text stringlengths 2 914 |
|---|
कोरियामा ३३ हजार विदेशी श्रमिक ल्याउन अनुमति |
कान्तिपुर संवाददाता |
कोरिया सरकारले निजी रोजगारदातालाई ३३ हजार ८ सय ३ जना विदेशी श्रमिक भर्ना गर्न अनुमति दिएको छ । |
वायु प्रदूषण हुन नदिन प्लास्टिकजन्य फोहोर र कृषिजन्य अवशेषहरू नजलाउन अपिल |
कान्तिपुर संवाददाता |
वातावरण विभागले वायु प्रदूषण हुन नदिन सावधानी अपनाउन अपिल गरेको छ । नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै विभागले सार्वजनिक सूचनामार्फत् सावधानी अपनाउन अपिल गरेको हो । |
राष्ट्रिय गौरवका आयोजनाको कामलाई गति दिन प्रधानमन्त्रीको निर्देशन |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आइतबार सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । उनले गौरवका आयोजनाको कामलाई गति दिन निर्देशन दिए । |
प्रहरीका २२९ जना वरिष्ठ हवल्दार असईमा बढुवाका लागि सिफारिस |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ २२९ जना वरिष्ठ हवल्दारहरू प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवाका लागि सिफारिस भएका छन् । |
नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको छ । |
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि |
कान्तिपुर संवाददाता |
‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदैछ । |
कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित |
कान्तिपुर संवाददाता |
भाइरसको कारण राहदानी आदेवन प्रणाली प्रभावित भएको छ । राहदानी विभागले आइतबार सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो । |
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता |
कान्तिपुर संवाददाता |
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । |
उपनिर्वाचनमा सम्बन्धित स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको सिफारिस |
कान्तिपुर संवाददाता |
निर्वाचन आयोगले आसन्न उपनिर्वाचनमा सम्बन्धित स्थानीय तहमा सार्वजनिक बिदा दिन सिफारिस गर्ने निर्णय गरेको छ ।आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन मतदान हुने दिन सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई लेखी पठाउने निर्णय गरेको हो । |
निगमका पाइलटको हडताल, १ सय ४९ यात्रु ८ घण्टादेखि विमानस्थलमा अलपत्र |
सुरज कुँवर |
काठमाडौंबाट भारतको मुम्बई जान आइतबार बिहान १० नबज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका १ सय ४९ यात्रु अहिलेसम्म अलपत्र छन् । |
प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गरेका छन् । |
अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त |
कान्तिपुर संवाददाता |
अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । |
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । |
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति |
दीपक परियार |
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ । |
काठमाडौं महानगरको जरिवाना पत्र एमालेले बुझेन |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र एमालेले बुझ्न अस्वीकार गरेको छ । महानगरपालिकाले एमालेलाई फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । |
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत |
कान्तिपुर संवाददाता |
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन गरेका छन् । कांग्रेस केन्द्रीय समिति सदस्य रहेका श्रेष्ठलाई देउवाले पार्टी विधानको धारा २१ को उपधार ४ बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा छ । |
आईपीटीपीमा सभामुख घिमिरेको सम्बोधन- 'नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय' |
कान्तिपुर संवाददाता |
सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । |
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा |
कान्तिपुर संवाददाता |
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएपछि गत असारमा उनी प्रतिनिधि सभाको सचिव बनेका थिए । |
कम्बोडियामा सभामुख घिमिरेको संसदीय भेटघाट |
कान्तिपुर संवाददाता |
पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका थिए । |
छैटौं एशियाली जनसंख्या सम्मेलन मंसिर १२ देखि १५ सम्म काठमाडौंमा हुँदै |
कान्तिपुर संवाददाता |
आउँदो मंसिर १२ गतेबाट काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुने भएको छ । नेपालको जनसंख्या नीति निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास सम्मेलनमा एशिया,अमेरिका,अष्ट्रेलिया लगायतका देशका जनसंख्याविद्धहरुको सहभागिता रहने छ । |
रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो |
दीपक परियार |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । कास्की हिरासतमा रहेका उनलाई गत कात्तिक २५ मा थपिएको १३ दिनको म्याद सकिएकोले पुनः अदालत उपस्थित गराइएको हो । |
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव |
कान्तिपुर संवाददाता |
खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन् । झापा जिल्लाका विभिन्न स्थानहरूमा निर्माणाधीन खानेपानी परियोजनाहरूको स्थलगत अनुगमन गर्दै, निर्माण कार्यको प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिने क्रममा सो कुरा बताएका हुन् । |
आजको मौसम : केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना |
कान्तिपुर संवाददाता |
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । |
‘कन्टेन्ट क्रिएसन’को बढ्दो बजार |
सजना बराल |
झन्डै डेढ करोड सामाजिक सञ्जाल प्रयोगकर्ता रहेको नेपालमा व्यावसायिक कन्टेन्ट निर्माणलाई पेसा बनाउनेहरू पनि प्रशस्तै बढ्न थालेका छन् । कुनै अर्को काम गरेर ‘साइड जब’का रूपमा कन्टेन्ट बनाउनुभन्दा पनि नियमित पेसाकै रूपमा यो क्षेत्रलाई अँगाल्ने र त्यसबाट करिअर बनाउनेहरू थपिँदै गएका छन् । सामाजिक सञ्जालले चर्चा र फलोअर मात्र नभई आफूहरूलाई आयआर्जन र पहिचानसमेत दिलाएको ‘कन्टेन्ट क्रिएटर’हरूको भनाइ छ । |
उपनिर्वाचनमा मुख्य दलबीच प्रतिष्ठाको प्रतिस्पर्धा |
कृष्णप्रसाद गौतम , केदार शिवाकोटी , तुलाराम पाण्डे |
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा मुख्य दलहरू कांग्रेस, एमाले र माओवादी एकअर्काको गढ भत्काउने र आफ्नो वर्चस्व कायम राख्ने गरी चुनावी प्रचारप्रसारमा व्यस्त छन् । देशभर स्थानीय तहका ४१ पदमा उपनिर्वाचन हुँदै छ । रुकुम पूर्वको पुथाउत्तरगंगा–२ को वडाध्यक्ष र जिल्ला समन्वय समिति ओखलढुंगा तथा कैलालीमा निर्विरोध निर्वाचितको नतिजा आइसकेको छ । |
भत्ता विवादले चिकित्सा शिक्षामा ‘पीजी’ पढाइ अनिश्चित |
सुदीप कैनी |
विद्यार्थीलाई दिने निर्वाह भत्ताका विषयमा चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेज सञ्चालकबीच असमझदारी हुँदा स्नातकोत्तर तहमा चिकित्सा शिक्षा (पीजी) को प्रवेश परीक्षा, भर्ना र पढाइ अनिनिश्चित भएको छ । एमडी, एमएस, एमडीएस पठनपाठन गर्दा सरकारले तोकेबराबरको निर्वाह भत्ता दिन नसक्ने निजी मेडिकल कलेजहरूले अडान लिएका छन् । |
मंसिर ८, २०८१ |
धनराज गुरुङ दोषी देखिए कारबाही हुन्छ : महामन्त्री शर्मा |
विनय आजाद |
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको बताएका छन् । लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा दोषी देखिए गुरुङमाथि कारबाही हुने बताएका हुन् । |
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय |
कमलकुमार बस्नेत/रासस |
मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् । यी मोटरबोटहरुले स्थानीय तहमा पर्यटकीय तथा आर्थिक गतिविधि मात्रै बढाएका छैनन्, स्थानीय तहको राजस्वको गतिलो माध्यम पनि बनेका छन् । साथै, मोटरबोटप्रतिको आकर्षणले ती क्षेत्रमा पर्यटनको नयाँ सम्भावना पनि बढेको छ । |
प्रधानमन्त्री ओलीको काम 'यो सरकार ढल्दैन' भन्ने मात्रै छ : चन्द |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै 'यो सरकार ढल्दैन' भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन् । |
प्रहरीलाई दबाब वा प्रभावमा नपरी काम गर्न महानिरीक्षक कुँवरको निर्देशन |
कान्तिपुर संवाददाता |
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसैको दबाब वा प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । |
ओली र मस्कबीच के कुराकानी भयाे ? |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी अर्बपति इलन मस्कलाई नेपाल भ्रमणको निम्तो दिंदै आगामी दिनमा पनि नयाँ प्रविधिको विकासबारे थप संवाद गर्न आवश्यक रहेको बताएका छन् । |
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे |
दीपेन्द्र बडुवाल |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । |
आइपिटिपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा |
कान्तिपुर संवाददाता |
सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.