text
stringlengths
2
914
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसलाई हप्तामा एकपटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग मंसिर १८ मा भेटवार्ता तय
कान्तिपुर संवाददाता
आउँदो १७ गतेबाट चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ ।
लगानी बोर्ड बैठक : बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
कान्तिपुर संवाददाता
लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, सरकारी भ्रमण टोली ३९ सदस्यीय
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबारकै बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ ।
कीर्तिपुर उपनिर्वाचनमा प्रमुख दलका शीर्ष नेताको सम्बोधन, कसले के भने ?
गंगा बीसी
प्रमुख राजनीतिक दलहरुले मौन अवधि लाग्नुअघि कीर्तिपुरको उपनिर्वाचनमा सभा गरेका छन् । कीर्तिपुरको मेयरमा कांग्रेस, एमाले, माओवादी र स्वतन्त्र उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइयो
कान्तिपुर संवाददाता
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।
वनमन्त्री शाही र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता
कान्तिपुर संवाददाता
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
श्रमिकको स्वास्थ्य परीक्षणलाई डिजिटलाइज गर्न सिफारिस
होम कार्की
वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई उच्च तापक्रम (हिट स्ट्रेस)बाट मुटु र मिर्गौला फेल जस्ता जटिल प्रकृतिका स्वास्थ्य समस्या हुने गरेको भन्दै त्यस्तो जोखिमबाट बचाउन श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणलाई सुनिश्चित गर्नुपर्ने औँल्याइएको छ ।
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी हुन् ।
क्याम्पस प्रमुख हत्याका अभियुक्त पक्राउ
लक्ष्मी साह
कलैयाको रामराजा विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुसवाहा हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा जवान सुरेन्द्र कुसवाहालाई प्रहरीले गएराति पक्राउ गरेको छ । हत्याको ६ महिनापछि विराटनगरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काले बताए ।
चुरियामाईमा गाडी पल्टिँदा सडक अवरुद्ध
सुवास विडारी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ नम्बर वडाको चुरियामाईमा लहरी गाडी पल्टिएको छ । बिहीबार पूर्व पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्र२-०३-००१ख ६७३८ नम्बरको मोबिल बोकेको कन्टेनर लोड लहरी अनियन्त्रित भई सडकमा पल्टेको हो।
पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
रासस
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ ।
‘देवी’ ले लडेको न्यायिक लडाइँ
रीना मोक्तान
‘आज त आउँछ होला यो विषय, कसैले त उठाउँछ होला भनेर मैले १५ वर्ष कुरेँ । म पनि त ट्रमामा नै थिए नि । ठ्याक्कै बोल्न सक्ने, आवाज उठाउन सक्ने भएको भए पहिल्यै उठाउँथे नि,’ आँसु चुहाउँदै देवी खड्का भन्छिन्, ‘पछि त्यो पीडामा भएकाहरू हेर्दै गएँ र एउटा निष्कर्षमा पुगेँ, मैले नबोले कसैले नबोल्ने रहेछ ।’
दानमा जग्गा लिनु गलत भएको अभिव्यक्ति दिने सांसद एमालेबाट निलम्बित
घनश्याम गौतम
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टीले जग्गा दानमा लिनु गलत भएको अभिव्यक्ति दिने लुम्बिनीका प्रदेश सांसद तथा पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको छ । सामाजिक सञ्जाललगायतमा पार्टीविरोधी अभिव्यक्ति दिएको तथा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानि गरेको भन्दै चौधरीलाई एमाले बाँकेले मंगलबार निलम्बन गरेको हो ।
बीआरआई अघि बढाउन कांग्रेस–एमाले सहमति नजिक
कुलचन्द्र न्यौपाने
सत्तारूढ कांग्रेस र एमाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी कार्यक्रम कार्यान्वयनमा साझा धारणा बनाउन सहमति निकट पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा दुई दलबीच बीआरआईको ‘कार्यक्रम कार्यान्वयन योजना’को प्रस्तावित मस्यौदालाई संशोधन गरेर ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ प्रस्ताव गर्ने गृहकार्य भएको हो ।
पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाएकामा माओवादीको आपत्ति
कान्तिपुर संवाददाता
मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाएकामा माओवादीले आपत्ति जनाएको छ । माओवादी पदाधिकारीको बुधबार बसेको बैठकले सरकारले मानव तस्करीको गम्भीर आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमाले भएकै कारण उन्मुक्ति दिएको निष्कर्ष निकालेको हो ।
‘कर्णालीकी डाइभर्नी दिदी’
तृप्ति शाही
कर्णाली राजमार्गको वीरेन्द्रनगर–रानीघाट रुटमा सधैं हुइँकिरहने भे१ज ६५१ नम्बरको जिप देखेपछि धेरैको नजर चालकतिर सोझिन्छ । यो जिपकी चालक हुन्– सुर्खेतको बराहाताल गाउँपालिका–२ की ३२ वर्षीया तुल्सीकुमारी वली । ‘कर्णालीमा सार्वजनिक ठूला सवारीसाधन चलाउने महिला छैनन्,’ नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख अपिलराज बोहरा भन्छन्, ‘अटो चालक महिला छन् तर जिप चलाउने कोही छैनन् ।’
इजरायल र हेजबुल्लाहबीच युद्धविराम
बुद्धिसागर मरासिनी
करिब १४ महिना लामो युद्धपछि अन्ततः इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएका छन् । दुई पक्षबीच बुधबार बिहान ४ बजेदेखि लागू हुने गरी युद्धविराम भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका हुन् । युद्धविराम भएसँगै इजरायल–लेबनान सीमा क्षेत्र शान्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तत्काललाई उद्योगका विद्युत् लाइन नकाटिने
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले डेडिकेटेड र ट्रंकलाइन विवादमा बक्यौता नतिर्ने उद्योगको बिजुली नकाट्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बसेको बैठकले उद्योगमा बिजुली नकाट्ने निर्णय गरेको हो ।
मंसिर १२, २०८१
युवालाई विदेशिनबाट रोक्न साझा व्यवस्थापनको खाँचो छ : देउवा
कान्तिपुर संवाददाता
सत्तारुढ कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याएका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणा बिहीबार छेन्दु जाँदै
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको गृहकार्य गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जाँदै छिन् । उनले चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु सहरमा शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले भने - काम नहुँदा निरीह हेरेर हुँदैन, ठोस योजना चाहियो
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।
एमालेका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएकामा माओवादीको आपत्ति
कान्तिपुर संवाददाता
मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएकोमा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता : कुन उद्योगले कति तिर्न बाँकी ? [सूचीसहित]
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली लिएर महसुल नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न, सेयर कारोबार रोक्का गर्न र सेयर जारी गर्ने अनुमति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरेका छन् ।
बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
फोटो संग्रहालय स्थापनाका लागि सहयोग गर्न प्रधानमन्त्रीसँग माग
कान्तिपुर संवाददाता
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको नवनिर्वाचित कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो संग्रहालय स्थापना लगायतमा सहयोग गर्न माग गरेको छ ।
स्वास्थ्य क्षेत्रमै सुधार आवश्यक : मन्त्री पौडेल
रमेशकुमार पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रभित्रै समाजवाद र लोकतन्त्र रहेको हुँदा यसमा सुधार गरे जनसमुदायलाई सन्तुष्ट पार्न सकिने बताएका छन् ।
युवाहरूलाई दक्षताअनुसार रोजगारी दिनुपर्छ : सभापति देउवा
कान्तिपुर संवाददाता
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताएका छन् । छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरुहरुले युवाहरुलाई उनीहरुको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको उल्लेख गरे ।
उपनिर्वाचन भ्रष्टाचारविरुद्ध महाभियान : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहालले यही मंसिर १६ मा तय भएको स्थानीय तह उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनको अभियानको रुपमा लिएको उल्लेख गर्दै आफ्नो दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
संविधानको मुलभूत विषयमा संशोधन हुँदैन : महामन्त्री थापा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताएका छन् ।
जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसंख्या सम्मेलनको आज उद्घाटन गर्दै उनले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए ।
बाढीपहिरोको दुई महिना : सुरक्षित बासस्थानको माग गर्दै पीडित
रासस
बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनःनिर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् ।
नेताहरू भन्छन् : 'राजनीतिमा महिलाको क्षमतालाई लिएर शंका गर्ने चलन कायम छ'
कान्तिपुर संवाददाता
विभिन्न राजनीतिक दलका महिला नेताहरूले महिलाको क्षमतालाई लिएर अझैं प्रश्न उठिरहने गरेको बताएका छन् । मिडिया एडभोकेसी ग्रुपले बुधबार ललितपुरमा आयोजना गरेको 'राजनीतिमा महिला हिंसा' विषयक 'म बोल्छु' कार्यक्रममा कांग्रेस, एमाले र माओवादीका महिला नेताले आफ्नो अनुभव साझा गर्ने क्रममा महिलालाई दिइने जिम्मेवारीमा शंका गरिने बताएका हुन् ।
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्छ : प्रधानमन्त्री