text
stringlengths
2
914
सके दक्षिण अमेरिकाले, सकेन भने युरोपले । विश्व फुटबलमा दबदबा यिनै दुई महादेशको त छ । संयोगले यिनै दुई महादेशको सबैभन्दा ठूलो आफ्नै प्रतियोगिता चलिरहेको छ । एउटा जर्मनमा– त्यो भयो, युरो २०२४ । अर्को भयो, कोपा अमेरिका २०२४ ।
सास्तीको साबिती बयान
बीएन जोशी
पत्नीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि एक पतिले कतिसम्म दुःख भोग्छ ? कतिसम्म सास्ती पाउँछ ? त्यही सास्तीको बयान हो– संस्मरणात्मक पुस्तक ‘भुक्तमान’ । त्यसका भुक्तभोगी हुन्– धीरेन्द्र सिनाल । उनले किताबका प्रत्येक पृष्ठमा राज्यमाथि प्रश्न गरेका छन्, तर, राज्य भेट्न सकेनन् । मान्छे त्यत्तिकै विद्रोही बन्दोरहेनछ । सरकारी कर्मचारीहरूको अकर्मण्यता र तिनले दिने सास्तीले साँच्चिकै जनतालाई आक्रोशित बनाउँछ ।
चाँदनी पासवानलाई हिसाब आउँदैन
रेणुका जिसी
चाँदनी पासवानलाई ढाकीमा गोबर सोहर्न आउँछ
असार १५, २०८१
भिटेनको बागी र्‍यापशाला
दीपक सापकोटा
भलादमी जगत्का निम्ति गायक भिटेन कुनै ‘आतंक’ भन्दा कम छैनन् । किनभने, ‘सडक वाङ्मय’ अन्तर्गत पर्ने उनका गीत (र्‍याप) मा शिष्टता, शालीनता, संस्कारजस्ता भलादमी तत्त्वहरूको धज्जी उडाइएको हुन्छ । भिटेन भन्छन्, ‘सक्ने भए मलाई यो देशका जेन्टलम्यानहरूले देशै निकाला गर्थे होलान् । जेलमा त जाकी नै हाले ।’
पदमार्गलाई किन चाहियो किनलक ?
विवश वस्ती
२००७ साल फागुन ७ गतेपश्चात् करिब एक दशकअघिदेखि राणाशासनविरुद्ध उर्लिएको जनक्रान्तिको भेल मत्थर हुन पुग्यो र राजनीतिक घटनाक्रम अर्कै दिशातिर मोडियो । ऐतिहासिक जनक्रान्तिपछिका वर्षहरू पूरै संक्रमणकालीन अवस्थाबीच गुज्रिए र अनेक राजनीतिक घटना–परिघटनाहरूका चाङ लागे ।
खेल दुनियाँको खतरनाक बाजी
सजना बराल
फुटबल र क्रिकेटका पारखीहरूका लागि अहिलेको समय भ्याइनभ्याई नै छ, के–के मात्रै हेर्ने ! ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट, युरोपेली फुटबल च्याम्पियनसिप ‘युरो कप’ र अमेरिकी महादेशहरूको फुटबल प्रतिस्पर्धा ‘कोपा अमेरिका’ समानान्तर रूपमा चलिरहेका छन् । अमेरिकी फुटबल र टेनिसका केही स्पर्धा भर्खरै सकिए । भारतको इन्डियन प्रिमियर लिग र युरोपमा प्रख्यात व्यावसायिक फुटबल लिगहरू पनि केही समयअघि मात्रै सम्पन्न भएका हुन् ।
आप्रवासीका नवोदित कथाकार
घनश्याम खड्का
एउटा लेखकले आफ्ना पात्रहरूलाई दिनुपरे के उपहार देला ? उत्तर दिनुअघि रञ्जन अडिगा केहीबेर घोत्लिए । अनि भने, ‘म ती खुसीहरू दिन्छु, जो आफैंले पाइरहेको हुन्न ।’ भर्खरै ‘पेन्गुइन र्‍यान्डमहाउस’ बाट निक्लेको छ उनको कथा संग्रह– लिच एन्ड अदर स्टोरिज ।
अफगानी ‘एक्स–फ्याक्टर’
हिमेश
टी–ट्वान्टी वर्ल्डकप २०२४ मा अफगानिस्तानको बिदाइ ‘एन्टी क्लाइमेक्स’ जस्तै रह्यो । सेमिफाइनलमा दक्षिण अफ्रिकाको हातबाट बेहोरेको हार पूरापूर एकपक्षीय रह्यो । अफगानिस्तानले दक्षिण अफ्रिकालाई त्यो खेलमा अलिकति पनि दुःख दिन सकेन । खेल अगाडि यही अफगानिस्तानसँग कति धेरै आस थियो, तर अन्त्यमा मज्जा जति किरकिरा भयो । फेरि दक्षिण अफ्रिका पनि त पहिलो पटक क्रिकेटको कुनै वर्ल्डकप फाइनल पुगेको हो ।
‘आफूलाई आफैं भएर मात्रै चिन्न सकिन्छ’
दीपक सापकोटा
लेखक सरस्वती प्रतीक्षाको नयाँ उपन्यास ‘स्व’ प्रकाशित छ । किताबमा मान्छेका तनाव र बेचैन हृदयका कथा छन् ।
अचेल कहाँ हराइरहेका छन् बच्चाहरू ?
अनिता न्यौपाने
यसरी बच्चाहरू हराउनु नपर्ने हो तर, कहाँ हराइरहेका छन् बच्चाहरू ?
बग्नु एक नियति
शर्मिला दुलाल
कहिल्यै सोचिएन एकदिन आफ्नै रगत निचोरेर भर्नुपर्नेछ– राहदानीमा अक्षरहरू र, आँसुले भरिएका घडाहरुले अचाउनु पर्नेछ शिर
असार ८, २०८१
के ओशो र सद्गुरूहरू विद्वान् हुन् ?
विष्णु सापकोटा
पोहोर सालको बर्खे बिदामा हामीकहाँ तीन जना अमेरिकी युवा पाहुना लाग्न आइपुगेका थिए, दुई साताका लागि । पुँजीवादी संसारमा जब कलेजका दीक्षान्तहरू सकिन्छन्, दीक्षितहरूको जीवनबाट स्वतन्त्रता खुम्चिन्छन् । व्यावसायिक जीवनको व्यस्ततामा अल्झिनुअघि बचेखुचेको स्वतन्त्र समयमा ती नवग्य्राजुएटहरूको दक्षिणपूर्वी एसिया घुम्ने इच्छा र तिनलाई क्याम्बोडियामा आतिथ्यता प्रदान गर्ने हाम्रो रहरको संयोग ठ्याक्कै मिलेको थियो ।
त्यो गाभ होअना उल्ला
संगीता उराँव
बर्खाको समयमा बादल जामुनजस्तो कालो भई मडारिएर आउँथ्यो र झमझम बर्सिन्थ्यो । खेतका गराहरूमा पानी टम्म भरिन्थ्यो अनि बिहानै हरूवाहरू (हली) बाटोमा लस्करै अड्डो (गोरु) को पछि–पछि हलो–जुवा बोकेर लमक–लमक पाइला चालिरहेका हुन्थे । यस्तो दृश्य देख्न पाउनुले दिनलाई ऊर्जावान् बनाउँथ्यो, मन चङ्गा हुन्थ्यो ।
जीवनकै हलाहल विष पिउने भक्त बाबा
सत्यराज आचार्य
भव्य पार्टी चलिरहेको थियो । प्रसिद्ध कलाकार रवि गिरीको छोराको बिहे–भोजको निम्ता हामी दाजुभाइ (सत्य–स्वरूप) लाई पनि थियो । त्यहाँ पुग्दा रात वयस्क भइसकेको थियो । सबै आ–आफ्नै धुनमा मस्त–व्यस्त थिए । पातलो, लामो अनि मझ्यौलो कद भएको घडीको दुई सुईहरूले बिस्तारै आफूसँगै छोटो कदको सुईलाई पनि घिसार्दै थिए ।
बुझ्यौं सहर, बुझेनौं गाउँ !
सुदन किराती
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे राष्ट्रकवि माधव घिमिरेको यो गीत हृदयभरि बोकेर मैले पूर्वी नेपालको यात्रा प्रारम्भ गरेको थिएँ । वसन्त ऋतुको त्यो अनवरत यात्राको नाम थियो– वसन्त–यात्रा ।
संघार बाहिर
विमल भौकाजी
समाज दुई खण्डमा विभाजित छ । एउटा उच्च सम्भ्रान्त र अर्को भुइँ वर्ग । परम्परागत शब्दमा भन्नुपर्दा, एक वर्ग शोषक–सामन्त र दोस्रो वर्ग दमित–शोषित । जब–जब समाजमा आर्थिक समानताको चर्चा चल्छ त्यस्ता बेला यी दुवै वर्गबीच रहेको खाडलको प्रसंग आइहाल्छ ।
अशून्यम् महायात्रा
रामचन्द्र पोखरेल
वेदिक–अध्यात्म सम्मिश्रित विशिष्ट शैलीको संवादले परिपूर्ण नेपाली उपन्यास हो– ‘अशून्यम्’ । अत्यन्त जटिल, तर कल्पनाशील यो किताब गहनतम् शास्त्रीय विमर्शको उपज हो ।
‘...हाम्रो मुटु सानो छ’
राजेन्द्र कोजु
एकधरो लाइनमा उभिएका छन् ५/६ वर्ष उमेरका बालबालिका– स्कुलको छाप भएको टिसर्ट, कसैको टिसर्टमाथि ट्र्याकसुट । कसैले पूरै जिपर लगाएका छन्, कसैको पूरै खुलेको छ । कसैको जिपर बिग्रेको हुनाले त्यो ठाउँ पूरै सिलाइएको छ, त्यसैले टाउको छिराएर लगाउनुपर्छ ट्र्याकसुट ।
भर्जिन देउराली
शकुन्तला जोशी
जसरी देख्न सक्दिना हावालाई मात्र बोध गर्न सक्छु
आगोको भोक
टहल दाहाल
युगौं युगदेखिको मेरो अशान्त भोकले अब आगो खाएर शान्त हुन चाहन्छ ।
असार १, २०८१
आशाको पखेटा, भविष्यको खोजी
मिलन पाण्डे
न्युयोर्क सब–वेमा एक भायोलिनवादकले ४५ मिनेटसम्म भायोलिन बजाए । मुट्ठीभर मानिसहरू रोकिएर सुने, केहीले ताली बजाए । उनले त्यस कार्यक्रममा टिप्सका रूपमा ३० डलर पाए ।
बोराभित्रको जिउँदो मान्छे
महेश पौड्याल
पुस्तान्तरको एउटा स्वाभाविक परिणति मत र मूल्यहरूको घर्षण हो । त्यसमा आर्थिक, सामाजिक र सांस्कृतिक भिन्नता पनि थपियो भने घर्षण अझै भयावह हुन सक्छ । यस घर्षणमा सबैभन्दा ठूलो चोट सहने भने अबला र अशक्तले हो— केटाकेटीले, वृद्धवृद्धाले, विकलाङ्गहरूले । यो घर्षण अझ चुलियो भने फूलजस्ता मानिएका नानीहरू र देवतातुल्य मानिएका बाआमाहरू पनि उपेक्षाका पात्र बन्छन् ।
चरो
समुन्द्रराज घिमिरे
टम्म अन्न भरिएको धोक्रो बन्न आयौँ हामी
‘अध्येताको अथाह खजाना कुमारी’
कान्तिपुर संवाददाता
‘कुमारी’ नामले नै भन्छ– यो संस्कृति हो । ‘कुमारी’ संस्कृतिलाई आख्यानमा कसरी लेख्नुभयो ? प्रथमतः ‘कुमारी’ संस्कृति मात्र होइन, यो नेपालमण्डलभित्रका रैथाने समुदायहरूमा लामो समयदेखि विद्यमान सामाजिक मूल्य र मान्यताको मूर्त रूप हो, जीवन पद्धतिको एक महत्त्वपूर्ण पक्ष । संस्कृति मात्र भन्दा रीति, परम्परा र विधि व्यवहारमा सीमित हुन्छ होला । अनि त्यस्तोमा त्यति विघ्न उदात्तता क्षितिज र गहकिला आयाम पनि नहोलान् । तर, आस्थागत दृष्टिकोणबाट ‘कुमारी’ का पछाडि गहन जीवन दर्शन, सामाजिक प्रवृत्ति र मानवीय आदर्शको विषय छ । तसर्थ, कुमारी लेखक–अध्येयताका लागि अथाह खजाना हो ।
रहस्यमय नीला आँखा
सुजाता मुखिया
निबन्धकार जयदेव गौतमको नयाँ निबन्ध–किताब ‘ती निला आँखा’ रहस्यका पन्नाहरूले भरिएको छ । शीर्ष निबन्धमा एक नवयौवना युवतीको बखान छ । अनायसै भेटिएकी युवतीको रूपरङ्गबारे वर्णन गर्दै उनले प्रेम–चर्चा पनि गरेका छन् ।
कुगेनाम्बा बाजेको लौरो !
सुन्दर कुरुप
माघका दिन उसै पनि चिसा हुन्छन् । खेतका कान्लाहरू नाघेर एक टुक्रा घाम कतैबाट आँगनछेउ नआइन्जेलसम्म झनै चिसो । निद्राले अघि नै छोडिसके पनि सिरकबाट फुत्किन आँट आइसकेको छैन । बुबा कराउँदै हुनुहुन्छ, ‘अई कान्छा..! रातभर कहाँकहाँ जान्छेस्....सात बजिसक्यो उठ है..! गाईबस्तुलाई पराल तानेर दे ।
अन्टार्कटिकाको अँध्यारो–उज्यालो
पर्वत पोर्तेल
संसारको कान्छो महाद्वीप अन्टार्कटिका मानव र वनस्पतिविहीन छ । त्यहाँको तापक्रम माइनस ८९ दशमलव ३ डिग्री सेल्सियससम्म पुग्छ । दुई किसिमको हावा बहन्छ– बरफसहितको हावा २ किलोमिटर रफ्तार र बरफरहित हावा ३ सय किलोमिटर प्रतिघण्टा छ ।
आदिवासी स्वत्वको पक्षमा
गुरुङ सुशान्त
पछिल्लो दशक नेपालका ग्रामीण भीरपाखामा डोजर बेपत्तासँग कुद्न थालेपछि सडकले गाउँले हुलिया नै तलबितल पारेको दृश्यलाई विकास र समृद्धिको नाम दिएका छौं । अनि रैथाने सभ्यता, ज्ञान र सीपलाई दैलोमुनि दबाएर ‘आधुनिक’ आँगनमा उपरखुट्टी लगाएर मखलेल छौं । गाडीलाई ‘स्वागतम्’ गेटबाट हुल्दै गर्दा सुखलाई निम्त्यायौं कि विकासको आवरणमा विनाशलाई हुल्यौं ? यही सघन प्रश्नको उत्तर खोज्न विमर्शमा आह्वान गर्ने दमदार सिनेमा हो– ‘गाउँ आएको बाटो’ ।
त्यसपछि म ‘शुद्ध’ भएँ !
रीता साह
हालै एउटा कार्यक्रममा एक पुरानो एक साथीसँग भेट भयो । मैले उनको शरीरभरि गोदना देखें । सोधें– अहो ! कति धेरै गोदना बनाउनुभएको ? उनी मतिर पुलुक्क हेरिन् र भनिन्, ‘यो त अहिलेको फैसन हो नि !’
जेष्ठ २६, २०८१
स्टार–भ्रमबाट मुक्त दयाहाङ
नवीन सुब्बा
नेपालमा अभिनय कहिले सुरु भयो ? गहन अध्ययन छैन । काठमाडौंका डबली, मिथिला र सुदूरपश्चिममा भएका नाट्य परम्पराबाट अभिनय विकास भएको मानिन्छ । मिथिला नाट्य परम्पराको ठूलो प्रभाव मल्लकालमा थियो ।
विक्रमचाँदको मृत्यु
खगेन्द्र संग्रौला
आपसी द्वेष, कलह र तनावयुक्त समकालीन समयको विकारग्रस्त मनोग्रन्थिको दुःखमय कथा हो यो । मान्छेभित्रको हीनताभाव र उच्चताभाव गज्याङगुजुङ भई जोल्ठिङ परेको कथा ! आत्मकेन्द्रित र अलगावमुखी सामाजिक (असामाजिक) सञ्जाल, प्रयोजनशून्य अस्तित्वबोध, विवेकच्युत भीडतन्त्री राजनीति, असीमित आवश्यकता, अतृप्त आकांक्षा, चरम व्यक्तिवाद, उग्र निराशा, असमभावबाट उत्पन्न ‘राम्रो म’ र ‘मैमात्र राम्रो’ को क्लेसकर मनोविकारको एउटा कथा !
एक डेरावालको दुःख–वर्णन
प्रणेता
श्रीमान्‌ले सिंगल केटीलाई रुम नदिने भन्नुभो नानी ।’ ‘तपाईंले त नपाएको रुम हामी (दलित) ले झन् कसरी पाउनु !’ ‘मधेशीलाई त नदिने, उनीहरूले धेरै पानी सक्छन् ।’ ‘काठमाडौंमा सिंगल कोठा खोजेर हुन्छ ? त्यो पनि धारोमा पानी खस्ने ? मरेनी पाउँदिनौ ।’
कर्मजीवी कलाकारका कथा
तारालाल श्रेष्ठ