text stringlengths 2 914 |
|---|
राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित तथा आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन् । |
जसपा नेपालका अध्यक्ष यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता |
कान्तिपुर संवाददाता |
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । |
इजरायल-प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले बुधबार ध्यानाकर्षणपत्र बुझाइएका छन् । |
नेपालमा मन्त्री हुन कुनै योग्यता चाहिँदैन, नेताले मन पराए भइहाल्यो : मन्त्री गुरुङ |
कान्तिपुर संवाददाता |
नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताए । चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने उनको भनाइ थियो । |
पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात |
रासस |
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ । |
चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : पूर्वपरराष्ट्रमन्त्री महत |
कान्तिपुर संवाददाता |
कांग्रेस प्रवक्ता एंव पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले लामो समयदेखि गरिरहेका प्रतिबद्धताहरूलाई अनुदानको रुपमा दिँदा उपयुक्त हुने बताएका छन् । प्रधानमन्त्रीको भ्रमणको विषयका काुराकानी गर्दै उनले नेपाललाई वार्षिक रुपमा गरेका प्रतिबद्धता अनुसार दिए राम्रो हुने उल्लेख गरे । |
शान्ति प्रक्रियाको १९ वर्ष : संक्रमणकालीन न्यायको मुद्दा जहाँको त्यहीँ |
घनश्याम खड्का |
सशस्त्र द्वन्द्वलाई विधिवत् अन्त्य गरी राज्यको पुनर्संरचनासहित नयाँ संविधान लेखन, सेना समायोजन र संक्रमणकालीन न्यायको व्यवस्थापन गर्ने गरी तत्कालीन माओवादी र सात दलहरुबीच बृहत् शान्ति सम्झौता भएको आज १९ वर्षमा पुगेको छ । |
पुथा उत्तरगंगा २ को अध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध |
कान्तिपुर संवाददाता |
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । एमाले-कांग्रेसको सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् । |
शान्ति सम्झौताको मूलभूत भावनाअनुसार शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियामा छौं : दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललले नेपालमा शान्ति प्रक्रियाको काम टुंग्याउने प्रक्रियामा रहेको बताएका छन् । नेपाललाई शान्तिको मोडेलका रूपमा प्रस्तुत गर्न सकिने पनि उनले बताए । |
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस |
कान्तिपुर संवाददाता |
साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । |
देशका अधिकांश भागमा आज मौसम सफा रहने |
कान्तिपुर संवाददाता |
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । |
खुलामञ्च कहिले हुन्छ खुला ? |
नुमा थाम्सुहाङ |
वरिपरि खचाखच मानिस बसिरहेका छन् । सबैको अनुहारमा उल्लास छचल्किएको छ । बीचमा उभिएकी एक युवतीले भने दुवै हात माथि लगेर विजयको संकेत गरेकी छन् । २०४६ सालको जनआन्दोलन सफलतापछि खुलामञ्चमा आयोजित सभामा देखिएको यो दृश्य फोटो पत्रकार मीनरत्न वज्राचार्यले क्यामेरामा कैद गरेका थिए, जसले त्यति बेला खुबै चर्चा पाएको थियो । |
३५ वर्षपछि बल्ल सहिद घोषणा, राहतको पर्खाइमा परिवार |
शिव पुरी |
गुजरा नगरपालिका–२ मैराका ७५ वर्षीय सूर्यबहादुर सार्की एउटै कामका लागि ३५ वर्षदेखि राजधानी धाइरहेका छन् । २०४६ को जनआन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर उनका छोरा रणबहादुरको मृत्यु भएको थियो । त्यो बेला छोराको उमेर २२ वर्ष थियो । |
बीआरआई कार्यान्वयनमा कांग्रेस एमालेबीच मत मिलाउन सकस |
कुलचन्द्र न्यौपाने |
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका लागि एजेन्डा तय गर्न सत्तारूढ कांग्रेस र एमालेले छलफल अघि बढाएका छन् । चिनियाँ पक्षले यही भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षरलाई प्राथमिकता दिन चाहेको छ तर यसमा सत्तारूढ कांग्रेस र एमालेबीच मतैक्य भइसकेको छैन । |
बैंकर र उद्यमीलाई धम्क्याएर फिरौती मागेको आरोपमा समेत प्रसाईंमाथि अनुसन्धान |
मातृका दाहाल |
साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो । |
रेमिट्यान्समा नयाँ रेकर्ड : महिनामै भित्रियो साढे १ खर्ब |
यज्ञ बञ्जाडे |
नेपाल भित्रिने रेमिट्यान्सले गत असोजमा नयाँ रेकर्ड बनाएको छ । असोजमा हालसम्मकै बढी रेमिट्यान्स भित्रिएको हो । राष्ट्र बैंकका अनुसार गत असोजमा एकै महिना १ खर्ब ४४ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा नेपाल आएको रेमिट्यान्सको तथ्यांकमा यो हालसम्मकै उच्च हो । |
मंसिर ४, २०८१ |
विरासत जोगाउने माओवादी दाउ, एमालेलाई कांग्रेसको भर |
महेश केसी |
उपाध्यक्ष र वडा–२ का अध्यक्षको उपनिर्वाचनले पुथाउत्तरगंगा गाउँपालिका यतिबेला चुनावमय भएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित उपाध्यक्ष भूपेन्द्रा बुढा मगर र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते जिप दुर्घटनामा मृत्यु भएपछि यी दुई पदका लागि उपनिर्वाचन हुन लागेको हो । |
बाँकेका द्वन्द्वपीडित भन्छन् : ‘पैसासित न्याय नसाटियोस्’ |
रुपा गहतराज |
बाँकेको कम्दीका जोगीलाल यादव र उनका छोरा माधवप्रसाद यादवलाई तत्कालीन विद्रोही माओवादीले अपहरणपछि हत्या गरे । |
डुबानबाट वन्यजन्तु जोगाउन माटोको ढिस्को |
रमेशकुमार पौडेल |
उत्तर र पश्चिम सिमानामा बग्ने बुढी राप्ती खोलाले बर्खामा बाघमारा सामुदायिक वन क्षेत्रनै डुबानमा पर्छ । बाढीका बेला डुबानमा परेका यहाँका वन्यजन्तु बगेर अन्यत्र जाँदा मर्न पनि सक्छन् । |
कर्णालीका मुख्यमन्त्री कँडेलका ७ महिना : सुशासन न विकास |
ज्योति कटुवाल |
संघीयतापछि कर्णाली प्रदेशको मुख्यमन्त्री हुने हुटहुटी सबैभन्दा बढी एमाले नेता यामलाल कँडेलमा देखिन्थ्यो । २०७४ मा सुर्खेत २ (१) बाट निर्वाचित भएलगत्तै उनले मुख्यमन्त्रीमा दाबी गरे । |
‘दलहरूबीच विश्वासको वातावरण बनाउनुपर्छ’ |
कान्तिपुर संवाददाता |
दलहरूबीच गहिरिँदै गएको विश्वासको सङ्कटलाई चिर्दै शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याइएको छ । |
बाढीपहिरोपीडित डेढ महिनादेखि विद्यालयमै |
ज्योती श्रेष्ठ |
विद्यालय परिसरको बारमा लुगा र एक छेउमा साग सुकाइएको छ । कक्षाकोठाको कुनामा भान्सा, पलङ, मोटरसाइकल र लत्ताकपडा राखिएका छन् । धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर पिप्लेस्थित शंखेश्वरी आधारभूत विद्यालयको यो कोठामा सानु तामाङको परिवार बस्दै आएको छ । |
डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन |
कान्तिपुर संवाददाता |
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका उद्योगीहरुसँग नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने बक्यौता उठाउन निर्देशन दिएका छन् । |
डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन |
संग्रह |
सेयर |
पुँजीगत खर्च बढाउन मन्त्रालयहरुलाई अर्थमन्त्री पौडेलको निर्देशन |
कान्तिपुर संवाददाता |
पुँजीगत खर्च बढाउन विकासे मन्त्रालयहरुलाई उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पुँजीगत खर्चबारे विषयगत मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले उक्त निर्देशन दिएका हुन् । पुँजीगत खर्च वृद्धिका लागि ‘प्रो एक्टिभ’ भएर लाग्न उनले निर्देशन दिएका हुन् । |
पुँजीगत खर्च बढाउन मन्त्रालयहरुलाई अर्थमन्त्री पौडेलको निर्देशन |
संग्रह |
सेयर |
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सम्हाले कार्यभार |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई हप्ताभित्र उद्योगधन्दामा भइरहेको लाेडसेडिङको समस्या समेत समाधान गर्ने बताएका छन् । मंगलबार प्राधिकरणको कार्यभार सम्हाल्दै शाक्यले भारतबाट बिजुली ल्याएर भए पनि लोडसेडिङ हुन नदिने बताएका हुन् । |
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सम्हाले कार्यभार |
संग्रह |
सेयर |
सरकारद्वारा कुलमानलाई हटाएर हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको औपचारीक जानकारी |
कान्तिपुर संवाददाता |
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको औपचारिक जानकारी दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाइएको मंगलबार जानकारी दिएका हुन् । |
सरकारद्वारा कुलमानलाई हटाएर हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको औपचारीक जानकारी |
संग्रह |
सेयर |
आँबुखैरेनी-पोखरा सडकमा बढ्यो प्रगति, मुग्लिन-आँबुखैरेनीमा छैन ठेक्काको सुरसार |
विमल खतिवडा |
पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको दूरी ८०.३३ किमि छ । जसको समग्र भौतिक प्रगति ६७ प्रतिशत छ । मुग्लिङ–आँबुखैरेनी (पूर्वी) खण्डको ९ किमिमा अझै ठेक्का हुन सकेको छैन । आँबुखैरेनी–जामुने खण्डमा ८२ प्रतिशत र जामुने–पोखरा (पश्चिम) खण्डको प्रगति ४६ प्रतिशत छ । |
आँबुखैरेनी-पोखरा सडकमा बढ्यो प्रगति, मुग्लिन-आँबुखैरेनीमा छैन ठेक्काको सुरसार |
संग्रह |
सेयर |
मुलुकमै उद्योग व्यवसाय गरेर कमाउन सकिने वातावरण निर्माण गर्न नाडाको आग्रह |
कान्तिपुर संवाददाता |
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्बाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताएका छन् । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर चौधरी नेतृत्वको टोलीले सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्ट्रिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासोसमेत गरे । |
मुलुकमै उद्योग व्यवसाय गरेर कमाउन सकिने वातावरण निर्माण गर्न नाडाको आग्रह |
संग्रह |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.