text stringlengths 2 914 |
|---|
अफवाह फैलाउने १० युट्युब च्यानलसहित सामाजिक सञ्जाल प्रयोगकर्ता कारबाहीमा |
कान्तिपुर संवाददाता |
अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई सोमबार कारबाही गरेको छ । |
कांग्रेस-एमालेको गठबन्धन अर्को निर्वाचनसम्म : प्रवक्ता महत |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन्। |
महिला मन्त्री पनि पुरुष भएको भनेर जिस्काउँछन् : मन्त्री सुडी |
कान्तिपुर संवाददाता |
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले आफूलाई महिला मन्त्री पनि पुरुष भएको भनेर आरोप लाग्ने र जिस्काउने गरेको बताएका छन् । |
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन |
कान्तिपुर संवाददाता |
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका लागि नवीनतम् र रचनात्मक कार्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। |
'योजना तर्जुमा गर्दा युवा र स्थानीय तहलाई भूमिका दिनुपर्छ' |
कान्तिपुर संवाददाता |
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरूले भरिपूर्ण देश भएको बताएका छन् । उनले आगामी दिनमा योजना तर्जुमा गर्दा युवा जनशक्ति र स्थानीय तहहरूलाई पर्याप्त भूमिका दिनुपर्नेमा जोड दिएका छन् । |
परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मंसिर १३ देखि १५ गतेसम्म उनले चीन भ्रमण गर्ने मन्त्रिपरिषद् बैठकले सोमबार निर्णय गरेको हो । |
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णय |
कान्तिपुर संवाददाता |
मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ । |
त्रिविद्वारा अनियमितताको आरोप लागेको कर्मचारी पदपूर्तिको परीक्षा र नतिजा रद्द |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी नियुक्तिका लागि सञ्चालित परीक्षामा प्रश्न उठाउँदै नतिजा प्रकाशनको तयारीमा रहेको परीक्षाका सबै प्रक्रिया रद्द गरेको छ । सेवा आयोगले सोमबार सूचना जारी गर्दै २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन अर्न्तगत विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुको परीक्षा तथा प्रकाशित नतिजा रद्द गरिएको जनाएको हो । |
चिसोबाट बचाउन पूर्वतयारी गर्न भन्दै प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण पत्र |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेस र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयारी गर्न सोमबार ध्यानाकर्षण गराएको छ । |
सिंहदरबारमा भौँतारिएका ‘कामविहीन’ सहसचिवहरू ! |
ऋषिराम पौड्याल |
सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तेस्रो तलाको एक कोठामा कार्तिक ६ गते पाँच जना सहसचिव भेला भएका थिए । तीमध्ये चार जना कुनै पनि जिम्मेवारी नपाएर महिना दिनदेखि हाजिर गरेरै सिंहदरबार घुमिरहेकाहरू थिए । |
शीतलहरले पार्नसक्ने जोखिम न्युनिकरणको पूर्वतयारी गर्न एमालेद्वारा सरकारलाई ध्यानाकर्षण |
कान्तिपुर संवाददाता |
एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विपन्न जनताहरू जाडो मौसममा शीतलहरबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले अहिले नै पूर्वतयारी गर्न सरकारको ध्यानकर्षण गराएको छ । |
चीनसँग ऋणै लिन हुन्न भन्ने ढंगले अघि बढ्न खोजिए आपत्तिजनक : पूर्वप्रधानमन्त्री खनाल |
कान्तिपुर संवाददाता |
पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई प्रोजेक्टमा नेपाल अघि बढ्नुपर्ने उल्लेख गर्दै चीनसँग ऋण लिँनै हुन्न भन्ने ढंगले अघि बढ्न खोजिएको हो भने आपत्तिजनक हुने धारणा राखेका छन् । |
संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना |
कान्तिपुर संवाददाता |
आसन्न उपनिर्वाचनका क्रममा आइपर्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले आजदेखि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ । |
पाइलटको समस्या छिट्टै समाधान हुन्छ : वायुसेवा निगम |
रासस |
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । |
बीआरआई नेपालको हितविरुद्ध छैन, लाभ लिनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल |
कान्तिपुर संवाददाता |
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई नेपालको हितविरुद्ध नरहेकोले यसबाट लाभ लिनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणको विषयमा सोमबार गरेको छलफलमा पूर्वप्रधानमन्त्री नेपालले त्यो परियोजनालाई अघि बढाउनुपर्ने बताए । |
बीआरआई अघि बढाउन दलहरू पनि विभाजित |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषयमा दलहरू विभाजित भएका छन् । |
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । |
बीआरआईमा ऋण होइन, अनुदान लिने हो : कांग्रेस सभापति देउवा |
अजित तिवारी |
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्याएका छन् । |
एनपीएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका छन् । |
चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओली |
तस्बिर : अंगद ढकाल |
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे नेपालका पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार ११० बजेपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे छलफल गरिरहेका हुन् । |
सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । |
आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । |
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । |
डेडिकेटेड तथा ट्रंकलाइन विवादमा गतिरोध, थपिएको म्याद पनि बुधबार सकिँदै |
सीमा तामाङ |
मन्त्रिपरिषद्ले टाइम अफ डे (टीओडी) मिटरसमेतका आधारमा महसुल निर्धारण तथा असुल गर्न/गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई दिइएको म्याद बुधबार सकिँदै छ । उद्योगीहरूले भने डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् दिने बेला राखिएको मापदण्ड र विभिन्न समिति तथा आयोगले भनेअनुसार विद्युत् प्राधिकरणले बिल नपठाएको भन्दै बक्यौता नतिर्ने अडान लिएका छन् । |
भाइरसले राहदानी सेवा प्रभावित |
कान्तिपुर संवाददाता |
भाइरसका कारण राहदानी सेवा प्रभावित भएको राहदानी विभागले जनाएको छ । आइतबार सूचना जारी गर्दै विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो । भाइरसलाई थप फैलिन नदिन सेवा बन्द रहेको र पूर्ण रूपमा सेवा सुरु हुन १–२ सातासम्म लाग्न सक्ने सूचनामा उल्लेख छ । |
लामिछानेले चुनौती दिएपछि प्रहरीले चेक देखायो, उनी झसंग भए, अनि घोरिए |
घनश्याम गौतम |
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा बयान लिने क्रममा रूपन्देही प्रहरीमा हाजिर गराइएका रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आफ्नो नाममा कसले रकम झिक्यो, किन झिक्यो, उक्त सहकारीसँग कम्पनीले गरेको कारोबारबारे आफूलाई केही थाहा नभएको बयान दिएका थिए । |
रवि लामिछानेले नै ३ सहकारीको डेढ करोड ब्याज तिर्न काटेका ३ दर्जन चेक भेटिए |
कुलचन्द्र न्यौपाने |
कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ । सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ । |
निगमका पाइलटहरू सल्लाह गरेरै ‘बिरामी’, यात्रु बिचल्लीमा |
सुरज कुँवर |
नेपाल वायुसेवा निगमका स्थायी पाइलटहरूले सल्लाह गरेरै ‘बिरामी परेको’ वा ‘अपर्झट भैपरी काम आइपरेको’ जनाउँदै अन्तिम समयमा बिदामा बसेपछि शनिबारयता कम्तीमा आधा दर्जन उडान प्रभावित भएका छन् । निगमको वाणिज्य विभागका अनुसार झन्डै दर्जन पाइलट (क्याप्टेन) बिदामा बस्दा आइतबार मात्रै कम्तीमा ९ सय ६३ यात्रु काठमाडौं, मुम्बई र दुबईमा अलपत्र परेका छन् । |
सभामुख विदेश भ्रमणमा रहेका बेला प्रतिनिधिसभा सचिवको राजीनामा |
कान्तिपुर संवाददाता |
संघीय संसद् प्रतिनिधिसभाका सभामुख विदेश भ्रमणमा रहेका बेला सचिव सुरेश अधिकारीले पदबाट राजीनामा गरेका छन् । पाँच वर्षका लागि गत असार १८ मा प्रतिनिधिसभा सचिव नियुक्त भएका अधिकारीले ५ महिना पूरा नहुँदै पदबाट राजीनामा दिएका हुन् । |
मंसिर ९, २०८१ |
लामिछानेले हस्ताक्षर गरेको चेकबाट सुप्रिम सहकारीमा ४० लाख ४२ हजार जम्मा गरेको प्रमाण फेला |
घनश्याम गौतम |
रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले हस्ताक्षर गरेको चेकबाट बुटवलको सुप्रिम सहकारीमा रकम जम्मा गरेको प्रमाण प्रहरीले फेला पारेको छ । लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेकै समयमा ४० लाख ४२ हजार रुपैयाँ सुप्रिम सहकारीमा जम्मा गरेको पाइएको हो । |
बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे |
रासस |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको बताएका छन् । |
सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : मन्त्री गुरुङ |
कान्तिपुर संवाददाता |
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत् भूमिका महत्वपूर्ण हुने बताएका छन् । |
निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आग्रह |
कान्तिपुर संवाददाता |
निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.