text
stringlengths
2
914
विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचीमा राख्न माग
कान्तिपुर संवाददाता
नेपाल राष्ट्रिय शिक्षक संगठनले विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचीमा राख्न सरकारसँग माग गरेको छ ।
विश्वविद्यालयमा आतंक सिर्जना गर्नेहरूलाई कार्बाही गर्न ७ विद्यार्थी संगठनको माग
कान्तिपुर संवाददाता
विपक्षी दलमा आबद्ध ७ विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुमा पदाधिकारी र प्राध्यापकहरूमाथि नै आतंकित पार्ने काम भइरहेकाले त्यस्ता घटनामा संलग्नहरूलाई कारबाही गर्न माग गरेका छन् ।
श्रावण ३०, २०८१
चिकित्सा शिक्षा आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने
रासस
चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो ।
चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाको शुल्क फिर्ता हुन्छ : शिक्षामन्त्री भट्टराई
कान्तिपुर संवाददाता
विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने जानकारी गराएकी छन् ।
श्रावण २८, २०८१
योगमाया आयुर्वेद विश्वविद्यायलको अध्यक्षमा पूर्वराजदूत कार्की
कान्तिपुर संवाददाता
पूर्वराजदूत अर्जुनकुमार कार्की योगमाया आयुर्वेद विश्वविद्यालयको अध्यक्ष चयन भएका छन् ।
उच्च शिक्षामा प्राविधिक क्षेत्रका विद्यार्थी २० प्रतिशत
सुदीप कैनी
उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशत साधारण धारतर्फका र २० प्रतिशतले प्राविधिक क्षेत्रको विषय रोजेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार देशभर उच्च शिक्षामा प्राविधिक क्षेत्रभन्दा साधारणतर्फका विद्यार्थी धेरै देखिने गरेका हुन् ।
श्रावण २४, २०८१
एसइईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् ।
कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ पढ्न पाउने
सुदीप कैनी
चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना पाउने अवस्था नभएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ पढ्न पाउनेछन् ।
श्रावण २०, २०८१
साकेला गाउँपालिकाका सामुदायिक विद्यालयलाई स्मार्ट टीभी
डम्बरसिं राई
साकेला गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई स्मार्ट टीभी प्रदान गरिएको छ । उक्त गाउँपालिकाका तीन माध्यमिक तहका विद्यालयलाई स्मार्ट शिक्षण सिकाइका लागि स्मार्ट टीभी प्रदान गरिएको हो ।
श्रावण १९, २०८१
मलेसिया र नेपालबीच शैक्षिक पद्धति आदानप्रदानमा सम्झौता
कान्तिपुर संवाददाता
नेपाल र मलेसियाका विद्यार्थीहरुबीच शैक्षिक पद्धति आदानप्रदान गर्ने उद्देश्यले कलंकीस्थित एलआरआई स्कुल र मलेसियाका माथिल्लो स्तरका पूर्वप्राथमिक तथा प्राथमिक तहका तीन विद्यालयसँग दुई पक्षीय सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।
श्रावण १८, २०८१
कक्षा १२ को नतिजा : अंग्रेजी, एकाउन्ट र सामाजिकमा धेरै विद्यार्थी नन्‌ग्रेडेड
कान्तिपुर संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा नन्‌ग्रेडेड भएका छन् । त्यसपछि एकाउन्ट र सामाजिक विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए ।
कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते
कान्तिपुर संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ ।
१२२ परीक्षार्थीको नतिजा रद्द
कान्तिपुर संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले १ सय २२ जना परीक्षार्थीको नतिजा रद्द गरिएको जनाएको छ । शुक्रबार सार्वजनिक कक्षा-१२ को नतिजामा नियमित तर्फका १ सय २ र ग्रेडवृद्धि परीक्षा दिने २० जना विद्यार्थीको नतिजा रद्द गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत वर्षभन्दा १.२४ प्रतिशतले कक्षा १२ को नतिजामा सुधार
सुदीप कैनी
गत वर्षको तुलनामा कक्षा १२ को नतिजामा सामान्य सुधार देखिएको छ । शुक्रबार प्रकाशित यस वर्षको नतिजामा २ लाख ३ हजार ८ सय ४७ जना अर्थात् ५२.१५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे । उनीहरु उच्च शिक्षामा भर्ना हुन योग्य भए भने १ लाख ८७ हजार २१ अर्थात् ४७.८४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका छन् ।
कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी 'नन्‌ग्रेडेड'
सुदीप कैनी
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी नन्‌ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
श्रावण १७, २०८१
सहरलाई पुस्तक पढाउने भेषराज
पर्वत पोर्तेल
दमक नगरपालिका–८ का भेषराज न्यौपाने २०६१ फागुन २७ मा ‘मर्निङ वाक’ सकेर कलेज जान तरखर गरिरहेका थिए । अचानक बार्दलीबाट खसे । ‘फनन रिंग्याएको मात्रै सम्झना छ । बाँकी केही थाहा छैन,’ भेषराजले त्यो कालो बिहानी सम्झिए, ‘कसले कति बेला अस्पताल पुर्‍यायो चेत नै छैन ।’
श्रावण १५, २०८१
इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई रजत र कांस्य
कान्तिपुर संवाददाता
हङकङको सिउ साई वानमा आयोजित ‘इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड’ नेपाली टोलीले रजत र कांस्य पदक जितेका छन् ।
श्रावण १४, २०८१
नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन' विषयको पढाइ हुने
ज्योती श्रेष्ठ
नेपालमै पहिलो पटक काभ्रेको बनेपामा स्नातक तहमा 'उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा स्नातक तहमा 'उड्डयन व्यवस्थापन' पढाइ हुने भएको हो ।
श्रावण १३, २०८१
गेटामा मेडिकल विश्वविद्यालय स्थापना विधेयक प्रतिनिधिसभामा
सुदीप कैनी
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि आइतबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएको छ ।
श्रावण ६, २०८१
प्राविधिक शिक्षामा सधैँ अब्बल मनमोहन पोलिटेक्निक
कान्तिपुर संवाददाता
मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षालय सधै अब्बल हुँदै आएको छ । गुणस्तरीय पठनपाठनसँगै दक्ष जनशक्त्ति उत्पादन गर्न अग्रसर मनमाहेन पोलिटेक्निकले सरकारबाट चार पटक पुरस्कृत भइसकेको छ । जसका कारण यो प्राविधिक शिक्षाका हिसावले देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको छ ।
श्रावण ४, २०८१
त्रिभुवन विश्वविद्यालयमा 'डेटा एण्ड एक्चुअरियल साइन्स'को पढाइ हुने
कान्तिपुर संवाददाता
त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कुलले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा एक्चुअरियल साइन्स र डेटा साइन्सको पढाइ सञ्चालन गर्ने भएको छ ।
श्रावण २, २०८१
गण्डकी विश्वविद्यालयले एआई विषय पढाउने
प्रतीक्षा काफ्ले
नेपालमा नै पहिलोपटक गण्डकी विश्वविद्यालयले एआई विषय पढाउने बताएको छ । स्नातकोत्तर तहमा एआई विषय पढाउन विश्वविद्यालयले पाठ्यक्रम तयार पारेको रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए ।
अनिवार्य र निःशुल्क शिक्षा ऐन अब कार्यान्वयन हुन्छ : मन्त्री भट्टराई
न्युज एजेन्सी नेपाल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताएकी छन् । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
श्रावण १, २०८१
कक्षा १२ को नतिजा साउन तेस्रो साताभित्र सार्वजनिक हुने
कान्तिपुर संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो सातासम्ममा कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ ।
असार २०, २०८१
मध्यपश्चिम विश्वविद्यालयमा दोस्रो एमयू फेस्टिभल हुने
ज्योति कटुवाल
सुर्खेत मध्यपश्चिम विश्वविद्यालय मुसुम एल्मुनाईको आयोजनामा दोस्रो एमयू फेस्टिभल हुने भएको छ । शुक्रबार हुने फेस्टिभलमा चर्चित कलाकार सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्ना प्रस्तुति दिनेछन् । महोत्सवमा विश्वविद्यालयका सात वटा ग्राजुयट स्कुल र मुसमसहित आठ वटा स्टलहरू रहनेछन् ।
असार १७, २०८१
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताइन् ।
असार १६, २०८१
एसईईको ग्रेडवृद्धि परीक्षा साउन २३ देखि
सुदीप कैनी
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा मिति सार्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।
असार १५, २०८१
एसईई : खुट्टाका दुई औंलाले लेखेर ३.३७ जिपीए