text
stringlengths
2
914
हुम्ला पुग्दा जे देखेँ
निरज आचार्य
कर्णाली प्रदेशमा पर्ने हुम्ला नेपालको सबैभन्दा दुर्गम जिल्ला हो । क्षेत्रफलको हिसाबले डोल्पापछिको सबैभन्दा ठूलो जिल्ला तर जनघनत्वको हिसाबले सबैभन्दा कम जनघनत्व भएका जिल्लामध्ये दोस्रो श्रेणीमा पर्छ । यस जिल्लाको विकास सूचकांक ०.४३२ छ ।
चैत्र १९, २०७९
छोरी ! अटिजम हुनुमा तिम्रो कुनै दोष छैन
कल्पना घिमिरे बराल
प्यारी छोरी सिल्भिया । २३ वर्षअघि तिमी नजन्मिदै तिम्रो पापाले यो नाम राखीदिनु भएको थियो । तिम्रो पापा वरिष्ठ पन्छीविद डा. हेमसागर बराल प्रकृतीप्रेमी भएकाले छोरीको नाम पनि चराकै नामबाट सिल्भिया भनेर छान्नुभयो । तिम्रो जन्ममा हामी हर्षित थियौं । तिम्रो जन्मपछि सबथोक राम्रो हुँदै गएको थियो ।
चैत्र १२, २०७९
रश्मिदेवीको अपार्टमेन्टमा यहाँलाई स्वागत छ
पवित्रा खड्का
रश्मिदेवीको घरमा यहाँहरूलाई हार्दिक मंगलमय स्वागत छ । उनले प्रेमिल भएर तपाईंलाई स्वागत गर्नेछिन् र आफ्ना जीवनका रोचक कथा सुनाउनेछिन् । रश्मिदेवीको घर विचित्रको ठाउँमा छ । काल्पनिक संसार जस्तो, हो चाहिँ वास्तविक । उनको घरसम्म पुग्ने बाटोमा केही चिह्नहरु छन् । आउनुस् मलाई पछ्याउनुस् ।
फाल्गुन ८, २०७९
महोत्सवहरू ‘मजाक’ मात्रै हुन् ?
राजेन्द्र मानन्धर
म ठान्छु, यही फागुन, १९ गतेदेखि हुने दोलखा महोत्सव फगत ‘मजाक’ मात्र नहोस् ।अघिल्ला महोत्सवहरूमा मजाक बढी भए, उपलब्धि सारै कम । केही अहिले पनि दोहरिने निश्चित छ । महोत्सवलाई रमझम बनाउन केही उपलब्धिहीन मजाकलाई प्राथमिकतामा राख्न अहिले पनि आयोजक बाध्य हुने नै छन् । देशभरका कतिपय महोत्सवहरु मजाकमै सुरु हुन्छन र मजाकमै सम्पन्न हुन्छन् ।
फाल्गुन ६, २०७९
अमलटारीमा गैंडासँग जम्काभेट
शब्द, तस्बिर:अंगद ढकाल
अघिल्लो बुधबार साँझ सहकर्मी सुरज कुँवरले 'वन्यजन्तुको फोटो खिच्न जाने' हो भन्दै फोन गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीबाट जिप सफारी सुरु हुने भएकाले उहाँलाई प्रस्ताव आएको रहेछ ।
माघ १६, २०७९
ब्लग : रवि लामिछानेलाई सुझाव पत्र
बुद्धिसागर मरासिनी
रविजी नमस्कार ! सबैभन्दा पहिले त नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी नयाँ नागरिकता लिनुभएकोमा हार्दिक बधाई ।
माघ १२, २०७९
पेलिएका पेल्मा बस्तीहरू
तुलाराज सुनुवार
कहाँ सजिलो छ र पेल्मा पुग्न । रुकुम (पूर्वी भाग) हिमाली जिल्लाको सदरमुकामदेखि झन्डै दुई दिन पैदल यात्रामा पुगिन्छ पेल्मा गाउँ । करिब हजार वर्ष पुरानो इतिहास बोकेको पेल्मा गाउँको प्राकृतिक स्रोत र साधनको धेरै पुस्ताले उपभोग गरिरहेको छ ।
अञ्जिला बायोपिक : संघर्षदेखि सफलतासम्म
तुलसीप्रसाद गौतम
नेपाली फिल्म ‘अञ्जिला’ अन्य नेपाली फिल्ममध्ये केही विशेष कारण फरक र उल्लेखनीय बन्ने सम्भावना छ । धेरै नेपाली फिल्म कल्पनामा आधारित हुन्छन्, तर ‘अञ्जिला’ नेपालकी राष्ट्रिय महिला फुटबल अञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनमा आधारित छ ।
अञ्जिला बायोपिक : संघर्षदेखि सफलतासम्म
संग्रह
सेयर
मधेशमा ‘राजागंज’ राज
रीना मोक्तान
बुट्टेदार कार्पेट गिरिजा हलको मुख्य ढोकाबाट भित्रको प्रवेशद्वारासम्म बिछ्याइएको छ । हलको प्रांगणमा एउटा ढावा छ, यहाँ बन्दै छ भान्टाको तरुवा, चटपटे । छेवैमा चियाको थर्मस, नजिकै छन् कटिङ चियाका ग्लासहरू । चियाका पारखीलाई गर्मीको के परवाह, पिउँदै छन् चिया मस्त । बिस्तारै गिरिजाको प्रांगणमा भीड जम्मा हुँदै छ । रेड कार्पेट कुल्चँदै प्रांगण आइपुगे जनकपुरका एसपी, अधिकारकर्मी, अभियन्ता, फिल्मकर्मीदेखि स्थानीय पत्रकार ।
मधेशमा ‘राजागंज’ राज
संग्रह
सेयर
छुट्यो मञ्च, छुटेन रंगमञ्च
दयाहाङ राई
जीवनका स्वर्णिम दिनहरू अभिनय र कलाकारितामा बिताएँ । यसो बेलाबखत सोचिबस्छु– कला के हो ? र, निष्कर्ष निकाल्छु– जीवन बाँच्नु नै एउटा कला रहेछ । बाँच्न सिक्ने सिलसिलामै म एक कलाकार बनेछु । म उभिएँ– थिएटरको जगमा, लम्किएँ फिल्मतिर । एक कलाकारका लागि यो स्वाभाविक यात्रा थियो । यात्रामा अगाडि बढ्दा केही न केही पछाडि छुट्ने रहेछ । कत्तिलाई लाग्दो हो, फिल्ममा भुलेर दयाले रंगमञ्च छाड्यो ।
छुट्यो मञ्च, छुटेन रंगमञ्च
संग्रह
सेयर
सत्यभामाको जिउँदो सत्य
राजेन्द्र महर्जन
सार्वजनिक वृत्तमा प्रथम महिला न्यायाधीशका रूपमा परिचित छिन्– सत्यभामा माथेमा । उनको साहित्यिक–सांस्कृतिक व्यक्तित्वसँग भने धेरै नेपाली पाठकको साक्षात्कार भएको छैन । ६–७ दशकसम्म नेपालभाषामा लेखन कर्म गर्दा पनि साहित्यिक–सांस्कृतिक आदान–प्रदानको अभावले उनको सिर्जना त्यत्ति धेरै उजागर भएको देखिँदैन ।
सत्यभामाको जिउँदो सत्य
संग्रह
सेयर
बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ
कृष्ण धरावासी
नाका आँखा आँगनको छेउको तुलसाको मोठमा पर्‍यो । भित्र पसेर गाग्रीमा पानी लिएर बाहिर निस्की र तुलसाको मोठमा पानी खन्याउँदै गनगनाई– ‘भोलिदेखि त्यसै सुकेर मर्छ्यौ होला तिमी पनि ! को आएर चढाउला जल तिमीलाई ! फेरि कहिले जल चढाउन पाउँला नारान तिम्रो बुट्टामा !’ भित्र खोपीमा परेवा मसिनो स्वरले कराएको सुनियो ।
बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ
संग्रह
सेयर
डोनाल्ड ट्रम्पको सार्पी साइनो
गोविन्द पोखरेल
अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा ह्वाइट हाउसमा पदभार ग्रहण गरेलगत्तै डोनाल्ड ट्रम्पले कार्यकारी आदेश गरे– पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिनेदेखि सन् २०२१ को क्यापिटोल दंगाका १२ सय आरोपी/कैदीबन्दीको सजाय माफ गरिदिए ।
डोनाल्ड ट्रम्पको सार्पी साइनो
संग्रह
सेयर
कविता : इतिहासका प्रेतहरु
खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौलाको कविता : इतिहासका प्रेतहरु-------------------------------------------------------
कविता : इतिहासका प्रेतहरु
संग्रह
सेयर
'आफ्नो विज्ञापन गर्नु आफैं होर्डिङ बोर्डमा टाँसिनुजस्तो’
कान्तिपुर संवाददाता
लेखक, समालोचक कृष्ण बरालको नयाँ निबन्धसंग्रह ‘नातिपुस्ताको खेल’ पाठकमाझ आएको छ । यसअघि उनका कथा, उपन्यास र निबन्धलगायतका आधा दर्जन किताब प्रकाशित भइसकेका छन् । उनको ‘समय हराएको बेला’ उपन्यासले २०६५ सालको पद्मश्री साहित्य सम्मान प्राप्त गरेको थियो ।
'आफ्नो विज्ञापन गर्नु आफैं होर्डिङ बोर्डमा टाँसिनुजस्तो’
संग्रह
सेयर
चैत्र २, २०८१
कंक्रिट नगरीमा हरियालीका रमन्ता
दीपक सापकोटा, फणीन्द्र संगम
जंगल–जिन्दगीको लय बेग्लै छ । जंगल कहिले सरस छ, कहिले नीरस । कर्णाली सुर्खेतकी राउटे जिका शाही सोच्छिन्– जंगल थोरै उज्यालो, धेरै अँध्यारो र सुनसान छ ! भन्छिन्, ‘मानन् भेरै छ, बहचर छ ।’ अर्थात् जंगल कठिन पनि छ, रमाइलो पनि !
कंक्रिट नगरीमा हरियालीका रमन्ता
संग्रह
सेयर
बर्लिनाले : कलाको समुद्र !
रीना मोक्तान
दुई बच्चाका खेलौना यत्रतत्र छरिएर भुइँ अस्तव्यस्त देखिन्छ । भान्सा उस्तै छ, बेसिनमा जुठा भाँडा असरल्ल छन्, कपडाले पुरिएको छ– सोफा । दुई छोरा डायनिङ टेबलमा बसेर कचौरा ठटाउँदै छन्, कारण बुबा (बेनिडिट कम्बरब्याच) खानेकुरा तयार गर्न हस्याङफस्याङ गर्दै छन् । कहिले टोस्टरतिर ब्रेड तताउँदै छन्, त कहिले दूधको ग्यालिन खोज्दै छन् । यही हतारोबीच बल्लतल्ल छोराहरूलाई स्कुलका लागि तयार गर्छन् ।
बर्लिनाले : कलाको समुद्र !
संग्रह
सेयर
बोल्डर अर्थात् हुबर ड्याम
छविरमण सिलवाल
ब्रेकफास्टपछि भाइ डिल्ली, पुकार र अर्जुनजी मेलातर्फ लाग्छन् । ब्रेकफास्ट लिँदै हामीलाई गीताले हुबर ड्यामबारे जानकारी दिन्छिन् । मलाई पनि लाग्यो, ‘लस भेगास पुगेपछि हुबर ड्याम त पुग्नै पर्‍यो ।’ गर्मी धेरै हुने हुनाले हामीलार्ई सचेत गराउँदै थिइन् । यात्रामा हिँडेपछि आएको व्यहोर्नै पर्छ, त्यसकारण हामी जुनसुकै परिस्थितिको पनि सामना गर्न तयार थियौं ।
बोल्डर अर्थात् हुबर ड्याम
संग्रह
सेयर
जब रोल्पा कविता लेख्छ
केशव सिलवाल
कवि प्रेमप्रकाशको नयाँ कविता संग्रह– ‘रगतको तर्पण’ माथि लेखिएको संस्मरणबाट थाहा हुन्छ– कविको यो प्रथम किताब होइन । मगर खाम भाषाका उनका कविता र केही गजल संग्रह प्रकाशित भइसकेका छन् । रोल्पाको उवाका कविले सिंगै रातो र तातो रोल्पा बोकेर ल्याएका छन् कवितामा ।
जब रोल्पा कविता लेख्छ
संग्रह
सेयर