text stringlengths 2 914 |
|---|
बीआरआई एजेन्डामा अझै जुटेन सहमति |
कुलचन्द्र न्यौपाने |
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेन्डामा सत्तारूढ कांग्रेस र एमालेबीच अझै सहमति जुट्न सकेको छैन । बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने कि नगर्ने, बीआरआईअन्तर्गत चीनबाट अनुदान मात्रै लिने कि ऋण पनि लिने भन्नेमा दुई ठूला दल समझदारी बनाउने गृहकार्यमा छन् । |
मंसिर ६, २०८१ |
श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपाली सिफारिस |
कान्तिपुर संवाददाता |
मन्त्रिपरिषद्को बिहीबारको बैठकले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको छ । कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गर्दै संसदीय सुनुवाइका लागि पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । |
‘प्रत्यक्ष जनसहभागिता रहेर गरेका कामको नतिजा राम्रो’ |
कान्तिपुर संवाददाता |
स्थानीय तहमा प्रत्यक्ष जनसहभागिता भएर गरेका कामहरूको नतिजा राम्रो आएको एक प्रारम्भिक अध्ययनले देखाएको छ । |
धरहरासहित ६ संरचना संघ सरकारले सञ्चालन गर्ने |
कान्तिपुर संवाददाता |
धरहरालगायत ६ वटा भौतिक संरचनालाई संघ सरकारले सञ्चालन गर्ने भएको छ । सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश) जारी गर्दै संघीय संसद् भवन रहेको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरको गोदावरीस्थित सनराइज सभा हल, रुपन्देहीको बुटवलस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सभा हल र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, काठमाडौंको सुन्धारास्थित धरहरा र झापाको दमकस्थित दमक भ्यू टावरलाई विकास समितिमार्फत सञ्चालन गर्ने गरी विशिष्ट संरचनामा सूचीकृत गरेको हो । |
प्रगति समीक्षा बैठकमा प्रधानमन्त्रीको निर्देशन-'बैठक-छलफलका अल्झनमा नलाग्नुस्, जनताका काम गर्नुहोस्' |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् । |
कांग्रेसलाई कसैले दबाउन खोजे आफैं समाप्त हुन्छ : महामन्त्री शर्मा |
शिव पुरी |
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई कसैले दबाउन खोजे आफैं समाप्त हुने बताएका छन् । |
उपचुनावको परिणामले पार्टी उकालो लाग्दै छ कि छैन भन्ने संकेत गर्छ : दाहाल |
हरिराम उप्रेती |
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उपचुनावको परिणामले आफ्नो पार्टी उकालो लाग्दै छ कि छैन भनेर संकेत गर्ने बताएका छन् । |
भारतीय स्थलसेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । |
नेपाल-भारत सैनिक सहकार्य वार्ता सम्पन्न |
कान्तिपुर संवाददाता |
प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जंगी अड्डामा द्विपक्षीय वार्ता भएको छ । |
विकासका नाममा जथाभाबी डोजर चलाउनु घातक : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । स्थानीय तहहरूले विकास निर्माणका नाममा जथाभावी डोजरलगायतका मेसिन प्रयोग गर्ने कार्य घातक भएको पनि उनको भनाइ थियो । |
प्रधानमन्त्री कार्यालय 'हराएका कर्मचारी'को विवरण खोजेको खोज्यै |
ऋषिराम पौड्याल |
सरुवा भएको कर्मचारी खटाएको स्थानमा गएका छन् कि छैनन् ? नगएको भए कुन निकायमा के गरेर बसेका छन् ? दरबन्दी अनुसारका कर्मचारी विनादरबन्दी कतै काम गरेर बसेका छन् कि ? कुन कर्मचारी कुन कार्यालयमा काजमा बसेको कति समय भएको छ ? कति कर्मचारी कुन अवस्थामा कहाँ कहाँ कार्यरत छन् ? सरकारले यसको जवाफ खोजेको लगभग दुई वर्ष बितेको छ । एउटा मन्त्रालयले अर्कोलाई नटेर्ने र एउटा निकायले अर्कोलाई बेवास्ता गर्ने प्रवृत्ति झाँगिदा यकिन विवरण अझै पाएको छैन । |
टिकट नपाउँदा १४ सय श्रमिक कोरिया उड्न पाएनन् |
होम कार्की |
रोजगार अनुमति प्रणाली (ईपीएस) मा छनोट भएर भिसा लागेका १४ सय श्रमिक टिकट नपाउँदा कोरिया उड्नबाट रोकिएका छन् । |
बीआरआईमा ऋण नलिने कांग्रेसको निर्णय हो : मन्त्री लेखक |
अर्जुन शाह |
बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारेका छन् । |
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज |
कान्तिपुर संवाददाता |
लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । |
विदेशी सम्बन्धनका कलेजलाई विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चतता अनिवार्य |
सुदीप कैनी |
नेपालमा सञ्चालित विदेशी सम्बन्धनका कलेजले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिताको मान्यता (क्यूएए) अनिवार्य लिनुपर्ने भएको छ । विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाको सम्बन्धनमा सञ्चालित शिक्षण संस्था सञ्चालनसम्बन्धी निर्देशिकामा रहेको ‘क्यूएए’ अनिवार्य प्राप्त गर्नुपर्ने व्यवस्थालाई शिक्षा मन्त्रालयले कडाइका साथ लागू गर्न लागेको हो । |
देशभरको मौसम सफा रहने पूर्वानुमान |
कान्तिपुर संवाददाता |
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । |
रुस र बुल्गेरियाबाट फर्काइए ४७ नेपाली |
होम कार्की |
रुस र बुल्गेरियाबाट निकाला (डिपोर्ट) गरिएका ४७ नेपाली स्वदेश आइपुगेका छन् । रुसले विश्वविद्यालय नियमित नगएका र स्थानीय श्रम प्रशासनबाट इजाजत नलिई काम गरेका २९ नेपालीलाई स्वदेश फिर्ता गरेको हो भने बुल्गेरियाले मानव तस्करको जालोमा परेका १८ नेपालीलाई घर फर्काएको हो । |
विस्तृत शान्ति सम्झौताको १८ वर्ष : संक्रमणकालीन कानुन कार्यान्वयनको चरणमा |
घनश्याम खड्का |
सशस्त्र द्वन्द्वलाई विधिवत् अन्त्य गरी राज्यको पुनःसंरचनासहित नयाँ संविधान लेखन, सेना समायोजन र संक्रमणकालीन न्यायको व्यवस्थापन गर्ने गरी सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष नाघेको छ । यसबीचमा संविधान लेखन र माओवादी लडाकु समायोजनको काम भइसके पनि संक्रमणकालीन न्याय निरूपण प्रक्रिया प्रारम्भिक बिन्दुमै अड्किएको छ । |
रवि र छविविरुद्ध चितवनमा पनि उजुरी |
रमेशकुमार पौडेल |
सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । |
सात वर्षअघिको बीआरआई सम्झौता अहिलेसम्म गोप्य |
जगदीश्वर पाण्डे |
नेपाल र चीनले सन् २०१७ मा हस्ताक्षर गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ समझदारीपत्र अहिलेसम्म गोप्य छ । यसबीचमा नेपालमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादीको नेतृत्वमा पटक–पटक सरकार बने, तर समझदारीपत्रका विषयवस्तु सार्वजनिक गर्न कसैले प्राथमिकता दिएका छैनन् । |
लामिछानेको विषयमा सडक प्रदर्शनबाट पछि हट्यो रास्वपा |
कान्तिपुर संवाददाता |
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बाहिरै राखेर छानबिन हुनुपर्ने माग गर्दै विरोध प्रदर्शनमा उत्रिने घोषणाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि हटेको छ । मंगलबार र बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा नै विरोध भएपछि तत्कालका लागि सडक प्रदर्शन नगर्ने निर्णय भएको हो । |
मंसिर ५, २०८१ |
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का |
कान्तिपुर संवाददाता |
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताएका छन् । |
स्थानीय तह उपनिर्वाचन : तीन सय ७६ उम्मेदवारलाई निर्वाचन चिह्न |
कान्तिपुर संवाददाता |
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । |
बुढीगण्डकी जलविद्युत आयोजनामा जटिलता धेरै छन्, प्रक्रिया रोकिएको छैन : अध्यक्ष दाहाल |
हरिराम उप्रेती |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत आयोजनामा जटिलता धेरै भएपनि आयोजनाको प्रक्रिया नरोकिएको बताएका छन् । |
बीआरआईमा एमालेसँग साझा धारणा बनाएरै अघि बढ्छौँ : महामन्त्री थापा |
कान्तिपुर संवाददाता |
सत्तारुढ कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा कांग्रेसले जोड दिँदै आएको बताएका छन् । |
राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति रहने गरी संविधान संशोधन हुन्छ : सभापति देउवा |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । |
माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष दाहाल |
रासस |
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका छन् । |
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आइपुगे |
कान्तिपुर संवाददाता |
भरतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणको लागि नेपाल आइपुगेका छन् । ५ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका हुन् । उनी नेपालका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका हुन् । |
सुशासन र शान्ति सुरक्षा सरकारको प्रमुख प्राथमिकता : गृहमन्त्री लेखक |
भवानी भट्ट |
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार दुई/चार जनालाई मन्त्री बनाउन मात्रै गठन नभएको बताएका छन् । उनले मुलुकमा स्थिरता र सुशासनका लागि अहिलेको सरकार गठन भएको र त्यसै अनुसार काम गरिरहेको बताए । |
'अराजकता'विरुद्ध शुक्रबार काठमाडौंमा सत्तारुढ एमालेकै प्रदर्शन, प्रधानमन्त्री मुख्य वक्ता |
कान्तिपुर संवाददाता |
सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै आउँदो शुक्रबार काठमाडौंमा जुलुस प्रदर्शनसहितको सभा गर्ने भएको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै उक्त सभाको प्रमुख वक्ता हुनेछन् । |
सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको मूल्य धुमिल बनाउन दिनुहुँदैन : राष्ट्रपति |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताएका छन् । |
कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरूलाई आग्रह गरेका छन् । |
राष्ट्रपतिद्वारा ‘नेपालका निधि’ पुस्तक लोकार्पण |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.