text stringlengths 2 914 |
|---|
वर्ष २०८१ को सुरुवातसँगै वसन्त–यात्रामा निस्किए पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । भोजपुर, खोटाङ, सोलुखुम्बुको पदयात्रामा । त्यो टोलीमा रहेर चखिया–सिलिचुङको मुन्दुम पदमार्ग पदयात्रा गरें मैले पनि । |
यौनशालाको कथा |
हिमेश |
निर्देशक सञ्जय लीला भन्सालीको विशेषता नै हो भन्दा हुन्छ, भव्य सेट । त्यसलाई सुहाउँदो छायाकन । अनि उत्तिकै खर्च । तिनै भन्सालीले भर्खरै ओटीटीमा डेब्यु गरेका छन् । उनी निर्देशित ‘हिरामन्डी : द डायमन्ड बजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । यसका आठ भाग छन् । त्यो भने आठ घण्टा बराबरको वेब सिरिज । |
एक मुठी दानको अर्थ |
सुरेश गाउँले |
प्रांगणमा बालबालिका लाम लागेर बिहानी प्रार्थनामा व्यस्त थिए । प्रांगणभन्दा केही परको फूलबारीमा देखें– आमाले एउटा बालकलाई बडो प्रेमले छातीमा टाँसेर राखेको सुन्दर मूर्ति । |
परदेशी प्राध्यापकको मृत्युपत्र |
तारालाल श्रेष्ठ |
२०८१ वैशाख २३ गते । फोन छाडेर विश्वविद्यालय गएछु । घर फर्कंदा मिसकल राताम्मे रहेछ । प्राध्यापक, पत्रकार, साइकल साथीहरूको मल्टिपल मिसकल । हतारिँदै केही कल ब्याक गर्छु । अप्रिय खबर ः डा. गोविन्द रिजालको कीर्तिपुर बस दुर्घटनाबाट मृत्यु । |
म गाउँ छोड्दिनँ |
नेत्रप्रसाद दाहाल |
मलाई सात वर्षमा पाउ पुजेर दिएका पति साथै छन् ‘गरेर खानू बुहारी’ भनेर |
कविता : अन्तराल |
रेनुका भट्ट |
अबको तीस वर्षपछि हो ठ्याक्कै तीस वर्षपछि हामी यहीं भेटिनेछौं |
सृष्टिको अलौकिक मुन्दुमी वर्णन |
गिलु रातोस |
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहमा भनेका थिए, ‘जुन समुदायको इतिहास लिखित हुँदैन, उनीहरूको इतिहास मिथकमा हुन्छ । मिथकका पात्र खोला–पहाड हुन्छन्, जसरी साल्पा–सिलिचुङ भए । अनेक जीवजन्तु र किटपतङ्गहरू हुन्छन् । चराचर जगत्का प्रकृति हुन्छ ।’ |
वैशाख २२, २०८१ |
जमाना एप हन्टिङको |
सजना बराल |
अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भिडियो सेयरिङ एप– टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकमा हस्ताक्षर गरे । १७ करोडभन्दा धेरै अमेरिकीले प्रयोग गर्दै आएको र अमेरिकामा अधिक डाउनलोड हुने एपमध्ये एक टिकटकमाथिको सम्भावित निकट प्रतिबन्धले विश्वव्यापी डिजिटल अर्थतन्त्रमै कम्पन ल्याउने आकलन भइरहेको छ । |
आँसुका ‘दास्तान’ हरू |
रवीन्द्र केसी |
रोशनीको घर नेपालको सीमावर्ती सहरमा थियो । परिवार सम्पन्नै थियो । बुबा इन्जिनियर, आफ्नै निर्माण कम्पनी थियो । उनी एक मात्रै सन्तान थिइन्, सबैको आँखाकी नानी । महँगो स्कुलमा बायोलोजी पढ्दै थिइन् । डाक्टर बन्ने सपना थियो, क्यान्सर स्पेसलिस्ट बन्न चाहन्थिन् । बाआमा खुसी नै थिए । बाल्यकाल लाडप्यारमै बित्यो । किशोरवय पनि सुखदै गयो । |
विचारै विचारको सरगर्मी |
राजकुमार बानियाँ |
लेखक पाठकको पछुवा बन्ने कि अगुवा हुने ? साहित्यका मञ्चहरूमा आक्कलझुक्कल यस्ता प्रश्न उठ्दै आएका छन् । पाठक रिझाउने नाममा सतही र हल्काफुल्का रचना लेख्ने अनि उपन्यासको नाममा प्रेम, विवाह, सन्तान उत्पादन आदि मामुली कुरा थोपर्ने चलन बढ्दै जाँदा गम्भीर पाठ खोज्ने एउटा वर्ग वाक्कदिक्क र निराश छ । के जीवनको गहिराइमा गएर दर्शनलाई आख्यान बनाएर लेख्न सकिँदैन ? |
दीपाश्री : साथी, सबैभन्दा माथि |
दीपकराज गिरी |
विसं २०५० को आसपासतिर दीपाश्री निरौलासँग मेरो भेट जुराइदियो– रेडियो नेपालले । उहाँ नाटकका लागि रेडियो नेपाल आउनुहुन्थ्यो, म पनि नाटककै लागि त्यहाँ पुगिरहन्थें । हाम्रो पहिलो पटक त्यहीँ देखादेख भयो । |
प्रेमको पालाम : मनसरा |
गुरुङ सुशान्त |
दशकअघि ‘लाटो पहाड’ कथासंग्रहको विमोचनमा एउटै साहित्यिक आन्दोलन हाँकिरहेका अर्का लेखक राजन मुकारुङले उपेन्द्र सुब्बालाई धेरै फ्यान पाइने लोभमा सिनेमातिर जाँदा कथा लेख्न छाडिने खतरातर्फ संकेत गरेका थिए । मुकारुङले आकलन गरेजस्तै सुब्बाले नयाँ कविता र कथा नलेखेको धेरै भयो । |
जिन्दगीको दोस्रो ड्राफ्ट |
उपेन्द्रराज पाण्डेय |
२७ सेकेन्ड ! ‘त्यो लामै समय हो ।’ ‘सिक्स्टी मिनेट्स’ मा पत्रकार एन्डरसन कुपर र सलमान रुस्दीको वार्तालाप चलिरहन्छ । तर, अचानक दुवै मौन बस्छन् । रुस्दीलाई अगस्ट १२, २०२२ को २७ सेकेन्ड अनुभूत गराउँछन् कुपर । ‘त्यो लामै समय हो । यो आत्मीयताको अद्वितीय आधा मिनेट हो, जहाँ जीवन र मरणको भेट हुन्छ,’ रुस्दी भन्छन् । |
मरणोपरान्त मार्खेज |
शंकर तिवारी |
सन् २०२४ मार्चमा प्रकाशित ‘अन्टिल अगस्ट’ लेखक गाब्रिएल गार्सिया मार्खेजको मरणोपरान्त उपन्यास हो । सन् १९८२ मा साहित्यका लागि नोबेल पुरस्कार पाएका मार्खेजको सन् २००५ मा छापिएको ‘मेमोरिज अफ माई मेलनकोली होर्स’ उनकै जीवनकालमा प्रकाशित अन्तिम उपन्यास थियो । |
वैशाख १५, २०८१ |
नीलो जाकामान्डु |
तीर्थबहादुर श्रेष्ठ |
फुलाई फूल फुलन धर्ती आकाश ओर्ली आउला मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला – ईश्वरवल्लभ |
जीवन अन्तत: प्याज रहेछ |
खगेन्द्र संग्रौला |
आन्दोलन र क्रान्तिको संग्रामी शृंखलाबाट उदाएको गणतन्त्र नेपालमा अनपेक्षित उल्का भयो । जो न कुनै शक्तिकेन्द्रको निकट छ, न प्रिय छ, जो न कुनै शक्तिपीठको भक्त छ, न कृपार्थी छ, जो न कुनै जंगीको शीर्षस्थ हाकिम हो, न हो निजामतीको शीर्षस्थ पुरुष, जो न कुनै दीर्घायुयुक्त शतक पुरुष हो, न हो कुनै लाठेदलको अधिपति, जो न कुनै धनाढ्य कुबेरपति हो, न हो कुनै फिल्मी चटके अभिनयकर्मी, उल्का भयो ! |
कोपिला भ्यालीमा अमेरिकी आमा |
गंगा बीसी |
अमेरिकाको न्युजर्सीमा एक युवती बिहान खाजा खाने बेला बुवा–आमासँग भन्छिन्, ‘म एक वर्ष कलेज ग्याप गर्न चाहान्छु । असल मान्छे हुने प्रयास गर्छु । छातीमा स्वतन्त्र जोस लिएर साहसिक काम गर्न चाहन्छु ।’ यो सन् २०१५ को कुरा हो । मास्कुले जीवनमा गणितलगायत विषयले आकर्षण नगरेपछि एक युवतीले बुबाआमा समक्ष यो प्रस्ताव राखेकी थिइन् । |
उपेन्द्र सुब्बाको मुन्धुमी लय |
राजन मुकारुङ |
जट्टाधारी, खिर खुवाउने झाँक्री धेरैका लागि परिचित पात्र हुन् । झाँक्री मात्रैको ‘ट्रेलर’ हेर्नेको कम लामो ताँती छैन । ‘ट्रोल’ त कति बनेको छ कति ! साउन पन्ध्र आयो कि झाँक्रीकै कुरा आइहाल्छ । जमाना सेल्फीको छ । तर, यी झाँक्रीसित खिचेको ‘सेल्फी’, खासगरी छोरीमान्छेले फेसबुक वा इन्स्ट्राग्राममा पोस्ट गरे भने ‘कमेन्ट’ मा यस्तो आइहाल्छ– ‘बूढाले खिर खुवाउलान् है...!’ उपद्रै ‘गसिप’ र उपद्रै चर्चित छन् यी पात्र । |
पीडाबाट मोक्षको यात्रा |
महेश पौड्याल |
निबन्ध–फाँटमा धमाकेदार उपस्थिति जनाएकी थिइन् मोमिलाले, २०६३ सालमा ‘ईश्वरको अदालमा आउटसाइडरको बयान’ शीर्षकको ललित एवं आत्मपरक निबन्ध–सङ्ग्रह प्रकाशित गरेर । किताबमार्फत उनले केही अहं प्रश्न र केही महत् जिज्ञासा छोडेकी थिइन् । पश्चिमको अस्तित्ववादी–विसङ्गतिवादी चिन्तनको चुरोमा टेकेर जिन्दगीको निरीक्षण गर्ने मोमिलाले आफूलाई तमाम सजिला–अप्ठ्याराहरूको एक्लो योद्धाको रूपमा प्रस्तुत गरेकी थिइन् । |
‘खुङ्खार डाँका’ हर्केको सम्झनामा |
सुकन्या वाइबा |
व्यापारको उद्देश्य लिएर भारत भित्रिएको बेलायतको दी इस्ट इन्डिया कम्पनीले साना–साना विभाजित राज्यहरूमा विस्तारै आफ्नो प्रभुत्व जमाउँदै गरेको बखत थियो त्यो । कम्पनीको कुटिल नियत बुझ्ने शासकहरूमा एक थिए– दक्षिणका मैसुर राज्यका शासक टिपु सुल्तान (सन् १७५१—१७९९) जसलाई ‘टाइगर अफ मैसुर’ भनिने गर्थ्यो । |
सिरानीलाई माइतमानको पीर |
होम कार्की |
सिरानी घर्ती मगरलाई माइतमानले पैसा खोज्ने छोटो समय दिए । नेपाली सेनामा १८ वर्ष अवधि कटाएपछि राजीनामा दिई कामविहीन बनेका माइतमान ८ महिनादेखि काठमाडौंमा वैदेशिक रोजगारीको बाटो खोजिरहेका थिए । ‘कात्तिक ६ गते मेरो उडान छ । भिसा आइसक्यो । १२ लाख रुपैयाँ लाग्ने भयो । ५ गतेभित्र पैसा बुझाइसक्नुपर्छ,’ सिरानीलाई माइतमानले फोनमा भने, ‘तुरुन्तै पैसा खोजेर पठाइदिनु ।’ यो थियो २०८० कात्तिकको कुरा । |
दुई किनाराको जय–पराजय |
हिमेश |
वस्ती र सहर सीमा–रेखाले मात्रै छुट्याउँदैन्, फुटबलले पनि छुट्याउँछ । इटालीको प्रसिद्ध सहर मिलान पनि यस्तै उदाहरण हो । यो सहरको एउटा परिचय भन्नु नै फुटबल हो । |
वैशाख ८, २०८१ |
ड्रेक प्यासेजको चिहानमाथि |
जीवा लामिछाने |
समुद्रमा बेपत्ता भएका भूताहा जहाजका कथाले कुनै रहस्य–लोकतिर लैजान्थे मलाई । ती तिलस्मी लाग्ने कथा–श्रवणपछि मस्तिष्कमा अनेक नयाँ कथा जन्मिन्थे– जस्तो गहिरो नीलो समुद्रमुनि बिस्तारै डुबिरहेको विशाल जहाजको चित्र आउँथ्यो । बिस्तारै टुक्रिँदै गरेका जहाजका पार्टपुर्जा धीमा गतिमा समुद्रमा तैरिरहेका–डुब्दै गरेका हुन्थे । |
न्ह्यू सधैं समीप |
विप्लव प्रतीक |
संगीतसँग बडो निकट छु म । यो मसँग मेरो बाल्यकालदेखि सँगसँगै छ, अटुट । संगीतको परख गर्न लामो स्वअध्ययन, संगत र त्यसमाथि मैले लिएको विविध आस्वादले काम गरेको हुनुपर्छ । डीलन, मेहंदी हसन, जगजित, आबिदा र आला पुगाचोभाका गीतहरू सुन्दा तिनकै धूनमा विलीनप्रायः हुन्छु म । |
एउटा नवोदित सहरको कथा |
किशोर नेपाल |
नयाँ वर्षको रमझम सकिएको एक साता भयो । चैत मसान्तको साँझदेखि वैशाख एक गतेको झिसमिसेसम्म मात्दै, नाच्दै, गाउँदै, रुँदै, कराउँदै, मोबाइलबाट भिडियो खिच्दै संसारलाई आफ्नो अँगालोमा कसेर रमाइरहेका तन्नेरीहरू बिहानपख मस्त निदाए । निद्राले शरीरलाई आराम दिँदैन, दिउँसोका लागि ऊर्जाको संकलन गर्छ । नयाँ वर्षको भोलिपल्ट सडकमा जो–जो देखिए ती सबैको अनुहारमा ऊर्जाको चमक थियो । रमाइलो भयो नि यार ! |
आख्यानको खडेरी |
फणीन्द्र संगम |
प्रकाशन संस्था बुकहिलले मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान’ को परिमार्जित संस्करण–कभर हालै सार्वजनिक गर्यो । ‘२०८० को पहिलो किताब, जो ६ महिनामै दोस्रो संस्करण छापियो,’ बुकहिलले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘पहिलो संस्करणमा भएका त्रुटि सच्याई आवरणको टाइपो परिवर्तनसहित चाँडै आउँदै छ ।’ |
प्रकटले छाडेको प्रणयवेद |
राजकुमार बानियाँ |
जीवनका आखिरी दिनहरूमा आम मानिस नियमित काम–धन्दा, व्यवसाय सन्तानलाई जिम्मा लगाएर बस्छन् । कवि प्रकट पंगेनी ‘शिव’ भने ६७ वर्षको उमेरमा बल्ल व्यावसायिक जीवन सुरुवात गर्दै थिए । जीवनमा कहिल्यै स्थायी ठेगाना नबनाएका अनि पृथ्वीलाई नै आफ्नो घर सम्झेका उनी उही पुरानो थातथलो फर्केका थिए, रूपा गाउँपालिका–५ को देउराली उकाली । |
हिँड्ने राजमार्ग, गुड्ने राजमार्ग |
माधव चौलागाईं |
आधुनिककालमा ‘गुड्ने राजमार्ग’ आएपछि कर्णालीमा हजार वर्षदेखिको चल्तीको ‘हिँड्ने राजमार्ग’ (खस साम्राज्यकालीन भोट–माल–मधेस जोड्ने मार्गहरू) अलपत्र परेका छन् । तीमध्ये दुल्लुबाट हाउडीको लेक नाघेर हिँड्दै जुम्ला जाने बाटो पनि एक थियो । दसैंताका मैले त्यही बाटोको एकल पदयात्रा गरेँ– त्यो मार्गमा पर्ने सम्पदा–अवशेष हेर्दै, बासिन्दाका अनुभव सुन्दै । |
लेखक चम्काउने सम्पादकको कथा |
केन सुवेदी |
लेखक रामचन्द्र गुहाको नयाँ किताब ‘द कुकिङ अफ बुक्स’ ले लेखक–सम्पादकबीचको घनिष्ट सम्बन्ध वर्णन गर्छ, जसमा उनी आफैं मुख्य पात्र छन् र छन् अर्का प्रखर सम्पादक– रुकुन आडवाणी । सोझै भन्नुपर्दा यो साहित्यिक संस्मरण हुन त गुहाले लेखेका हुन्, तर यसका हिरो चार दशक सँगै काम गरेर उनलाई लेखक बनाएका सम्पादक रुकुन आडवाणी हुन् । किताबभरि रुकुनसँगका सम्बन्धहरूको पुनः अवलोकन भेटिन्छ । |
एकान्त आलाप |
जुनु राना |
यो मन भन्छ— अनिश्चितता बोकेको एकबारको यो जिन्दगी बाँच्न सहरको कुनै सुख चाहिँदैन, चाहिँदैन कुनै विलासी ठाउँ |
वैशाख १, २०८१ |
महिलाको साइकल साइनो |
करुणा देवकोटा , सविता आचार्य |
इतिहास र वर्तमान |
के नेपाली भाषा मर्छ ? सायद ! |
वसन्त थापा |
द्याट्स अनफेयर |
हिन्दु अधिराज्यमा मासिएका हिन्दु देवदेवी ! |
मोहन मैनाली |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.