text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । |
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो |
रासस |
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । |
उपनिर्वाचनमा दलहरूको ‘मध्यावधि परीक्षण’ |
राजेश मिश्र |
राजनीतिक दलहरूले स्थानीय तह उपनिर्वाचनलाई आफ्नो मध्यावधि जनमत परीक्षणका रूपमा लिएका छन् । स्थानीय तहको ५ वर्षे कार्यकालको आधा अवधि पूरा भएको बेला आगामी आइतबार स्थानीय तहका करिब साढे तीन दर्जनमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनको नतिजाले आगामी निर्वाचनसम्मलाई प्रभाव पार्न सक्ने रहेकाले वडा तहको चुनावमा पनि दलहरू शक्ति केन्द्रित गरेर सक्रियतापूर्वक होमिएका छन् । |
निर्वाह भत्ता नबढाए आन्दोलनमा उत्रने आवासीय चिकित्सकको चेतावनी |
सुदीप कैनी |
मेडिकल कलेजले मासिक निर्वाह भत्ता ४८ हजार दिनुपर्ने निर्णयबाट चिकित्सा शिक्षा आयोग पछि हटेपछि स्नातकोत्तरमा अध्ययनरत आवासीय (रेसिडेन्ट) चिकित्सकले आन्दोलनको चेतावनी दिएका छन् । निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सरकारीसरह हुनुपर्ने अडान उनीहरूले दोहोर्याएका छन् । |
बीआरआई दस्ताबेजमा संशोधन गर्न कांग्रेसको प्रस्ताव |
कुलचन्द्र न्यौपाने |
सत्तारूढ कांग्रेस र एमालेले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ कार्यान्वयन योजना सम्झौताका लागि चीनले पठाएको दस्ताबेजका विषयमा अझै साझा धारणा बनाउन सकेका छैनन् । चिनियाँ दस्ताबेज संशोधन गर्न दुवै दल तयार भए पनि त्यसमा समेटिनुपर्ने विषयमा मतैक्य बन्न सकेको छैन । ‘बीआरआई फ्रेमवर्क’ भित्रका परियोजनाका लागि अनुदान मात्रै लिने सवालमा भने दुई दलको मत मिलेको छ । |
८० लाख बुझाएर अमेरिका पुगेका युवासहित दुई नेपालीले दुर्घटनामा गुमाए ज्यान |
महेश केसी , कमल पन्थी |
अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो । |
सामाजिक सुरक्षा कोषमा १८ लाख श्रमिक आबद्ध |
होम कार्की |
रोजगारदाता र श्रमिकको सहमतिमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा १७ लाख ९४ हजार श्रमिक मात्र आबद्ध भएका छन् । त्यसमा सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारीमा जानेको छ । वैदेशिक रोजगारीमा जानेको कोषमा आबद्धता भए पनि नियमित योगदान छैन । |
मंसिर ११, २०८१ |
हडतालबाट पछि हटे निगमका पाइलट |
सुरज कुँवर |
करारमा कार्यरत अस्थायी पाइलटहरूसरह तलब सुविधाको माग गर्दै बिहीबारदेखि उडानमा नगई बिदा बसेर हडतालमा उत्रिएका नेपाल वायुसेवा निगमका २२ जना पाइलटले आन्दोलन फिर्ता लिएका छन् । |
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह |
कान्तिपुर संवाददाता |
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय भएको छ । |
एकीकृत समाजवादी कीर्तिपुरका मेयर उम्मेदवारले गरे माओवादीलाई समर्थन |
कान्तिपुर संवाददाता |
कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार भानु रिजालले माओवादीलाई समर्थन गर्ने जनाएका छन् । उनले आफ्नो उम्मेदवारी निष्कृय रहेको र माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् । |
सरकारी करका विरुद्ध आजपाले प्रदर्शन गर्ने |
कान्तिपुर संवाददाता |
सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी (आजपा)ले सरकारले मनोमानी कर लगाएको भन्दै विरोध गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको आजपाको स्थायी कमिटी बैठकले काठमाडौंमा सरकारको मनोमानी कर लगाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । |
परराष्ट्रको कायममुकायम सचिवमा राई |
कान्तिपुर संवाददाता |
अमृतकुमार राईले परराष्ट्र मन्त्रालयमा कायममुकायम सचिवको जिम्मेवारी पाएका छन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत नियुक्त भएपछि मन्त्रालयका वरिष्ठ सहसचिव राईलाई कामु सचिवको जिम्मेवारी दिइएको हो । |
संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा अध्ययन गर्न संसदीय उपसमिति गठन |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । |
अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले जानकारी दिए । |
काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी |
कान्तिपुर संवाददाता |
सरकारीसरह मासिक न्यूनतम ४८ हजार निर्वाह भत्ता नपाए काम छाडेर सडकमा उत्रने चेतावनी आवासीय चिकित्सकहरुले दिएका छन् । मंगलबार आवासीय चिकित्सकहरुको ६ वटा संघसंस्थाले सामूहिक विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारीसरह हुनुपर्ने बताएका हुन् । |
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्न परराष्ट्रमन्त्री राणाको आग्रह |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्द्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गरेकी छन् । |
सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गरेका छन् । |
सामाजिक सुरक्षा काेषमा १७ लाखभन्दा बढी श्रमिक आबद्ध |
कान्तिपुर संवाददाता |
सामाजिक सुरक्षा कोषमा आन्तरिक र वैदेशिक रोजगारीमा रहेका १७ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन् । कोषले औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई यसमा आबद्ध गराउँदै आएको छ । |
बीआरआई परियोजनालाई सरकारले ऋणको रुपमा ग्रहण गर्दैन : सञ्चारमन्त्री |
ज्योती श्रेष्ठ |
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई सरकारले ऋणको रुपमा ग्रहण नगर्ने बताए । |
कूटनीतिक र विशेष राहदानी प्रयोग गरेर आफूखुसी जाने कर्मचारीलाई अंकुश लगाउने तयारी |
ऋषिराम पौड्याल |
सरकारले जनप्रतिनिधि र कर्मचारीले सरकारी कामकाजबाहेक अन्य भ्रमणका क्रममा विशेष तथा कूटनीतिक पासपोर्ट प्रयोग गरेर जथाभावी विदेश जाने प्रवृत्ति रोक्ने तयारी गरेको छ । मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा गत साता बसेको सचिवहरूको बैठकले विदेश भ्रमणसम्बन्धी कार्यविधि नै परिवर्तन गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी तोकेपछि यसको तयारी सुरु गरिएको हो । |
तानसेनको छापगाउँमा फलामखानीको उत्खनन् अध्ययन गर्न माग |
माधव अर्याल |
तानसेन नगरपालिका–८, छापगाउँकी फूलमाया विकको बारीमा अझै पनि वर्षौअघि फलाम प्रशोधन गरेको असर देखिन्छ । हलगोरु लगाएर जोत्नै नसकिने, ट्याक्टर लगाउँदा फलाम प्रशोधनपछि छाडिएका किटले असर गर्ने गरेको हो । अन्नबाली लगाउन कोदाली लगाउँदा निकै अप्ठेरो हुने उनको गुनासो छ । त्यसको असर मल थोरै राख्यो भने अन्नबाली नै हुँदैन । ‘जति खन्यो उति भेटिन्छ,’ उनले भनिन्, ‘जसले गर्दा अन्न लगाउने बेलामा धेरै समस्या हुन्छ ।’ |
अब कसैले अनाथ भएँ भन्नु पर्दैन, सरकार साथमा छ : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताएका हुन् । |
आवासीय चिकित्सकलाई भत्ता थप्ने निर्णयबाट पछि हट्यो आयोग |
सुदीप कैनी |
स्नातकोत्तरमा अध्ययनरत आवासीय (रेसिडेन्ट) चिकित्सकलाई मेडिकल कलेजले मासिक भत्ता बढाएर ४८ हजार पुर्याउनुपर्ने निर्णयबाट चिकित्सा शिक्षा आयोग पछि हटेको छ । प्रधानमन्त्री एवं आयोग अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि कलेजले निर्वाह भत्ता बढाउनुपर्ने यसअघिको आफ्नो निर्णयबाट आयोग पछि हटेको हो । |
आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु |
कान्तिपुर संवाददाता |
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । |
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित |
रासस |
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ ।राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो । |
सर्वोच्चमा ४ र उच्चमा १८ न्यायाधीश पद रिक्त |
घनश्याम खड्का |
सर्वोच्च र उच्च अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश पदमा नियुक्ति हुन नसक्दा न्याय सेवा प्रभावित भएको छ । सर्वोच्चमा ४ र उच्च अदालतमा १८ न्यायाधीश पद रिक्त छ । ती पदमा नियुक्तिका लागि न्याय परिषद्को बैठक पटक–पटक बसे पनि प्रक्रिया अघि बढ्न सकेको छैन । |
बीआरआईमा दलहरू विभाजित |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको कार्यान्वयन सम्झौताको विषयमा दलहरू विभाजित भएका छन् । एमालेसँग सत्ता गठबन्धनमा रहेको कांग्रेस बीआरआई अघि बढाउन इच्छुक देखिएको छैन । एमाले, माओवादी, एकीकृत समाजवादी भने ओलीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन सम्झौता गर्नुपर्ने पक्षमा छन् । |
एमालेले बुझ्न नमानेपछि महानगरले हुलाक र इमेलबाट पठायो जरिवाना पत्र |
नुमा थाम्सुहाङ |
सरकारको नेतृत्व गरिरहेको एमालेले गत मंसिर ७ (शुक्रबार) मा दरबारमार्गमा जागरणसभा आयोजना गर्यो । सभाका कारण सार्वजनिक स्थानमा फोहोरमैला भएको भन्दै काठमाडौं महानगरले एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गर्यो । उक्त निर्णयबारे पत्र बुझाउन महानगर प्रहरी बलको टोली आइतबार एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो ।एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले सोमबार हुलाक र इमेलबाट जरिवाना पत्र पठाएको छ । |
स्वर्णलक्ष्मी सहकारी ठगीमा बयान लिन लामिछानेलाई काठमाडौं पुर्याइँदै |
दीपक परियार |
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौं पुर्याइने भएको छ । पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौं लैजान लागिएको हो । |
किर्ते कागज बनाएर मान्छे जापान लैजाने मन्त्रीलाई चैन, पैसा बुझाएर जाने युवालाई ऐन |
मातृका दाहाल , जयसिंह महरा |
मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएको छ । अधिकारीसँग जापान पुगेर फर्काइएका ३ युवासहित ११ जनाविरुद्ध भने सोमबार मुद्दा दायर भएको छ । जबकि प्रहरीले बाह्रै जनाविरुद्ध किर्ते र मानव तस्करीमा मुद्दा चलाउन आइतबार प्रतिवेदन दिएको थियो । |
अनलाइन अवरुद्ध हुँदा एक सातादेखि राहदानी वितरण प्रभावित |
सजना बराल , जगदीश्वर पाण्डे |
राहदानी विभागको अनलाइन प्रणाली बुधबारदेखि अवरुद्ध छ । प्रणाली अवरुद्ध हुँदा राहदानी वितरण प्रभावित भएको छ । आइतबारदेखि आंशिक सुचारु भए पनि देशभित्र र बाहिरका हजारौं सेवाग्राही मर्काका परेका छन् । म्याग्दी घर भएका नवराज जैसी कतारमा काम गर्छन् । त्रिपुरेश्वरस्थित विभाग परिसरमा भेटिएका जैसीले केही दिनमा कतार फर्कनुपर्ने भएकाले राहदानी नवीकरण चाँडो हुन्छ भनेर काठमाडौं आएर निवेदन दिएको बताए । |
एकैदिन तोलामा १६ हजार रुपैयाँले घट्दा ढिक्का सुन खरिद गर्न चाहने धेरै |
कान्तिपुर संवाददाता |
सुनको मूल्यमा ऐतिहासिक गिरावट आएको छ । सरकारले भन्सार दर ५० प्रतिशत घटाएसँगै नेपालमा मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेपछि नेपालमा एकै दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ सस्तिएको छ । |
मंसिर १०, २०८१ |
रिहा भए कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी |
कान्तिपुर संवाददाता |
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । उनलाई सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले हिरासतमुक्त गर्ने निर्णय गरेको हो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.