text
stringlengths
2
914
सन्तोष खडेरी
अढाई सय वर्षअघि राजा पृथ्वीनारायण शाह सिकार खेल्न नुवाकोट जाँदा उनको निधन भएको पुष्टि गर्ने त्यति बेलाको एउटा दुर्लभ प्रमाण भेटिएको छ । छोरा सिंहप्रताप शाह (प्रतापसिंह शाहलाई सिंहप्रताप पनि भनिन्छ) राजा भएपछि उनले रामचन्द्र पण्डितलाई एक पत्र लेखेका थिए, जहाँ पिता पृथ्वीनारायणको निधनबारे वर्णन छ ।
नयाँ समयको एआई खजाना
सजना बराल
कोभिड–१९ र त्यसयताको आर्थिक मन्दीसँगै अमेरिका–चीनबीचको प्रविधि युद्ध र क्रिप्टोकरेन्सी बजारमा आएको एकपछि अर्को समस्याले सन् २०२२ प्रविधि क्षेत्रका लागि निराश बन्यो । त्यो नैराश्य व्यहोरेको सिलिकन भ्याली र समग्र प्रविधि बजारले वर्ष– २०२३ मा भने केही हदसम्म पुनःताजगी पायो ।
‘यो मलेरियाको गेट हो’
छुदेन काविमो
हरेक सहर बेइमान हुन्छन् । दुई–चार साल बसेर मात्रै हेर्नुहोस् । किरायाकै घरमा रहँदा पनि लागिरहन्छ, ‘यो ठाउँ मेरो पनि हो ।’ अचेल सिलिगुडी मलाई त्यही बेइमान सहर लाग्न थालेको छ । सात सालअघि मात्रैको कुरा हो, जतिबेला म पहिलोचोटि लामो समयको निम्ति यो सहर छिर्दै थिएँ । यो व्यस्त सहरमा मलाई स्थायी डेरा जमाउनु थियो । तर, मेरो मन स्थायी थिएन, यो सहरझैं अस्थिर थियो । घरी यो गल्ली हिँड्न चाहन्थ्यो, घरी त्यो गल्ली दगुर्न चाहन्थ्यो । म आभारा थिएँ, एक्लै भौंतारिइरहन्थेँ ।
नहारेको मान्छे
रीना मोक्तान
हाम्रा हलहरूमा ‘डंकी’ (मंसीर २४) चल्यो । धेरैले ‘जवान’ पछि ‘शाहरूख खानको ब्लकबस्टर फिल्म यही हो’ भन्दै ‘डंकी’ को चर्चा गरे । त्यसका पछाडि दुई प्रमुख कारण थिए । पहिलो– निर्देशक हिरानी आफैंमा ब्रान्ड थिए । दोस्रो– फिल्मको विषयवस्तु नै दमदार । ज्यानको बाजी राख्दै अवैध बाटोबाट लन्डन जाने सपनाको कथा ।
आधुनिक फुटबलको जग बसाउनेहरू
हिमेश
फुटबलको विश्वकपमा छनोट हुनु नै ठूलो विषय हो । त्यसलाई जित्नु त झन् परको कुरा । विश्वकप नै जित्ने खेलाडी जत्ति भाग्यमानी को होला फेरि ? ल भयो, खेलाडी भएर त जितियो । तिनै खेलाडीले प्रशिक्षक भएर पनि फेरि एकपल्ट विश्वकप उचाल्यो भने ? खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्नु असाध्यै दुर्लभ उपलब्धी हो । यस्तो सफलता चुम्ने विश्व फुटबलमा तीन जना मात्र छन् ।
कविता : तिम्रो अनुपस्थिति
अस्मिता विष्ट
तिम्रो अनुपस्थितिमा म अनन्त रात भएकी छु
कविता : पातहरू
फूलमान वल
पातहरुको– कुनै विचार हुँदैन
छेउकुनाका दुर्दान्त कथा
राजकुमार बानियाँ
आम नेपाली समाजका निम्ति अमेरिका आज पनि ‘स्वप्नभूमि’ हो । बोटमै हरियो डलर फल्ने देश हो । त्यहाँको भौतिक विकास, सुखसयल र सुविधाको स्वर्गीय आनन्द भोग गर्न जोकोही लालायित छन् । तर, अमेरिकामै रहेका सिभिल इन्जिनियर कृष्ण कुसुमले आफ्नो नवीनतम् कथासंग्रह ‘पार्श्व धुन’ मा देखेको वा सुनेकोभन्दा भोगेको अमेरिकालाई हुबहु प्रस्तुत गरेका छन् ।
पुस २१, २०८०
पोखरेली साहित्य–कलाका ५० वर्ष
दीपक परियार
सभाहलमा काठ जोरजाम गरेर बनाइएको मञ्चमा अरुण थापा गितार बजाउँदै पहिलोपल्ट आफ्नो प्रस्तुति दिन्छन्– जति माया लाए पनि, जति कसम खाए पनि....। उसैगरी सरोज गोपाल बज्राचार्य आफ्ना चर्चित गीत ‘देउराली उकाली चढेर..’, ‘नक्कलीलाई भगाइ लग्यो झिल्केले..’ गाउँछन् । सरुभक्त आफ्नो पहिलो एकांकी नाटक ‘डढेलोले खाएको वन’ मा देखिन्छन् । ‘रेशम फिरिरी’ सर्जक बुद्धि परियारको नृत्यले दर्शकलाई जुरुक्कै बनाउँछ ।
२०२३- संगीत : कन्सर्टको सुरमय सवारी
हिमेश
किथ रिचर्डसको जन्मदिन डिसेम्बरमा पर्छ । यसपल्ट उनी ८० का भए । उनलाई शुभकामना दिनेमध्ये एक रोलिङ स्टोन्सका साथी गायक मिक ज्यागर पनि थिए । ‘अस्सी वर्ष पुग्यौ’ भनेर ज्यागरले हल्का जिस्क्याए पनि । उनी आफैँ यसअघि नै ८० वर्षका भइसकेका छन् । रिचर्डस मात्रै होइन्, ज्यागर पनि कहिल्यै बुढो हुने छैनन् । यो सबै किनभने कहिल्यै थाक्न नमान्ने यही ब्यान्डले सन् २०२३ मा आफ्नो नयाँ एल्बम निकाल्यो । र, यसको नाम थियो, ‘ह्याकनी डाइमन्ड्स’ ।
मनमा खोपिएका नामहरू
मोहन दुवाल
केही रोज्नु, तर त्यो प्राप्ति नहुँदा छट्पटिनु मान्छेको स्वभावै हो । दृष्टिमा प्रेम, मनमा प्रेम राखेरै प्रेम खोज्ने हो । प्रेम बुझ्न थालेदेखि नै मैले यसको स्पर्श खोज्न थालेको हुँ ।
जोर पाइला, हजारौं माइल
विकास बस्नेत
एउटा ग्रिक मिथक छ– मान्छेको चार खुट्टा, चार हात र दुईवटा टाउको थियो ! यस्तो खतरनाक स्वरूपको मान्छे ईश्वरका लागि चुनौती बन्यो । ईश्वर जियसले एउटा उपाय सोचे र मान्छेलाई बीचबाट चिरिदिए । आधा चिरोलाई एपोलोले सर्लक्कै सिलाएर नाइटोमा गाँठो पारिदिए । त्यसयता दुई हात, दुई खुट्टा र एक टाउकोसहितको मान्छे आफ्नो अर्को आधा भाग खोजेर भौंतारिइरहेको छ ।
सिमानाका ‘तकलिफ’
निरोज कट्टेल
सिमानामा आजकल ‘तकलिफ’ छ । यस्तो तकलिफ बोकेर भए पनि मानिस वारपार गरिरहेका छन् । नागरिकता र आधार–कार्ड नभएकाहरूले आउजाउ गर्न असहज बाटो प्रयोग गर्नुपर्ने हुन्छ । नेपालतर्फ सशस्त्र प्रहरी बल र भारततर्फ सीमा सुरक्षा बलले पहरेदार गरिरहेका छन् । पूर्वको सिमाना काँकरभिट्टाबाट वारपार गर्ने जो–कोहीले पनि आजकल सकस व्यहोर्नुपर्छ । सिमानामा भय, त्रास र असहजता मिसिएको छ ।
सम्झनाहरुको तुक्का नै त हो जिन्दगी
विमला तुम्खेवा
बाँसको हाागाबाट – जब आम्लारी फुङ वेदनाको पालाम गाउँदै खस्छ सोच्छु आखिरीमा म पनि एक दिन जानु नै छ ।
समकालीन राजनीतिको चित्र
रामजी दाहाल
राजनीति सबैखाले नीतिको मूल नीति मानिन्छ । त्यो नीतिले समाजलाई डोहोर्‍याउँछ । हिजो त्यो समय थियो, जतिबेला राजनीतिलाई पूर्णत: समाजसेवाका रूपमा हेरिन्थ्यो । व्यक्तिगत–पारिवारिक स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा समर्पित भएकैले कतिपय नेताप्रति समाजमा सदैव उच्च आदर र सम्मान व्यक्त गरिन्थ्यो ।
२०२३-विश्व : युद्ध केवल युद्ध
जगदीश्वर पाण्डे
कोभिड–१९ महामारीले बिट मार्दै थियो । मान्छेले सोचेका थिए– बल्ल आनन्द भयो । भर्चुअल जिन्दगीबाट निस्केर मान्छेहरू हिँड्न, डुल्न र भेटभाटतिर लागे । तर, सन् २०२२ फेब्रुअरी– २४ मा भएको एक अप्रिय घटनाले संसारमा फेरि कालो बादल मडारियो । रुसले युक्रेनमाथि आक्रमण गरेको थियो ।
पुस १४, २०८०
त्यही गाताको माया लागेर आउँछ !
उपेन्द्रराज पाण्डेय
किताबको बाहिरी आवरणलाई विभिन्न नाम दिइएको छ– गाता, कभर, ज्याकेट, जिल्द ! तपाईं पनि पुस्तकको गाता हेरेर मक्ख पर्नुहुन्छ ? तपाईंलाई पनि गातै हेरेर पुस्तक किनूँ–किनूँ लाग्छ ? कि पुरानो उक्ति ‘डन्ट जज अ बुक बाई इट्स कभर’ सम्झनुहुन्छ ? कभरभन्दा पुस्तककै विषयवस्तु गहकिलो हुनुपर्छ भन्नेमा दुई मत छैन, तर विषयवस्तु नै चित्रित गर्ने कभर हुनुपर्छ भन्नेमा पनि मतैक्य छ ।
आखिर के छ जातमा ?
विश्वास नेपाली
आखिर जातमा के छ ? मानिसबीच फरक के छ ? मानिसले अर्को आफूजस्तैलाई विभेद गर्न कसरी सक्छ ? के फरक जातिको रगत पनि फरक हुन्छ ? फरक जातिको खाना, पानी, हावाको रूप–रङ र स्वाद पनि फरक हुन्छ ? धर्तीले जातअनुसार फरक व्यवहार गर्छ ? पक्कै गर्दैन प्रकृतिले कसैलाई भेदभाव गर्दैन । तर, वेशभूषा, भाषा, रूप, रङ र वर्णको आधारमा मानिसले विभेद गर्छन् । हाम्रो समाजमा एउटा वर्ग विभेदकारी छ, अर्को सहनशील । अमिल्दो कुप्रथा समाजमा टिकिराखेको छ । किन ?
टेक्नोक्र्याटले देखेको कूटनीति !
जगदीश्वर पाण्डे
पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाको किताब ‘राष्ट्र–परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ पढिसक्दा लाग्छ– यो कुनै फिल्मको स्क्रिप्ट हो । किताबमा आशा, आश्चर्य, ठूल्ठूला सफलता, असफलता, पारिवारिक वियोगजस्ता घटना छन् । थापाको व्यक्तिगत जीवन र जिम्मेवारीवरिपरि भएका घटना र विषयवस्तु समेटेर लेखिएको किताब पूर्ण सत्य घटनामा आधारित छ । तर, कतै–कतै ‘फिक्सन’ मिसाइएको हो कि ? भन्ने प्रश्न उब्जिन्छ ।
म अचेल कुचो लगाइरहेको छु
अनिता न्यौपाने
मन बढार्नुस् या दिमाग कुचो लगाउनु जरूरी छ
लेखनाथ–इबरा वार्ता - ‘यस्तो क्षुद्र प्रश्न तपाईंले किन गर्नुभो ?’
कान्तिपुर संवाददाता
नेपाली साहित्याकाशका उज्ज्वल नक्षत्र हुन्– लेखनाथ पौड्याल (विस. १९४१–२०२२) । पुस १५ उनको जन्मदिन । पोखराको अर्घौं अर्चलेमा जन्मेका उनी लेखपढका सिलसिलामा काठमाडौं आए– लेखे, पढे, ठूला कवि–साहित्यिक बने, अनि यतै रत्तिए । संस्कृतको जगजगी भएको र नेपालीलाई ‘भाषा’ वा ‘पर्वते’ भनेर हेयका साथ हेरिने त्यो समयमा प्रश्न गरिन्थ्यो– नेपाली भाषामा पनि गहन साहित्य सृजना हुन सक्छ ? त्यसबेला नेपाली भाषामै सरस, सुललित काव्य सृजना गरी नेपालीको उन्नयन र श्रीवृद्धिमा योगदान दिने पहिलो लहरका कविमा लेखनाथको नाम आउँछ ।
जिजीविषाको मृत्युभोज
सुरेश प्राञ्‍जली
ढल्दै गरेको एक रंगहीन तर मेरा निम्ति रंगीन साँझ । टाढा कतै कसैले आफ्नो आसन्न मृत्यु पन्छाउन महामृत्युञ्जय मन्त्र अलापिइरहेको थियो – ‘ॐ त्रयम्बकम् यजामहे सुगन्धिं पुष्टिवर्धनम् ...।’ म भने मृत्यु आमन्त्रण गर्दै थिएँ । अर्थात्, आत्महत्या गर्ने मुडमा थिएँ ! सुरसार गर्दै पनि थिएँ, ह्विस्कीको चुस्कीसँगै ! झट्ट मनले भन्यो, यो चराचर जगत्मा नआउनु आइसकेपछि जाँदा कम्तीमा जाँदै छु वा गएँ भन्ने औपचारिकता त निभाउनु पर्ला ? अर्थात्, मृत्युपत्र पनि त लेख्नु पर्ला नि ?
प्यालेस्टिनी फिल्मको फरमान
सचिन घिमिरे
लेखक एडवार्ड सइदले अर्का लेखक हमिद दावासीको पुस्तक ‘द ड्रिम्स अफ द नेसनको’ भूमिकामा लेखेका छन्, ‘प्यालेस्टिनीहरू संसारभर छरिएर बसेका मान्छे हुन् । उनीहरूको फिल्म विभिन्न स्थान (पश्चिम किनारा, गाजा, युरोप र अमेरिका) बाट बनिरहेका छन् ।
जिरीका खर्कतिर बरालिँदा
फणीन्द्र संगम
जिरीबाट गाडीमा एक घण्टा उकालो चढेपछि पुगियो– क्याङसे पोखरी (२,४५० मि.) । कच्ची बाटो ठाउँ–ठाउँमा ग्राभेल गरेकाले यात्रा सोचेजस्तो कठिन रहेन । हामीजस्ता पटके पर्यटकले बोलेरो रिजर्भ गरेकै बेस ! ४–५ हजार तिरेपछि दिनैभरलाई आनन्द !
पुस ७, २०८०
म एक जकडिएको, स्वतन्त्र मान्छे
ध्रुवचन्द्र गौतम
हालै म वीरगन्ज गएको थिएँ । कुमालटोल पुगें भने म त्यो अखडा जरुर हेर्न चाहन्छु । त्यही मेरो प्रथम पाठशाला थियो । केशवप्रसाद आचार्य मेरा प्रथम शिक्षक ! हामी उनलाई ‘गुरु’ भन्थ्यौं । उनी झ्यालखानबाट पढाउन आउँथे । उनका गोडामा पहिले–पहिले पातलो नेल लगाइएको हुन्थ्यो, पछि त्यो काटियो ।
मास्टर मित्रसेनले भोगेको युद्ध
प्रगति राई
लाहुरे दाइको रेलिमाई फेसनै राम्रो रातो रुमाल रेलिमाई खुकुरी भिरेको माथिको गीतका रचनाकार प्रथम विश्वयुद्धका एक योद्धा थिए– स्व. मास्टर मित्रसेन थापामगर । यिनै गीतका लाइन गाउँदै इजिप्ट, फ्रान्स, बेल्जियम, मेसोपोटामिया (सिरिया र इराक) युद्ध लडेका थिए उनले । मित्रसेनका डायरीलाई आधार बनाएर ६ वर्षको अथक प्रयासपछि लेखक विजय हितानले उपन्यास लेखेका छन्– ‘लाहुरे दाइको रेलिमाई’ ।
‘आत्मालोचना गर्नेलाई आलोचनाको डर हुँदैन’
दीपक सापकोटा
जिन्दगीका सत्कर्महरु नै मेरा कविता हुन् भन्ने अभय श्रेष्ठको नयाँ कविता–किताब ‘लहना र तीर’ हालै प्रकाशित छ । बजार अर्थतन्त्र र जात व्यवस्थाले मानव सभ्यतामाथि तीर बर्साइरहेको सूक्ष्म संकेत यी कविताले गर्छन् ।
साइकलमा त्यो लङ टुर’
ब्रजेश
हामी दुवै जना बेस्मारी थाकिसकेका थियौं । शरीरमा बल नै बाँकी थिएन । सम्भवतः अक्सिजनको पनि कमी भएको हुनुपर्छ । स्याँस्याँ गरेर लामोलामो सास फेर्दै हामीले एकअर्कालाई हेर्‍यौं । दुवैको आँखामा मौन प्रश्न पौडी खेलिरहेको थियो, ‘के गर्ने ? परित्याग गरेर फर्कने वा निरन्तरता दिने प्रयत्न ?’
भातदेखि भगवान्‌सम्म
मल्ल के. सुन्दर
रातो मच्छेन्द्रनाथको आख्यानसँग परिचितलाई थाहा छ– खेतीपातीमा समस्या भएपछि राजा नरेन्द्रदेव सहितको टोली आसाम कामारूप कामाक्षसम्म पुगेर उनलाई नेपालमण्डल ल्याइपुर्‍याइएको थियो । त्यसै अर्थमा मच्छेन्द्रनाथलाई कृषिसँग जोडेर सहकालका देवता भनिन्छ ।
बा
ऋषि आर. अधिकारी
त्यति बेला ‘बा’ थिए, दिने कुनै उपहार थिएनन् ! अहिले उपहार थुप्रै छन्, तर लिईदिने ‘बा’ भएनन् !!
पाँच सय विकेट क्लबमा लियोन
हिमेश
सबैभन्दा पहिले खेलाडीको एउटा सूची– मुथैया मुरलिधरन, सेन वार्न, जेम्स एन्डरसन, अनिल कुम्बले, स्टुआर्ट ब्रोड, ग्लेन म्याकग्रा र कर्टन वाल्स । यिनीहरूको नाम सुन्नेबित्तिकै क्रिकेट पारखीको मुखबाट ठ्याक्कै निस्कनेछ, ‘ओहो, यी महान् खेलाडीहरू !’ क्रिकेटका यी सात महान् खेलाडी खासमा त्यस्ता बलर हुन्, जसले टेस्ट क्रिकेटमा पाँच सयभन्दा बढी विकेट लिए ।
आधारशिविरका उकालीओराली
मधु शाही
नजिकबाटै हिमाल हेर्ने उत्साहले मलाई एबीसीतिर डोहोर्‍यायो ।मेरो शरीरले चिसो सहँदैन । ‘तर, हिमालछेउ पुग्नैपर्छ,’ मनले भनिरह्यो । हो म हिमाल अनुभव गर्न चाहन्थें । साथीहरू रीना मोक्तान, सविना जीसी र मैले थाल्यौं, अन्धाधुन्ध यात्रा एबीसीको ।
मंसिर ३०, २०८०
ब्रह्मपुत्र : एक नदी, अनेक जिन्दगी