text
stringlengths
2
914
केशव दाहाल
मलाई नदीसँग खास लगाब छ । करोडौं वर्षदेखि अनवरत बग्ने नदीहरू देख्दा मेरो मन जीवनप्रतिको अथाह प्रेमले भरिन्छ । एक क्षण नबिसाई कसरी बग्न सकेका होलान् नदीहरू ? के नदीहरू पनि रुन्छन् ? के नदीहरू पनि हाँस्छन् ? के नदीहरू पनि प्रेम र वियोगमा हुन्छन् ? के नदीहरू पनि आफ्ना यादलाई सँगै बोकेर यात्रा गर्छन् ?
आख्यानको हरियोपरियो
राजकुमार बानियाँ
अहिले हरियो छ, तर अग्लो रूख कतै देखिँदैन– अग्रज कवि राजेन्द्र भण्डारीले भारतीय नेपाली कविताको प्रसंगमा यस्तो अभिव्यक्ति दिएका थिए कुनै बेला । त्यो स्थिति नेपाली साहित्य अझ आख्यानमा पनि हुबहु यस्तै छ । त्यसलाई हल्का सच्याउने हो भने स्तरीय आख्यानमा न्यूनता छ ।
त्यसरी त कहिल्यै सोचिएन
निर्भीकजंग रायमाझी
एउटा कोपिला थियौँ फक्रिन लागेका बनाउन चाहन्थ्यौँ फूलजस्तै जीवन फर्केर हेर्दा कति डाहा गर्‍यौं, एकले अर्काको फूलले पनि कहीँ डाहा गर्छ ? त्यसरी त कहिल्यै सोचिएन !
‘पुँजीवादलाई राक्षसी बनाउनु गलत’
जगदीश्वर पाण्डे
विश्वमै विवादास्पद शब्द हो– पुँजीवाद । कम्युनिस्ट र समाजवादी भन्छन्– पुँजीवादले संसारलाई कुरुप बनायो । खुला अर्थतन्त्र र बजार मन पराउनेहरु भने विश्व विकास हुनुमा पुँजीवादलाई जस दिन्छन् । जर्मनीका इतिहासकार र राजनीतिकशास्त्री राइनर जिटलम्यानले संसारका विभिन्न ३५ मुलुकको अनुसन्धान गरी नयाँ किताब लेखेका छन्– ‘इन डिफेन्स अफ क्यापिटालिज्म’ ।
भेरी किनारका शोकमग्न यात्री
विश्वास खड्काथोकी
७ सय किलोमिटर पारिको खबर । त्राहिमान पार्ने त्रासदीपूर्ण त्यो खबर । क्रूर जातीय हिंसाको खबर । १० जेठ, २०७७– नेपालको इतिहासमै कलंकित दिनको त्यो खबर काठमाडौंका खबर–भित्ताहरूमा घुर्माइलो–घुर्माइलो गरी छाइरहेको थियो । राम्रोसँग नेटवर्क नटिपेको श्यामश्वेत टेलिभिजमा जस्तो– झ्यारझ्यार । त्यसैले गुजिल्टिँदै गएको ६ युवकको हत्याकाण्डका रेसाहरू खुट्याउन एक बथान पत्रकार जाजरकोटतर्फ हिँडेका थियौं ।
बदलिँदो चीन, बदलिँदा आकांक्षा !
विष्णु रिजाल
चिनियाँ कम्युनिस्टसँग भन्नका लागि धेरै कुरा छन्, त्यसभन्दा बढी देखाउनका लागि धेरै काम छन् । त्यसैले अहिले तपाईं कुनै औपचारिक कार्यक्रममा चीन जानुहुन्छ भने तपाईंका लागि मुख्य कार्यक्रमजत्तिकै समय अवलोकन र अध्ययन भ्रमणमा छुट्याइएको हुन्छ ।
स्वच्छन्द पुतलीहरू
मधु शाही , तस्बिर : दीपक केसी
जापानमा पुतली खेलौनामा मात्रै सीमित छैन, समाज, संस्कार, सभ्यता र इतिहाससँगै जोडिएको छ ।जापानी लोककथामा पुतलीको विशेष स्थान छ । पुतली र छोरी जापानका लागि पर्यायवाची हुन् । त्यहाँ मनाइने ‘हिना मत्सुरी’ पर्वले पुतलीको कथा भन्छ ।
साहसी सामबहादुर
सुशील पौडेल
भारतीयले नेपालीलाई दिएको उपनाम हो– बहादुर । खासगरी भारतीय सेनामा भर्ती भएका गोर्खाली सैनिकको युद्ध वीरताले कायल भारतीयहरू नेपालीलाई ‘बहादुर’ भन्छन् । सन् १९६९ जुलाईमा भारतीय सेनाध्यक्ष आफ्नो आठौं गोरखा राइफल्सको निरीक्षणका लागि पुग्छन् ।
जो कवितामा आख्यान लेख्थिन्
गणेश खनिया
तिमी एक्लो छैनौ कविताले भन्यो, अँध्यारो सुरुङभित्र पनि । (१) मृत्युले मलाई आघात गर्दैन त्योभन्दा बढी त तिमीले आघात गर्छौ मलाई मेरो प्रिय जीवन । (२) प्रतिकूलतामाझ जिउन सिकाउने यी कवितांश हुन्– लुइस ग्लिकका । अमेरिकी कवि ग्लिक चर्चा परिचर्चाबाट अलग्गै रहिन् सधैं । कवितातर्फ भने उनको रुचि सानैदेखिको हो ।
मंसिर २३, २०८०
किसिन्जरको त्यो ‘विश्राम कूटनीति’
घनश्याम खड्का
कूटनीतिमा अक्सर बौद्धिक, ठट्यौलो र चलाखीपूर्ण भाषाको प्रयोग हुन्छ । आफ्नो उद्देश्यसिद्ध गर्न जसको लवजमा यस्तो भाषा पत्यारलाग्ने गरी बग्छ उही नै असल कूटनीतिज्ञ हो । त्यसैले हुँदो हो, यसो गर्न जान्ने उम्दा पेसालाई बुझाउन बेलायती प्रधानमन्त्री विन्सटन चर्चिलले भनेका थिए, ‘कूटनीति भनेको मानिसहरूलाई यस्तो तरिकाले नर्क जाऊ भन्ने कला हो कि उनीहरू कताबाट जाने भनेर बाटो नै सोध्न पुग्छन् ।’
मेरा राम !
महेशविक्रम शाह
पहिलो पटक रामको नाम सुन्दा म यस्तै पाँच/छ वर्षको बालक थिएँ । त्यसबेला म बाजे, बज्यै र मुवासँग पहाड–घर अछाम, कालीमाटीमा बस्थें । बुबा काठमाडौंमा जागिरे हुनुहुन्थ्यो । एक दिन मुवाले मेरो हात समात्दै भन्नुभयो, ‘तँ राम हेर्न जान्या है कि लाटा ?’ यही ‘राम’ शब्द थियो, मैले पहिलो पटक सुनेको ।
जब देउचन कामीले किने राजाको घर
नवीन विभास
कसैले मकै भरिएको फुङ्ङा बोकेका छन् त अर्काले पानी भरिएको लोट्टे । कसैले बलेको बत्ती बोकेका छन्, अर्काले दुबो–पाती । बाँकी कसैको कुममा झोला छ त कसैको पिठ्युँमा कुम्लो । दर्जन हाराहारीका महिला/पुरुषका गोडा गुरुरुरु गुडेका छन्, जुन हूल ठूलीभेरीको बायाँ कोखामा थचक्क बसेको थुम्को गोतामकोट तिर्गाउँटोलबाट कालिकाटोल लाग्दै छ । हूलमा एकजना साँवला अनुहारे अधबैंसे कोट/पाइन्टमा ठाँट्टिएका छन् । बाँकी गच्छेअनुसारका नयाँ लुगामा छन् ।
सुपर लिग : वर्क इन प्रोग्रेस
हिमेश
कतै चिया पिउँदै गर्दा छेउबाट सुन्छु– काठमाडौं रेजर्सले राम्रो गरिरहेको छ रे त ! तरकारी किन्दा कसैले गफ दिइरहेको थियो– धनगढी एफसी त सुदूरपश्चिमको शान पो हो ! पम्पमा पेट्रोल भर्दै गर्दा कुरा चलिरहेको हुन्छ– ललितपुर सिटी एफसीले खेल्दा लाखेको नृत्य पो देख्न पाइन्छ, त्यो पनि पारम्परिक बाजागाजासँगै ! साता दिन बिराएर भेटिने साथीहरू सोध्छन्, ‘फुटबल चलिरहेको त छ नि ?’ यहाँनिर ‘अल्गोरिदम’ ले काम गरेको पनि हुन सक्छ, उस्तै उस्तै घटना ठोक्किन आएर ।
ग्याङस्टर र भ्वायलेन्सका दुई सय मिनेट
सुशील पौडेल
पढाइले फिजियोथेरापिस्ट सन्दीप रेड्डी भांगामा फिल्मको भूत सवार थियो । २८ वर्षको छँदै सहायक निर्देशक भई फिल्म ‘कैदी’ मा काम गरिसकेपछि उनलाई आफैं फिल्म बनाउने महत्त्वाकांक्षा जाग्यो । अनि आफैं लेख्न थाले स्क्रिप्ट । दुई वर्ष लगाएर तयार भयो, अर्जुन रेड्डीको स्क्रिप्ट । तर, पाँच वर्षसम्म पनि पैसा लगानी गर्ने कोही भेटेनन् ।
देब्रे हातको सलाम !
गीलु रातोस
कमरेड ! यो कमिजको दाहिने बाहुलालाई अस्कोटको दाहिने खल्तीमा हालेर तिमीलाई देब्रे हातको सलाम !
सम्झनामा बिनाबर्दीको सिपाही
ईश्वरी ज्ञवाली
गुल्मी, धुर्कोटका बासबहादुर जीसीले भुइँमान्छे भएरै जीवन बिताए । जिल्लावासीमाझ उनको यही परिचय कायम छ । माओवादी द्वन्द्वका क्रममा २०५९ सालमा घर जलाइएपछि उनी जीवनको उत्तरार्द्धमा भक्तपुरमा बसाइँ सरे । आफ्नो पुरानो छविलाई उनले यहाँ पनि धर्मराउन दिएनन् ।
सिसीभित्र मन्दिर
प्रशान्त माली
सिसीभित्रका मन्दिरहरू, चैत्य, घर देखेर निकै बेर घोरिन्छन् मान्छे । सिसी–कलाका कलाकार हुन्– ठेचोका राजीव महर्जन । उनले हालसम्म ५० वटाभन्दा बढी सिसीभित्र कला सिर्जेका छन् ।
मंसिर १६, २०८०
हाय राजमती !
सुरेश किरण
राजमती कुमति जिके वःसा पिरति हाय बाबा राजमतीचा राजमती मबिल धाःसा काशी वने त्यल बुबा हयाब्यु राजमतीचा । (राजमती कुमति/मसँग आए पिरति/हाय बाबा राजमतीचा/राजमती नदिए म त काशी जान लागेँ बुबा/ल्याइदेऊ न राजमतीचा ।)
बगडी : अद्वितीय संगीत सम्मेलन
ध्रुवेशचन्द्र रेग्मी
श्री ३ रणेद्दीपको हत्या भएपछि जंगबहादुरका भाइ धीरशमशेरका जेठा छोरा वीरशमशेर नेपालको प्रधानमन्त्री भए, जो आफ्नो जीवनको युवावस्थाबाटै संगीतका विशेष सौखिन थिए । जंगबहादुरको प्रधानमन्त्रीत्वकालमा उनी कोलकातामा वाणिज्यदूत (वकिल) का रूपमा खटिएका थिए, जसको थोरै मात्र काम हुने र अत्यधिक समय फुर्सदिलो हुने कारण उनी संगीत रसस्वादनका लागि बराबर बाइजी तथा कस्वीहरूकहाँ जाने गर्थे ।
फ्ल्यासब्याकमा मीतज्यू नाइट
मनप्रसाद सुब्बा
ई.१९७१ । महिना बिर्सें । कालेबुङमा थिएँ डेढ महिनाका निम्ति, गाईको कृत्रिम प्रजनन प्रशिक्षणमा एक प्रशिक्षार्थी म । सुनें एक दिन– ‘मीतज्यू नाइट’ सांगीतिक कार्यक्रम हुँदै छ अरे, नारायणगोपाल र गोपाल योञ्जनको ।
त्यो हुलाक, यो अस्ट्रेलिया पोस्ट
प्रशान्त लामिछाने
नेपालमा मेरो नाममा रजिस्ट्रर चिट्ठी आएको मलाई सम्झना छैन । १३/१४ वर्षको हुँदो हुँ, पर्वततिरको एक साहित्यिक पत्रिकामा पत्रमित्र स्तम्भमा मेरो विवरण छापिएको थियो । एक जना साथीलाई फोटो र विवरण टिपाएपछि त्यो काम भएको थियो ।
ईश्वरको छोरो, मान्छेको भाइ
मनकुमार रहपाल
०७१ साल । स्नातक प्रथम वर्ष अध्ययनरत सुकुनाको क्याम्पस हापेर म कोठा खोज्दै छु । धेरै घर चहार्छु । सुकुना बहुमुखी क्याम्पसको हरैंचा मोडमा अवस्थित स्वागतद्वार समीपै गएर सोध्दा कोठा खाली भएको सूचनाले ढाडबाट एउटा पहाड बिसाएको महसुस हुन्छ ।
इन्जिनियरिङ अभिलेख
किरण विक
आधुनिक लेखन–पठनको संस्कृति ढिलो सुरु भएर होला नेपालमा गहिरो अध्ययन गरी कुनै पनि विषयमा पुस्तक लेख्ने चलन कम छ । साहित्यका त थोरबहुत लेखिन्थे, तर साहित्यइतरका प्राज्ञिक किताब कमै छन् ।
वृत्तचित्रमा लेनन वृत्तान्त
सजना बराल
उही प्रख्यात ‘इम्याजिन’ गीत कतै–कतै सुनको हो, तर जोन लेननबारे उति ख्याल गरेको थिइनँ । त्यस बेला उनी मेरो जमातका स्टार थिएनन् । हामी ‘फु फाइटर्स’, ‘ग्रिनडे’, ‘गन्स एन रोजेज’, ‘लिंकिन पार्क’, ‘रेड हट चिल्ली पिपर्स’ जस्ता अलि पछिल्ला रक ब्यान्ड पछ्याउँथ्यौं । बिटल्सहरू पुराना लाग्थे ।
‘समालोचकको हिप्पोक्रेसी देखेर दिक्क लाग्छ’
फणीन्द्र संगम
लेखनमा सांस्कृतिक–वैचारिक स्पष्टता, किनारीकृतको आवाज, मुन्धुमी दर्शनसँगै वैश्विक चेतना बोक्ने प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ हालै सार्वजनिक भएको छ ।
एक शताब्दीका साक्षी
जयदेव भट्टराई
दिन गन्ती गर्ने हो भने आजैको दिन १०१ वर्षमा टेक्नुहुन्थ्यो उहाँ । ८६ वर्षको उमेरसम्ममा मुस्किलले पाँच–सात वर्षबाहेक जीवन अध्यापनमै, कलम चलाएरै बित्यो । लेखन–अध्यापन, अध्ययन–लेखन उहाँको व्यक्तित्वको विशिष्ट पहिचान । काठमाडौं बटु गुच्चा टोलमा, ललितपुर कोपुन्डोलमा मास्टर बाजे, उच्चे बाजे, गुणदेव सर भनेर जसले जसरी चिने पनि शिक्षा क्षेत्रमा उहाँ गुणदेव भट्टराई भनेरै चिनिनुभयो ।
मंसिर ९, २०८०
लुइँचेको कुखुरा कायाकल्प
भोगीराज चाम्लिङ
मान्छे र कुखुराको सम्बन्ध पनि लगभग त्यति नै पुरानो छ, जति कृषि युगको थालनीको इतिहास छ । मान्छेहरू कृषि युगमा प्रवेश गरेको हाराहारीमै कुखुरा पालन सुरु भएको हो । यस अर्थमा घरपालुवा कुखुरामार्फत मान्छेको हजारौं वर्ष पुरानो इतिहास, हजारौं वर्ष पुरानो संस्कृति, हजारौं वर्षअघिको बसाइँसराइ इत्यादि खोतल्न सकिन्छ ।
‘पाठकको रुचिमा लेख्नु सांस्कृतिक निरक्षरता’
दीपक सापकोटा
नेपाली राजनीति र साहित्यमा ओजिलो विमर्श गरिरहेका विष्णु सापकोटा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी एमएका गोल्ड मेडलिस्ट हुन् । क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका उनी एक अमेरिकी विश्वविद्यालयमा भिजिटिङ फेलो रहेका छन् ।
शैक्षिक इतिहासको दरिलो दर्पण
गुरुङ सुशान्त
राणाशासनको पतनसँगै पोखराको पूर्वी भेगमा खोलिएको एक विद्यालयले राम्रो नतिजासहित त्यस क्षेत्रको शैक्षिक भविष्यमा राम्रो आशा जगाइरहेको थियो । तर, विद्यालयका प्रध्यानाध्यापकलाई वित्त अपचलनसहित ‘अत’ अर्थात् अराष्ट्रिय तत्त्वको आरोप लगाई पक्राउ गरियो । तर, खासमा घटनाको गुदी अर्कै थियो ।
उपेक्षित शान्तदास
खगेन्द्र संग्रौला
जगत्मा हुनु र नहुनुको कथा रहेछ जीवन । शान्तदास मानन्धर अलि दिनअघिसम्म हामीमाझ थिए, अब छैनन् । तर, यो ‘नहुनु’ केवल दृश्यगत हो, केवल दैहिक हो यो । हाम्रो भावलोकमा त शान्तदास छँदै छन् । शान्तदास हाम्रो स्मृतिमा झनै जीवन्त छन्, झनै निकट छन्, र छन् ती झनै प्रिय ।
छोराको नाम राख्न किन पाउँदिनन् आमा ?
कल्पना बान्तवा
दर्के पानी परिरहेको छ । छाता ओढेर आइपुगेको मन्जुरले उसको घरअघि उभिएका केही टोलेहरूलाई देख्छ । साना दुई छोरा र एक छोरी जमेको पानीमा खेल्दै छन् । उतिखेरै दैलो खोलेर छिमेकी खाला भन्छिन्, ‘अल्लाहको कृपा ! तेरी जहान योपालि बाँच्ने थिइन, मन्जुरे ! जा मिठाई बाँड्, तेरो तेस्रो छोरो जन्मिएको छ !’
त्रिपालहरूको बस्तीमा
रमेश धमला
कात्तिक १७ को राति जाजरकोटमा गएको भूकम्पको खबर छिनभरमै व्यापक फैलिसकेको थियो । १८ गते बिहान मृतक–घाइतेको संख्या आइरहेको थियो । क्यामेराम्यान श्याम श्रेष्ठ र म कान्तिपुर टेलिभिजनका लागि रिपोर्टिङ गर्न जाजरकोट जान तयार भयौं ।
कमिन्स : द रियल हिरो
हिमेश