दिनचर्या सुनाई ।
राजनीतिमा उदास जेनजी
सुजाता मुखिया
यसपालिको अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान गर्न योग्य व्यक्तिको संख्यामा सर्वाधिक हिस्सा थियो– सन् १९९७ देखि २०१२ सम्म जन्मिएकाहरूको । जेनेरेसन जेड अर्थात् जेनजी भनिने यो पुस्ता के उत्साहसाथ मतदानमा सहभागी होलान् ?
पुरुष थिएँ, महिला भएँ
सीमरन शेरचन
कहिलेकाहीं सोच्दा–सोच्दै जिन्दगीमा विरक्त लागेर आउँछ । विगततिर फर्किहेर्छु, बालापन सुखमय थियो । ती दिन काटेर किशोरावस्थामा प्रवेश गर्दैगर्दा र ‘म’ भएर अहिले बाँच्न खोज्दा त्यो बीचबाटोको यात्रा साह्रै कठोर र कहालीलाग्दो लाग्छ ।
मधेश भेटिएको सूचना
रीना मोक्तान
नेपाली फिल्म हेर्‍यो पहाडेकै कथा, पात्र पनि पहाडे मात्रै ! आफू पनि पहाडकै । त्यसमा अर्को पहाडकै कथा किन थप्नु ? २२ वर्षपछि फिल्म बनाउँदा केही नयाँ कथा खोजौं भन्ने क्रममा जन्मियो– केटी हराएको सूचना,’ निर्देशक दीपेन्द्र गौचनले एक बिहान भने ।
छालबाटोले देखाएको हाम्रो अनुहार
मोहन मैनाली
रसुवाबाट केरुङ जाने बाटोमा नेपाल सरकारले अध्यागमन कार्यालय खोल्यो । त्यसको सेवा लिन आउने चिनियाँहरू त्यहाँको ट्वाइलेट गए । आफ्नो अफिसमा काम परेर आउने मानिस ट्वाइलेट जाँदा फोहोर भयो भनेर कर्मचारीलाई रिस उठ्यो । उनीहरूले ट्वाइलेटमा ताला लगाए ।
रूसी गीतमा रानी रत्न
मिलनराज तुलाधर
रूसका लागि नेपाली राजदूत भएर २ वर्ष, १ महिना काम गरेपछि गत सेप्टेम्बरमा म नेपाल फर्केको छु । परराष्ट्र मामिला र कूटनीतिको क्षेत्रमा अध्ययन–अनुसन्धान गर्दै आएको मेरा लागि देशको प्रतिनिधित्व गर्नु एक अवसर थियो, त्यो बाहेक कूटनीतिक सम्बन्धको प्रत्यक्ष अनुभव र अभ्यास गर्ने मौका पनि ।
कविता : गन्तव्य
अभय श्रेष्ठ
व्यस्त सहरको कुनै जुवाघर होइन म ।
माघ १२, २०८१
बेग्लै थिए बेनेगल
उपेन्द्रराज पाण्डेय
गत १४ डिसेम्बरमा श्याम बेनेगलले ९० औं जन्मदिन मनाएका थिए, सानो समारोहबीच । पीटीआईसँगको कुराकानीमा बेनेगलले भनेका थिए, ‘अहिले दुई–तीन वटा परियोजनामा काम गरिरहेको छु ।’ उमेरले ९ दशक नाघे पनि उनी फिल्म–कर्ममा सक्रिय थिए । गत वर्ष मात्रै उनले शेख मुजिबुर्रहमानको जीवनगाथामा आधारित बायोपिक ‘मुजिब : द मेकिङ अफ नेसन’ बनाएका थिए ।
ज्यूखाई : अँध्यारो जंगलको अत्यासलाग्दो वृत्तान्त
प्रकाश पौडेल
पानी संस्कृति, लोककथा र साहित्यमा यो जंगलबारे प्रशस्तै लेखिएका छन् । तर, सुदूर समयतिर फर्किने हो भने यसको इतिहास बिल्कुल सुन्दर छैन । यो जंगलमाथि लेखिएका लोककथा–किंबदन्ती असाध्यै डरलाग्दा छन् ।
पलाँसको फूल थिएँ, झरें
रवीन्द्र केसी
जीवनको सुदूर उत्तरार्द्धमा छु । उमेरका धमिराले खोक्रो बनाइसकेको छ । हातगोडा राम्रोसँग चल्दैनन् । केवल दिमाग चल्छ । बेलगाम चल्छ । कुरा बुझ्ने भएदेखि नै छोरोले एउटा कठिन प्रश्न गर्दै आएको छ । त्यही सम्झेर मन ढक्क फुल्छ । ऊ सोध्ने गर्छ, ‘मेरो बाबु को हो, आमा ?’ म नाजबाफ हुन्छु । ऊ हेय भावले हेर्छ ।
युरोप घुमाउने संस्मरण
अनिता पन्थी
लेखक बिन्दु सुवेदीको किताब ‘युरोप यात्राका संस्मरण (२०८०) सन् २०१८ मा गरिएको डेढ महिनाको युरोप–यात्राको वर्णन हो । किताबमा सुवेदीले सात युरोपेली देशका प्रमुख सहरको भ्रमण–कथा लेखेकी छन् । प्रमुख गन्तव्य स्थल अस्ट्रियाको राजधानी भियना हुँदै स्विट्जरल्यान्ड, हंगेरी, जर्मनी, इटाली, फ्रान्स, स्लोभाकियासम्म पुगेको यात्रा संस्मरण रमणीय छ ।
त्यसपछि उनले घर छाडिन्
कृष्ण शर्मा
नोभेम्बर अन्त्यतिरको फुस्रो दिन । घाम डुब्नै लागेको थियो । यो समय रूखबिरुवा पनि पात झरेर उराठलाग्दो देखिन्छन् । चिसोले सिरेटोको गति बढाएकै थियो । म घर फर्किन बिसौनीमा बस कुरिरहेको थिएँ । मौसमको ख्याल नगर्दा पातलो ज्याकेटले धान्न नसकेर शरीर चिसोले लगलग काँपेजस्तै थियो ।
सपना छरिएका सडकहरू
किशोर नेपाल
सपना देख्न कि त मानिसको दिमाग साह्रै बोझिलो हुनुपर्छ कि साह्रै हलुका । मानिसहरू सपना देखिरहेकै हुन्छन्, राति निद्राको तरंगमा पनि, दिउँसो कामको भीडमा पनि । सपना देख्न यस्तै अवस्था चाहिन्छ भन्ने केही छैन । केही पढेलेखेका मानिसहरू राति निद्राको तरंगमा तरंगित भइरहेका हुन्छन् ।
मैले सराद्धे गर्न छाडिदिएँ
श्रीधर खनाल
हिन्दु समाजमा बसेर पनि मैले सराद्धे गर्न छाडिदिएँ भन्न त नहुने थियो । किनभने दाजुभाइले भात–भान्साबाट हटक गर्ने कुरो त छँदै थियो, पुरेतबाजे र तिनका खलकले बाटामा राति ढुकेर ठटाउलान् भन्नेसम्म डर हुन गयो । तैपनि कहिलेकाहीं खतरा बोक्न आनन्द आउने भएकाले यो बयान सुनाउन तम्सेको हुँ ।
माघ ५, २०८१
डिपफेकको भूलभुलैयामा त्रस्त सञ्जाल
सजना बराल
केही समयअघि डिपफेक प्रविधिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर एक अत्यन्तै आपत्तिजनक क्लिप भाइरल गराइएपछि नेकपा एकीकृत समाजवादीकी नेता तथा पूर्वमन्त्री रामकुमारी झाँक्री आक्रोशित बनिन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा सक्रिय रहने उनले फेसबुकमा लेखिन्, ‘मेरो एउटा साथीले भन्यो : यति धेरै साइबर अपराध भइरहेको छ तिमीमाथि, किन चुप लागेको ? कि सोसल मिडियामा आफूलाई प्रस्तुत नगर कि त यस्तालाई कानुनी दायरामा ल्याउने काम गर । लौ तपाईं पनि भन्नु त म के गरूम् ?’
‘प्रशंसा खोज्नेहरूले समालोचना भेटेनन् भने त्यो समालोचकको दोष होइन’
दीपक सापकोटा
निरन्तर अनुसन्धान र साहित्यिक समालोचनामा तल्लीन दुर्गाबहादुर घर्ती लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन् । समालोचनाको मनोविश्लेषणात्मक धाराका स्थापित समालोचक घर्तीले आधा दर्जन समालोचनात्मक पुस्तकबाट आफ्नो अध्ययन–विश्लेषण सारपूर्ण ढंगले पस्किसकेका छन् ।
तपाईंले आफूलाई चिन्नु भएको छ ?
विष्णु सापकोटा
पोहोरको पुस महिनाको कुनै साँझ मैले क्षितिजतिर हेरेका बेला संयोगले घाम अस्ताउनै लागेको रहेछ । तत्कालै नगरेर बितिहाल्ने केही थिएन । म जुन स्थितिमा बसेको थिएँ, त्यसैमा बसेर मेरो तर्फबाट घामलाई पूरै डुब्न दिएँ । टाढा क्षितिजमा डुब्ने क्रमका सूर्य हेर्दाहेर्दै म पनि उससँग डुबेर डाँडामुनि पुगेछु । त्यहाँ पुग्दा अचानक मलाई वर्षौंवर्ष पुरानो एउटा रिट्ठो याद आयो । र, त्यो गोलोगोलो परेको रिट्ठोसँग झनक्क रिस उठ्यो ।
हिउँको तन्नामाथि पेन्गुइनको लस्कर
खेम संग्रौला
पेसा–व्यवसायकै कारण मैले विगत २५ वर्षका दौरान ६०—६५ देश घुम्ने अवसर पाएँ । ती देशको भूगोल–संस्कृति नजिकैबाट नियाल्न पाउनु एक अनुपम सौभाग्य हो । प्रकृति साँच्चै विचित्रको रहेछ, जहाँ करोडौं प्राणी र वनस्पतिको पर्यावरण चक्र छ । यो यात्रा थालनी गर्नुअघि मैले ५ वटा महादेशको यात्रा गरिसकेको थिएँ । र, अब यात्रा गर्न बाँकी दुई महादेश थिए– दक्षिण अमेरिका र अन्टार्कटिका । यसपाला यी दुवै महादेश पुग्ने अवसर मिल्यो ।
गोदावरी : छरिबरी
प्रज्ज्वल चापागाईं
उफ ! लौ न ! कस्तो फसाद परेको ! हत्तेरिका ! कत्रो गाह्रो ! जाबो एउटा सन्दर्भ सम्झन पनि । मजस्तै तपाईंलाई पनि पुरानो कुरा सम्झिँदा गाह्रो पर्छ ? यदि सजिलै सम्झन सक्नुहुन्छ भने पक्का हो म नै महाबोधो रहेछु । माफ पाऊँ है । चेतनाले थाहा पाउने गरी फूल, लता, लतिका र व्यवस्थित बगैंचा कहिले कुन उमेरमा देखें ?
कविता : 'तुवाँलो झन् बाक्लिएको छ'
चुडामणि भट्टराई
पड्किएको बन्दुक हो कि चेतना ! ढलेको आस्था हो कि धरोहर !
चुङ्बाको अन्तिम तस्बिर
मनोज पौडेल
हाम्रा लागि एक सट फोटो, उनका लागि अमूल्य सम्पत्ति । जस्तोसुकै कठिन परिस्थिति, भौगोलिक विकटता र पहाड वा उच्च हिमाली भाग किन नहोस्, ती सबै छिचोल्दै छिचोल्दै वन्यजन्तु र चराका राम्रा राम्रा तस्बिर खिच्न पुग्थे उनी । खर्चपर्चका लागि कसैको भर पर्थेनन् । जे छ त्यही खर्च गर्थे, तर आफ्नै पौरखमा भर पर्थे । हेलिकोप्टर चार्टर्ड गर्नुपर्छ कि भरिया लैजानुपर्छ ? सबै बन्दोबस्ती गरेर हिँड्थे ।
पुस २७, २०८१
भूमध्यरेखामा उभिएर
कुमार पौडेल
भूमध्यरेखामा अडिएर र ‘वालेस लाइन’ को एकापट्टि उभिएर अचम्मलाग्दो वास्तविकतामा गम खाइरहँदा प्रकृति अनि जीवको सम्बन्धबारे अनगिन्ती प्रश्न मभित्र थपिएका छन् ।
डिङ खोलामा कुन्खेन हरायो
कुन्साङ