text
stringlengths
2
914
समयचेत, अनुभूतिको अभिव्यक्ति र समकालीनबोध सिर्जनाका रङहरू हुन् । आख्यानकार पञ्चम अधिकारीको नवीनतम् कथासंग्रह ‘प्रवासीको देश हुन्न’ यिनै रङसहित लेखिएका कथा हुन् । कथामा स्वदेश र विदेशको परिवेश अनि पृष्ठभूमिलाई आधार बनाइएको छ ।
एउटा नयाँ आख्यान
बाबु त्रिपाठी
कतै जम्काभेट भइहाल्यो भने सडकमा बैसाखी टेकेकाहरु ऊ डराउँछ
श्रावण १२, २०८१
रिमोट जागिरमा जेनजी पुस्ताको लगाव
सजना बराल
विगत तीन वर्षदेखि ‘आलय द डिजाइनिङ स्टुडियो’ नामक स्टार्टअप कम्पनी चलाइरहेकी इन्टेरियर डिजाइनर अपराजिता बस्नेतको आफ्नै कार्यालय भने छैन । सानोतिनो ‘होम–अफिस’ त बनाएकी छन्, तर कर्मचारी र क्लाइन्ट सबैलाई दैनिक घर बोलाउने कुरा भएन । जम्मा दुई/तीनजना स्टाफ अनि मोबाइल र ल्यापटपबाट सहजै सम्पन्न हुने कामका लागि उनलाई सिंगै अफिस खोल्ने जरुरी पनि छैन । तर, स्टाफसँग हरेक दिन ‘मिट एन्ड ग्रिट’ (भेटघाट) त गर्नैपर्‍यो !
‘कमजोर चेतनास्तर भएको समाजमा इतिहास धराप पनि बन्न सक्छ’
दीपक सापकोटा
मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास : सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ प्रकाशित छ । उद्विकासको लामो यात्रामा मानव सभ्यताले हासिल गरेको उपलब्धि र झेलेको चुनौतीबारे ढकालको यो किताब अन्तर्दृष्टियुक्त छ ।
क्यारेबियनमा नेपाली क्रिक्रेट उत्सव
विनोद पाण्डे
सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडाइन्सको राजधानी किंग्सटाउनबाट ४ किलोमिटर टाढा रहेको आर्नस भेल ६ साताअघि क्रिकेट प्रेमीका लागि केन्द्रविन्दु बनेको थियो । क्यारेबियन क्षेत्रको यो एउटा सानो टापुमा भइरहेको ट्वान्टी–२० विश्वकपले नेपाली क्रिकेटलाई काठमाडौंबाट झन्डै ९ हजार माइल्स टाढा पुर्‍याएको थियो ।
मान्छेको जीवन, बाख्राको जीवन
सुशील पौडेल
बाँच्नका लागि संघर्ष । संघर्षबिना जति नै ठूलो भीमकाय डायनोसर भए पनि अस्तित्व गुम्न सक्छ । मान्छेले बाँच्नका लागि कतिसम्म संघर्ष गरेका होलान् त ? १२ वर्षअघि एउटा फिल्म आएको थियो, ‘लाइफ अफ पाई’, जसमा एक भारतीय युवक पाई र एक बंगाली बाघले एउटै लाइफ बोट (सानो डुंगा) मा २ सय २७ दिनसम्म प्रशान्त महासागरमा बाँच्नका लागि गरेको संघर्ष देखाइएको छ ।
किराती मौखिक इतिहासको उत्खनन
गुरुङ सुशान्त
एकछिनलाई एउटा कष्टदायी कल्पना गरौं– कुनै परिबन्दमा परेर हाम्रा मुखमा बलिया ताल्चा झुन्ड्याइएका छन् । परिस्थिति यस्तो छ कि चाहना र चाबी अरूकै मुठ्ठीमा लुकाइएको छ । हामी ताल्चा खुल्ने घडीको प्रतीक्षामा छौं ।
आरोहण छाडेर फोटोग्राफी
मनोज पौडेल
नेपालमा पाइने फिजेन्ट (कालिज) का आठै प्रजातिका चराको फोटो खिचेका छन् काठमाडौंका पेम्बा शेर्पा (५६) ले । पेम्बाले ४ वर्ष लगाएर फिजेन्ट प्रजातिका मयूर, चिर, डाँफे, मुनाल, फोक्रास, चिलिमे, कालिज र लुइँचेको फोटो खिचेका हुन् ।
तीन चुल्ठे लामो कविता
राजकुमार बानियाँ
नामी छन्दकवि लालगोपाल सुवेदीको उन्नाइसौं कृति नौलो भयो मेरानिम्ति, ‘अनि प्रतीत्य समुत्पाद’ ! उपनाम पनि रहेछ, ‘शून्य, शून्य महाशून्य’ । बुद्धदर्शन मुखरित कृति दिएर उनले मलाई राम्रै ‘होमवर्क’ दिए । मैले मास्क नै लगाएर धूलैधूलोमा पुरिएका कतिपय पुस्तक खोतलखातल गरें अनि इन्टरनेटमा भेटिएका कैयौं किताब पढें । रिन्पोछेहरूका अनेकन् अडियो–भिडियो सुनें/हेरें । आखिर के हो त प्रतीत्य समुत्पाद ?
राँके बजारको पालाम
चन्द्र कुवेर खापुङ
उहिले–उहिले हामी सानो छँदा साउने संक्रान्ति आउँदै गर्दा
श्रावण ५, २०८१
मेसीको आँखामा आँसु किन ?
हिमेश
लियोनल मेसी किन पो यसरी रोए होलान् ? विश्व फुटबल यही विषय जान्न चाहिरहेको छ अहिले । फुटबललाई माया गर्नेहरू यसको अर्थ खोज्ने प्रयासमा छन् । अनुमान नानाथरीको भइरहेको छ । भर्खरै सकिएको कोपा अमेरिका–२०२४ को फाइनलका क्रममा मेसी भक्कानिएको सबैले देखे ।
विछोडको कथा, पलायनको गीत
छुदेन काविमो
विरहको एउटा गीत, जसलाई सुनेर मान्छेले दुःखमा मन बहलाउन सकोस् र फेरि त्यही गीत सुनेर सुखमा मुस्कुराउने आँट पनि गर्न सकोस् । पीडामा एक्लै गुनगुनाउन मिल्ने र उत्सवमा सँगसँगै नाच्न सकिने । दुइटै कथाको पाटोमा ठ्याक्क अटाइदिने, यस्तो संगीत कहिले हुन्छ होला ? नाच्न मिल्ने दुःखको गीत पनि कहिले बन्छ होला ? बन्छ भने त्यो गीत कस्तो हुन्छ होला ?
बीपी–साहित्यलाई मर्दवादको तातोपानी
सीमा आभास
बीपीले कतै भनेका छन्, समालोचक हुन पर्याप्त ज्ञान–सीप आवश्यकता पर्छ । भनाइको तात्पर्य हो– बृहत् चेतनाले लेखिएको साहित्यलाई अझै फराकिलो बनाउन विशेष ज्ञान, सीप, सिर्जना र क्षमता खिपिएको समालोचना हुनुपर्छ । तर, हाम्रा समालोचकले बीपीको समग्र साहित्यलाई ‘फ्रायडियन मनोविज्ञान’ र ‘सामाजिक यथार्थ’ सँग जोडेर व्याख्या गरेका छन् ।
साइन्स फिक्सनमा महाभारत
सुशील पौडेल
महाभारतलाई मूलतः पाण्डव र कौरवबीच भएको १८ दिनसम्मको भयानक कुरुक्षेत्रको लडाइँका लागि बढी सम्झिइन्छ । सत्ता र शक्ति प्राप्तिका लागि भाइ–भाइबीच भएको विध्वंसकारी उक्त युद्ध भलै पाण्डवले जिते, तर कौरव पक्षका एक योद्धा अस्वत्थामा त्यो मान्न तयार थिएनन् ।
कमान्डरको पर्खाइ !
रीना मोक्तान
यो देश के–को पर्खाइमा छ ? भिजन बोकेको राजनेताको ? जसले विद्यमान समस्या हटाइदिँदै देशलाई सुखी/समृद्ध बनाइदियोस्, सुशासन कायम गरिदेओस् ! अथवा, ओरालो लागेको अर्थतन्त्र उकास्दै बढ्दो महँगी र बेरोजगारीलाई छुमन्तर गराइदिने मसिहाको ?
चरा गुरु
कृष्णप्रसाद भुसाल
आवाजबाटै चरा पहिचान गर्न सक्थे– आरेन्ड भान रिजेन । हामीलाई चरा चिन्न, तिनको अनुगमन र तथ्यांक संकलन गर्न सधैं मार्गदर्शन गरिरहने आरेन्ड रिजेनलाई हामी सबैले सम्मानपूर्वक आरेन्ड दाइ भन्थ्यौं । खासमा आरेन्ड दाइ हाम्रो पुस्ताका सर्वप्रिय चरा गुरु थिए ।
झ्यालमा बसेकी माधुरी दीक्षित
उदय प्रकाश
हिन्दी साहित्यका प्रख्यात लेखक हुन्– उदय प्रकाश । उनको प्रसिद्ध आख्यान ‘पिली छतरी वाली लडकी’ लाई ‘पहेँलो छाता’ शीर्षकमा नेपाली अनुवाद गरेका छन् लेखक मीनराज बसन्तले । उक्त उल्था आख्यानको एक अंश :
जीवनको क्यानभास
रीमा केसी
म कोरिरहेछु आफ्नै जीवनको क्यानभासमा एक श्यामश्वेत तस्बिर !
कति रानीमहल हृदयको कुनामा बने
निर्भीकजंग रायमाझी
जर्साबले कालीगण्डकीको किनारमा सेतो, सुन्दर एउटा महल बनाइदिए र, मानिसहरुले भन्न थाले— आहा रानीमहल !
असार २९, २०८१
लाहोरमा लाहुरे खोज्दै
सुरेश किरण
भारतका नामुद निर्देशक सञ्जयलीला भन्सालीले निर्माण गरेको टेलिसिरियल ‘हीरामण्डी’ अनेक हिसाबले चर्चित रह्यो । केही हिसाबले आलोचित पनि भयो । पाकिस्तानको जुन सहरमा हीरामण्डी छ, त्यो सहरले भने ‘हीरामण्डी’ को भाषालाई लिएर आलोचना गर्‍यो । लाहोर, जहाँ असली हीरामण्डी अवस्थित छ, त्यही सहरले फिल्मको भाषाप्रति असन्तुष्टि जाहेर गर्‍यो ।
‘चिसो समाजमा विद्वान्‌हरू पनि सामुदायिक प्रभावमा आउँदा रहेछन्’
फणीन्द्र संगम , दीपक सापकोटा
लामो समयदेखि संस्कृति र इतिहासमा कलम चलाइरहेका अग्रज विद्वान् हुन्– जगदीशचन्द्र रेग्मी (८१) । मनोगढन्ते तर्क तेर्स्याएर इतिहासलाई बंग्याउने धाराविपरीत उनी अभिलेख र मूलग्रन्थको आधारमा मात्रै आफ्नो विश्लेषण अघि सार्न सिद्धहस्त मानिन्छन् । प्रामाणिकता र आधिकारिकतामा जोड दिने रेग्मी लिच्छवि संस्कृति र इतिहासका विज्ञ मानिन्छन् ।
अरुण–तमोर तरेर मकालु
गिरिराज बाँस्कोटा
अचानकै बनेका यात्रा–योजना प्रायः अविस्मरणीय हुन्छन् । संखुवासभाको यात्रा अचानकै भयो, हिँड्नु अघिल्लो रात मात्रै योजना बन्यो । बिहान ६ बजे पाँचथर फिदिमबाट संखुवासभाका लागि जिप चढ्यौं । तमोर किनारैकिनार सडक बनेपछि पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटालाई तराईसँग छोट्याएको छ ।
घरज्वाइँ र ‘अश्लीलता’ को काँडेबार
गुरुङ सुशान्त
पछिल्लो समय नेपाली सिनेमामा जनजातीय संस्कृतिलाई केन्द्र बनाएर कथा हाल्ने सुन्दर उभारलाई बिस्तारै आम दर्शकले स्वागत गरिरहेको देखिन्छ । यसलाई सांस्कृतिक पुनर्जागरणको सौन्दर्य मान्नु उचित होला । हालैका सिनेबहसमा दर्शकको सक्रिय उपस्थिति हुनुले बताउँछ कि आमजनतामा सिनेमा–साक्षरतादेखि सौन्दर्यबोध गराउने जिम्मेवारी पनि सिनेकर्मीका रूपमा काम गर्ने संस्कृतिकर्मीकै रहेछ ।
डाक्टर आमाहरू
कविता राई
जतिबेला गाउँमा स्वास्थ्यचौकी थिएनन्, सूचना प्रविधिको विकास र पहुँच थिएन रैथाने परम्परागत अनुभव र ज्ञानबाटै गाउँको जीवन पद्धति चलेको थियो । अहिले सूचना, प्रविधि र विज्ञानको विकासले गाउँघरका रैथाने ज्ञान र अनुभवलाई विस्थापित गरिरहेको छ । बढ्दो रासायनिक पदार्थ मिसिएका खाद्यान्न प्रयोग र जलवायु परिवर्तनले पारेको असरका कारण हाम्रा रैथाने प्रविधि र ज्ञान निष्प्रभावी बनेका छन् ।
कहाँ छ ब्राजिल ?
हिमेश
ब्राजिली फुटबललाई भइरहेको चाहिँ के छ ? कोपा अमेरिका– २०२४ खेल्न ब्राजिल अमेरिका जान त गएको थियो । तर, क्वाटरफाइनलमै रोकियो । अनि चाँडै घर पनि फर्क्यो । ब्राजिललाई त समूह चरणमै गाह्रो भएको थियो । अबको विश्वकपमा ब्राजिल छनोट भएन भने आश्चर्य नमाने हुन्छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई अप्ठ्यारै भइरहेको छ ।
बहसमा स्वस्थानीका पात्रहरू
रामबहादुर जी.सी.
लेखक रामेश्वरी पन्तको किताब ‘स्वस्थानी व्रत कथा : नारी शक्तिको महिमा, नारीकै शोषण’ ले स्वस्थानी ग्रन्थका अनेक पात्रहरूमाथि विमर्श गरेको छ । पात्रहरू गोमा, शिव भट्ट, शिवशर्मा, नवराज, सतिदेवी, पार्वती, चन्द्रावती, बृन्दा, शिव, विष्णु, जालन्धर, इन्द्रहरूको अन्तरविरोधी–अस्वाभाविक चरित्र र भूमिकाप्रति उनले फरक दृष्टि राखेकी छन् ।
मृत्युको चिसो
मणि लोहनी
मध्यपूर्वको यो तातो हावामा मलाई खाइरहेछ, मृत्युको चिसोले
असार २२, २०८१
‘मिडल क्लास केटी’ को आत्मगाथा
शैलीका छेत्री
जतिखेर म विद्यार्थी थिएँ, सोच्ने गर्थें, ‘औसत मध्यमवर्गमा जन्मेकाले जीवन कति चुनौतीहरूले भरिएको छ ! अझै आरक्षणले झन् खराब बनाइसक्यो ।’ सधैं त्यो सोचबाट माथि उठ्न संघर्ष गरिरहेकी हुन्थें, तर पारिवारिक पृष्ठभूमि अनि व्यक्तिगत समस्यामा अल्झेर त्यही सोच वरिपरि घुमिरहेकी पनि हुन्थें । त्यसैले फतफताउँदै भनिरहेकी हुन्थें– ‘भविष्यमा त पक्कै धनी व्यक्ति बन्नेछु ।’
पैसा कसले बनायो ?
यज्ञ बञ्जाडे
राज्यद्वारा मुद्रा भनी घोषित गरिएको वस्तु नै मुद्रा हो – प्रोफेसर नेप । विनिमय माध्यमका रूपमा सर्वमान्य स्वीकार्य मूल्यको मापन तथा सञ्चय गर्ने कुनै पनि वस्तुलाई मुद्रा भनिन्छ – अर्थशास्त्री क्राउथर । मुद्रा त्यो वस्तु हो, जसलाई वस्तु तथा सेवाको मूल्य वा अन्य व्यापारिक दायित्वको भुक्तानीमा व्यापक रूपमा स्वीकारिन्छ –अर्थशास्त्री रोबर्टसन ।
लसकुस नेपालभाषा
मल्ल के. सुन्दर
‘गुगल ट्रान्सलेसन’ गएको जुन २७ तारेख बिहीबारका दिन अन्तर्राष्ट्रियस्तरमा एउटा विशेष जानकारी सार्वजनिक गरियो । लगत्तै नेपाल तथा अन्यत्रका नेवार समुदायले निकै हर्ष अनुभव गरे । र, आपसमा खुसी बाँडे, शुभकामना आदानप्रदान भए । त्यो विशेष सुखद विषय थियो– ‘गुगल सर्च टुल्स’मा नेवार समुदायको मातृभाषा नेपालभाषालाई पनि अन्य भाषाहरूमा रूपान्तरण गर्न सकिने ‘ट्रान्सलेसन टुल्स’ अन्तर्गत सूचीकृत गरिएको आधिकारिक घोषणा !
किराले लुटेको गरिबको सपना
वसन्तप्रताप सिंह
किरा (यार्चा) को खोजीमा निस्किएका साइपाल गाउँपालिका–२ धलौनका २१ वर्षे लक्ष्मण धामी कुज्जड वनमा मूर्छित अवस्थामा भेटिए, गत जेठ २७ गते राति । उनका दाइ धनराज धामी निक्कै अत्तालिए ।
‘भूपी र काइँला ओभररेटेड कवि’
दीपक सापकोटा
हरि अधिकारीलाई चिनाउने केही व्यक्तित्व छन्– खरो समीक्षक, कथाकार, कवि । नेपाली चेतनाका आवाज हुन्, उनका कविता । समाजको विरोधाभास लेखिरहने अधिकारीले ५ दशकको अवधिमा लेखेका करिब सबै कविता संकलित छन्, उनको नयाँ किताब ‘कवितासँग पाँच दशक’ मा । यो किताब उनका प्रतिनिधिमूलक कविताको पूर्णकोश हो ।
मैदानमा अब नयाँ पुस्ता
हिमेश