text
stringlengths
2
914
केही दिन मोफसलको महोत्सवमा कलाकारसँग रमाएँ । रसुवा, पोखरा, वीरगन्ज, ठिमी, काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरदेखि ५८ जना चित्रकार हेटौंडामा भेला भएका थिए । राति मानव सेवा आश्रममा बास बस्थे ।
कमानको पुष्पन–पन्छी
दीपक सापकोटा
गायक पुष्पन प्रधानको आवाज शुद्धबुद्ध क्रान्तिकारी आवाज हो । भजनकीर्तन माहोलमा माझिएको त्यो आवाज करिब १२ वर्षअघि भारतको डुर्वसबाट लुसुक्क नेपाल पसेको थियो । अकबरे सुनलाई कसी लगाउनुपरेन, कुनै हल्लाखल्ला गर्नैपरेन । कृपा अन्प्लग्डमा जब पुष्पनले सुर हाले, उनको आवाज नेपाली मनमनमा पस्यो ।
कुबेर धनोन्माद वृत्तान्त
शैलेन्द्र अधिकारी
लघुकथाबाट साहित्य–राजमार्गमा हिँडेका लेखक रवीन्द्र समीरको पछिल्लो उपन्यास ‘पैसाको उडान’ प्रकाशित छ । नवीन मार्ग अन्वेषण गर्नु र त्यसलाई चल्तीको मार्ग बनाउनु साहित्यमा चुनौतीपूर्ण छ । समीरले त्यही चुनौतीको बाटो अवलम्बन गरेका छन् ।
जीवनयात्राको उकालो
अशोक थापा
केही जरुरी छैन स्रष्टाका जिन्दगी दुरुस्त अक्षरमा जस्तै कुँदिएका हुन्छन् भन्ने ! लेखकीय जीवन र व्यक्तिगत दैनिकी उस्तै हुनुपर्छ भन्ने पनि साहित्यकारहरूमा गरिएको आग्रह मात्र हो । भलै पाठकले यस्तो अपेक्षा राख्नु घोर अनर्गल कुरा भने होइन । धेरै लेखकको लेखाइ र भोगाइको काँटा सन्तुलित पनि देखिँदैन ।
‘... अनि राजा सति गए’
युवराज नयाँघरे
वुइँक्क जंगलतिरै ज्यान पसे हाम्रा । पूर्व–पश्चिम लमतन्निएको महेन्द्र राजमार्गमा एक घण्टा वेग मारेर आइपुगेथ्यौं– कानेपोखरी । कानेपोखरीको गन्जागोल भीड नपुग्दै अलिक वरबाटै फेरि जंगलतिरै हुइँकिनु पर्‍यो । गोठाला जाँदा मोरुङे, भलायो, भाउन्ने रूखका कथा खुबै सुनाउँथे पाकाहरू । हरेक रूखका अनेक कथा, उपकथा, लोककथा र सत्यकथा सुनेर मैले घाँसपात र गोठालो बिताएको हुँ ।
जेष्ठ १९, २०८१
हिंसा/सैतान उर्फ ‘ब्ल्याक–होल’
विवेक ओझा
आज म कथा भन्ने छैन । तर, ‘ह्यान्सल र ग्रेटल’ को कथाको उपसंहारबाट आलेख सुरु गर्नेछु । त्यसको कारण खुल्दै जाला । त्यही प्रख्यात लोककथा, जो संसारभर दर्जनौं किसिमले मानिसले सुनिरहेका छन् ।
समाज र शास्त्र नबुझेको ‘पुजार सार्की’
विश्वास खड्काथोकी
मैले दलित आन्दोलनका पहिलो योद्धा भगत सर्वजित विश्वकर्माको जन्मस्थान (बागलुङ) मा बसेर ‘पुजार सार्की’ हेरें । निर्माण पक्षको दाबी छ– यो सत्य घटनामा आधारित फिल्म हो ।
हातमा सारंगी, जिन्दगी बेरंगी
राजकुमार बानियाँ
काठमाडौं महानगरीको सडक किनारमा यतिखेर बहुलाएर फुलेका छन्, भँगेरी फूल । सिंगो उपत्यकालाई एक सिजन वैजनी रङले सिंगार्ने शिरीषपाते भँगेरी फूलले महानगरवासीको हृदयमा वासन्ती बहार ल्याइदिएको छ ।
कलम प्रतिबन्धको ‘प्रिज्म’
राजेन्द्र महर्जन
गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ अँध्यारोको अँगालोमा आफैं बेरिएछ संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ –आभास
किन दुखिरहन्छ मन ?
अमृता अनमोल
पुसको एक बिहान हुस्सुले ढपक्कै ढाकिएको थियो बुटवल । म हतारमा थिएँ, कपिलवस्तु गइरहेको थिएँ । फटाफट गोडा चाल्दै बस स्टप पुग्नै लाग्दा छिमेकी दिदी गंगा बाटोमा भेटिइन् । उनी विछिप्त थिइन् । एकोहोरो गाडी गुडेको हेरिरहेकी थिइन् ।
सम्बन्धहरूको नयाँ लेन्स
चन्द्रबहादुर लामा
आदिकालदेखि नै मानवले भौतिक शरीर मात्रै होइन, आफैंभित्रको अमूर्त भावना र संवेदनामा पनि विविध विषयको पहिचान र रहस्योद्घाटन गरेको छ । यस्तै नौलो पहिचानको कथा हो लेखक जे. एन. दाहालको उपन्यास ‘प्रहेलिका’ ।
रेडपाण्डा हेर्न छिन्टापु
गिरिराज बाँस्कोटा
साँझ पाँचथर सदरमुकाम फिदिमबाट दुई वटा बाइकमा तीन जना निस्किएका थियौं । पहाडका गाउँहरू छिचोलेर मकैबारी पुग्दा रात सुनसान बन्दै थियो । भीरमा बनाइएको सडक साँघुरो, केही अप्ठ्यारो थियो । जंगलको बाटो, थरीथरीका गुराँस फुलेका थिए । छेउटारमा तीनचार घर थिए । जति उकालो चढ्यो उति सुन्दर, आकाश त ‘त्यही डाँडामाथि छ’ जस्तो लाग्ने !
एब्स्ट्र्याक्ट प्रेम : माजुसँग
बलिन्द्र योङहाङ
माजु ! तिम्रो लहरले एकपल के छोएर गएको थियो म बालुवा भएँ ।
जेष्ठ १२, २०८१
‘सहरमा ढुक्कले लेखपढ गर्नु सम्भव छैन’
डा.महेशराज पन्त
साढे तीन महिनाअगाडि ९२ वर्षमा टेकेका ज्ञानमणि नेपाल यही जेठ १ गते दिवंगत हुँदा झन्डै ७२ वर्ष यतादेखि चलिरहेको एउटा सुदीर्घ साधनाको अन्त्य भयो । ज्ञानमणिका साना–ठूला गरी दुई दर्जनभन्दा बढी कृति पुस्तकाकारमा प्रकाशित छन् त सयौं लेख पत्रपत्रिकामा छापिएका छन् । उनको खोजी राजनीतिको किंवा राजवंशको इतिहासमा मात्र सीमित छैन, नेपालमा रचित संस्कृत भाषाका कृतिको र नेपाली भाषामा रचिएका ग्रन्थको सम्पादनमा पनि उनको ठूलो अवदान छ ।
हिजोको बाइस्कोप दुनियाँ
गोपालचन्द्र लामिछाने
दृश्य : एक नायक बन्ने सपनामा फिल्म उद्योगमा प्रवेश गरेको एउटा १८–२० वर्षे युवकले कलाकार हुने चाहना पूरा गर्न निकै ठूलो योगदान दिनुपर्‍यो । कलाकार बन्ने धोको त पूरा भयो, तर उनी नायकको बाबु बन्नुपर्‍यो ।
रिमाल विश्वकै महानतम् कविमध्येका हुन् : युयुत्सु शर्मा
कान्तिपुर संवाददाता
कवि युयुत्सु शर्माको नेतृत्वमा काठमान्डुमा जेठ १० देखि न्युयोर्क राइटर्स वर्कसप आयोजना हुादै छ । शर्माकै पहलमा १४ र १५ मा हिमालयन लिटरेचर फेस्टिबल पनि हुनेछ, जहाा विदेशी–नेपाली लेखकहरू अन्तर्क्रिया गर्नेछन् । वर्कसप र फेस्टिबलको सेरोफेरोमा शर्मासाग वार्ता :
अलपत्र कमरेडको आत्मालाप
निरूपा प्रसून
‘समयले डामेपछि हाँसो भन्ने चिज कता गायब हुँदो रैछ कता !’ ‘युद्धले कसैको भलो नगर्दो रहेछ, हतियार बेच्ने व्यापारीको बाहेक ।’
अभिनयमा अब्बल, लेखनमा प्रवीण
दीपक सापकोटा
मृत्युपश्चात् छोराले पिण्डदान नगरे ‘स्वर्ग’ पुगिन्न भन्ने विश्वाससहित बाँचिरहेका पिताका निम्ति सन्तानको चाहना पूरा गर्न नसकेको पात्र हो– दधिराम पोखरेल । दुइटी श्रीमतीका निम्ति एक ‘असफल पति’ र पिताका निम्ति ‘असफल छोरा’ मात्रै होइन दधिराम, ऊ अधिकांश नेपाली समाजको एक प्रतिनिधि हो । वा हो– मक्किँदै गएको शताब्दीऔं पुरानो परम्पराको एक पात्र ।
मुनरोको हुलाक टिकट
गोविन्द गिरी प्रेरणा
नोवेल पुरस्कार स्थापनाको ११३ औं वर्षमा त्यस पुरस्कारले सम्मानित एलिस मुनरोको १३, मे २०२४ का दिन पोर्ट होप, ओन्टारियो क्यानाडामा देहान्त भयो । उनलाई विगत १२ वर्षदेखि डिमेन्सियाले आक्रान्त पारेको थियो ।
कविता : छाडेर जानेसँग
दिनेश थपलिया
रातको अनिँदो छटपटीसँगै अनायास तिमीलाई सम्झें
सगरमाथाको फेदतिर
महेश केसी
वरिपरि हिमाल, बीचमा म । रंगीविरंगी त्रिपाल, बीचमा म । संसारको सान, नेपालको एक बलियो परिचय सर्वोच्च शिखर सगरमाथाको फेदीमा म । आधारशिविर पुगेपछि शिखरै चुमेझैं वरिपरिका दृश्य क्यामरामा कैद गरें, सँगै गएका दर्जन साथीलाई बेवास्ता गर्दै आफ्नै लयमा दौडिन थालें ।
बेजोड सिटी
हिमेश
जति जति बेला म्यानचेस्टर सिटीले केही न जित्छ, सर एलेक्सन फर्गुसनको त्यो भनाइ फेरि पनि याद आइहाल्छ । म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेको बेला फर्गुसनले भनेका थिए, ‘सिटी भनेको हल्ला मात्र गर्ने छिमेकी हो । यो जुनीमा मैले देख्न पाउने गरेर यसले केही ठूलो जित्ने छैन ।’
जेष्ठ ५, २०८१
गाउँ एक रेलवे स्टेसन
हरि रोका
अकस्मात् बन्यो काठमाडौंबाट गाउँ प्रस्थानको योजना । २०५८ सालपछि राजनीतिको मूलधारले मलाई किनारीकृत गर्दै घेराबाहिर उछिट्याइदिएपछि र माओवादी ‘जनयुद्ध’ चरम उत्कर्षतर्फ लम्किरहेको त्यसबखत म गाउँमा टिक्न सक्ने अवस्था बनेन । त्यसैले जसरी पनि दुःखम–सुखम खाल्डोमा (काठमाडौं) समय गुजार्ने सोच बन्यो । तर, केही समय नगुज्रँदै राजधानी पनि जोखिमयुक्त बन्दै गयो ।
‘संस्कृति कहिल्यै बोझ हुँदैन’
प्रदीप घिमिरे
सन् १९७१, भारत–पाकिस्तान युद्ध चरमोत्कर्षमा थियो । त्यही वर्ष स्थलमार्ग हुँदै आफ्नै सवारीसाधनमा भारत भ्रमणमा निस्किएका जर्मनीका आक्सेल मिखायेल्स बनारसका पण्डित अम्बिकादत्त उपाध्यायसँग संस्कृत–भाषा र भारतीय संस्कृति अध्ययन गरिरहेका थिए । युद्ध झन् चर्किंदै गएपछि उनी आफूले चढेर आएको सवारी बेचेर पुनः जर्मनी फर्किने सोचमा पुगे ।
के उमेर फगत एक अंक हो ?
अनुपम रोशी
महाकालीमा बगिरहेको पानी र डुब्नै आँटेको घाम दुवैलाई पालैपालो हेर्छु म । अँगालोभरिको सूर्य अलि पर चाँदनी गाउँको सानो बस्तीमा बिस्तारै खसेजस्तो लाग्छ । सूर्य त्यहीं कतै विलीन हुन्छ । म उभिएर एकछिन अँध्यारिँदै गएको आकाशको लालिमा हेरिरहन्छु ।
क्यान्टरबेरी एक्सप्रेस
कुमार शर्मा
हाई ! क्यान आई बुक अ सेसन दिस इभिनिङ्ग ? फर थर्टी मिनट्स ?
चिन्तनका फरक आयाम
राजेन्द्र तारकिणी
कवि अमृता स्मृतिको कविता–किताब ‘नदीको तिर्खा’ मा नेपाली समाजमाथि विमर्श छ । आफूले भोगेकै समयलाई कवितामा उनेकी छन् उनले । किताबको शीर्षक नै अनौठो छ । नदी, जो आफैं पानीले परिपूर्ण छ, उसलाई केको तिर्खा ? तर, स्मृति भन्छिन्– ‘नदीको पनि तिर्खा छ, सागर भेट्ने तिर्खा ।’
मुसा लखेटिरहेको न्युयोर्क सहर
किशोर पन्थी
जलवायु परिवर्तनको विमर्शमा आउने विषय हुन्– हिमालमा हिउँ पग्लिनु, समुद्री सतह बढ्नु, तातो हावा, खडेरी, बाढी, जंगलमा लाग्ने आगो वा चक्रवातहरू । तर, जलवायु परिवर्तनले मानिसको दैनिक जीवनका ससाना विषयमा पनि उत्तिकै असर गरिरहेको हुन्छ ।
घाइते खुसीहरु
दीपावली शर्मा
फुल्नुभन्दा अगावै कोपिलामै निमोठिएका
गाउँको डढेलो
फुलमान वल
कसले सल्कायो होला गाउँमा डढेलो ? चराहरुको गीत डढ्ने गरी
वैशाख २९, २०८१
मेरो सहर जो सास खोजिरहेछ
विमल आचार्य
बाबा, यहाँ वाटर एनिमल खै त ?’ एकाबिहानै ऊ मलाई यस्तो सोध्छ । हामी धोबीखोला किनारै किनार हिँडिरहेछौं । रिभरसाइडमै हाम्रो बास छ । स्कुल पनि रिभरसाइडमै छ ।
हे पुरुष, अब महिलालाई पालो देऊ !
प्रगति राई
मैले लेख्न थालेको २० वर्ष नाघिसक्यो । तर, मेरो लेखनले पुरस्कार पाउला भन्ने कहिल्यै कल्पना गरिनँ । किनभने आजसम्मका पुरस्कृत कृतिभन्दा फरक किसिमको विषयमा कलम चलाइरहने म एक भुइँमान्छे हुँ । मैले लेख्ने कुरा, मैले खेल्ने समुदाय यस्तो छ कि, मानव सभ्यताको २१ औं शताब्दीमा पनि आफूलाई मान्छे हुँ भनेर प्रमाणित गर्न सकिरहेको छैन । जन्मनासाथ वस्तुको रूपमा अर्काको सामान भएर पहिचान दिइन्छ । त्यो वस्तुरूपी मान्छे हो– स्त्री अर्थात् छोरी ।
सुम्निमा–पारुहाङ सम्झेर सिलिचुङ
कविता राई