text
stringlengths
2
914
बजार भन्नासाथ तपाईंलाई कहाँको सम्झना हुन्छ ? सोचिहेर्दा, यो पुस्ता पहिल्याउने प्रश्न बन्छ । हामीकहाँ युवा, वयस्क र पाका मानिसले सम्झिने बजार फरक–फरक छन् । कसैलाई असन क्षेत्र असली बजार लाग्छ भने कोही सिभिल मल, भाटभटेनी, बिगमार्टलाई बजार मान्छन् ।
केवल दस दिनको थिएन दसैं
रेणुका जिसी
आमोइले हातमा बोकेको चारा आँगनमा छरेपछि चारै दिशाबाट तँछाडमछाड गर्दैर् उड्दै आउँथे परेवा । त्यसरी नै हृदयभरि आइदिन्छन् यादहरू, दसैं सम्झँदा । आकाशमा बन्दै छरिँदै गरेका बादलका आकृतिझैं मेरा स्मृतिहरू पनि हलचल गरिरहन्छन् । दसैं मेरो यादहरूको शृंखलामा विशृंखलित भएर छरिएको छ ।
बिर्सिइएका सिलाची
हिमेश
सन् १९९० को विश्वकप । ३४ वर्ष अगाडि । त्यो बेग्लै समय थियो । घरमा टीभी नभएको भन्दै व्यंग्यका कथा बुनिन्थे । इटालीमा भएको त्यस विश्वकपबाटै विश्व फुटबल बाक्लोसँग नेपालीको घरघरमा प्रवेश गरेको थियो । सन् १९८२ को विश्वकप स्पेनमा भएको थियो । त्यसलाई हाम्रोतिर टीभीबाट सयले हेरे ।
पत्थर बनाइएका अहिल्याहरू
शिक्षा रिसाल
भन्छन्– यो संसारको रचयिता भगवान् हुन् । भगवान्ले ब्रह्माण्ड बनाए, सूर्य बनाए, चन्द्रमा बनाए, ग्रह, उपग्रह तारा अनेकौं सृष्टि रचे । भगवान्ले पृथ्वी बनाए, पानी बनाए, माटो बनाए, करोडौं जीव जीवाणु बनाए, सबैलाई सुन्दर जीवन दिए । महिला बनाए, पुरुष बनाए तर लाग्छ एउटै चीजमा भगवान् फेल खाए । समाजमा एक घिनलाग्दो तत्त्व भरिदिए ।
आनन्द प्राप्तिको बाटो
हरिहर तिमिल्सिना
आनन्द के हो ? प्रश्न सजिलो भएजस्तै यसको उत्तर पनि गाह्रो छैन । मनमा पैदा हुने प्रिय अनुभूति हो आनन्द । हर्ष, प्रसन्नता र खुसी हो । कुनै आपत्ति र दुःखकष्ट नभएको मानसिक अवस्था हो । आनन्द कस्तो हुन्छ, केमा हुन्छ ? कहिलेकाहीं मानिसलाई आनन्द र विलास उस्तैउस्तै लाग्न सक्छ ।
‘नेपाली भाषामा बौद्ध साहित्यको अझै अभाव छ’
दीपक सापकोटा
आख्यानकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ हालै प्रकाशित भएको छ । बुद्धको जीवनीलाई प्राञ्जल भाषामा आख्यानीकृत किताबले अढाई हजार वर्षअघिको समाज चिनाउँछ ।
शाम्बालालाई प्रेमपत्र
डा. अनुप सुवेदी
निर्देशक मीनबहादुर भामकृत बहुप्रतीक्षित फिल्म ‘शाम्बाला’ हेर्न थालेको ५–१० मिनेटमै लाग्यो, ओहो ! म जीवनमै विरलै देख्न पाउने अत्यन्त सुन्दर सिर्जना हेर्दैछु । त्यस्तो आभासले भित्रैदेखि शान्त र सचेत बनायो । पूरै अवधिभर कुनै सरस दार्शनिक कविताजस्तो लाग्ने फिल्म बग्दै जाँदा त्यसका तरेलीहरूमा विचारहरूको आरोहअवरोह भइरह्यो ।
तिम्बुङ तिर्सना
गिरिराज बाँस्कोटा
पाँचथर सदरमुकाम फिदिमदेखि बेतेनीसम्म जिपको यात्रा थियो, बेतेनीदेखि पैदलै । बेतेनीमा तिम्बुङ जाने यात्रीहरू थपिए । यात्राका लागि केही खानेकुरा किन्यौं । झरीबाट जोगिन प्लास्टिक लिएर उकालियौं ।
एक बागी इतिहास
प्रकाश थाम्सुहाङ
नेपालको इतिहास लेखनमा पृथ्वीनारायण शाह चर्चित पात्र हुन् । उनको कालखण्डलाई इतिहासबाट निकाल्ने हो भने इतिहास लेखन अपूरो हुन्छ । यद्यपि, विगतको लेखन पृथ्वीनारायण शाहलाई देवत्वकरण गर्नमै केन्द्रित रह्यो ।
आश्विन ५, २०८१
बदलिए कथा, फेरिए हिरोइन
अनिल यादव
निर्देशक नवीन सुब्बाले २०७३ जेठमा नेपाली फिल्मप्रति चिन्ता दर्साउँदै एउटा लेख लेखेका थिए, ‘जनजाति नायिका किन अस्वीकृत ?’ शीर्षकमा ।
कौतुकमय डोल्पो
शब्द/तस्बिर: अंगद ढकाल
गएको वैशाखमै डा. सन्दुक रुइतले भन्नुभएको थियो, ‘उपल्लो डोल्पाको शे गुम्बामा १२ वर्षे मेला लाग्दैछ, त्यही समयमा आँखा शिविर गर्दैछौं, जानुपर्छ ।’ लेखक जनकलाल शर्माले उहिल्यै लेखेका थिए–‘कौतुकमय डोल्पो’ ।
शरद छेत्रीको त्यो चक्रव्यूह !
छुदेन काविमो
बासट्ठी वसन्त बाँच्ने शरद छेत्री ती अद्भुत लेखक हुन्, जसले उमेरको चवालीस वसन्त लेखनीलाई दिए । अन्तिम श्वास रहुञ्जेल साहित्यकै निम्ति दौडधुप गरिरहे ।
वातावरण वार्ता : ‘नदीहरू पृथ्वीका रक्तनली हुन्’
दीपक सापकोटा
काठमाडौंदेखि कैलाश मानसरोवरसम्म, तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गंगासम्म । हिँडेर–गुडेर–बगेर गरिएको यही यात्रा समेटिएको किताब ‘छालबाटो : कैलाशदेखि गंगासम्म’ हालै प्रकाशनमा आएको छ ।
उही प्रश्न— किन चुक्ने ब्याटिङमा ?
हिमेश
नेपाली क्रिकेटमा सबैभन्दा बढी सोधिएको प्रश्न हो— ‘नेपाली टिम ब्याटिङमै किन चुक्छ ?’ अथवा, ‘अलि गतिलो स्कोर खडा गर्न किन फेल खान्छ ?’
विस्मयकारी कोरा–यात्रा
शिशिर वैद्य
काठमाडौं उपत्यकाभित्रका काँठ छिचोल्दै अघि बढ्नु, अनौठा साँघुरा गल्ली र बस्ती नियाल्दै पेडल मारिरहनु कोरा–साइकल यात्राको रोमाञ्चकता हो । उपत्यकालाई घेरेर बसेका एक पहाडबाट अर्को पहाड छिचोल्दा कतै उकाली, कतै ओरालीको चुनौतीपूर्ण यात्रा अनुभव हुन्छ ।
कविता : भक्त र ईश्वर
नीलम कार्की निहारिका
भक्त हतास, निराश अति आर्त थिए एक चमत्कारको महिमामयी ज्योति पुञ्जले
भाद्र २९, २०८१
उडी छुनु ‘चन्द्र’ अनेक
सजना बराल
अमेरिकी राज्य फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट मंगलबार शुरु भएको पोलरिस डन नामक ५ दिने अन्तरिक्ष यात्रा अहिले जारी छ । यो मिसनमा सहभागी चार सदस्यीय टोली आज (शनिबार) बिहानसम्म वायुमण्डलको सबैभन्दा माथिल्लो तह बाहिरी मण्डलमा पुगिसकेका छन् ।
हार्न नजानेकी देविका
विमल खतिवडा
कुनै बेला देविका बन्दना (प्रधान) लाई फिल्मका गीत गाउन भ्याइनभ्याई हुन्थ्यो । जुन गीत गाउँथिन्, ती दर्शकश्रोताको जिब्रोमा झुन्डिइहाल्थे । पचासको दशकदेखि र साठीको मध्यसम्म उनले नेपाली फिल्ममा गाएका अधिकांश गीत हिट छन् । फिल्म हिट नभए पनि उनका गीत श्रोताका मनमनमा छन् ।
‘भारतले नेपालमा जे गल्ती गरेको थियो, चीनले त्यही गल्ती गरिरहेको छ’
कान्तिपुर संवाददाता
एकैसाथ दुई पुस्तक लिएर आएका छन् लेखक तथा पत्रकार सुधीर शर्मा । इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ किताब लेखका छन् । त्यस्तै नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’ लेखका छन् ।
पेमाको ‘शाम्बाला’ अवतार
रीना मोक्तान
तीन दाजुभाइसँग एकसाथ बिहे गरेकी पेमाको गर्भमा बच्चा हुर्कंदै छ । तीन पतिमध्ये जेठो टासीसँग प्रेम गर्ने पेमाको पेटमा बच्चासँगै हुर्कंदै छ, समाजको एउटा शंका ! टासी व्यापारका लागि ल्हासा पुगेको छ । अर्का पति माइलो कर्म रिम्पोछेको सेवामै लिप्त ।
नकारात्मकताको महामारी
राजेश राई
भगवान्‌माथि कसैको विश्वास हुन्छ, कसैको हुँदैन । भगवान्लाई भरोसाको विम्ब मान्ने हो भने विद्या चापागाईं र उनको ‘हेर्ने कथा’ टिम प्रकाश तामाङको जीवनमा भगवान् भएर छेकम्पार पुग्यो । उनीहरू नपुगेको भए प्रकाश भोजपुर फर्किन पाउने थिएनन् ।
प्रकृति र कर्मको पूजा
संगीता उराँव
करम खन्डा केरका रो जोखा रो... काँकडो लाता नु होम्बयचा होम्बयचा नान्दार पुँप तोख्खा केरकागा पेल्ला यो... काँकडो लातानु धारबार धारबार नान्दार
कविता : रेल
विमल निभा
एउटा रेल छ अनुपस्थित
भाद्र २२, २०८१
कान्दाहार हाइज्याक ‘काठमान्डु इज नट गुड न्युज’
बुद्धिसागर मरासिनी
कठ्याङ्ग्रिँदो पुसको मधुरो घाम अस्ताउने तरखरमै थियो । घडीका सुईले एक सय बीस डिग्रीको कोण बनाएका थिए– २०५६, पुस ९ गते (१९९९ डिसेम्बर २४) । देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको चहलपहल सामान्य देखिन्थ्यो ।
तर, जीवन सुन्दर छ
नीलम पौडेल
आज म तपाईंलाई मेरो फरकखाले जिन्दगीको यात्रा सुनाउनेछु । मेरो भोगाइ, सपना र म हिँडेको बाटोको कथा भन्नेछु । म पारलिङ्गी (ट्रान्सवुमन) महिला हुँ । मेरो परिवार भोजपुरदेखि धरान बसाइँसराइ गरेको हो । म भने धरानमै जन्मिएकी हुँ ।
व्यासासनमा आचार्य कृष्ण दमाई
घनश्याम खड्का , दीपक सापकोटा
जीवन फूल कि काँडा ? कसैले आचार्य कृष्णलाई यो सोध्नुपर्छ । उत्तरमा उनको एउटा वैदिक दर्शनमा चोपलिएको वाक्य फुत्त निक्लन्छ– जन्मिँदा काँडैकाँडा, बुझ्दै जाँदा फूलैफूल !
हिरोभित्र ‘हिरो’ खोजिरहेको ‘जेन–जी’
सुजाता मुखिया
राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार थिए । उनको बारेमा लेखिएको पुस्तक ‘राजेश खन्ना ः कुछ तो लोग कहेंगे’ मा एउटा यस्तो प्रसंग छ– राजेश खन्नाको नयाँ घरबारे अखबारमा तस्बिर छापिएपछि बम्बई (मुम्बई) मा घर हेर्न आउने दर्शकको ओइरो लागेको थियो ।
विगतको आँखा, वर्तमानको तस्बिर
भोगीराज चाम्लिङ
प्राग्इतिहासबारे एक विद्वान्ले भनेका रहेछन्, ‘यदि सिङ्गो मानव इतिहासलाई फुटबल मैदान मान्ने हो भने कृषि–जीवनले ओगटेको समय भकुन्डो जत्रो मात्र हो ।’
कविता : महाराज वीरशमशेर, जानी हो ?
विनोदविक्रम केसी
पहिले पहिले म हजुरलाई जंगबहादुर पो भन्ठान्थें
भाद्र १५, २०८१
बेलायतभन्दा रमाइलो भेडीगोठ
दीपक परियार
माछापुच्छ्रे हिमालमुनिको भेडीगोठ नै सुर्जेको घर हो । उनको भेडीगोठमा छन्– पाँच सयभन्दा बढी भेडा र बाख्रा । श्रीपञ्चमीमा उभौली सुरु हुन्छ, श्रीपञ्चमीपछि सुर्जे गोठलाई गाउँबाट लेकतिर उँभो लाउँछन् । बुक्यानी र खर्कमा चराउँदै लैजान्छन् । गर्मी बढ्दै जाँदा गोठ माथिमाथि सर्छ । नौंजेसम्म गोठ पुर्‍याउँछन् ।
आखिर के राखिएको छ नाममा ?
वसन्त थापा
राजधानी काठमाडौंको जुन ठाउँमा मेरो एउटा सानो ओत छ, त्यस ठाउँलाई सामाखुसी भनिन्छ । यसको उत्तर–पश्चिम साँध गोंगबु कहलिने इलाकासित जोडिएको छ । त्यही भएर सामाखुसीले छोएको चक्रपथको चोकलाई गोंगबु चोक भन्ने गरिन्छ । एक किसिमले सामाखुसी र गोंगबुको दोसाँधको इलाकामा रहेको छ मेरो बसोबास ।
क्वियरका मनका कुरा
लक्ष्मी भण्डारी
भित्री मनको कुरा कसले बुझिदिने ? हातखुट्टा, अनुहार, शरीरको बाहिरी भागमा लागेको चोट सहजै देखिन्छ, जसको उपचारका लागि अस्पताल दौडाइन्छ तर मनभित्र लागेको घाउ–चोट कसले देख्ने ? कसले बुझ्ने ? कसले उपचार गरिदिने ?,’ आफ्ना पीडा, तनाव र दुःखका लस्कर सुनाइरहेकी छन् एरियना (नाम परिवर्तन) ।
म पनि त एक थान मानिस नै हुँ नि ब्रो !
अविनाश श्रेष्ठ