text stringlengths 2 914 |
|---|
वीरगन्जमा एकबेला नेपाली क्रान्तिकारीले ३८ लाख भारु र २३ हजारभन्दा बढी नेरु कब्जा गरेका थिए । वीरगन्जको त्यो ‘लुट’ कथा कस्तो थियो ? इतिहास–चर्चाबाट त्यो घटना हराएको छ । वीरगन्जमै क्रान्तिकारीले विन्दबासिनी माईको गहना र भाँडाबर्तन गरी २९० थान सामग्री लुटेका थिए । |
रेडियोमा बोल्ने पुतली दिदी |
सबिता आचार्य |
दिदी...ए पुतली दिदी..अघि रेडियोमा बोलेजस्तै बोल न...अघि समाचारमा भनेकी थियौ नि– नमस्ते बिहान साढे छ बजेको प्यूठान खबरमा स्वागत छ...एकफेर भन न दिदी !’ बाटोघाटोमा हिँडेको देख्यो कि उनीहरू प्रेमले यसो भन्थे मलाई । |
प्रेम–विषको एक घुट्की प्याला |
रिमा केसी |
फेब्रुअरीको एक पारिलो मध्याह्न । नयाँ बानेश्वरको चल्तीको भेटघाट जक्सन– चिया सागर । टेबलहरू भरिभराउ छन्, युवाजोडी अन्तरंग आलापरत । संघारैमा छ– १४ फेब्रअरी (भ्यालेन्टाइन डे) । म एक्लै छु, झ्यालको सिसाबाट छिरेको घामको पार ताप्दै मट्का चिया पिइरहेकी । |
माघ २७, २०८० |
आओ ! प्यारा भाइ–बहिनी, रेडियो नजिक आओ ! |
सुबिन भट्टराई |
जय नेपाल ! आओ मेरा प्यारा प्यारा भाइ–बहिनीहरू, रेडियो नजिक आओ,’ सुन्नासाथ पाँच–सात फिट पर बजिरहेको रेडियो नजिकै खुरर्र कुदेर यसरी जान्थेँ, मानौँ आवाज कानले होइन, सिङ्गो शरीरले सुन्ने हो । लाग्थ्यो, रेडियो सुन्नु, त्यहाँबाट प्रसारित हुने ध्वनिको आनन्द लिनु मात्रै होइन, त्यो यन्त्रलाई प्रेमपूर्वक सुमसुम्याउनु पनि हो । त्यसलाई आँखाको घडामा प्रस्टसित भर्नु पनि हो । अलिकति सामीप्य रेडियोलाई दिनू र अलिकति सामीप्य रेडियोबाट लिनू पनि हो । |
रणभूमि लाइभ |
गुरुङ सुशान्त |
नालापानी किल्ला कब्जा गरेपछि अंग्रेज कमान्डर मबी भोलिपल्ट सखारै किल्लामा पुगे । गोर्खाली फौजले छोडेको त्यस थलोमा उनले देखेको दृश्य हृदयविदारक थियो । घाइते महिला–पुरुष र लासहरू जताततै छरिएका थिए । खान नपाएका र थाकेकाहरू केही अर्धमृत अवस्थामा पुगेका थिए । उनीहरूको अति नै दयनीय अवस्था देख्दा कठोर हृदयसमेत पग्लिन्थ्यो । |
‘वन लभ’ भित्रको विद्रोही आवाज |
शैलीका छेत्री |
जनचेतना, अधिकार र सामाजिक न्यायसम्बन्धी गीत गाएर विश्वचर्चित बनेका जमैकन मूलका संगीतकर्मी एवं रेगे विधाका प्रमुख प्रचारक बब मार्लीको जीवनीमा आधारित म्युजिकल ड्रामा फेब्रुअरी १४ मा रिलिज हुादै छ । रेइनाल्डो मार्कस ग्रिनले निर्देशन गरेको ‘बब मार्ली : वन लभ’ मा किंग्स्ली बेन–अदिरले मार्लीको भूमिका निर्वाह गरेका छन् । |
आधा नायक, आधा खलनायक ! |
सुरेश प्राञ्जली |
भारतीय मूलका बेलायती–अमेरिकी उपन्यासकार सलमान रुस्दी २०औं शताब्दीको उत्तरार्द्धदेखि आजसम्म विश्व साहित्यिक कित्तामा आफ्नो जब्बर उपस्थिति र प्राज्ञिक प्रभुत्व कायम राखिराख्न सफल एक हक्की लेखक हुन् । सन् २०२२ को अगस्टमा पछिल्लो पटक संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रुस्दीमाथि ज्यानै लिने उद्देश्यले एकजना लेवनानी–अमेरिकी मुस्लिम दुराग्रहीबाट सांघातिक हमला भयो । |
आइभरीकोस्टको यो स्वर्णिम पुस्ता |
हिमेश |
अफ्रिकी देशका फुटबल टिमको उप–नाम पनि गज्जब गज्जब हुने गर्छ । विशेषतः जनावरसँग जोडिएर यस्ता नाम हुने गर्छन् । जस्तो बेनिनको लोखर्के, बोत्स्वानाको जेब्रा । क्यामरुनको सिंह त सेन्ट्रल डीआर कन्गोको चितुवा । यस्तै, ग्याबोनको कालो चितुवा । अनि आइभरीकोस्टको हात्ती । अझ लेसोथोको त गोही । नाइजेरियाको भने चिल । अफ्रिकी कप नेसन्स २०२४ को फाइनल आइभरीकोस्ट र नाइजेरियाबीच हुनेछ । |
गुमनाम गोपीचा-वृत्तान्त |
वसन्तप्रताप सिंह |
गए साता नेपालमा सहिद दिवस मनाइयो । तर, एक सहिदलाई कसैले सम्झेन । लेखक विश्व कुइँकेलले तिनै बिर्सिएका, गुमनाम एक सहिदको वृत्तान्त लेखेका छन्, उपन्यास ‘गोपीचा’ मा । |
अन्धकार : एक इन्लाइटन्मेन्ट |
शान्ति प्रियवन्दना |
भन्थिन् आमा— अँध्यारोमा कहिल्यै नजानू त्यहाँ हाउगुजी हुन्छ |
धागोबाट चुँडिनुअघिको चंगालाई |
भावना शर्मा |
जाऊ त्यो इन्द्रेणीसम्म बादलको गुफाभित्र पस घामका रेशाहरु पहिल्याउँदै–पहिल्याउँदै मन र शरीर भेदेर निराकारसम्म पुगेर आऊ |
माघ २०, २०८० |
पीपलको त्यो ठूलो रूख |
गणेश रसिक |
केपी जोशी, मैले उहाँलाई पहिलो पटक यही नामले एउटा दाजुका रूपमा चिनेँ । भोजपुर बजारको भोटे पसल उहाँको घर थियो । उहाँकै घरमुन्तिर बग्ने तीनधारामा हरेक बिहान हामी अम्खोरा बोकेर मुख धुन जान्थ्यौँ, घर फर्कंदा एउटा–एउटा भरिएका अम्खोरा हुन्थे हाम्रा हातहातमा । म त्यसताका उहाँकै छिमेकी साथी डम्बर तामाङ दाइको घरमा डेरा गरेर बस्थेँ । छ कक्षाको विद्यार्थी म, डम्बर दाइकै भाइ गणेश र कुशलसँगै स्कुल जान्थेँ । |
‘आर्ट फिल्ममा बलिउडभन्दा अघि नेपाल’ |
दीपक सापकोटा , रीना मोक्तान |
अन्तर्राष्ट्रिय बजार पुग्ने फिल्महरुमा यस वर्ष मीन भाम निर्देशित ‘शाम्बाला’ ले इतिहास रच्यो । विश्वकै शीर्ष तीनमध्ये बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा हस्तक्षेप जमाउन सफल यो नै पहिलो नेपाली फिल्म हो । डोल्पाको ४२ सयदेखि ६ हजार मिटर उचाइमा खिचिएको ‘शाम्बाला’ अन्तर्राष्ट्रिय विधामा छनोट भएसँगै फेस्टिभलकै उच्च अवार्ड गोल्डेन वेयरका लागि यसले प्रतिस्पर्धा गर्दै छ । |
अभिनयमा कम, अनुहारको भरमा स्टारडम |
रीना मोक्तान |
प्रेमगीत’ प्रदर्शन संघारको एक दृश्यबाट नेपाली फिल्म र युवा स्टारमाथिको यो विमर्श सुरु गरौं । आठ वर्षअघि ‘प्रेमगीत’ को प्रचार टिम निस्कियो, देश दौडाहामा । प्रचार समूह सानो थियो । प्रदीप खड्का र सन्तोष सेन गाडीको क्याबिनमा सुतेरै पुगेका थिए, चितवन–पोखरा । सहरका प्रत्येक विद्यालय पुगेका निर्माता सेन कलाकार चिनाउँदै भन्थे, ‘ऊ चाहिँ हाम्रो फिल्मको हिरो, मिस्टर प्रदीप खड्का ।’ |
गृहिणी होइन, गृह व्यवस्थापक |
अमृता अनमोल |
केही काम गर्दिनँ, मात्रै गृहिणी हो,’ के काम गर्दै छौ भन्ने मेरो सोधाइमा ४० हाराहारीकी साथी मीनाले जवाफ फकाई, ‘मैले त पढेर पनि केही गर्न सकिनँ । खाली बसेरै जीवन बिताएँ । पढाइ खेर गो ।’ |
एकान्तमा एउटा अहम् |
नवीन अभिलाषी |
संसारमा कुनै कुरा स्वतन्त्र अस्तित्वमा छैन । सापेक्षतावादबारे आइन्स्टाइन भन्छन्– एउटा सम्बन्धनबाट अर्को सम्बन्धनमा पुगेपछि कुनै पनि कुरा पहिलेकै रूप, आकार र अवस्थामा रहँदैन । यस्तै कर्मकाण्डी पण्डित निर्माणका लागि काभ्रेको भमरकोटमा हुक्सेलीको कोखबाट जन्मिएका नुनिन्द्र दुलाल सम्बन्धनका आपत्विपत्मा ठोक्किँदै र वैचारिक टेबलमा कलाबाजका पञ्जा लडाउँदै, कहिले रगत त कहिले पसिनामा पाइला राख्दै अन्ततः धर्मविरोधी (?) नरेन्द्रजंग पिटरमा कायाकल्प भए । |
नर्मल डेलिभरी कि सी–सेक्सन ? |
सबिता आचार्य , करुणा देवकोटा |
पछिल्लो समय सी–सेक्सन अर्थात् अपरेसन गरी बच्चा जन्माउँदा आनन्दै हुन्छ भन्ने भाष्य सुन्न पाइन्छ । तर, अपरेसनपछि बच्चा जन्माउँदा साँच्चै आनन्द हुन्छ ? |
कविता : सीतावाण |
निभा शाह |
पितृसत्ता नभएर मातृसत्ता भएको भए |
माघ १३, २०८० |
त्यो पहिलो पुस्तक–पुरस्कार, जुन कहिल्यै बाँडिएन |
लोकरञ्जन पराजुली |
२००३ को चैत । नेपाली ‘साहित्यकाशका तारा कवि लक्ष्मीप्रसाद, कवि सिद्धिचरण, नाटककार गोपाल प्रसाद, कहानी लेखक विजयबहादुर, निबन्धकार हृदयचन्द्रसिंह, झ्याउरे गीतिकाव्यका लेखक हृदयराज’ र केदारमान व्यथित गरी जम्मा ‘७ जवान’ ले मिलेर शिक्षा–साहित्य–प्रकाशन इत्यादि क्षेत्र हेर्ने तालुकवाला राणा जनरल मृगेन्द्र शमशेर (डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन्स) मार्फत तात्कालिक प्रधानमन्त्री पद्म शमशेर कहाँ ‘नेपाली साहित्य परिषद्’ नामको संस्था गठन गर्ने अनुमति माग्दै बिन्तीपत्र चढाए । |
देशको परिभाषा बदल्ने मान्छे |
सरला गौतम |
हिउँदको मध्यरात ! चुपचाप थियो संसार ! मस्त निदाइरहेको मानिसजस्तै रात ! हातमा भएको पुस्तकको पाना बन्द गरें, एक्लोपनको उचाइको एक्लोपन । कोही यति एक्लो कसरी हुन सक्छ ! अस्पतालको शय्यामा एक बालक एक्लै थियो, यही घना रातजस्तो निख्खर एक्लो उसको नियतिको साथमा । |
किताब : आक्रोशको आगो |
गीता त्रिपाठी |
आगो पिउनु छ, हातमा औंलाको दाउरा बालेर तर पानी निलेको छु शान्त ! ‘आधा शिर उचालेर’ कविता–किताबका ४३ थान कविताको समग्र निष्कर्ष बोलेको छ, उल्लिखित कवितांशले । ‘आह्वान’ शीर्षकको कविताबाट साभार गरिएका यी दुई पंक्तिमा अनुभूतिशील कवि ज्योति जङ्गलका प्रेम–प्रणय, मातृवात्सल्य, घर–समाज, सांस्कृतिक विभेद, लैंगिकता, देश–दर्शन, प्राकृतिक प्रकोप लगायत विषयप्रतिको मौलिक र नवीन चिन्तन छन् । |
स्वर्णिम आवाजको अबिच्युरी |
राजकुमार बानियाँ |
असोज– २४ को साँझ ७७ औं जन्मदिन मनाएका थिए, नेपाली सुगम संगीतका ‘लिजेन्ड’ योगेश वैद्यले । त्यही अवसर पारेर आफ्नो आत्मकथा ‘स्वर्णिम संस्मरण – आत्मवृत्तान्त’ घरमै विमोचन गराएका थिए, जेठी दिदी उमाको हातबाट । तर, त्यो न कुनै सञ्चारमाध्यमको ‘हटकेक’ समाचार बन्यो, न त आम पाठकका निम्ति कुनै ‘सरप्राइज’ पुस्तक । |
पूर्णनारायणको फाँसी माफी : जुद्धशमशेरको योजना कि संयोग ? |
सन्तोष खडेरी |
विसं १९९३, जेठमा नेपालमा पहिलो पटक प्रजापरिषद् गठन भएको थियो । र, उसले १९९७ असार ९ मा पहिलो पर्चा छरेको थियो– राणा र व्यवस्थाविरुद्ध छरिएको पहिलो लिखित पर्चा थियो त्यो । जम्माजम्मी ४ पर्चा छरिएकोमा दोस्रो असार ३०, तेस्रो श्रावण १७ र चौथो भाद्र २४ मा छरिएको थियो । |
रविका रङ र रेखा |
अविन श्रेष्ठ |
‘हेलो !’ ‘हेलो अविन दाइ, मलाई कार्टुन बनाउन सिकाइदिनुस् न !’ ‘को बोलेको ?’ ‘म रवि मिश्र !’ करिब १५ वर्षअघि यसरी कुनै औपचारिकताबिनै फरर आफ्नो कुरा खुलेर भनेका थिए, रवि मिश्रले । हामीबीच न चिनजान थियो, न कुनै भेटघाट । |
मोडिए पाइला, छोडिए सम्झना |
महेश केसी |
१४ वर्ष भएछ, गाउँ छोडेर सदरमुकाम बस्न थालेको । दसैं–तिहार र अरू काम विशेषमा फुत्त पुगेर फर्किहाल्दैमा गाउँ कसरी बुझिन्थ्यो ! केहीअघि मैले एक महिना जन्म गाउँ रुकुपूर्व पोखरामा बिताएँ । सधैं तुफानजसरी पुगेर बेगजसरी फर्किने मलाई लामो समय गाउँमा देख्दा धेरैले जिब्रो टोके । |
माघ ६, २०८० |
लोहाकोटका शिल्पीको फलामे अनुष्ठान |
सुरेश ढकाल |
फलाम खानीको खोजी : एक अतिरिक्त कथा सन् १९९७ को एक हिउँद । वर्गेन विश्वविद्यालय, नर्वेमा एमफिल पढिरहेका हामी दुई भाइ (सुमन र म) तुम्लिङटार झरेका थियौं– फलामको कथा खोज्न । चितवनका केही पहाडी क्षेत्र घुमघाम गरी फर्केलगत्तै विश्राम पनि नलिई हामीले तुमलिगङ्टार, संखुवासभाको टिकट काटेका थियौं । त्यसबेला विश्वविद्यालयमा बुझाउने शोधपत्रका लागि अनुसन्धान–तयारी गरिरहेका थियौं । |
मेचीपारिले के लेखिरहेछ ? |
पर्वत पोर्तेल |
उत्तरपूर्वी भारतको ८ राज्यमध्ये अरुणाञ्चलपछि सबैभन्दा कम जनसंख्या छ– मिजोरममा । यो छरितो राज्यको जनसंख्या जम्माजम्मी ११ लाख जति छ । भारतकै तेस्रो शिक्षित यो राज्यको साक्षरता दर ९१ दशमलव ३३ प्रतिशत छ । पूर्वतिर बर्मा र पश्चिमतिर बंगलादेशसहित दुई अन्तर्राष्ट्रिय साँधसीमा जोडिने मिजोरममा १२ हजार हाराहारीमा संघर्षरत छन् नेपालीभाषी । |
मेरो प्रत्येक पाइला प्रार्थना |
शिक्षा रिसाल |
हामी अहिले भारतको उत्तराखण्डमा छौं । हामी जहाँ छौं, यस ठाउँ वरपर देखिने मान्छेका अनुहार हामीले आजभन्दा अघि कहिल्यै देखेका थिएनौं । यो ठाउँको नाम देवप्रयाग संगम हो । हामी उभिएको धरातलको दायाँबाट भागीरथी नदी व्यग्र हुँदै भाग्दै, दौडिँदै महासागरमा समाहित भइरहेकी छन् । उनको वेग देख्दा लाग्छ— उनी सदियौंदेखि संगम भेटाउन आतुर छिन् । बायाँबाट अलकनन्दा बगिरहेकी छन् । शान्त, सौम्य र गम्भीर । आफ्नै लय र गतिमा । |
एक गाउँ, तीन घर |
मनोज पौडेल |
नाकै ठोक्किने ठाडो उकालो । त्यसमाथि विकट भौगोलिक अवस्था । निर्जन पहाड । आधीदेखि एकमिटरको गोरेटो बाटो । कहींकहीं ढुंगा छापिएका बाटा । थोरै तलमाथि भए खोल्सामा । |
शरणार्थीका सबल स्वर |
चन्द्रकिशोर |
२१ मार्च २००९ ! एउटा किताब ‘नए मौसम के फूल’ को लोकार्पण मुम्बईमा हुँदै थियो । त्यहाँ ती शायरले भनेका थिए, ‘पहिले घरबाट निस्किनुपर्दा हेर्थें– कुन सुट राखे, कुन–कुन कुर्ता– पाइजामा राख्नुपर्नेछ ! अब निस्किनुपर्दा हेर्छु– कुन–कुन औषधि राख्नुछ ।’ |
बा भन्थे– भकारे नहुनू ! |
हरिहर तिमिल्सिना |
आशाको किरण छरेर जान्छ दुःखको बाढी तरेर जान्छ गर्नेले केही गरेर जान्छ नगर्ने त्यसै मरेर जान्छ वि.सं. २०७९ को ११३ औं लक्ष्मीजयन्तीको उपलक्ष्यमा अनेसास न्यु साउथवेल्स च्याप्टर सिड्नीमा मैले यी हरफ वाचन गर्दै गर्दा मेरा बालाई फेसबुक लाइभमा कसैले देखाइदिएको रहेछ । साँझ मेसेन्जरमा भिडियो कल हुँदा भन्नुभएको थियो, ‘गजब कविता वाचन गर्यौ । |
पुस २८, २०८० |
कुमाउँमा २५ वर्षे गोर्खा–शासन |
सुरेश किरण |
नेपाल ‘एकीकरण’ को श्रेय दिइने गरिएका ‘बडामहाराजाधिराज’ पृथ्वीनारायण शाहको बखान गर्दा ‘ग्रेटर नेपाल’ को पनि चर्चा चल्ने गर्छ । उनी र उनका छोराहरूले चलाएको ‘नेपाल एकीकरण’ अभियानले नेपालको आकार एकदम विशाल बनाएको थियो । सन् १८१६ मा तत्कालीन ब्रिटिस सरकार र नेपाल सरकारबीच सुगौली सन्धि हुनुअघिसम्मको नेपाली भू–भागलाई अहिले ‘ग्रेटर नेपाल’ भनेर सगर्व सम्बोधन गर्ने गरिन्छ । |
पृथ्वीनारायणको देहान्त : प्रतापसिंहको त्यो चिठी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.