text
stringlengths
2
914
वर्ष २०८१ को सुरुवातसँगै वसन्त–यात्रामा निस्किए पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । भोजपुर, खोटाङ, सोलुखुम्बुको पदयात्रामा । त्यो टोलीमा रहेर चखिया–सिलिचुङको मुन्दुम पदमार्ग पदयात्रा गरें मैले पनि ।
यौनशालाको कथा
हिमेश
निर्देशक सञ्जय लीला भन्सालीको विशेषता नै हो भन्दा हुन्छ, भव्य सेट । त्यसलाई सुहाउँदो छायाकन । अनि उत्तिकै खर्च । तिनै भन्सालीले भर्खरै ओटीटीमा डेब्यु गरेका छन् । उनी निर्देशित ‘हिरामन्डी : द डायमन्ड बजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । यसका आठ भाग छन् । त्यो भने आठ घण्टा बराबरको वेब सिरिज ।
एक मुठी दानको अर्थ
सुरेश गाउँले
प्रांगणमा बालबालिका लाम लागेर बिहानी प्रार्थनामा व्यस्त थिए । प्रांगणभन्दा केही परको फूलबारीमा देखें– आमाले एउटा बालकलाई बडो प्रेमले छातीमा टाँसेर राखेको सुन्दर मूर्ति ।
परदेशी प्राध्यापकको मृत्युपत्र
तारालाल श्रेष्ठ
२०८१ वैशाख २३ गते । फोन छाडेर विश्वविद्यालय गएछु । घर फर्कंदा मिसकल राताम्मे रहेछ । प्राध्यापक, पत्रकार, साइकल साथीहरूको मल्टिपल मिसकल । हतारिँदै केही कल ब्याक गर्छु । अप्रिय खबर ः डा. गोविन्द रिजालको कीर्तिपुर बस दुर्घटनाबाट मृत्यु ।
म गाउँ छोड्दिनँ
नेत्रप्रसाद दाहाल
मलाई सात वर्षमा पाउ पुजेर दिएका पति साथै छन् ‘गरेर खानू बुहारी’ भनेर
कविता : अन्तराल
रेनुका भट्ट
अबको तीस वर्षपछि हो ठ्याक्कै तीस वर्षपछि हामी यहीं भेटिनेछौं
सृष्टिको अलौकिक मुन्दुमी वर्णन
गिलु रातोस
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहमा भनेका थिए, ‘जुन समुदायको इतिहास लिखित हुँदैन, उनीहरूको इतिहास मिथकमा हुन्छ । मिथकका पात्र खोला–पहाड हुन्छन्, जसरी साल्पा–सिलिचुङ भए । अनेक जीवजन्तु र किटपतङ्गहरू हुन्छन् । चराचर जगत्का प्रकृति हुन्छ ।’
वैशाख २२, २०८१
जमाना एप हन्टिङको
सजना बराल
अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भिडियो सेयरिङ एप– टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकमा हस्ताक्षर गरे । १७ करोडभन्दा धेरै अमेरिकीले प्रयोग गर्दै आएको र अमेरिकामा अधिक डाउनलोड हुने एपमध्ये एक टिकटकमाथिको सम्भावित निकट प्रतिबन्धले विश्वव्यापी डिजिटल अर्थतन्त्रमै कम्पन ल्याउने आकलन भइरहेको छ ।
आँसुका ‘दास्तान’ हरू
रवीन्द्र केसी
रोशनीको घर नेपालको सीमावर्ती सहरमा थियो । परिवार सम्पन्नै थियो । बुबा इन्जिनियर, आफ्नै निर्माण कम्पनी थियो । उनी एक मात्रै सन्तान थिइन्, सबैको आँखाकी नानी । महँगो स्कुलमा बायोलोजी पढ्दै थिइन् । डाक्टर बन्ने सपना थियो, क्यान्सर स्पेसलिस्ट बन्न चाहन्थिन् । बाआमा खुसी नै थिए । बाल्यकाल लाडप्यारमै बित्यो । किशोरवय पनि सुखदै गयो ।
विचारै विचारको सरगर्मी
राजकुमार बानियाँ
लेखक पाठकको पछुवा बन्ने कि अगुवा हुने ? साहित्यका मञ्चहरूमा आक्कलझुक्कल यस्ता प्रश्न उठ्दै आएका छन् । पाठक रिझाउने नाममा सतही र हल्काफुल्का रचना लेख्ने अनि उपन्यासको नाममा प्रेम, विवाह, सन्तान उत्पादन आदि मामुली कुरा थोपर्ने चलन बढ्दै जाँदा गम्भीर पाठ खोज्ने एउटा वर्ग वाक्कदिक्क र निराश छ । के जीवनको गहिराइमा गएर दर्शनलाई आख्यान बनाएर लेख्न सकिँदैन ?
दीपाश्री : साथी, सबैभन्दा माथि
दीपकराज गिरी
विसं २०५० को आसपासतिर दीपाश्री निरौलासँग मेरो भेट जुराइदियो– रेडियो नेपालले । उहाँ नाटकका लागि रेडियो नेपाल आउनुहुन्थ्यो, म पनि नाटककै लागि त्यहाँ पुगिरहन्थें । हाम्रो पहिलो पटक त्यहीँ देखादेख भयो ।
प्रेमको पालाम : मनसरा
गुरुङ सुशान्त
दशकअघि ‘लाटो पहाड’ कथासंग्रहको विमोचनमा एउटै साहित्यिक आन्दोलन हाँकिरहेका अर्का लेखक राजन मुकारुङले उपेन्द्र सुब्बालाई धेरै फ्यान पाइने लोभमा सिनेमातिर जाँदा कथा लेख्न छाडिने खतरातर्फ संकेत गरेका थिए । मुकारुङले आकलन गरेजस्तै सुब्बाले नयाँ कविता र कथा नलेखेको धेरै भयो ।
जिन्दगीको दोस्रो ड्राफ्ट
उपेन्द्रराज पाण्डेय
२७ सेकेन्ड ! ‘त्यो लामै समय हो ।’ ‘सिक्स्टी मिनेट्स’ मा पत्रकार एन्डरसन कुपर र सलमान रुस्दीको वार्तालाप चलिरहन्छ । तर, अचानक दुवै मौन बस्छन् । रुस्दीलाई अगस्ट १२, २०२२ को २७ सेकेन्ड अनुभूत गराउँछन् कुपर । ‘त्यो लामै समय हो । यो आत्मीयताको अद्वितीय आधा मिनेट हो, जहाँ जीवन र मरणको भेट हुन्छ,’ रुस्दी भन्छन् ।
मरणोपरान्त मार्खेज
शंकर तिवारी
सन् २०२४ मार्चमा प्रकाशित ‘अन्टिल अगस्ट’ लेखक गाब्रिएल गार्सिया मार्खेजको मरणोपरान्त उपन्यास हो । सन् १९८२ मा साहित्यका लागि नोबेल पुरस्कार पाएका मार्खेजको सन् २००५ मा छापिएको ‘मेमोरिज अफ माई मेलनकोली होर्स’ उनकै जीवनकालमा प्रकाशित अन्तिम उपन्यास थियो ।
वैशाख १५, २०८१
नीलो जाकामान्डु
तीर्थबहादुर श्रेष्ठ
फुलाई फूल फुलन धर्ती आकाश ओर्ली आउला मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला – ईश्वरवल्लभ
जीवन अन्तत: प्याज रहेछ
खगेन्द्र संग्रौला
आन्दोलन र क्रान्तिको संग्रामी शृंखलाबाट उदाएको गणतन्त्र नेपालमा अनपेक्षित उल्का भयो । जो न कुनै शक्तिकेन्द्रको निकट छ, न प्रिय छ, जो न कुनै शक्तिपीठको भक्त छ, न कृपार्थी छ, जो न कुनै जंगीको शीर्षस्थ हाकिम हो, न हो निजामतीको शीर्षस्थ पुरुष, जो न कुनै दीर्घायुयुक्त शतक पुरुष हो, न हो कुनै लाठेदलको अधिपति, जो न कुनै धनाढ्य कुबेरपति हो, न हो कुनै फिल्मी चटके अभिनयकर्मी, उल्का भयो !
कोपिला भ्यालीमा अमेरिकी आमा
गंगा बीसी
अमेरिकाको न्युजर्सीमा एक युवती बिहान खाजा खाने बेला बुवा–आमासँग भन्छिन्, ‘म एक वर्ष कलेज ग्याप गर्न चाहान्छु । असल मान्छे हुने प्रयास गर्छु । छातीमा स्वतन्त्र जोस लिएर साहसिक काम गर्न चाहन्छु ।’ यो सन् २०१५ को कुरा हो । मास्कुले जीवनमा गणितलगायत विषयले आकर्षण नगरेपछि एक युवतीले बुबाआमा समक्ष यो प्रस्ताव राखेकी थिइन् ।
उपेन्द्र सुब्बाको मुन्धुमी लय
राजन मुकारुङ
जट्टाधारी, खिर खुवाउने झाँक्री धेरैका लागि परिचित पात्र हुन् । झाँक्री मात्रैको ‘ट्रेलर’ हेर्नेको कम लामो ताँती छैन । ‘ट्रोल’ त कति बनेको छ कति ! साउन पन्ध्र आयो कि झाँक्रीकै कुरा आइहाल्छ । जमाना सेल्फीको छ । तर, यी झाँक्रीसित खिचेको ‘सेल्फी’, खासगरी छोरीमान्छेले फेसबुक वा इन्स्ट्राग्राममा पोस्ट गरे भने ‘कमेन्ट’ मा यस्तो आइहाल्छ– ‘बूढाले खिर खुवाउलान् है...!’ उपद्रै ‘गसिप’ र उपद्रै चर्चित छन् यी पात्र ।
पीडाबाट मोक्षको यात्रा
महेश पौड्याल
निबन्ध–फाँटमा धमाकेदार उपस्थिति जनाएकी थिइन् मोमिलाले, २०६३ सालमा ‘ईश्वरको अदालमा आउटसाइडरको बयान’ शीर्षकको ललित एवं आत्मपरक निबन्ध–सङ्ग्रह प्रकाशित गरेर । किताबमार्फत उनले केही अहं प्रश्न र केही महत् जिज्ञासा छोडेकी थिइन् । पश्चिमको अस्तित्ववादी–विसङ्गतिवादी चिन्तनको चुरोमा टेकेर जिन्दगीको निरीक्षण गर्ने मोमिलाले आफूलाई तमाम सजिला–अप्ठ्याराहरूको एक्लो योद्धाको रूपमा प्रस्तुत गरेकी थिइन् ।
‘खुङ्खार डाँका’ हर्केको सम्झनामा
सुकन्या वाइबा
व्यापारको उद्देश्य लिएर भारत भित्रिएको बेलायतको दी इस्ट इन्डिया कम्पनीले साना–साना विभाजित राज्यहरूमा विस्तारै आफ्नो प्रभुत्व जमाउँदै गरेको बखत थियो त्यो । कम्पनीको कुटिल नियत बुझ्ने शासकहरूमा एक थिए– दक्षिणका मैसुर राज्यका शासक टिपु सुल्तान (सन् १७५१—१७९९) जसलाई ‘टाइगर अफ मैसुर’ भनिने गर्थ्यो ।
सिरानीलाई माइतमानको पीर
होम कार्की
सिरानी घर्ती मगरलाई माइतमानले पैसा खोज्ने छोटो समय दिए । नेपाली सेनामा १८ वर्ष अवधि कटाएपछि राजीनामा दिई कामविहीन बनेका माइतमान ८ महिनादेखि काठमाडौंमा वैदेशिक रोजगारीको बाटो खोजिरहेका थिए । ‘कात्तिक ६ गते मेरो उडान छ । भिसा आइसक्यो । १२ लाख रुपैयाँ लाग्ने भयो । ५ गतेभित्र पैसा बुझाइसक्नुपर्छ,’ सिरानीलाई माइतमानले फोनमा भने, ‘तुरुन्तै पैसा खोजेर पठाइदिनु ।’ यो थियो २०८० कात्तिकको कुरा ।
दुई किनाराको जय–पराजय
हिमेश
वस्ती र सहर सीमा–रेखाले मात्रै छुट्याउँदैन्, फुटबलले पनि छुट्याउँछ । इटालीको प्रसिद्ध सहर मिलान पनि यस्तै उदाहरण हो । यो सहरको एउटा परिचय भन्नु नै फुटबल हो ।
वैशाख ८, २०८१
ड्रेक प्यासेजको चिहानमाथि
जीवा लामिछाने
समुद्रमा बेपत्ता भएका भूताहा जहाजका कथाले कुनै रहस्य–लोकतिर लैजान्थे मलाई । ती तिलस्मी लाग्ने कथा–श्रवणपछि मस्तिष्कमा अनेक नयाँ कथा जन्मिन्थे– जस्तो गहिरो नीलो समुद्रमुनि बिस्तारै डुबिरहेको विशाल जहाजको चित्र आउँथ्यो । बिस्तारै टुक्रिँदै गरेका जहाजका पार्टपुर्जा धीमा गतिमा समुद्रमा तैरिरहेका–डुब्दै गरेका हुन्थे ।
न्ह्यू सधैं समीप
विप्लव प्रतीक
संगीतसँग बडो निकट छु म । यो मसँग मेरो बाल्यकालदेखि सँगसँगै छ, अटुट । संगीतको परख गर्न लामो स्वअध्ययन, संगत र त्यसमाथि मैले लिएको विविध आस्वादले काम गरेको हुनुपर्छ । डीलन, मेहंदी हसन, जगजित, आबिदा र आला पुगाचोभाका गीतहरू सुन्दा तिनकै धूनमा विलीनप्रायः हुन्छु म ।
एउटा नवोदित सहरको कथा
किशोर नेपाल
नयाँ वर्षको रमझम सकिएको एक साता भयो । चैत मसान्तको साँझदेखि वैशाख एक गतेको झिसमिसेसम्म मात्दै, नाच्दै, गाउँदै, रुँदै, कराउँदै, मोबाइलबाट भिडियो खिच्दै संसारलाई आफ्नो अँगालोमा कसेर रमाइरहेका तन्नेरीहरू बिहानपख मस्त निदाए । निद्राले शरीरलाई आराम दिँदैन, दिउँसोका लागि ऊर्जाको संकलन गर्छ । नयाँ वर्षको भोलिपल्ट सडकमा जो–जो देखिए ती सबैको अनुहारमा ऊर्जाको चमक थियो । रमाइलो भयो नि यार !
आख्यानको खडेरी
फणीन्द्र संगम
प्रकाशन संस्था बुकहिलले मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान’ को परिमार्जित संस्करण–कभर हालै सार्वजनिक गर्‍यो । ‘२०८० को पहिलो किताब, जो ६ महिनामै दोस्रो संस्करण छापियो,’ बुकहिलले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘पहिलो संस्करणमा भएका त्रुटि सच्याई आवरणको टाइपो परिवर्तनसहित चाँडै आउँदै छ ।’
प्रकटले छाडेको प्रणयवेद
राजकुमार बानियाँ
जीवनका आखिरी दिनहरूमा आम मानिस नियमित काम–धन्दा, व्यवसाय सन्तानलाई जिम्मा लगाएर बस्छन् । कवि प्रकट पंगेनी ‘शिव’ भने ६७ वर्षको उमेरमा बल्ल व्यावसायिक जीवन सुरुवात गर्दै थिए । जीवनमा कहिल्यै स्थायी ठेगाना नबनाएका अनि पृथ्वीलाई नै आफ्नो घर सम्झेका उनी उही पुरानो थातथलो फर्केका थिए, रूपा गाउँपालिका–५ को देउराली उकाली ।
हिँड्ने राजमार्ग, गुड्ने राजमार्ग
माधव चौलागाईं
आधुनिककालमा ‘गुड्ने राजमार्ग’ आएपछि कर्णालीमा हजार वर्षदेखिको चल्तीको ‘हिँड्ने राजमार्ग’ (खस साम्राज्यकालीन भोट–माल–मधेस जोड्ने मार्गहरू) अलपत्र परेका छन् । तीमध्ये दुल्लुबाट हाउडीको लेक नाघेर हिँड्दै जुम्ला जाने बाटो पनि एक थियो । दसैंताका मैले त्यही बाटोको एकल पदयात्रा गरेँ– त्यो मार्गमा पर्ने सम्पदा–अवशेष हेर्दै, बासिन्दाका अनुभव सुन्दै ।
लेखक चम्काउने सम्पादकको कथा
केन सुवेदी
लेखक रामचन्द्र गुहाको नयाँ किताब ‘द कुकिङ अफ बुक्स’ ले लेखक–सम्पादकबीचको घनिष्ट सम्बन्ध वर्णन गर्छ, जसमा उनी आफैं मुख्य पात्र छन् र छन् अर्का प्रखर सम्पादक– रुकुन आडवाणी  । सोझै भन्नुपर्दा यो साहित्यिक संस्मरण हुन त गुहाले लेखेका हुन्, तर यसका हिरो चार दशक सँगै काम गरेर उनलाई लेखक बनाएका सम्पादक रुकुन आडवाणी हुन् । किताबभरि रुकुनसँगका सम्बन्धहरूको पुनः अवलोकन भेटिन्छ ।
एकान्त आलाप
जुनु राना
यो मन भन्छ— अनिश्चितता बोकेको एकबारको यो जिन्दगी बाँच्न सहरको कुनै सुख चाहिँदैन, चाहिँदैन कुनै विलासी ठाउँ
वैशाख १, २०८१
महिलाको साइकल साइनो
करुणा देवकोटा , सविता आचार्य
इतिहास र वर्तमान
के नेपाली भाषा मर्छ ? सायद !
वसन्त थापा
द्‌याट्स अनफेयर
हिन्दु अधिराज्यमा मासिएका हिन्दु देवदेवी !
मोहन मैनाली