text
stringlengths
2
914
रङ्गहरुको यस संसारमा म पनि त एउटा रङ्ग नै हुँ
प्यालेस्टाइनी सडकमा बच्चीको डायरी
चन्द्र गुरुङ
प्यालेस्टाइनीको मनले चाहेजस्तो, मस्तिष्कले सोचेजस्तो केही भइरहेको छैन । देशैभरि शरणार्थी शिविरहरूको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । सबतिर रोग, भोक र शोक व्याप्त छ । कसैले पनि एउटा सुन्दर भविष्यको सपना देख्दै परिवारजनसित ढुक्कसित बस्न पाएका छैनन् ।
‘बाहुबली’लाई समेत पछाडि पार्दै ‘स्त्री–२’
सुशील पौडेल
बलिउडमा एकपछि अर्को सफलताको सिँढी चढिरहेका राजकुमार राव यतिबेला प्रदर्शनरत फिल्म ‘स्त्री–२’ बाट बक्सअफिसमा राज गर्ने अवस्थामा छन् ।
नेपालमा रमाउने बंगलादेशी टिम
हिमेश
फुटबलमा जित्ने त खेलेर नै हो । तर, ‘भाग्य’ भन्ने पनि केही कुरा त हुन्छ होला । जस्तो, साफ यू–२० च्याम्पियनसिपकै कुरा । दक्षिण एसियाली उमेर समूहको सबैभन्दा ठूलो प्रतियोगिता हो, यो । बंगलादेशले भर्खरै यसलाई जितेको छ । फाइनलमा बंगलादेश भिडेको थियो, नेपालसँग ।
भाद्र ८, २०८१
बर्लिनमा पहिचान, लोकार्नोमा पुरस्कार
रीना मोक्तान
पछिल्ला वर्षमा केही नेपाली फिल्मले विश्वका चर्चित फिल्म फेस्टिभलमा आफ्नो बलियो उपस्थिति जनाउन थालेका छन् । नेपाली फिल्मकर्मी, कलाकारले फेस्टिभलमार्फत विश्वका स्थापित र नामी कलाकारहरू सँगसँगै विश्वमञ्च साझेदार गर्न थालेका छन्, देशको प्रतिनिधित्व गर्दै आफ्नो क्षमतालाई विश्वसामु चिनाउन पाएका छन् ।
युवा चेतनाको निसानामा विश्वव्यापी ब्रान्ड
सजना बराल
विश्वकै ठूलो कफीहाउस सञ्जाल ‘स्टारबक्स’ केही समययता एकपछि अर्को विवाद र आलोचनाको घेरामा छ । पछिल्लो आलोचना कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रायन निकोलको नियुक्ती–पत्रको सर्तले निम्त्याएको छ । त्यसमा उनी हप्तामा तीन दिन जेट विमान चढेर कार्यालय आऊ–जाऊ गर्ने विषय उल्लेख छ ।
नेपाल चिनाउन मग्न लेन्सम्यान
दीपक सापकोटा
प्रेम, शालीनता र सौन्दर्यको मिश्रित कोलाज हुन्– मणि लामाका तस्बिर । उनका तस्बिरमा समाजको समकालीन इतिहास भेटिन्छ र देखिन्छ– नेपाली प्रकृति । गएको सोमबार (१९ अगस्ट) विश्व फोटोग्राफी दिवस मनाइयो । त्यही साइतमा तस्बिरबाटै अन्तर्राष्ट्रिय पहिचान बनाएका ख्यातनामा फोटोग्राफर मणि लामाको फोटो–यात्रा पछ्याएका छौं :
के पढ्दै छ जेन जी ?
सुजाता मुखिया
सामाजिक सञ्जालसँगै हुर्किएको पुस्ता, जसलाई ‘जेन जी’ भनिन्छ, उनीहरू कस्ता पुस्तक रुचाउँछन् ? कुन विषय वा विधामा लेखिएका पुस्तक खोजीखोजी पढ्छन् ? पुस्तक छनोट कसरी गर्छन् ? र, कुन लेखक बढी पछ्याउँछन् ?
कवितामा कालिक चेतना
फणीन्द्र संगम
राजधानीमा बसेर कुनै समय पत्रकारिता गरेका विमल वैद्य अहिले मूलथलो इलाममा कविता लेखन र साहित्यिक गतिविधिमा सक्रिय छन् । उनको चौथो कवितासंग्रह ‘युगको तटमा उभिएर’ हालसालै प्रकाशित छ । संग्रहका कविता उनले बाँचेको/भोगेको समयको अभिलेख हो, जसले विभिन्न कालखण्डका स्वर बोलिरहेका छन् ।
अजीहरू पनि अब लाखे
प्रशान्त माली
सानै छँदा ‘लाखे’ नाच्ने रुचि थियो उनलाई । धिमेको धुन सुनेसँगै मन चञ्चल–चञ्चल भइहाल्थ्यो र नाचुँ–नाचुँ लाग्थ्यो । सधैंका वर्ष टोल–सडक–गल्लीमा लाखे नाच प्रदर्शन हुँदा उनी त्यस नाचका प्रत्येक स्टेप ध्यान दिएर नियाल्थिन् र घरमा त्यसको नक्कल गरिबस्थिन् ।
आकाशवाणी
प्रज्वल अधिकारी
खबर आयो– घरमा ईश्वर आउँदै छन्  !
भाद्र १, २०८१
एमबाप्पेको ‘रियल’ अवतार
हिमेश
अब को त ? यो प्रश्न सिधै दुई खेलाडीमा पुगेर ठोकिन्छ– लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । सबैलाई थाहा छ, अब विश्व फुटबलका यी दुई महान् खेलाडी आफ्नो खेल जीवनको अन्त्यतिर छन् । दुई ठूला प्रतियोगिता भर्खरैजसो टुंगिए ।
माटो : सबै जाने बाटो
रमेश भुसाल
असारको अन्तिम साता सिमसिम पानी परिरहेको छ, आकाश भनिरहेछ– थप जोडले पर्नेछु । इँट्टाले थिचेको, सिमेन्टले लिपेको काठमान्डु उपत्यकाको पश्चिममा रामकोटको उकालो चढ्दै छ गाडी । घर घट्दै गए, माटोले रूप देखाउँदै गयो । कतै झारले त कतै रूखले । कतै घरले त कतै बाटोले माटो लुकाउँछन् । सहरमा माटो देख्नै मुस्किल छ । कतै देखिइहाले पनि त्यो माटो हुँदैन, हिलो भइदिन्छ ।
जहाँ लयमा रुन्छन् आमाहरू
मधुराज केरुङ
करिब छब्बीस बसन्तअघिको कुरा हो । एक उदास नीरव औंसीको रात थियो । सबै चराचुरुङ्गी, किटपतङ्ग, खोलानाला, अररीका पात र फूलहरू निदाइसकेका थिए ।
अवलोकनमा समयविम्ब
उदय अधिकारी
कवि, लेखक हरि अधिकारीद्वारा लिइएको अन्तर्वार्ताको चार सय सत्तरी पृष्ठ ओगटेको एउटा महत्त्वाकांक्षी योजनाको पहिलो भाग हो– संवादमा समयविम्ब । भूमिकामा जनाइएअनुसार, दोस्रो भाग पनि चाँडै आउँदै छ । यो भागमा २० जना फरकफरक क्षेत्रमा नाम कमाएका नेपालीको विचार अन्तर्वार्ताको माध्यमले प्रस्तुत गरिएको छ ।
एक सुपारी किलरको प्रेम
अनुपम रोशी
जीवनको सत्य मानिसको कर्ममा हुन्छ या ज्ञानमा ? आजकल यही प्रश्नले झस्काउँछ र मध्यरातमा मेरो निद्रा खुल्छ । केही समय भयो यसरी मध्यरातमा निद्रा खुल्न थालेको । आँखा खुलेपछि उठेर एक पटक झ्यालबाहिर हेर्छु ।
सिपालु तोपचराको न्यानो गुँड
मनोज पौडेल
तोप चराको कला र मिहिनेत तारिफयोग्य छ । यसले कलात्मक शिल्पसाथ बनाएको गुँड सबैले मन पराउँछन् । त्यसैले कतिपयले यो चरालाई ‘पाको इन्जिनियर चरा’ भन्छन् । काठमाडौं बल्खुस्थित ‘इस्लामिक कल्चर सेन्टर’ पछाडि पिपलको रूखमा यो चराले बनाएको गुँडको गजबको इन्जिनियरिङले त्यो बाटो हिँड्नेहरू दंग पर्छन् ।
कविता : थुप्रै कारण
बीपी अस्तु
म जानैपर्ने थुप्रै कारण छन् म जानै नहुने थुप्रै कारण छन्
श्रावण २६, २०८१
मरूभूमिका नेपाली ‘नजीवहरू’
होम कार्की
लेखक बेन्यामिनको उपन्यास ‘आडुजीवितम’ मा आधारित ब्लेसीद्वारा निर्देशित फिल्म ‘द गोट लाइफ’ हेरेको रात मेरो सम्पूर्ण निद्रा उड्यो । अरबी मरुभूमिको अनकन्टारमा ‘द गोट लाइफ’ का पात्रहरू मलायाली युवक नजीव मुहम्मद, हाकिम र अफ्रिकी इव्राहिम खादिरहरूले भोगेका कष्टकर जीवन–संघर्षको सम्झना मेरो मनमष्तिकमा फिल्मका रिल घुमेझैं फनफनी घमिरहे ।
ठुमरीका अल्केमिस्ट
विप्लव प्रतीक
गुरुदेव कामत शास्त्रीय संगीतका गुरु थिए । कलियुगमा ‘देव’ कहलिन उपयुक्त आडम्बर, ईर्ष्या र लोभरहित सज्जन थिए । तर, उनको कामतमा कुनै भौतिक सम्पत्ति भने कहिल्यै भएन । त्यो सधैं संगीत रह्यो, त्यसकै अभ्यास रह्यो र आफूले जानेको ज्ञान शिष्यको क्षमता अनुरूप बाँड्नु रह्यो । गाउँमा कामत होला/नहोला, नेपाली आधुनिक संगीतमा उपलब्ध रेकर्ड र शिष्यहरू भने उनका कामतका रूपमा रहिरहनेछ ।
त्यसपछि म सडकबाटै लखेटिएँ
रविना सथसंकर
आमामाथिको घरेलु हिंसा थेग्नै नसक्ने तहमा उकासियो । हिंसा सहेर बस्नुभन्दा आमाले त्यसबाट छुटकारा पाउने अठोट लिनुभयो । विवाह भइसकेपछि महिलाका निमित्त श्रीमान् र उनको घरपरिवार सबथोक हो भन्ने ‘मारे पाप पाले पुण्य’ को मान्यतालाई आमाले लत्याउनुभयो । आफैं पालिने हिम्मत बटुल्दै, श्रीमान् र घरपरिवारको बन्धन तोड्दै उहाँ बाहिरिनुभयो । आमासँगै म र अरू स–साना तीन बहिनी थियौं ।
हेपाहा पुरुषमाथि प्रहार
रमण घिमिरे
पछिल्ला केही वर्ष नेपाली साहित्यमा आत्मकथाबाहेक आख्यानहरूकै बाढी चलेको छ । आख्यान चाहे कथा होस् या उपन्यास, सम्बन्धहरूको उतार–चढावकै फेहरिस्त हुन्छ । यहाँ चर्चा गर्न लागिएको लेखक सानु शर्माको कथासंग्रह ‘अर्को देशमा’ पनि विविध सम्बन्धहरूका पोयाहरूद्वारा नै बाटिएको डोरी हो ।
निर्णयको ‘फ्रिडम अफ एक्सप्रेसन’
लक्ष्मी भण्डारी
र्‍यापरहरूको सम्झना मात्रैले हाम्रो मस्तिष्कमा केही बिम्ब ओहोरदोहोर गर्छ, जस्तो ‘फ्रस्ट्रेटेड’ शब्दहरूले भरिएका गीत–संगीत, ट्याटु हानेका र झोलाजत्रा लुगा लगाउने मान्छे...! तर, असलमा र्‍याप संगीत हो के ? अनि को हुन् र्‍यापर ? किन जन्मिन्छन् र्‍यापर र र्‍याप संगीत ?
लोलिताको ७० वर्ष
अभय श्रेष्ठ
भ्लादिमिर नाबोकोभको उपन्यास ‘लोलिता’ छापिएको ७० वर्ष पुग्यो । यसबीच यो कृति निरन्तर लोकिप्रिय, चर्चित र विवादास्पद छ । सन् १९५५ को सेप्टेम्बरमा पहिलो पल्ट फ्रान्समा प्रकाशित ‘लोलिता’ एक वर्षपछि प्रतिबन्धित भयो । सन् १९५८ मा अमेरिकामा छापिएको तीन हप्तामै एक लाख प्रति बिकेर यसलाई त्यतिन्जेलको सर्वकालीन ‘बेस्टसेलर’ मानियो ।
झन्डा ओढेको मुर्दाको आत्मालाप
सन्देश सुब्बा
दुई दिन बाँच्नका लागि सयौंपल्ट मर्दै बाँचेको म आज कहिल्यै नमर्ने गरी मरेको छु
श्रावण १९, २०८१
युवाका छरिएका सपना–विपना
सम्झना वाग्ले भट्टराई
युवाका कुरा विश्वविद्यालयमा पढाउनु सचेत युवाहरूसँग नियमित अन्तर्क्रियाको अवसर पनि हो । विद्यार्थीहरूसँग पुस्तकका अतिरिक्त समाजका कुरा हुन्छन्, विगतका कुरा हुन्छन्, आगतका कुरा हुन्छन् र भविष्यका कुरा पनि हुन्छन् । भनिन्छ नि ‘पर्सनल इज पोलिटिकल’ ।
काबुली किताबवाला
उपेन्द्रराज पाण्डेय
हामी आ–आफ्नो रुचिअनुसार किताब छान्छौं र पढ्छौं । हाम्रो विधागत रुचि पनि फरक हुन्छ, केही लेखक विशेषप्रति हुरुक्कै पनि हुन सक्छौं ।
बायल्सको बहादुरी
हिमेश
जतिबेला पेरिस ओलम्पिक– २०२४ सकिनेछ, त्यतिबेला दोहोर्‍याएर भनिने एउटा बबाल कथा हुनेछ, सिमोन बायल्सको बहादुरी । अहिले चाहिँ यो ओलम्पिकलाई लिएर त्यो पनि भएन, यो पनि भएन भन्ने जस्ता गुनासो मात्रै बढी सुनिने गरेका छन् ।
‘बनेकै बाटोमा हिँडेर अब लेखकलाई सुख छैन’
दीपक सापकोटा
लेखक सरला गौतमको नयाँ उपन्यास ‘अम्रिकाने काशी’ प्रकाशित छ, जसको नायक हो– एक चेतनशील कुकुर । किताबले मान्छेको सामाजिक–राजनीतिक व्यवस्थामा अरू प्राणीको पनि सुरक्षित स्थान हुनुपर्छ भन्छ ।
बाढी पसेपछिको सहर
हेमन्त श्रेष्ठ
धार्मिक आस्थादेखि मान्छेको सभ्यतासम्म जोडिएको छ– नदी । मानिसको जनसंख्या वृद्धिसँगै बासस्थानका लागि बढेको सहरीकरणले पानी सोस्ने खाली जमिन कम भयो । त्यसैले भारी वर्षापछि सहरमा बग्ने पानी सिधै नदीहरुमा पस्दा बहाव उच्च भई बाढी आउने गरेको विज्ञहरुको तर्क छ ।
‘सेलिब्रेटी’ स्वयं ‘सेलिब्रेट’ गरिरहेका छन् ?
घनश्याम खड्का
उखान–टुक्काहरू जीवनका सघन निचोडले जन्मिएका मानव हृदयको अनुभवसिद्ध अभिव्यक्ति हुन् । यसमा हजारौं वर्षदेखिका हजारौं हजार मानिसको अनुभवको निचोड खँदिलो भएर बसेको हुन्छ ।
समालोचकको प्रेम नपाएका प्रेमचन्द
शैलीका छेत्री
प्रेमचन्द (१८८०–१९३६) आधुनिक भारतीय साहित्यका एक साहसी आवाज र सुप्रसिद्ध आख्यानकार थिए । प्रेमचन्द जन्मदिवस (जुलाई ३१) को सन्दर्भमा उनको सम्झना :
दुःख, तिक्तता, विरक्ति
सुमन वर्षा