text stringlengths 2 914 |
|---|
बजार भन्नासाथ तपाईंलाई कहाँको सम्झना हुन्छ ? सोचिहेर्दा, यो पुस्ता पहिल्याउने प्रश्न बन्छ । हामीकहाँ युवा, वयस्क र पाका मानिसले सम्झिने बजार फरक–फरक छन् । कसैलाई असन क्षेत्र असली बजार लाग्छ भने कोही सिभिल मल, भाटभटेनी, बिगमार्टलाई बजार मान्छन् । |
केवल दस दिनको थिएन दसैं |
रेणुका जिसी |
आमोइले हातमा बोकेको चारा आँगनमा छरेपछि चारै दिशाबाट तँछाडमछाड गर्दैर् उड्दै आउँथे परेवा । त्यसरी नै हृदयभरि आइदिन्छन् यादहरू, दसैं सम्झँदा । आकाशमा बन्दै छरिँदै गरेका बादलका आकृतिझैं मेरा स्मृतिहरू पनि हलचल गरिरहन्छन् । दसैं मेरो यादहरूको शृंखलामा विशृंखलित भएर छरिएको छ । |
बिर्सिइएका सिलाची |
हिमेश |
सन् १९९० को विश्वकप । ३४ वर्ष अगाडि । त्यो बेग्लै समय थियो । घरमा टीभी नभएको भन्दै व्यंग्यका कथा बुनिन्थे । इटालीमा भएको त्यस विश्वकपबाटै विश्व फुटबल बाक्लोसँग नेपालीको घरघरमा प्रवेश गरेको थियो । सन् १९८२ को विश्वकप स्पेनमा भएको थियो । त्यसलाई हाम्रोतिर टीभीबाट सयले हेरे । |
पत्थर बनाइएका अहिल्याहरू |
शिक्षा रिसाल |
भन्छन्– यो संसारको रचयिता भगवान् हुन् । भगवान्ले ब्रह्माण्ड बनाए, सूर्य बनाए, चन्द्रमा बनाए, ग्रह, उपग्रह तारा अनेकौं सृष्टि रचे । भगवान्ले पृथ्वी बनाए, पानी बनाए, माटो बनाए, करोडौं जीव जीवाणु बनाए, सबैलाई सुन्दर जीवन दिए । महिला बनाए, पुरुष बनाए तर लाग्छ एउटै चीजमा भगवान् फेल खाए । समाजमा एक घिनलाग्दो तत्त्व भरिदिए । |
आनन्द प्राप्तिको बाटो |
हरिहर तिमिल्सिना |
आनन्द के हो ? प्रश्न सजिलो भएजस्तै यसको उत्तर पनि गाह्रो छैन । मनमा पैदा हुने प्रिय अनुभूति हो आनन्द । हर्ष, प्रसन्नता र खुसी हो । कुनै आपत्ति र दुःखकष्ट नभएको मानसिक अवस्था हो । आनन्द कस्तो हुन्छ, केमा हुन्छ ? कहिलेकाहीं मानिसलाई आनन्द र विलास उस्तैउस्तै लाग्न सक्छ । |
‘नेपाली भाषामा बौद्ध साहित्यको अझै अभाव छ’ |
दीपक सापकोटा |
आख्यानकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ हालै प्रकाशित भएको छ । बुद्धको जीवनीलाई प्राञ्जल भाषामा आख्यानीकृत किताबले अढाई हजार वर्षअघिको समाज चिनाउँछ । |
शाम्बालालाई प्रेमपत्र |
डा. अनुप सुवेदी |
निर्देशक मीनबहादुर भामकृत बहुप्रतीक्षित फिल्म ‘शाम्बाला’ हेर्न थालेको ५–१० मिनेटमै लाग्यो, ओहो ! म जीवनमै विरलै देख्न पाउने अत्यन्त सुन्दर सिर्जना हेर्दैछु । त्यस्तो आभासले भित्रैदेखि शान्त र सचेत बनायो । पूरै अवधिभर कुनै सरस दार्शनिक कविताजस्तो लाग्ने फिल्म बग्दै जाँदा त्यसका तरेलीहरूमा विचारहरूको आरोहअवरोह भइरह्यो । |
तिम्बुङ तिर्सना |
गिरिराज बाँस्कोटा |
पाँचथर सदरमुकाम फिदिमदेखि बेतेनीसम्म जिपको यात्रा थियो, बेतेनीदेखि पैदलै । बेतेनीमा तिम्बुङ जाने यात्रीहरू थपिए । यात्राका लागि केही खानेकुरा किन्यौं । झरीबाट जोगिन प्लास्टिक लिएर उकालियौं । |
एक बागी इतिहास |
प्रकाश थाम्सुहाङ |
नेपालको इतिहास लेखनमा पृथ्वीनारायण शाह चर्चित पात्र हुन् । उनको कालखण्डलाई इतिहासबाट निकाल्ने हो भने इतिहास लेखन अपूरो हुन्छ । यद्यपि, विगतको लेखन पृथ्वीनारायण शाहलाई देवत्वकरण गर्नमै केन्द्रित रह्यो । |
आश्विन ५, २०८१ |
बदलिए कथा, फेरिए हिरोइन |
अनिल यादव |
निर्देशक नवीन सुब्बाले २०७३ जेठमा नेपाली फिल्मप्रति चिन्ता दर्साउँदै एउटा लेख लेखेका थिए, ‘जनजाति नायिका किन अस्वीकृत ?’ शीर्षकमा । |
कौतुकमय डोल्पो |
शब्द/तस्बिर: अंगद ढकाल |
गएको वैशाखमै डा. सन्दुक रुइतले भन्नुभएको थियो, ‘उपल्लो डोल्पाको शे गुम्बामा १२ वर्षे मेला लाग्दैछ, त्यही समयमा आँखा शिविर गर्दैछौं, जानुपर्छ ।’ लेखक जनकलाल शर्माले उहिल्यै लेखेका थिए–‘कौतुकमय डोल्पो’ । |
शरद छेत्रीको त्यो चक्रव्यूह ! |
छुदेन काविमो |
बासट्ठी वसन्त बाँच्ने शरद छेत्री ती अद्भुत लेखक हुन्, जसले उमेरको चवालीस वसन्त लेखनीलाई दिए । अन्तिम श्वास रहुञ्जेल साहित्यकै निम्ति दौडधुप गरिरहे । |
वातावरण वार्ता : ‘नदीहरू पृथ्वीका रक्तनली हुन्’ |
दीपक सापकोटा |
काठमाडौंदेखि कैलाश मानसरोवरसम्म, तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गंगासम्म । हिँडेर–गुडेर–बगेर गरिएको यही यात्रा समेटिएको किताब ‘छालबाटो : कैलाशदेखि गंगासम्म’ हालै प्रकाशनमा आएको छ । |
उही प्रश्न— किन चुक्ने ब्याटिङमा ? |
हिमेश |
नेपाली क्रिकेटमा सबैभन्दा बढी सोधिएको प्रश्न हो— ‘नेपाली टिम ब्याटिङमै किन चुक्छ ?’ अथवा, ‘अलि गतिलो स्कोर खडा गर्न किन फेल खान्छ ?’ |
विस्मयकारी कोरा–यात्रा |
शिशिर वैद्य |
काठमाडौं उपत्यकाभित्रका काँठ छिचोल्दै अघि बढ्नु, अनौठा साँघुरा गल्ली र बस्ती नियाल्दै पेडल मारिरहनु कोरा–साइकल यात्राको रोमाञ्चकता हो । उपत्यकालाई घेरेर बसेका एक पहाडबाट अर्को पहाड छिचोल्दा कतै उकाली, कतै ओरालीको चुनौतीपूर्ण यात्रा अनुभव हुन्छ । |
कविता : भक्त र ईश्वर |
नीलम कार्की निहारिका |
भक्त हतास, निराश अति आर्त थिए एक चमत्कारको महिमामयी ज्योति पुञ्जले |
भाद्र २९, २०८१ |
उडी छुनु ‘चन्द्र’ अनेक |
सजना बराल |
अमेरिकी राज्य फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट मंगलबार शुरु भएको पोलरिस डन नामक ५ दिने अन्तरिक्ष यात्रा अहिले जारी छ । यो मिसनमा सहभागी चार सदस्यीय टोली आज (शनिबार) बिहानसम्म वायुमण्डलको सबैभन्दा माथिल्लो तह बाहिरी मण्डलमा पुगिसकेका छन् । |
हार्न नजानेकी देविका |
विमल खतिवडा |
कुनै बेला देविका बन्दना (प्रधान) लाई फिल्मका गीत गाउन भ्याइनभ्याई हुन्थ्यो । जुन गीत गाउँथिन्, ती दर्शकश्रोताको जिब्रोमा झुन्डिइहाल्थे । पचासको दशकदेखि र साठीको मध्यसम्म उनले नेपाली फिल्ममा गाएका अधिकांश गीत हिट छन् । फिल्म हिट नभए पनि उनका गीत श्रोताका मनमनमा छन् । |
‘भारतले नेपालमा जे गल्ती गरेको थियो, चीनले त्यही गल्ती गरिरहेको छ’ |
कान्तिपुर संवाददाता |
एकैसाथ दुई पुस्तक लिएर आएका छन् लेखक तथा पत्रकार सुधीर शर्मा । इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ किताब लेखका छन् । त्यस्तै नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’ लेखका छन् । |
पेमाको ‘शाम्बाला’ अवतार |
रीना मोक्तान |
तीन दाजुभाइसँग एकसाथ बिहे गरेकी पेमाको गर्भमा बच्चा हुर्कंदै छ । तीन पतिमध्ये जेठो टासीसँग प्रेम गर्ने पेमाको पेटमा बच्चासँगै हुर्कंदै छ, समाजको एउटा शंका ! टासी व्यापारका लागि ल्हासा पुगेको छ । अर्का पति माइलो कर्म रिम्पोछेको सेवामै लिप्त । |
नकारात्मकताको महामारी |
राजेश राई |
भगवान्माथि कसैको विश्वास हुन्छ, कसैको हुँदैन । भगवान्लाई भरोसाको विम्ब मान्ने हो भने विद्या चापागाईं र उनको ‘हेर्ने कथा’ टिम प्रकाश तामाङको जीवनमा भगवान् भएर छेकम्पार पुग्यो । उनीहरू नपुगेको भए प्रकाश भोजपुर फर्किन पाउने थिएनन् । |
प्रकृति र कर्मको पूजा |
संगीता उराँव |
करम खन्डा केरका रो जोखा रो... काँकडो लाता नु होम्बयचा होम्बयचा नान्दार पुँप तोख्खा केरकागा पेल्ला यो... काँकडो लातानु धारबार धारबार नान्दार |
कविता : रेल |
विमल निभा |
एउटा रेल छ अनुपस्थित |
भाद्र २२, २०८१ |
कान्दाहार हाइज्याक ‘काठमान्डु इज नट गुड न्युज’ |
बुद्धिसागर मरासिनी |
कठ्याङ्ग्रिँदो पुसको मधुरो घाम अस्ताउने तरखरमै थियो । घडीका सुईले एक सय बीस डिग्रीको कोण बनाएका थिए– २०५६, पुस ९ गते (१९९९ डिसेम्बर २४) । देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको चहलपहल सामान्य देखिन्थ्यो । |
तर, जीवन सुन्दर छ |
नीलम पौडेल |
आज म तपाईंलाई मेरो फरकखाले जिन्दगीको यात्रा सुनाउनेछु । मेरो भोगाइ, सपना र म हिँडेको बाटोको कथा भन्नेछु । म पारलिङ्गी (ट्रान्सवुमन) महिला हुँ । मेरो परिवार भोजपुरदेखि धरान बसाइँसराइ गरेको हो । म भने धरानमै जन्मिएकी हुँ । |
व्यासासनमा आचार्य कृष्ण दमाई |
घनश्याम खड्का , दीपक सापकोटा |
जीवन फूल कि काँडा ? कसैले आचार्य कृष्णलाई यो सोध्नुपर्छ । उत्तरमा उनको एउटा वैदिक दर्शनमा चोपलिएको वाक्य फुत्त निक्लन्छ– जन्मिँदा काँडैकाँडा, बुझ्दै जाँदा फूलैफूल ! |
हिरोभित्र ‘हिरो’ खोजिरहेको ‘जेन–जी’ |
सुजाता मुखिया |
राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार थिए । उनको बारेमा लेखिएको पुस्तक ‘राजेश खन्ना ः कुछ तो लोग कहेंगे’ मा एउटा यस्तो प्रसंग छ– राजेश खन्नाको नयाँ घरबारे अखबारमा तस्बिर छापिएपछि बम्बई (मुम्बई) मा घर हेर्न आउने दर्शकको ओइरो लागेको थियो । |
विगतको आँखा, वर्तमानको तस्बिर |
भोगीराज चाम्लिङ |
प्राग्इतिहासबारे एक विद्वान्ले भनेका रहेछन्, ‘यदि सिङ्गो मानव इतिहासलाई फुटबल मैदान मान्ने हो भने कृषि–जीवनले ओगटेको समय भकुन्डो जत्रो मात्र हो ।’ |
कविता : महाराज वीरशमशेर, जानी हो ? |
विनोदविक्रम केसी |
पहिले पहिले म हजुरलाई जंगबहादुर पो भन्ठान्थें |
भाद्र १५, २०८१ |
बेलायतभन्दा रमाइलो भेडीगोठ |
दीपक परियार |
माछापुच्छ्रे हिमालमुनिको भेडीगोठ नै सुर्जेको घर हो । उनको भेडीगोठमा छन्– पाँच सयभन्दा बढी भेडा र बाख्रा । श्रीपञ्चमीमा उभौली सुरु हुन्छ, श्रीपञ्चमीपछि सुर्जे गोठलाई गाउँबाट लेकतिर उँभो लाउँछन् । बुक्यानी र खर्कमा चराउँदै लैजान्छन् । गर्मी बढ्दै जाँदा गोठ माथिमाथि सर्छ । नौंजेसम्म गोठ पुर्याउँछन् । |
आखिर के राखिएको छ नाममा ? |
वसन्त थापा |
राजधानी काठमाडौंको जुन ठाउँमा मेरो एउटा सानो ओत छ, त्यस ठाउँलाई सामाखुसी भनिन्छ । यसको उत्तर–पश्चिम साँध गोंगबु कहलिने इलाकासित जोडिएको छ । त्यही भएर सामाखुसीले छोएको चक्रपथको चोकलाई गोंगबु चोक भन्ने गरिन्छ । एक किसिमले सामाखुसी र गोंगबुको दोसाँधको इलाकामा रहेको छ मेरो बसोबास । |
क्वियरका मनका कुरा |
लक्ष्मी भण्डारी |
भित्री मनको कुरा कसले बुझिदिने ? हातखुट्टा, अनुहार, शरीरको बाहिरी भागमा लागेको चोट सहजै देखिन्छ, जसको उपचारका लागि अस्पताल दौडाइन्छ तर मनभित्र लागेको घाउ–चोट कसले देख्ने ? कसले बुझ्ने ? कसले उपचार गरिदिने ?,’ आफ्ना पीडा, तनाव र दुःखका लस्कर सुनाइरहेकी छन् एरियना (नाम परिवर्तन) । |
म पनि त एक थान मानिस नै हुँ नि ब्रो ! |
अविनाश श्रेष्ठ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.