text stringlengths 2 914 |
|---|
कुरा सुरु गरौं, एउटा ‘हाइपोथेटिकल’ प्रश्नबाट । केही गरी प्याट कमिन्सले त्यो १२ रन नबनाएको भए के हुन्थ्यो ? त्यो पनि नटआउट रहेर ! साँच्चै नबनाएको भए, ग्लेन म्याक्सवेलले दोहोरो शतक बनाउने थिएनन् । वान डे क्रिकेटकै त्यो सर्वकालीन महान इनिङ्स सम्भव हुने थिएन । भनेपछि अस्ट्रेलियाले त्यो खेल जित्ने थिएन । बरु अफगानिस्तान विजयी हुन्थ्यो । अस्ट्रेलिया सेमिफाइनल पनि पुग्दैनथ्यो । अनि त अस्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ पनि जित्ने थिएन । |
कार्तिक २५, २०८० |
ओ, जेरुसलेम ! |
महेश मास्के |
ओ, जेरुसलेम ! तिम्रै माटोमा मान्छेले सुनेको हो मानवताका आद्य पदचापहरू रचेको हो सभ्यताका प्राचीन आलेख जिउँदै टाँगिएर रक्तरञ्जित क्रसका किलाहरूमा रोपेको हो आस्थाका अजम्मरी बीउहरू बिस्तारै बिस्तारै अग्लिँदै गएका हुन् धार्मिक विश्वासका पवित्र र प्रेरक स्तम्भहरू, आस्थाहरूका जीवनदायी वृक्षहरू ! |
कार्तिक १८, २०८० |
लेन्स @ रणभूमि |
तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेना |
एउटा खबरले मथिङ्गल हल्लायो । अक्टोबर ७ को त्यो घटना वास्तवमा दु:स्वप्नै थियो । र, म त्यो दु:स्वप्नको साक्षी बन्दै थिएँ । दुई दिनअघि मात्रै हमासका लडाकुले हत्या गरेका थिए– १० नेपालीसहित हजारभन्दा बढीको । एक नेपालीसहित दुई सयभन्दा बढी बेपत्ता थिए । |
डायरीमा बीपीको जीवन दर्शन |
लोकराज बराल |
यस वर्ष बीपी कोइरालाको व्यक्तित्व, सोच, सिद्धान्त र जीवनबारे केही खँदिला बहस चलाइए । त्यसका लागि प्राध्यापक कृष्ण खनाल, ‘जेल डायरी’ का सम्पादक शंकर तिवारी धन्यवादका पात्र छन् । खनालको पुस्तक ‘विश्वेश्वरप्रसाद कोइराला— चेतना, चिन्तन र राजनीति’ मा बीपी कोइरालाको सम्पूर्ण पक्षमाथि विश्लेषण गरिएको छ र उनका प्रतिनिधि भनाइ पनि उल्लेख गरिएको छ । ‘जेल डायरी’ बीपीको आफ्नै डायरी हो । |
बंकर, सेना र मरुभूमि |
श्याम श्रेष्ठ |
इजरायलका ट्याक्सी ड्राइभरले भनिरहे– क्यामरा बन्द गर्नुस् । हमासले प्रत्येक ठाउामा ‘वाच’ गरिरहेको छ, ‘सुट’ गर्न सक्छ । ०६० सालदेखि मैले कान्तिपुर टेलिभिजनमा क्यामरापर्सन भएर काम थाल्दा देशमा द्वन्द्व चलिरहेकै थियो । जहाँ—जहाँ आक्रमण हुन्थ्यो त्यहाँ पुगेर भिडियो खिच्नुपर्थ्यो । मेरो ड्युटी रातिको थियो । आक्रमणहरू बढीजसो साँझ र राति हुन्थे । आक्रमण हुँदै छ वा भयो भनेपछि क्यामरा बोकेर हिँडिहाल्नुपर्थ्यो । |
पर्दाभित्र एउटा ‘पागल’ |
विमल आचार्य |
बीपीले आफ्नो ‘आत्मवृत्तान्त’ मा भने, ‘रिमाल जो कवि थिए र पछि पागल पनि भएका थिए ।’ रिमालबारे सबैभन्दा विस्तृत शोध गरेका केशवप्रसाद उपाध्यायले आफ्नो किताब ‘रिमाल : व्यक्ति र कृति’ को पहिलो अनुच्छेदमै लेखे, ‘साहित्य र राजनीति दुवै क्षेत्रमा युद्ध गर्न तम्सने रिमाल बत्तीसै वर्षका उमेरमा पागल भए ।’ |
इतिहासकारको इतिहास |
हिमेश |
शुभकामना ! चित्तरञ्जन मेरो प्यारो दाई तपाईको तेस्रो यस भीमरथारोहणका बेला आज तपाईलाई देख्नेबित्तिकै मलाई लाग्यो, देखें मैले बाँचिरहेका भगवान |
पुरानै फ्रेम, नयाँ अनुहार |
रीना मोक्तान |
नेपाली फिल्ममा एउटा प्रचलित पंक्ति छ, ‘पैसा छाप्ने ।’ फिल्म क्षेत्रको अहिलेको परिवेश नियाल्ने हो भने अधिकांश फिल्मकर्मी पैसा छाप्ने ध्याउन्नमै छन् । कसरी ? पुरानै ब्रान्ड बेचेर । ‘कब्बडी’, ‘छक्का पञ्जा’, ‘नाइँ नभन्नु ल’ हरूले त्यही अस्त्र चलाएर पैसा छापे । यो शुत्र पच्छ्याउने थुप्रै छन् । यही भीडमा उभियो– दीपेन्द्र के. खनाल निर्देशित ‘पशुपतिप्रसाद २ : भस्मे डन’ पनि । |
स्मृतिमा मनमौजी मान्छे ! |
संगीत मगर |
जीवनमा कुनैकुनै ‘सम्बन्ध’ हरू रोज्ने विकल्प हामीसँग हुँदैनन् । ती सम्बन्ध हाम्रो अस्तित्वसँगै जन्मिएर आउँछन् । तिनको सौन्दर्य यो हो कि जीवनका आरोह–अवरोहमा छुटेर कहीं जाँदैनन्, हराउँदैनन् । |
कार्तिक ५, २०८० |
गोलभेंडाको झ्याङमा झुन्डिएको छटपटी |
हरि रोका |
विसं २०४१, चैत ११ । बिहान पौने ५ बजे जेलको भाइनाइकेले मेरो नाममा डाक लगाए । छुट–पुर्जी लिएर चौकीदार काजीमान तामाङ जेलको गेटमा मेरो प्रतीक्षामा थिए । त्यस दिन म जेलबाट छुटकारा पाउँदै थिएँ । उनीहरूसँग हात मिलाएर बिदा भएँ । ‘अब हामीलाई माया गर्न फेरि–फेरि नआउनुहोला हरि सर’, काजीले यसरी बिदा दिए । जवाफमा केही भनिनँ । किनभने फेरि फर्किने सम्भावना पूरापूर बाँकी थियो । |
कार्तिक ४, २०८० |
स्तब्ध ! |
नयनराज पाण्डे |
सम्भवतः युद्धमा दुश्मन ठानिएकाहरूको बाहेक मृत्युको खबर कहिले पनि आनन्ददायक हुँदैन । मृत्युको खबरले एकछिनलाई भए पनि हामीलाई स्तब्ध त बनाउँछ नै । |
आँखैसामु यसरी तोडियो जेल |
ध्रुवचन्द्र गौतम |
२००७ कात्तिक २६ को बिहान, सबैले देखे— झ्यालखानको ताला तोडिएको छ । पहरेदार कोही थिएन । जेलमा सौदा दिने रामलाल गायब थियो । ताल्चा तोडिए पनि जेलमा सन्नाटा छ । न कोही बाहिर निक्लिरहेको थियो, न कोही भित्र पसिरहेको थियो । |
इबरा : केही फुटकर सम्झना |
अविनाश श्रेष्ठ |
इन्द्रबहादुर राईबारे आजभन्दा झन्डै पैंतीस वर्षअघि मैले लेखेको थिएँ : ‘इन्द्रबहादुर राई हाम्रो युग र समयले जन्माएको सबैभन्दा ठूलो प्रतिभा हुनुहुन्छ । लेखनाथ, सम, देवकोटाको हाराहारी राख्न सुहाउने अहिले हामीसित इन्द्रबहादुर राई एउटै मात्र नाम छ । अहिले हामी इन्द्रबहादुर राईको समयमा बाँचिरहेका छौं । यो कुरा भोलि हाम्रा निम्ति गौरवको विषय बन्नेछ ।’ |
जन्मघर : एक शब्दाञ्जली |
मनीषा गौचन |
कहीँ भनिएको सुनिन्छ– ‘होम सुड बी पोर्टेवल ।’ मलाई यो लाइन खूब मन पर्छ । यसको मतलब हो, हामी जहाँ जान्छौं, त्यहाँ आफ्नो घर पनि लिएर जान सक्नुपर्छ । बिस्तारै यसलाई मैले अर्को एंगलबाट बुझ्न थालें । त्यो थियो, हामी जहाँ बास बस्छौं, त्यहाँ घरको महसुस हुन सकोस् । |
जाँड युनिभर्सिटी |
विनोदविक्रम केसी |
शिव दिदीको ज्वाइँले मदिराका नाममा जीवन उत्सर्ग गरे । भन्न त यस अभिव्यक्तिलाई यसरी पनि भन्न सकिन्थ्यो, ‘शिव दिदीको ज्वाइँ जाँड धेरै खाएर मरे ।’ तर, यी दिवंगतप्रति म आभारी छु । त्यसैले उनका प्रति छुद्रताको गन्ध (करिब–करिब बिग्रेको जाँडको जस्तै) ठ्वास्स आउने भाषा अख्तियार गर्न मलाई अलिक असहज लाग्यो । |
दिनरात 'जागते रहो' |
दुर्गाप्रसाद श्रेष्ठ |
जीवनमा कुनै पनि कुरा स्थायी नहुने रहेछ । ‘आया है सो जायेगा राजा–रंक–फकीर !’ अहिले हाम्रो टोलमा नेपाली परिवार कोही छैनन् । हामी एक परिवार छौं । कहिलेसम्म ? माटोको डल्लो न हौं...! |
मो बि गो ४२ |
वसन्त थापा |
एक जना थिए पूर्णबहादुर, पूर्णबहादुर मानन्धर, धरानका कहलिएका गाडी मेकानिक र मेरा बाका जिगरी । चिउँडोमा माओत्से तुङको जस्तो ठूलो कोठी थियो उनको र थिए श्याम वर्ण र अग्ला कदका । बालाई उनी नाम काढेरै इन्द्र भनी बोलाउँथे र तिमी भन्थे । उनी बाका साथी त थिए, तर स्पष्टतः बाभन्दा सिनियर । |
आश्विन २७, २०८० |
गाउँ नभएको मान्छेको बयान |
सुरेश ढकाल |
तपाईं गाउँ नजाने ? दसैंको रौनक सुरु भएसँगै मान्छेहरूमा बेग्लै उमंग छाउँछ । शारदी बतासमा फैलिएको मौसमी फूलको सुवास र मालश्री धुनको संगमले मानौं वातावरणमा मादकता सृजना गर्छ । मन–मस्तिष्कलाई लठ्ठ पार्ने जादु हुन्छ त्यस्तो मादकतामा । प्रकृति र संस्कृतिको यस्तो अनुपम मिलाप सायदै अन्य समयमा जुर्छ । |
यो कथा हो, यो कथा होइन |
केशव दाहाल |
विद्रोहको कथा भन्न सजिलो हुँदैन । विद्रोहको कथा लेख्न पनि सजिलो हुँदैन । किनभने विद्रोह आफैंमा सजिलो विषय होइन । अर्को शब्दमा भन्दा, विद्रोहको कुनै सूत्र हुँदैन । आक्रोश, अराजकता, आवेग र महत्त्वाकांक्षाको के सूत्र ? के लय ? |
असफल पुनर्मिलनको आख्यान |
केन सुवेदी |
लेखक प्रज्वल पराजुलीको दोस्रो किताब ‘चित्रलेखाको चौरासी’ अंग्रेजी उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली अनुवाद हो । किताबले वृद्ध हजुरआमा चित्रलेखाको चौरासी पूजाका लागि वर्षौं विदेशमा अलग्गिएर बसेका नातिनातिनीहरूको गान्तोक आगमन र पुनर्मिलनको कथा भन्छ । |
जीवाश्म भीष्म |
रामशरण बजगाईं |
ओसिला हिउँदे बिहानीमा अबेरसम्म म हजुरआमाको काखमा सुतिरहेको हुन्थें । उहाँका पाँच बुहारी अर्थात् हाम्रा आमाहरू भुइँमा उज्यालो नखस्दै घरधन्दामा तल्लीन भइसक्थे । उत्तरार्द्धका फुर्सदी दिनहरूमा हजुरआमाले सुनाउने शास्त्रीय कथाका श्रोता म हुन्थें । उहाँ निरक्षर हुनुहुन्थ्यो, तर दुर्गा सप्तशती र विभिन्न उपनिषद्का संस्कृत श्लोकहरू कण्ठाग्र थिए । |
फूलको सुसाइड नोट |
रामेश्वरी पन्त |
मन्दिरदेखि घाटसम्म मूर्तिदेखि लाससम्म निमोठेर मेरो अस्तित्व चढाइरह्यौ तिमीहरुले मलाई चुपचाप सहिदिएँ किनकि मन्दिर र मन्दिरभित्र बस्ने दुवै निर्जीव लागे मलाई उसरी नै घाट र लास पनि निष्प्राण लागे सोचो कसैको मनको शान्तिका लागि कसैको आत्माको शान्तिका लागि निमोठिएरै भए पनि आफू काममा त आएँ ! |
तिम्रो छातीमा त गुराँस सुहाउँछ ! |
राजेश राई |
अघिल्लो वर्षको कात्तिक महिनाको एउटा साँझ मुटु नै चिसो बनाउने ‘ध्वनि सन्देश’ आयो, फेसबुक मेसेन्जरमा । माइला दाइको जेठो छोरो भतिज अजय विलापमग्न थियो । गोर्खा भर्तीको ‘रिक्रुट इन्टेक २०२२’ को छनोटका लागि ऊ पोखरामा थियो । उसका आँसुमिश्रित शब्दका बुँदहरू यसरी पोखिएका थिए, ‘काका, अब यो जन्ममा म लाहुरे बन्न नसक्ने भएँ ।’ मानौं, अब ऊसँग केही पनि बाँकी रहेन, कोही पनि बाँकी रहेनन् । यो जुनीका लागि उसका सबै सपनाले एकमुस्ट मृत्युवरण गरे । मानौं, सिंगो पृथ्वी उसका लागि चिहानघारीसिबाय केही पनि रहेन । |
बागमतीका बेरंगी तीर्थहरू |
दामोदर न्यौपाने |
मठमन्दिर, गुम्बाजस्ता मूर्त सांस्कृतिक सम्पदा जीवन्त हुन त्यहाँ सांस्कृतिक क्रियाकलाप हुनैपर्छ । नेपालका सम्पदा जीवन्त छन् भन्ने चर्चा विश्वमै हुन्छ । किनभने यहाँका मूर्त सम्पदामा सांस्कृतिक क्रियाकलाप हुन्छन् नै । मूर्त सांस्कृतिक सम्पदाको प्राण हो– अमूर्त सांस्कृतिक सम्पदा । सांस्कृतिक क्रियाकलाप नहुने सम्पदालाई प्राण नभएका सम्पदाको श्रेणीमा राखिन्छ । अहिले केही सम्पदामा सांस्कृतिक क्रियाकलाप हुन छाडेका छन् । तीमध्येका हुन् बागमती नदी किनाराका १ सय ६५ तीर्थ । ने मुनिले सुरु गरेको मानिने ‘बागमती–यात्रा’ नचल्दा त्यस यात्राका तीर्थहरू प्राणविहीन छन् । |
आश्विन २०, २०८० |
एउटै नाम मुखिया |
देवेन्द्र भट्टराई |
यो १ सय वर्षअघिको कुरा हो । ओखलढुंगाको चेस्कु गाउँमा बस्थ्यो, एउटा खेतीकिसानी सुनुवार परिवार । कर्णवीर र पद्मा सुनुवार ‘सानो छ खेत, सानो छ बारी’ भाकामा साँझ–बिहानको जोहो गरिरहेका हुन्थे । गाउँघरमा चलेको ऋणपान, भाका र चक्रे ब्याज त्यही सानो परिवारमा पनि थपिएकै थियो । त्यसपछि अरू गाउँले र रोजीरोटीमा मुग्लान छिर्नेको ताँतीमा मिसिएका थिए कर्णवीर पनि । |
‘रोमाञ्चक काम रैछ अनुवाद’ |
कान्तिपुर संवाददाता |
कवि एवं आख्यानकार विप्लव प्रतीक अनुवादमा औधि रुचि राख्छन् । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको आत्मकथा ‘द ट्रुथ्स वी होल्ड’ उनले अनुवाद गरेको कृति हो । उनी कुनै पनि सिर्जनाको अनुवादलाई जटिल र चुनौतीपूर्णसँगै रोमाञ्चक कर्म ठान्छन् । प्रतीकले हालसम्म विभिन्न भाषामा प्रकाशित १४ कृतिको नेपालीमा अनुवाद गरेका छन् । उनको ‘सत्यको जगमा उभिएर’ पुस्तक भर्खरै प्रकाशन भएको छ । कवि प्रतीकसँग अनुवाद कर्मका बारेमा गरिएको वार्ता : |
मार्क्सवादमाथि नयाँ बहस |
राम कार्की ‘पार्थ’ |
मार्क्सवाद धेरै पुरानो भयो । मार्क्स जन्मिएको दुर्ई सय वर्ष पुगिसकेको छ । मार्क्सका कृतिहरू आएकै पनि एक सय सत्तरी वर्षभन्दा बढी भएको छ । मार्क्सले तीस वर्षको उमेरमै महत्त्वपूर्ण कृतिहरू लेखिसक्नुभएको थियो । तैपनि पछिल्ला विकासले मार्क्सवादको आधारभूत प्रस्तावनालाई निषेध गरेको छैन । इतिहास र समाजबारे त्योभन्दा बेग्लै निष्कर्ष निक्लेको छैन । |
डेब्यु कविको एकालाप |
प्रकाश थाम्सुहाङ |
पत्रकारिता र काव्य कर्मलाई सँगै डोर्याउने सर्जकको सूची लामै बन्न सक्ला । ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ पत्रकार/कवि देवव्रतको पहिलो कविता–किताब हो, जहाँ ३८ थान कविता छन् । पहिलो किताबबाटै उनले नेपाली काव्यमा दर्बिलो हस्तक्षेप गरेका छन् । अभिव्यक्ति कौशललाई कसरी खिरिलो बनाउन सकिन्छ, दृष्टान्त पेस गरेका छन् । |
‘लाहुरे रीत नै नेपालको संस्कृति हो’ |
दीपक सापकोटा |
तीसको दशकका अत्यन्त प्रखर कवि मीनबहादुर विष्ट (६९) डेरा सराइ, सेवा सराइ र देश सराइले आफ्ना रचना व्यवस्थित राख्न सकिएन भन्छन् । र, जीवन ‘धेरैअघि हराएको, फेरि भेट्टिएको पुरानो सिक्काजस्तो’ ठान्छन् । विष्टले जीवनलाई जसरी परिभाषित गरे पनि लामो समय कविता–संसारबाट टाढिएपछि अवकाशप्राप्त क्षणमा उनी नयाँ कवितासंग्रह ‘साला पहाडमें क्या है’ मार्फत प्रकाशित भएका छन् । |
सम्झना |
स्वप्निल स्मृति |
सम्झना रहेछ जिन्दगी बाँचेको छु सम्झेर ! |
करुणाको महाभिषेक |
घनश्याम खड्का |
अध्यात्मका दृष्टिले सत्त्वहरू दई प्रकारका छन्, दुःखमा परेका र दुःखबाट मुक्त भएका । दुःखबाट मुक्त भएकाहरू पनि दुई प्रकारका छन्, आफ्नो दुःख आफैं हटाउनुपर्छ भनेर आफू मात्रै मोक्षमार्गमा अघि बढेका र अरूलाई पनि दुःखबाट मुक्त गराउनैपर्छ भनेर जगत् कल्याणमा लागेका । |
सिरानीमुनिको उकुसमुकुस |
रीना मोक्तान |
सोनाम (रूपेश लामा) लाई कसैले घचेट्दै कुर्सीमा थचार्छ । कसैले टाउको फनक्कै घुमाइदिन्छ, कोही काँधैमा उफ्रिदिन्छ । कसैले घाँटी यसरी अँठ्याइदिन्छ कि उभित्रको उकुसमुकुस अनुहारमै देखिन्छ । मण्डला नाटकघरमा मञ्चनरत नाटक ‘ब्युँझिएको सिरानी’ को यही दृश्य अन्तिमतिर भने सकारात्मक शैलीमा उल्टिएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.