text
stringlengths
2
914
कान्तिपुर संवाददाता
उद्योगीहरुले डेडिकेटेड र टंक लाइनको बक्यौता विवाद नेपाल विद्युत प्राधिकरणले समाधन गर्न नचाहेको आरोप लगाएका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघ आइतबार पत्रका सम्मेलन गर्दै मन्त्रिपरिषद्ले स्विकृत गरेको लाल आयोगको प्रतिवेदन कार्यान्वयन नगरेको र बक्यौता विवाद समाधान गर्नर् नचाहेको जनाएका हुन् ।
दैनिक १२ घण्टा लोडसेडिङ भइरहेको उद्योगीको गुनासो
कान्तिपुर संवाददाता
उद्योगीहरुले चौबीसै घण्टा बिजुली आवश्यक पर्ने उद्योगमा सूचना नदिइ नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ गरिरहेको बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघ आइतबार पत्रकार सम्मेलन गर्दै चैतयता दैनिक १२ घण्टा वा सो भन्दा बढी लोडसेडिङ भइरहेको जानकारी दिएका हुन् ।
बजेट निर्माणमा योजना आयोगको अधिकार कटौती गरिएको विषय सही होइन : अर्थमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व (पहिलो संशोधन) विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् ।
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी
कान्तिपुर संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्याहरुको तत्काल समाधान गर्नको लागि सहकारीसम्बन्धी प्रतिस्थापन विधेयक ल्याइएको बताएका छन् ।
सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत
कान्तिपुर संवाददाता
राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको हो ।
प्राधिकरण र सरकारको विवादले नेपालमा पर्याप्त बिजुली छैन भन्ने स्पष्ट भयो : अध्यक्ष कार्की
कान्तिपुर संवाददाता
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् । आइतबार काठमाडौंमा अयाोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विवादले नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भएको बताएका हुन् ।
६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर
कान्तिपुर संवाददाता
करको दायरा दिनप्रतिदिन बिस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयलकाअनुसार चालु आर्थिक वर्षको माघसम्म ४ लाख ३३ हजार करदाता थपिएका छन् । आर्थिक वर्ष २०८०/८१ को माघसम्ममा कुल ४ लाख २६ हजार ३ सय ३० स्थायी लेखा नम्बर लिएका करदाता थप भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कुल ४ लाख ३३ हजार ७ सय ३ करदाता थप भएका छन् ।
५३.०४ अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ५३.०४ अंकले घटेको छ । एक दशमलव ९८ प्रतिशतले घटेर २६१६.२६ विन्दुमा बन्द भएको छ ।
सडकको प्राथमिकीकरण गर्दै लुम्बिनी सरकार
घनश्याम गौतम
प्रतिफलको विश्लेषण गरेर लगानी गर्न प्रदेशका सबै सडकको वर्गाीकरण गर्दै लुम्बिनी प्रदेश सरकारले सडक गुरुयोजना तयार गरेको छ । अन्तिम चरणमा पुगेको गुरुयोजनामा प्रदेशका ३ हजार ४ सय सडकलाई २ हजार २ सयमा झारिएको छ । ती सडकमा पनि प्राथमिकता तोकेर मात्र बजेट विनियोजन गर्ने सरकारको तयारी छ ।
बजारबाट आज २० अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आइतबार फेरि २० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
सुनको मूल्य तोलामा नौ सय घट्यो
कान्तिपुर संवाददाता
गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।
एसियाली राजमार्गको काम सुस्त
रासस
एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ ।
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने
होम कार्की
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणको सुनिश्चितता गर्न स्वास्थ्यसम्बन्धी उच्चस्तरीय विशेषज्ञ कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको उपस्थितिबिना ‘मेडिकल फिट’ रिपोर्ट दिने गलत अभ्यास हटाउन उच्चस्तरीय विशेषज्ञ कार्यदलको प्रतिवेदनलाई शुक्रबार कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
ग्वार्को ओभरपासको सबै काम बर्खाअघि नै सकिने आयोजनाको दाबी
विमल खतिवडा
ग्वार्को ओभरपासको निर्माण थालेको तीन वर्ष पूरा भयो । निर्माण थालेयता कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी खण्डमा ट्राफिक जाम नभएको दिन छैन । चालक–यात्रुसमक्ष लामो समयसम्म ट्राफिक जाम छिचोलेपछि मात्र गन्तव्यमा पुग्नुको विकल्प छैन । तर यसको निर्माण कहिले सकिने हो, टुंगो छैन ।
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व संकलन
रासस
वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।
जलविद्युत्‌को सेयरमा लगानीकर्ताको आकर्षण
कान्तिपुर संवाददाता
जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो साताको कुल सेयर कारोबारमा जलविद्युत् उपसमूहको मात्रै ३२.७९ प्रतिशत हिस्सा रहनुले यो पुष्टि हुन्छ । जलविद्युत् उपसमूहको मात्रै ८ अर्ब ५३ करोड १९ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । जब कि कुल सेयर कारोबारमा वित्तीय क्षेत्र र बिमा उपसमूहको हिस्सा ४०.८७ प्रतिशत छ ।
बारा-ढल्केबर प्रसारणलाइन निर्माण सकियो, १३२ केभीमा सञ्चालनमा
कान्तिपुर संवाददाता
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सकिएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
चैत्र ९, २०८१
ऋणको जोखिम घटाउन इन्भेस्टमेन्ट कम्पनी खडा गर्ने घरजग्गा व्यवसायीको निर्णय
दीपेन्द्र बडुवाल
मुलुकको आर्थिक अवस्था लामो समयदेखि प्रतिकूल रहेको भन्दै घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गरेर अघि बढ्ने निर्णय गरेका छन् ।
भारतबाट बिजुली कम आएपछि कुलेखानी चौबीसै घण्टा सञ्चालन
प्रताप विष्ट
भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ । नेपाल विद्युत् प्राधिकरणको ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनामा केही दिनदेखि २४ घण्टामा पानीको सतह सरदर ३६ सेन्टिमिटर घट्न थालेको हो ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ ।
चैत्र ८, २०८१
देहरादुनमा इण्डो–नेपाल व्यापार मेला सुरु
भवानी भट्ट
इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ । उद्योग मन्त्रालयको सहयोग तथा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा मेला सुरु भएको हो । मेलामा नेपाली हस्तकलासँगै विभिन्न खालका घरेलु उत्पादन राखिएको छ ।
लक्ष्मी स्टिलले तिर्‍यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता
कान्तिपुर संवाददाता
नवलपरासी पश्चिमको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डको काम अन्तिम चरणमा
सम्झना रसाइली
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२५ मा रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक विस्तारको कार्यलाई तीव्रता दिइएको छ ।
सरकार आयात प्रतिस्थापन गर्ने बाटोमा छ : उद्योगमन्त्री भण्डारी
कान्तिपुर संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै मुलुकको अर्थतन्त्रको सबलीकरणको दिशामा क्रियाशील रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ काम गरिरहेको बताएका हुन् ।
डिजिटल वित्तीय उपकरण प्रयोग गर्नेमा महिला कम
कान्तिपुर संवाददाता
नेपालमा मोबाइल फोन वा इन्टरनेट प्रयोग गरेर बैंक कारोबार गर्ने महिलाको संख्या निकै कम रहेको विज्ञहरुले औँल्याएका छन् । पछिल्ला वर्षमा महिला साक्षरता उल्लेख्य रुपमा बढेपनि डिजिटल वित्तीय उपकरण प्रयोगमा उनीहरुको सहभागिता अपेक्षित रुपमा नबढेको उनीहरूको भनाइ छ।
गुरुङ संस्कृति झल्काउने सिक्लेस संग्रहालय
अनुप पौडेल
सिक्लेसकी हुमकुमारी गुरूङ गाउँकै अन्नपूर्ण माविमा पढाउँछिन्। यसबाहेक गाउँमा उनको अर्को परिचय छ। उनी गाउँलेका लागि ‘म्युजियमकी अध्यक्ष’ हुन्। सिक्लेसमा गुरूङ समुदायको रहनसहन, संस्कृति र प्रयोग हुने परम्परागत सामानले संग्रहालय भरिएको छ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन : बारा–ढल्केबर खण्ड निर्माण सम्पन्न
कान्तिपुर संवाददाता
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ ।
सुनचाँदीको मूल्य घट्यो
रासस
आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
डेढ खर्बको निर्यात, खाने तेल मात्रै साढे ५६ अर्बको
राजु चौधरी
खाने तेलको निर्यात अस्वाभाविक बढेको देखिएको छ । निर्यातमा भन्सार छुट र अग्रिम भुक्तानी सुविधाले तेल निर्यातले छलाङ मारेको हो । चालु आर्थिक वर्षको ८ महिनामा डेढ खर्बको वस्तु निर्यात हुँदा तेलको हिस्सा मात्रै साढे ५६ अर्ब रुपैयाँ रहेको भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकमा उल्लेख छ ।
सातामै ६७ अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार १२.८४ अंकले घटेको छ । बुधबारको तुलनामा शून्य दशमलव ४७ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ६ सय ६९.३१ बिन्दुमा ओर्लेको हो । बिहीबार कुल ६२ कम्पनीको सेयर मूल्य बढ्यो भने १७५ कम्पनीको मूल्य घट्यो, ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
लगानी बोर्ड र उद्योग विभाग गाभ्न सुझाव
कान्तिपुर संवाददाता
लगानी बोर्ड र उद्योग विभाग गाभेर पुनःसंरचना गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सुझाएको छ । एउटै प्रकृतिका धेरै निकाय हुँदा लगानीकर्तालाई समस्या भएको, एकद्वार नीति पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकोलगायत कारण स्वदेशी तथा विदेशी लगानी भित्रिन नसकेको महासंघको निष्कर्ष छ ।
औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न निजी क्षेत्रको आग्रह
कान्तिपुर संवाददाता
औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको भन्दै विद्युत् आपूर्ति नियमित गर्न निजी क्षेत्रका छाता संगठनहरूले सरकारलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बिहीबार विज्ञप्ति जारी गरेरै घोषित–अघोषित लोडसेडिङले औद्योगिक उत्पादन घटेको जनाएका छन् ।