text
stringlengths
2
914
पञ्चायतको त्यो पक्राउ पुर्जी
दिनेश अधिकारी
मेरो नयाँ कविता–किताब ‘पानीको परेड’ प्रकाशनमा आएको यो सुखद घडीमा फर्केर आफ्नै कवि जीवनलाई हेर्दा एक किसिमको रमाइलोले मलाई छोपेको छ । संघर्षको बाटो त हिँडियो नै, त्योभन्दा बढ्ता स्नेह र सौहार्दताको उज्यालोले मन भरिएको छ ।
पञ्चायतको त्यो पक्राउ पुर्जी
संग्रह
सेयर
एउटा क्रोधित जुत्ता
मुनाराज शेर्मा
जब म कलिला नानीहरुसँगै हुन्छु प्रार्थनामा एउटा क्रोधले अशान्त जुत्ताको आत्मा उभिएको हुन्छ सँगै
एउटा क्रोधित जुत्ता
संग्रह
सेयर
क्यारिङ
नवीन अभिलाषी
मध्य हिउँद । शीतका फूलहरू वर्षिरहेछन् । हुस्सुको रजाइँ ओढेर नेपालगन्ज सुस्ताएको छ । बाक्लो कुहिरोले टालिएको आकाशलाई छिचोलेर सूर्यका किरणहरू धर्ती टेक्न असमर्थ छन् । मध्याह्न भइसकेको छ, तर अर्धअन्धकारले छोपिएका छन् साँघुरा गल्लीहरू ।
क्यारिङ
संग्रह
सेयर
फाल्गुन २४, २०८१
पाठ्यक्रमबाट ‘आउट’ पारिजात
बिन्दु शर्मा
त्रिवि, एमए नेपालीको नयाँ पाठ्यक्रममा ५७ स्रष्टाका ६२ पाठमध्ये २ मात्रै महिला समावेश गरिनुले महिला समावेशीकरणको उपहास गरेको छ
म धनी हुन चाहन्थें
सविता गौतम दाहाल
सानो छँदा घरबाट स्कुल जाँदा वा आउँदा खुब कलम हराउँथें । उतिबेला ‘हिरो’ नामको चाइनिज कलममा नीलो मसी हालेर चलाइन्थ्यो । प्रायः बाटोमा कि कहिले स्कुलमा, कलम हराएपछि एकदम दुःख लाग्थ्यो । असावधानीप्रति निकै खेद हुन्थ्यो, नमिठो लाग्थ्यो ।
मैले माया गर्नै जानिनँ
प्रगति राई
अरूलाई के लाग्छ कुन्नि ? मलाईचाहिँ माया भनेको कसैलाई कुनै दुःखकष्ट नदिईकन बाँच्न सक्ने बनाइरहनु हो भन्ने लाग्थ्यो । तर, मनमा उब्जेको मायालाई कसरी खटाएर दिए मात्रै त्यसको मूल्य रहन्छ ? त्यो मैले ४० कटेसी थाहा पाएँ, जसले गर्दा मायामा धेरैचोटि दुर्घटनामा परें ।
परदेशका आँसु शृंखला
सञ्जु साम्पाङ
अचानक आयो आवाज– पाँच रुप्पे छ भने लेउन हौ बैनी, निधि खाम् ! एकनासले गुडुप् गुडुप् बजिरहेको पाइलाको गतिलाई तुरुन्तै रोकेर आवाज आएतिर आँखा सोझ्याएँ । ठाडो बाटोको पश्चिमपट्टिको सानो चित्रे घरको सिकुवामा अधबैंसे महिला उभिइरहेकी थिइन् । उनको तिख्खर स्वरले झसंग भएको थिएँ म ।
प्रिय स्त्री ! आफैंलाई निर्माण गर
शैलीका छेत्री
आचार्य प्रशान्त भन्दै थिए, ‘अबला जीवन ! हाय तिम्रो यही कहानी– आँचलमा दूध अनि आँखामा पानी ।’
भूमिहीन महिलाका पक्षमा
सुष्मा न्यौपाने
नन्दकला कामीको सिङ्गो जीवन–यात्रा पढे थाहा हुन्छ– त्यो कुनै तारेभीरको यात्राभन्दा कम कष्टदायी छैन र मान्छे नै संसारकै सबैभन्दा शक्तिशाली प्राणी हो, जसले सहन नसक्ने चिजै केही छैन । ‘जिन्दगीभरि मिहिनेत र परिश्रम गरिरहें, तर सुख थाहा पाइनँ ।
मीना बाँचेको बेग्लै समय
उपासना घिमिरे
अर्थशास्त्री मीना आचार्य हुर्किएको समय बेग्लै थियो । त्यो ब्ल्याक एन्ड ह्वाइट समयतिर बेलाबेला चियाउँछिन् मीना र देख्छिन्– पिता टंकप्रसाद आचार्य, जो राणा शासनको अन्त्य खातिर जेल परेका थिए । उनी थिए– कुख्यात गोलघरको पिँजडामा ।
फाल्गुन १७, २०८१
दिल्लीका गल्लीमा छुटेका छाया
दीपक सापकोटा
राष्ट्रिय नाट्य विद्यालय (नेसनल स्कुल अफ ड्रामा अर्थात् एनएसडी– सन् १९५९), नयाँदिल्लीमा घाम डुब्दै गरेका सुनौला साँझहरू, झमझम वर्षाका धुम्म र शिशिरका चिसा दिनहरूको सम्झना अझै आलै छ त्यहाँका पास–आउट, सुनील पोखरेल र अनुप बरालसँग । यी दुवै एनएसडीका ‘पास–आउट’ विद्यार्थी हुन्, जो फ्रेबुअरीको पारिलो दिन यही विद्यालयको अभिमञ्चमा बसेर अनमोल अतीत सम्झनामा मग्न–मग्न छन् ।
कहाँ छन् नेपालका अनुपस्थित किशोरहरू ?
अलका आत्रेय चुडाल
७ पुस, २०८१ मुन्नार, केरला, दक्षिण भारत चियाबारी, पहाडी दृश्यका लागि प्रसिद्ध मुन्नारको मनोरम दृश्य देखिने स्थानमा रहेको एउटा होटलमा हामी सबै बिहानको खाजा खान बसेका थियौं । छेउमा अतिथिको रुचिअनुसारको अन्डाका परिकार बनाएर दिने सानो स्टल पनि थियो । हामीले नेपाली बोलेको सुनेर त्यहाँ पकाइरहेका कुक मुसुमुसु हाँस्दै थिए ।
आमाका सपना, छोराका सम्झना
विष्णु रिजाल
कोहीलाई भावुक बनाउँछ ‘आमा’ शब्दले । अझ जब दिवंगत आमाका सम्झनाहरू स्मरण हुन्छन्, तब मानिस ‘नोस्टाल्जिक‘ हुन्छ र विगतको स्मृतिमा डुब्छ । २५ वर्षअघि संसार छाडेर गएकी आफ्नी आमाबारे ईश्वर पोखरेलले ‘आमा, सपना र ताराहरू‘ मार्फत तिनै पुराना दिनलाई ताजा बनाएका छन् ।
सामाजिक सञ्जालको जाल
अमर न्याैपाने
केही दिनदेखि सामाजिक सञ्जालमा कतिपयले केही लेखक तथा कलाकारप्रति घृणा फैलाउन अफवाह फैलाएको देखिन्छ । कतिले नबुझेर र कतिले नियतवश हुन सक्छ । मलगायत केही लेखकको फोटोसहित पोस्ट आयो । आठ जनाको फोटोको माथि लेखिएको थियो– यूएसएड, नर्वे र जर्मनीको पैसा खाएर किताब लेख्नेहरू... ।
दक्षिण सुडानका ७ साँझहरू
विमल खतिवडा
दक्षिण सुडानमा लामखुट्टे धेरै लाग्छ, त्यसैले मलेरियाको जोखिम छ । र, सुडान जानुअघि हामीले एल्लो फिबर र हेपाटाइटिस–बीको खोप लगायौं । अनि खोप लगाएकै दिन हैजाको झोल औषधि र एक–एक साता अन्तर पारेर मलेरियाको तीन ट्याब्लेट औषधि पनि खायौं ।
वन्यजन्तुका पछिपछि [तस्बिरहरू]
दृष्टान्त बिडारी
मार्च–३ अर्थात् विश्व वन्यजन्तु दिवस । संसारैभर जनावर, प्राकृतिक सम्पदा र मान्छेको सभ्यताको परनिर्भरता झल्काउन यो दिवस मनाइन्छ । र, यो संसार सबै प्राणीको एक साझा घर हो भन्ने चेतना यो दिवसले फैलाउँछ । वन्यजन्तु त्रस्त छन् मान्छेहरुबाट, चोरी सिकारी–पैठारी र तस्करीबाट । नेपाल पनि यो डरबाट मुक्त छैन । पर्यावरण चक्रमा संसारका सबै प्राणीको आफ्नै विशिष्टतम महत्व छ । र, तिनको सुरक्षा गर्नु आजको आवश्यकता हो भन्ने बुझाउन यो दिवसले सघाउँछ ।
फाल्गुन १०, २०८१
हुलाक टिकटको हालखबर
घनश्याम खड्का
तपाईंले कसैलाई चिट्ठी पठाउनुभएको छ ? छ भने पत्र–खाममा हालेर प्रापकको ठेगाना लेखेपछि पत्र मञ्जुषामा खसाल्नुअघि हुलाक टिकट किनेर त्यसलाई थुकले भिजाई टाँस्नु पनि अवश्य भएकै होला ।
कर्णालीमा रंगमञ्चको हुरी
हिरा बिजुली
यहाँ हामीले देखेको ‘सपना’ लाई ‘ऊ’ सम्बोधन गरिएको छ । ‘ऊ’ अर्थात् एउटा सपनाको ऐतिहाासिक काम आइलाग्यो गत महिना– कर्नालीमा नाटकको इतिहास लेखन । अहो ! त्यो थियो, धेरैले लठारो मानेर छाडेको काम ।
त्यो घुम्ती, यो सहयात्रा
राधिका शाक्य
– ‘अँ हुन्छ । म सोचेर जवाफ दिन्छु नि २/३ दिनमा ।’ – ‘यसमा सोच्नु पर्नि कुरा नै के छ र ? मेरो नाम केपी ओली । ज्यान यही हो । मसँग सम्पत्तिको नाममा केही पनि छैन । मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिनँ । मैले तिमीलाई समय पनि दिन सक्दिनँ । योबाहेक अरू केही बुझ्नु पर्नि छ र ?’
दुःखको पाइडल घुमाइरहेकी माया
रीना मोक्तान
माया बिहान सबेरै अर्काको घर–घर स्त्री गरिएका कपडाहरू पुर्‍याउँछिन् । घरधन्दा सकेर झिसमिसेमै साइकल कुदाउँदै कपडा पुर्‍याउन अर्काको आँगन टेक्नु दैनिकी बनिसक्यो । त्यसपछि दिनमा अर्काको घरमा सहयोग गर्न पुग्नैपर्छ, अनि कुखुरा फार्मतिर पनि काम गर्छिन् । रातमा घर फर्केर फेरि उही भान्सा अनि कपडा आइरन !
नेवाः महाभोजको सुस्वाद
सुरेश किरण
यो फागुन यसै पनि भोजकै चटारो लागिरहने महिना हो । त्यसमाथि बाह्रै महिना भोजले निथ्रुक्कै भिजिरहने नेवार समुदायका लागि फागुनमा भ्याइनभ्याई हुन्छ । खाना परिकारका लागि नेवाः उसै पनि प्रसिद्ध छ । त्यसमाथि भोज एउटा यस्तो आयोजन हो, जहाँ केवल खाने काम सम्पन्न भइरहेको हुन्छ । त्यसैले नेवाः भोजबारे जानिफकार गैरनेवाःहरू भन्ने गर्छन्– यदि भोज नेवाः परिकारकै हो भने ज्यान जाये छोड्नु हुन्न । भोज खुवाउने भनेपछि नेवाः समुदाय पनि ज्यानै दिएर लागेका हुन्छन् ।
त्यो भारत, यो भारत
लोकराज बराल
यात्राका अनेक आयाम हुन्छन् । कोही तीर्थ गर्न हिँड्छन्, कोही तीर्थालुलाई साथी बनाई भ्रमण गर्न निस्कन्छन् । म पछिल्लो स्तरको यात्री परें । तीर्थ गर्ने तरिका पनि बेला र परिस्थिति अनुसार हुँदोरहेछ । तीर्थयात्राको मेरो पहिलो अनुभव विराटनगरबाट बाराहक्षेत्रको थियो, संवत् २००६ सालको माघे संक्रान्तिमा ।
कविता : विमानस्थल
जीवन खत्री
यतिबेला छातीमा आत्मघाती बम बोकेर मलाई विमानस्थलको छातीमै जीवनको अन्तिम नृत्य गर्न मन छ
फाल्गुन ३, २०८१
विश्वकप ताकेर एसियाकप लक्ष्य
हिमेश
एउटा वुमेन्स साफ च्याम्पियनसिप जित्न सकेका छैनौं, के को ठूल्ठूला कुरा ? नेपालको महिला राष्ट्रिय फुटबल टिमले विश्वकप खेल्ने सपना बुन्यो भने यस्तै आरोप लाग्दो हो । हो पनि । होइन पनि । हो किन भन्दा हाम्रो पहुँचकै साफ च्याम्पियनसिपकै घेरा तोड्न सकिएको छैन, विश्वकप त परकै कुरा भयो ।
विकासमा ध्यानस्थ लुम्बिनी
प्रज्ज्वल चापागाईं
आहा ! कति मिठो बास्ना । सररर मिठो बास्ना आयो । गुइँठा, गोठका घुसान, अलिअलि काठ, धानको भुस र झिक्राझिक्री मिसाएर बालेपछि निस्कने धूवाँको सुगन्ध मलाई औधी मन पर्छ । यो मिठो सुवासले मलाई स्मृतिलोकमा पुर्‍याउँछ । मेरो बालापन, हुर्केको देहात, देहाती जीवन, समाज–संस्कृति र माटोलाई यसले बिछट्टैसँग जोड्छ ।
लोकतन्त्रमा ‘पहेंलो बत्ती’
दुर्गा खनाल
राणा शासन फालिएको २००७ फागुन ७ । पञ्चायत ढालिएको २०४६ चैत २६ । र, राजतन्त्र नै मिल्काउने आधार भूमि बनेको २०६३ वैशाख ११ । यी तीन मिति तत्कालीन शासनसत्ताविरुद्धका ठूला नागरिक विद्रोह सफल भएका दिन हुन् । त्यसैले विक्रम संवत्को पात्रोमा हरेक वर्ष फागुन, चैत र वैशाख आउँदै गर्दा लोकतान्त्रिक परिवर्तनका लागि नागरिक संघर्षको स्मरण र चर्चा हुन्छ ।
लाङटाङ पदमार्ग पछ्याउँदै
शिशिर वैद्य
लाङटाङ पदयात्रामा जानेहरूका लागि जति सुन्दर र रमणीय छ, त्यहाँ बसोबास गर्ने स्थानीयका लागि त्यति नै कष्टकर । चिसो बढ्दै गएपछि यहाँका गाउँ खालीजस्तै हुन्छन् । बाटो नहुँदा यहाँ बसोबास गर्नेहरूको दैनिकी असुविधा र महँगीमा गुजार्न बाध्य छन् ।
गालिबका दुई रङ
श्रीजु सरल
को पूछते हैं वो कि ‘गालिब’ कौन है ? कोई बतलाओ कि हम बतलाएँ क्या
कविता : 'भावना ट्राभल्स'
विमल आचार्य
पहिलो प्रहर ऊ सधैं गमिरहन्छ- यार तँ ठोस कुरा गर्